Archives for कला तथा मनोरन्जन

अमृत क्षेत्रीले नेपाली कक्षाका विद्यार्थीलाई सिकाए गीत, संगीत

लन्डन। चर्चित गायक तथा संगीत शिक्षक अमृत क्षेत्रीले बर्न्टओकस्थित नेपाली कक्षामा अध्ययनरत बालबालिकालाई नेपाली गीत-संगीत सिकाएका छन्। नेपाल सेन्टर युकेको आमन्त्रणमा हाल बेलायत भ्रमणमा रहेका गायक क्षेत्रीले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रद्वारा शनिवार बिहान आयोजित एक कार्यक्रममा बेलायतमा हुर्की रहेका बालबालिकालाई गीत सिकाएका हुन् । ‘संगीत यस्तो माध्यम हो जसले हाम्रो भाषा, संस्कृति जोगाउन मदत गर्छ’-क्षेत्रीले भने-‘संगीत सुनेर सिकिने विषय हो त्यसैले घरमा, गाडीमा नेपाली गीत लगाइ दिनोस, बालबालिकाले सुनेरै सिक्छन् ।’ क्षेत्रीले गुरु वन्दना पछि ‘फूलको आँखामा फूलै संसार’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’, ‘रेशम फिरिरी…’ जस्ता गीत गएर सुनाएका थिए। त्यस्तै
More

नयाँ श्रृंखला लिएर नेपथ्य अष्ट्रेलिया तर्फ

काठमाडौं । श्रृंखलावद्ध प्रस्तुती लिएर लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ । त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले केहि वर्षयता लगातार श्रृंखलावद्ध प्रस्तुती लिएर त्यस मुलुकको यात्रा गर्दैआएको छ । सन् २००९ बाट सुरुभएको यस्तो यात्राको यो चौथो श्रृंखला हो । यसपटक नेपथ्यको भ्रमण टोलीमा छ जना ब्याण्डका सदस्य हुनेछन् भने उत्तिकै संख्यामा प्राविधिक एवं व्यवस्थापन गरेर १२ सदस्यीय समूह रहनेछ । केहि दसक यता अष्ट्रेलिया, नेपाली विद्यार्थीहरुको अध्ययन गर्ने मुख्य गन्तब्य रहिआएको छ भने, रोजगारी र बसोबासका हिसाबले पनि उल्लेख्य संख्यामा नेपालीहरु उता पुगेका छन् । नेपाली संगीतको आस्वादलाई आफुसँगै बोकेर गएका तिनै
More

अन्तिम खेलमा नेपाल मलेसियासँग भिड्दै

काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले आज मलेसियासँग खेल्दैछ । अघिल्ला तीन खेलमा दुई जित र एक हार व्यहोरेको नेपालले अन्तिम खेलमा मलेसियाको सामना गर्न लागेको हो । संघाईमा मलेसियालाई हराउँदै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग २९ रनको हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले हराएको थियो । यस्तै बिहिबार नेपालले म्यानमारलाई ३५ रनले हराएको थियो । डिसी नेपाल
More

नेपाली चलचित्र स्वर्णिम महोत्सव असफल

वीरगञ्ज । वीरगञ्जमा तीन दिन सञ्चालन गरिएको नेपाली चलचित्र स्वर्णिम महोत्सव असफल भएको विश्लेषण गरिएको छ । उदघाटनको दिन दर्शकको राम्रो सहभागिता भए पनि दोस्रो र तेस्रो दिनमा महोत्सवमा दर्शकको सहभागिता खासै रहेन । तराई मधेशका नागरिकमा नेपाली चलचित्रप्रति आकर्षण गराउने उद्देश्य सहित महोत्सव आयोजना गरिएको थियो । तर महोत्सवमा सर्वसाधारणलाई उपस्थिति गराउनुभन्दा पनि पैसा कसरी असुल्न सकिन्छ भन्ने तर्फ आयोजक केन्द्रित हुँदा महोत्सव सफल हुन नसकेको हो । उदघाटनको दिन दर्शकको राम्रो सहभागिता भएपनि दोस्रो र तेस्रो दिनमा महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय रहेन । महोत्सव दैनिक १० ले अबलोकन गर्ने आयोजकको लक्ष्य थियो तर पहिलो दिन तीन हजार र
More

नेपथ्यको नयाँ गीतमा चेलीको वेदना

काठमाडौं । लमजुङ तिरकी एक चेलीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित गीत अब नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ । शिरमा रिबन सालको पछ्यौरी हिराजस्तो झललल सम्झिरहने त्यो मुहार अब मैले बिर्सूं कसरी ब्याण्डले पछिल्लो समय तयार पारेको यस गीतलाई पहिलोपटक भिडियोका साथ सार्वजनिक गरिएको हो । ‘मैले हुँर्कने बेलामै आमाबाट यो भाका सुनेको थिएँ,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘आमाले लमजुङ तिरको भाका भनेर गुनगुनाउनु भएको यसलाई पछि मैले पोखरामा पनि केहि ठाउँमा सुनेको याद छ ।’ धेरै वर्षपछि आफू लमजुङ पसगाउँ जाँदा त्यही भाकामा एउटी चेलीले गाउँदा भने त्यसले आफ्नो
More

‘मायालु तिमी मेरी हौ’ मा वर्षा सिवाकोटीकाे ग्ल्यामरस लुक (भिडियो)

लण्डन । नायिका वर्षा सिवाकोटी आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोदराज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसँग रोमान्टिक लुक्ससँगै अन्तरंग दृश्य हरुमा देखिएकी हुन् । प्रमोद राज न्यौपानेको श्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन् । दुवै जना हाल बेलायत बसोबास गर्छन् । गीतमा संगीत सम्योजन भने उदय राज पौडेल ले गरेका छन् । भिडिओ मा वर्षा र भिजु को रोमान्स लाई क्यामेरा मा नवराज उप्रेती ले कैद गरेका छन भने भिडिओ सम्पादन नवीन निरौला को र कोरिओग्राफी तथा निर्देशन गम्भीर बिस्ट को रहेको छ
More

भारतको राजनीति र धर्मलाई सदाका लागि बदल्ने टेलिफिल्म

सन् १९८० को बीचको समयमा म मेरो ठूलो परिवारका अन्य सदस्यलाई भेट्न नयाँ दिल्लीमा आउने–जाने गर्थेँ । किशोरकालमा हिँडिरहेको मेरो लागि दिल्ली एक अलग संसार थियो । तर बसाईमा लण्डनमा मैले पढ्ने गरेको ब्याट्म्यानका कमिक्स छुट्थे र त्यसको साटो अमर चित्रकथा कमिक्सका किताब हात पथ्र्यो । लण्डनका टिभीमा चार वटा च्यानल आउँथ्यो भने भारतमा एउटै दुरदर्शनमा सीमित हुनुपथ्र्यो । त्यो समय दुरदर्शनको सबैभन्दा चर्चित कार्यक्रम थियो, रामायण । रामायण आउने दिन घरका हजुरबुवा, हजुरआमा, काका, काकी र अन्य भाईबहिनीसँग टिभी अघि बस्थेँ । हिन्दूहरुको धार्मिक काव्य रामायणलाई रामानन्द सागरले टेलिफिल्ममा रुपान्तरण गरेका थिए । रामायण युवराज राम, उनको १४ वर्षे
More

फिल्म ’गुञ्जन’मा नीताको आइटम डान्स

द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ’गुञ्जन’मा नायिका नीता ढुंगानाको आइटम डान्स रहने भएको छ । फिल्ममा समावेश ’कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले नृत्य गरेकी हुन् । अमृत मरहथाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ । पोखरा स्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन राजेश श्रेष्ठले गरेका हुन् । भिडियोमा नायिका नीता ढुंगाना सहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन् । सो गीतको छायांकन सकिए संगै फिल्मको पोखरा सेड्युल
More

साउथह्याम्पटनमाथि लेस्टरको कीर्तिमानी जित

रसाउथह्याम्पटन – इङ्लिस प्रिमियर लिगमा शुक्रबार लेस्टर सिटीले साउथह्याम्पटनमाथि कीर्तिमानी ९–० कोे जित हात पारेको छ। लेस्टरले प्रिमियर लिग फुटबलमा ठूलो गोलअन्तरले पराजित गर्दै २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेको हो। भ्रमणकारी लेस्टर सिटीले साउथह्याम्पटनको पोस्टमा गोलको वर्षा गरेको हो। १० खेलाडीमा समेटिएको साउथह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको लेस्टरले सन् १९८५ मा म्यानचेस्टर युनाइटेडले इपस्विचविरुद्ध निकालेको ९–० को जितको कीर्तिमानलाई बराबरी गरेको हो। साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरिज रंगशालामा वर्षाले प्रभावित खेल जितेपछि लिभरपुलका पूर्वप्रशिक्षक ब्रेन्डन रोजर्सको टिम लेस्टरले तालिकामा सुधार गरेको छ। लेस्टर लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लेस्टरको १० खेलबाट २० अंक छ। भ्रमणलाई सफल पार्न लेस्टरका स्टार
More

टेक्ससकी रिमा अन्तराष्ट्रीय स्तरकाे सौन्दर्य प्रतियाेगितामा उपविजेता

न्युयोर्कमा सम्पन्न भएको अन्तराष्ट्रिय स्तरको मिस इमीग्रेन्ट सौन्दर्य प्रतियोगितामा रिमा शर्माले फस्ट रनर अप (उपविजेता) टाइटल जितेकी छिन् । टेक्ससको क्यारोल्टन निवासी शर्माले अमेरिकामा बसोबास गर्ने विभिन्न मुलुकका आप्रवासी प्रतिस्पधीहरुसंग प्रतिस्पर्धा गदै उक्त टाइटल हात पारेकी हुन । त्यसो त रिमाले हालै सम्पन्न मिस नेपाल युएसएमा पनि फस्ट रनर अप कै टाइटल पाएकी थिइन । मिस इमिग्रेन्टमा पोल्याण्ड, थाइल्यान्ड, लाइबेरिया, साइबेरिया, रसिया, बेलायत, इरान लगायतका मुलुकहरुका प्रतिस्पर्धीहरु सहभागी थिए । नेपालको प्रतिनिधित्व गरेकी शर्माले नेपाल भ्रमण वर्ष २०२० लाई पनि कार्यक्रममा प्रचारप्रसार गदै प्रर्वद्धन गरेकी थिइन । यो प्रतियोगिताले नेपालको पहिचान अन्तराष्ट्रिय क्षेत्रमा दिन केही हद सम्म सहयोग पु¥याए जस्तो
More

पलेँटीमा आँखाका डाक्टर सुमनले गुञ्जाए आँखाकै भाका

काठमाण्डौ । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपाली नेत्र विशेषज्ञ सुमन थापा प्रस्तुत भए । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा सुमनले १३ वटा गीत सुनाए । कार्यक्रममा प्रस्तुत भएका कतिपय गीतहरू आँखा र दृष्टिसँग सम्बन्धित थिए । आफ्नो पेशासँग सम्बन्धित संस्मरण सुनाउँदै गाइरहेका सुमनलाई सुन्दा लाग्थ्यो उनी आँखा र भाकाका संगम हुन् । कार्यक्रमको सुरुवातमा उनको सांगीतिक यात्राको पहिलो चरणको झलक प्रस्तुत भएको थियो । सुमनको आफ्नै शैली झल्किएका दुईवटा गीत प्रस्तुत भएपछि दोस्रो चरणमा गाइएका सबै गीतहरू नयाँ थिए । दोस्रो चरणका ९ वटा गीतहरू गीतकार तथा कवि श्रवण मुकारुङले सृजना गरेका थिए
More

७ करोडको लगानीमा बागलुङमा बीएसआर मुभिज् निर्माण

बागलुङ – बीएसआर गु्रपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स सञ्चालनमा आएको छ । काठमाडौंको गोगंबुमा रहेको बिजी मल निर्माण गर्ने समुहले नै बागलुङमा ७ करोड ५० लाख रुपैयाँ लगानी गरेर बीएसआर मुभिज् निर्माण गरेको हो । बीएसआर मुभिज्मा २ वटा हलहरु रहेका छन् । २०० र २२६ वटा आरामदायी सिटसहितका हलहरु रहेको मल्टिप्लेक्सभित्र कफीसप, रेष्टुरेन्ट पनि रहेको छ । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले अत्याधुनिक सुविधासहितको मल्टिप्लेक्स सञ्चालनमा ल्याएको हो । एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपासका क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर गु्रपले जनाएको छ । बीएसआर गु्रपले मुभिको आफ्नै ब्राण्डलाई चेनको
More

‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका गायक थापा पक्राउ

काठमाडौं । ह्याप्पी तिहार, चिसो बियर गीत गाउँने गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताएको छ । सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विपरीत भएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ । तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला
More

अमेरिकामा नेपाली नायिकाको करामत

काठमाडौं । चलचित्र चपली हाइटमा अभियन गरेर चर्चामा आएकी विनिता बराल यतिबेला गर्भवती भएकी छन् । यो खबर उनी आफैले सामाजिक सञ्जालमार्फत सेयर गरेकी हुन् । बेबी बम्पसहितको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘सरप्राइज सरप्राइज लिटिल विनिता अन बोर्ड’ । उनले आफ्ना पति तिलक पौडेललाई ‘हामी गर्भवती छौं’ भन्दै मेन्सनसमेत गरेकी छन् । यी दुईको विवाह चार महिनाअघि मात्रै भएको थियो । तर उनको पेट हेर्दा लाग्छ, उनी ६ महिनाकी गर्भवती भइसकेकी छन् । विवाहअघि पनि उनका प्रेमीलाई ‘भाइ’ भन्ने सम्बोधन गरेकी थिइन् । त्यसको केही समयमै उनले तिनै व्यक्तिसँग इन्गेजमेन्ट गरेको खबर बाहिर ल्याइन् । उनको विवाहसमेत अचानक
More

‘लम्पाते सुरती’ को लाईव भिडियो सार्बजनिक

लोकरक ब्याण्ड नेपथ्यको सर्वकालीक हिट गीत ‘लाम्पाते सुरति’ अब युट्युबमा उपलब्ध भएको छ । स्थापना कालमा ‘पप संगीत’बाट सुरुभएको ब्याण्ड नेपथ्यलाई नयाँ पहिचानसहित ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’ मै समेटिएको यो गीतमा पोखरेली सर्जक सरुभक्तका शब्दहरु अटाएका छन् ‘आज भोली के भयो के भयो कसले कसले स्वाट्ट यो मन छोयो खान्न म त लाम्पाते सुरति लाउँ कि नलाउँ जुग जाने पिरती’ उक्त अल्बमको शिर्ष गीत ‘रेशम’ सर्वाधिक चर्चामा आएता पनि धेरै श्रोताहरु ‘लाम्पाते सुरति’लाई अब्बल ठहर गर्छन्। ‘नेपथ्यको पाँचवटा सर्वोत्कृष्ठ गीतको सूची तयार पार्नुपरेमा म एकदेखि पाँचसम्मै लाम्पाते सुरतिलाई राख्छु,’ अहिलेका अर्का चर्चित लेखक कुमार नगरकोटी भन्छन्, ‘त्यसपछि
More

बजार खोज्दै एकेडेमीका प्रकाशन

नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन । प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक ‘समकालीन’, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘प्रज्ञा’, अनुसन्धानमूलक अर्धवार्षिक अङ्ग्रेजी जर्नल ‘जर्नल अफ नेप्लिज स्टडिज’, कविताप्रधान त्रैमासिक ‘कविता’, समाचारप्रधान त्रैमासिकको नियमित प्रकाशन गरिरहेको छ । यसैगरी, ‘प्रज्ञा गतिविधि’, बहुभाषिक अर्धवार्षिक ‘सयपत्री’, भाषाभाषीगत वार्षिक जर्नलतर्फ नेपाल भाषाको ‘थायमु’, मैथिली भाषाको ‘आँङन’, लिम्बू भाषाको ‘फक्ताङलुङ’, भोजपुरी भाषाको ‘महुआ’ र अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’ प्रकाशित हुँदै आएको छ । प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले ‘प्रज्ञा’लाई विज्ञसमीक्षित अर्धवार्षिक जर्नलका रुपमा परिमार्जन गरी प्रकाशन गरिएको र ‘प्रज्ञा गतिविधि’लाई स्तरीय तुल्याएको बताउनुभयो
More

शून्य छ गाउँ’ बजारमा (भिडियो)

शून्य छ गाउँ शून्य छ ठाउँ शून्य छ वस्ती यो ।नहुँदा तिमी झन् शून्य मन सहन अति भो ।।माथिका हरफहरु कवि तथा गीतकार घायलश्रीको भरखरै बजारमा आएको ‘शून्य छ गाउँ’ गीतका हुन् । नेपाली सुगम सङ्गीतमा राम्रो सम्भावना बोकेका गायक सिद्धार्थ परियारको आवाजमा ‘शून्य छ गाउँ’ बजारमा आएको हो ।प्रेममा हुने वियोगान्त भावहरुलाई शब्दमा उतारिएको गीतकार घायलश्रीले बताए । यस अघिपनि गीतकारका केही गीतहरु बजारमा आईसकेका छन् भने चर्चित गजल गायक राज सिग्देलले समेत उनका गीतमा स्वर दिएका छन् । गीतकार दुई दशकदेखि नेपाली साहित्यमा निकै सक्रिय रहेका छन् ।गीत निकै मार्मिक शब्दहरुमा सजिएको छ भने त्यसै अनुसार भिडियो दृष्यहरुले
More

“आफु भन्दा जेठी” संग रोमान्स गर्दै मनोज ( भिडियो )

पहिलो नेपाल आइडल बुद्ध लामाले बिभिन्न स्वादका गीत र गजल मार्फत स्रोता दर्शकको मन जित्द्दै आएका छन। यस पटक गायक लामाले आफ्नो शैली भन्दा केहि फरक स्वादको “आफु भन्दा जेठी” बोलको गीत सार्वजनिक गरेका छन । थिम्याटिक भर्सनको यस गीतले अचेल केटीले पैसा बिना कसैलाई भाउ नदिने र आफू भन्दा जेठीलाई प्रेमिका बनाउने चलन आएको भन्ने भाव बोकेको छ । यस गीतमा बुद्ध लामा र समिक्षा कोइरालाको युगल गायन रहेको छ । गीतका शब्द मनोज सिग्देल ( युरेश)ले लेखेका हुन । गीतमा संगीत दिपक आर्जेको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन । म्युजिक भिडियोमा सम्पदा बानिया मनोज
More

नृपेश र प्रमोदको सहकार्यमा “ज्यानमाया” बजारमा ( भिडियो )

 नृपेश उप्रेतीले बिगत लामो समय देखि युकेमा बसेर नेपाली गीत संगीत , साहित्य र पत्रकारितामा आफ्नो कलम चलाउदै आएका छन। गीतकार , गजलकार र संगीतकारका रुपमा आफ्नो परिचय बनाएका उप्रेतीका गीत र गजल सोर्ता र दर्शक माझ लोकप्रिय छन। नेपाली गीत संगीतलाई मनै देखि माया गर्ने उप्रेतीले दशैँ तिहारको रमाइलो मौसमलाई अझै रमाइलो बनाउनको लागि “ज्यानमाया” बोलको गीत सार्वजनिक गरेका छन। लोक आधुनिक गीतको समिश्रण “ज्यानमाया” डान्सिङ प्याटर्नको गीत हो। यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको छ भने नृपेश उप्रेतीको शब्द र संगीत रहेको छ। गीतको संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन्।   “ज्यानमाया”को म्युजिक भिडोयोमा पछिल्लो समय गलबन्दी
More

पलेँटीमा गीतकारका गीति-गुञ्जनसँगै तीन वटा पुस्तक विमोचन हुने

    काठमाण्डौ । यो महिनाको ‘पलेँटी शृङ्खला’ विगतका पलेँटीभन्दा भिन्दै प्रकृतिको हुने भएको छ । अँग्रेजी महिनाको अनितम सातामा आयोजना हुँदै आएको सो सांगीतिक कार्यक्रममा यसपाली तीन जना साहित्यकारहरू सहभागी हुने भएका छन् । आफ्ना नयाँ प्रकाशीत पुस्तकका साथ पलेँटीमा प्रस्तुत हुने तीनै जना साहित्यकारहरू गीति साहित्यमा पनि स्थापित व्यक्तित्व हुन् । त्यसैले यसपालीको पलेँटी संगीत र साहित्यको संगम हुने जानकारी आयोजक संस्था नेपालयले जनाएको छ ।   यही असोजको १०, ११, र १२ (सेप्टेम्बर २७, २८ र २९ तारिख) गते आयोजना हुने सो सांगीतिक कार्यक्रमकै क्रममा साहित्यकारहरू तीर्थ श्रेष्ठको कविता सँग्रह ‘धर्सैधर्साको चक्रव्यूह’, कालीप्रसाद रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ र मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुनेछन् ।
More