Archives for कला तथा मनोरन्जन

सिटी सेन्टरमा रीमासँगै झुमे दर्शक

काठमाडौं । शपिङ गर्न र घुम्न आएकाहरु शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा तीज गीतमा मज्जाले रमाए । शनिबारे पुर्सद निकालेर त्यहाँ सिटी सेन्टर पुगेका उनीहरु दर्शकमात्र भएनन्, धितमरुञ्जेल नाचे पनि । गायिका निशा देसारले ‘माइती घर’ बोलको आफ्नो तीज गीत प्रस्तुत गर्दा उनीसँगै महिला दर्शकले पनि माइती सम्झिँदै नाचे । ‘जमाना खराब छ’ र ‘अजनबी’ जस्ता गजलमार्फत चीम्कएकी निशाले आफ्नो पछिल्लो पप गीत ‘लत लाग्यो’ गाउँदा दर्शक उनीसँगै झुमे । हो, तीजको पूर्वसन्ध्यामा आयोजित ‘तीज विशेष कार्यक्रम’ मा गायिका निशाले मात्र नभएर अभिनेत्री तथा मोडल रीमा विश्वकर्मालगायतका दर्जनौ कलाकारले तीज गीतमा गाएर तथा नाचेर मनोरञ्जन प्रदान गरे । गायिका लाक्पा भुडियाको
More

दिनेशको निर्देशनमा ‘मैले कहाँ…’ (भिडियोसहित)

काठमाडौं । उनी नृत्य कोरियोग्राफीमा बढी रुचि राख्छन् र उद्देश्य पनि एक कुसल कोरियोग्राफरका रुपमा चिनिनु हो । तर, उनी कोरियोग्राफरमै मात्र सिमित छैनन्, म्युजिक भिडियो निर्देशनमा पनि उत्तिकै व्यस्त हुँदै आएका छन् । हो, उनी अर्थात् दिनेश माङ्मु लिम्बू केही समययता म्युजिक भिडियो निर्देशनमा व्यस्त हुँदै आएका छन् । दिनेश भन्छन्, ‘मेरो उद्देश्य त कोरियोग्राफरका रुपमा चिनिनु हो । तैपनि साथीहरुको अनुरोधमा भिडियो पनि निर्देशन गर्दै आएको छु ।’ २०६४ सालमै नेपाली चलचित्र ‘माटो’मा कोरियोग्राफी गरेपछि यस क्षेत्रमा हौसिएका दिनेशले हालसम्म डेढ दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने दुई दर्जनभन्दा बढी चलचित्रमा कोरियोग्राफी । यसरी चलचित्रमा नृत्य
More

नृपेश उप्रेतीको मन मुटु नदुख्ने के छ औषधी सार्वजनिक (भिडियो सहित)

पहिलो पटक चर्चित गायक शिव परिवार र प्रमोद खरेललाई एक साथ गजल गवाएर चर्चामा आएका गीतकार नृपेश उप्रेतीको नयाँ गजल “मन मुटु नदुख्ने के छ औषधी ?” सार्वजनिक भएको छ। नबोदित गायक विशाल घिमिरेको आवाजमा सजिएको यो गजलमा जोनी योञ्जनले संगीत भरेका हुन। यसअघि “जति धेरै” बोलको गीत सार्वजनिक गरेका गायक घिमिरेलाई संभावना बोकेका गायकको रुपमा हरिएको छ। पुर्व झापालाई कर्मभुमी बनाएर संगीतमा होमिएका गायक घिमिरे पुर्वाञ्चलमा निकै चर्चित पनि छन। उनले झापामानै संगीतकार कृष्ण योञ्जन बाट संगीतको प्रशिक्षण लिएका हुन र उनी हरेक बिधाका गीत गाउन पोख्त मानिन्छन्। गीतकार उप्रेतीका यस अघिका सबै गीत गजलहरु चर्चित तथा स्थापित गायक
More

मिर्गौला रोगी कलाकार रानालाई सहयोग

काठमाडौं । दीपशिखा फाउन्डेसनका अध्यक्ष दीपशिखा खड्काले मिर्गौला रोगी कलाकार लक्ष्मी रानालाई सोमबार रु तीनलाख आर्थिक सहयोग गर्नुभएको छ । समाजमा केही गरौँ भन्ने उदेश्यका साथ फाउन्डेसन स्थापना गर्नुभएकी खड्काले व्यक्तिगतरुपमा उक्त रकम सहयोग गर्नुभएको हो । उहाँले यसअघि फाउन्डेसनका तर्फबाट रु ५५ हजार सहयोग गरिसक्नुभएको छ । चलचित्र ‘मनकामना’, ‘एकसाथ’, ‘मलाई माफ गरिदेउ’लगायतका चलचित्रमा अभिनय गर्नुभएकी राना केही वर्षदेखि दुवै मिर्गौलाले काम नगर्ने भएपछि उपचार गराइरहनुभएको छ । आठवर्षदेखि मिर्गाैलाको रोगले थलिनुभएकी राना अहिले जीवनमरणको अवस्थामा भएपछि उहाँको उपचारका लागि आर्थिक सङ्कलन गर्न थालिएको हो ।
More

वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए ।
More

सापकोटा र भण्डारीमाथि यौन दुव्र्यवहारको आरोप

काठमाडौं । दर्जनौं चलचित्रमा संगीत दिएर चर्चा कमाएका चेतन सापकोटा र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीमाथि अर्काकी छोरी समातेको गम्भीर आरोप लागेको छ । भण्डारी एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् भने सापकोटा केन्द्रीय सदस्य । यी दुवैलाई राप्रपाका नेता प्रेम देशारकी छोरी र श्रीमतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा नेकपा माओवादी केन्द्रले छानबिन प्रक्रिया अन्तिम चरणमा पु-याएको छ । माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सांस्कृतिक विचलनको आरोपमा उनीहरूमाथि छानबिन गरी प्रतिवेदन बुझाउन विश्वभक्त दुलाल आहूति र बलराम तिमल्सिनालाई जिम्मा दिएका छन् । आहूति र तिमल्सिनाले सापकोटा र भण्डारीमाथि सोधपुछ गरिरहेका छन् भने राप्रपा नेता प्रेम देशारलाई बोलाएर
More

मिस यूके नेपाल उपाधि टेनिसाकाे हातमा (फोटो/भिडियो सहित)

लन्डन । बेलायतमा आइतबार अबेर सम्पन्न पांचौं मिस यूके नेपाल २०१६ को उपाधि टेनिसा रानाले जितेकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा कुल आठ प्रतियोगीबीच भएको प्रतियोगितामा रानाले मिस ब्युटी वीथ परपोज र मिस ट्यालेन्ट टाइटिल समेत जितिन् । क्विनम्यारी विश्वविद्यालय लन्डनमा मेडिसिन विषय अध्ययनरत उनले यस्तो ब्युटी प्याजेन्टबाट आफूमा आत्मविश्वास झन् बढेको र प्रतिभा प्रस्फुटन गर्ने अवसर समेत मिलेको बताइन् । इभेन्ट एण्ड आइडियाजले गरेको उक्त प्रतियोगितामा फस्ट रनर अप भइन् 
प्रशंङसा लिम्बु । प्रशंङसाले मिस पर्सनालिटी र मिस क्याटवाकको समेत उपाधि जितेकी छन् । त्यसैगरि, सेकेन्ड रनर अप भइन् बिभिया श्रेष्ठ । बिभियालाई मिस पब्लिक च्वाइस उपाधि समेत
More

तमु सुन्दरी प्रतियोगिता हुदै

पोखरा । मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छाँज धीं कास्कीले आयोजना गर्दै आइरहेको मिस तमुस्यो नेपालको पाँचौँ संस्करणको एक महिने प्रशिक्षण पोखरामा सुरु भएको छ । प्रशिक्षणमा कास्की, स्याङ्जा, लमजुङ, पर्वत, गोरखा, झापा, चितवनलगायतका जिल्लाका २० प्रतिस्पर्धी सहभागी छन् । प्रशिक्षणमा व्यक्तित्व विकास, भाषा, संस्कार संस्कृतिलगायतका विभिन्न विधाका विज्ञबाट प्रशिक्षण दिइने नेपाल तमु विद्यार्थी छाँेज धीं कास्कीका अध्यक्ष एवम् मिस तमुस्यो नेपालका मूल आयोजक समिति संयोजक धनु तमुले जानकारी दिनुभयो । असोज ८ गते पोखरा सभागृहमा फाइनल हुने मिस तमुस्यो प्रतियोगिताका विजेताले नगद रु ५० हजारसहित एक हप्ते हङकङ यात्राको अवसर प्राप्त गर्ने
More

श्रोतालाई मेनुकाको ‘लाईफ’ (भिडियोसहित)

काठमाडौं । गायिका मेनुका राई सांगीतिक कोशेली ‘लाईफ’ लिएर श्रोता तथा दर्शकमाझ आएकी छन् । कुनै समय ‘माया आरिसे’ बोलको लोकआधुनिक गीतमार्फत गायन क्षेत्रमा चर्चामा मेनुकाको यो तेस्रो एल्बम हो । यसअघि उनले ‘माया आरिसे’ र ‘१, २, ३’ नामक एल्बम ल्याएकी थिइन् । सार्वजनिक एल्बम ‘लाईफ’ मा ६ वटा लोकआधुनिक गीत छन् भने दुई गीतको म्युजिक ट्रयाक समेत समेटिएको छ । एल्बममा दुईदिने जीन्दगी, साकेला गीत, वितेका ती पलहरु, जुनीजुनीसम्म र माया आरिसे बोलका गीत समावेश छन् । ‘माया आरिसे’ मेनृुकाको चर्चित गीत हो । एल्बमका अन्य गीतमा भुपेन्द्र खड्का, पवित्रा चाम्लिङ राई र रिदम राईको शब्दरचना रहेको छ
More

‘राजनीतिलाई पेसा नबनाऊ’

काठमाडौं । पैसा कमाउने उद्देश्य लिएर राजनीतिमा लागेका नेतालाई अन्य पेसा र व्यवसायमा लाग्न कलाकारले सुझाव दिएका छन् । गाईजात्राको अवसरमा आज रिपोर्टर्स क्लब नेपालले यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै कलाकारले राजनीतिमा मौलाएको विकृति, विसङ्गतिलाई अन्त्य गराउन व्यङ्ग्यात्मक शैलीमा आग्रह गर्दै राजनीतिलाई पेसा नभई सेवाको भावमा लिएर काम गर्न नेतालाई सुझाव दिनुभएको हो । कलाकार मनोज गजुरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अब ठूला माछा समात्ने गरी काम गर्न व्यङ्ग्यात्मक रुपमा सुझाव दिनुभयो । कलाकार शैलेन्द्र सिंखडाले शत्रु हँसाएर, राष्ट्र रुवाउने कुरा दःुखद् भएको बताउँदै यसको अन्त गरिनुपर्नेमा जोड दिनुभयो । कलाकार दीपकराज गिरीले कलाकार अरुलाई मिलेनन्
More

मिस बिस्वकर्मा भाद्र १ गतेदेखि

काठमाडौं । युवा पिडि बाटनै सकारत्मक समाज परिबर्तन गर्न सम्भब छ भन्ने सोचका साथ ‘परिबर्तनको लागि हाम्रो आवाज’ भन्ने मुल नाराका साथ नेपालमै पहिलो पटक मिस बिश्वकर्मा २०१६ प्रतियोगिता हुदै छ ।तथाकथित पुरातन सोच बिरुद्द जातियता पहिचानको लागि क्रियटिभ इनसाइट मिडियाले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । जातिय बिबिधताले भरिएको हाम्रो देश नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सस्कृति, कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न पहिलो पटक नेपालमा आयोजना गर्न लागेको यस प्रतियोगितामा बिस्वकर्मा जाति लाइ लक्षित गरिएको छ। विशेष गरि तथाकथित दलित समुदायलाई प्रतिनिधित्व गर्दै नेपालमा हुन लागेको यो पहिलो ठुलो प्रतियोगिता हुने आयोजक समितिले बताएको
More

शोभिता फेसबुकमा हिट (भिडियोसहित)

काठमाडौं– । पत्रकारको पेसा नै सूचना र प्रविधिसँग रमाउने हो । जतिबेला पनि नयाँ केही समाचार र सूचना पाइन्छ कि भनेर सामाजिक सञ्जालमा जोडिरहने पत्रकारको जीवनशैली र दैनिकीलाई लिएर रेडियो पत्रकार शोभिता रिसालले गीत लेखेकी छन् । शब्द र गायन शोभिता रिसालकै रहेको ‘मेरा मायालु फेसबुकमा हिट’ तीज गीत सार्वजनिक भएको । शोभितालाई गायनमा राजन रुचालले साथ दिएका छन् । लय राजनकै रहेको छ । गीतको एरेन्ज विनोद बाजुरालीले गरेका छन् । पत्रकारिता र घरव्यवहारसँग जोडेर शब्द लेखेर लोकलयमा ढालिएका कारण गीत लोकप्रिय बनेको छ । त्यसमा पनि पत्रकारिता, कलाकारिता, सामाजिक क्षेत्र सबैसँग जोडिएका कारण गीतको शब्दमा विविधता छ ।
More

दौलत राई सोलोदेखि पार्श्व गायनसम्म

काठमाडौँ-  नेपाली सुगम संगीतमा चर्चाको शिखरमा पाइला टेक्दै गरेका गायक दौलत राइले आफ्नै दुइवटा एल्बम र दर्जनौ कलेक्सन-एल्बमहरु मार्फत आफ्नो जादुमय आवाजले दर्शक श्रोता हरुको मन जित्न सफल भएका छन । करिब तिन दर्जन भन्दा बेसी गीतहरुमा आफ्नो आवाज भरिसकेका दौलत हर किसिमका गितहरु गाउने क्षमता राख्छन । पछिल्लो समय उनको माग नेपाली चलचित्रको पार्श्व गायनमा पनि बढ्दो छ । सानै उमेर देखि गित संगीतका पारखी दौलतले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाई सकेका छन । उनको पछिल्लो एल्बम “लव यु अल” को चर्चा संगै गायक दौलतको माग नेपाली सांगीतिक बजारमा बढेको हो । “लव यु अल एल्बममा
More

नायिका प्रियंका कार्की लन्डनमा

  लन्डन । लोकप्रिय नायिका प्रियंका कार्की साेमवार लन्डन आइपुगेकी छिन् । ६ महिनाबीचमा उनी चौथोपटक लन्डनआएकी हुन् । २१ अगष्ट आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा हुन लागेको ५ औं मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीहरुका लागि कोरियोग्राफी गर्न प्रियंका यूके आएको आयोजकले जनाएका छन् । २४ अगष्टमा नेपाल फर्कनुअघि प्रियंकाले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिनेछन् । यसपटकको प्रतियोगितामा आठ जना सुन्दरीहरुले प्रतिष्पर्धा गर्दैछन् । अलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती भिडेका हुन् । साढे तीन बजे शुरु हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा छ
More

चर्चा बटुल्दै गायिका स्वेच्छा ठकुरी

काठमाडौं । बिगत तिन बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर गित संगीतलाइ आफ्नो पेशा बनाउदै आएकी नब गायिका स्वेच्छा ठकुरी अहिले नेपाली चलचित्रको पार्श्व गायनमा चर्चा बटुल्दै छिन । सानै उमेर देखि गायनमा रुचि राख्ने स्वेच्छा ठकुरी कक्षा चारमा पढ्दा देखिनै बिद्यालयमा गाउने र स्टेज कार्यक्रममा समेत गाउने गर्थिन । नेपाली तारा सिजन ३ को टप फाइबमा पर्न सफल तथा महिला तर्फको बिजेता बन्न सफल गायिका स्वेच्छा ठकुरीले अहिले सम्म तिन दर्जन भन्दा बेसी गीतमा आफ्नो आवाज भरि सकेकी छिन । यो बर्षको सुपरहिट चलचित्र प्रेमगीतको चर्चित गित मैले सोचेको जस्तै मैले खोजेको जस्तै बोलको सफल गित गाइसकेकी नब  गायिका स्वेच्छा
More

यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्बजनिक (भिडियो)

बार्सिलोना। स्पेन निबासी नबोदित गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्पेनको प्रस्तुतिको रुपमा गायक मैनालीको भिडियो सार्बजनिक भएको हो। मैनालीको बियोगान्त गीतको भिडियोलाई सन्जय बिक्रम शाहले निर्देशन र बिकास राईले सम्पादन गरेका छन्। प्रबिण प्रसाईको संगीत र रोजी लाबुङ् राईको रचनामा रहेको गीत लोकप्रिय हुनेमा गायक मैनाली आशाबादी देखिएका छन्। भिडियोमा स्थानीय कलाकारहरु सुरज मैनाली,सुस्मिता कडेल,भोला लामिछाने,अर्जुन शर्मा,कबिता भट्टराई,स्तुति कटवाल लगायतले अभियन गरेका छन्। गायक मैनालीले प्रबासमा रहेर गीत रेकर्ड गर्दै भिडियो निकाल्न निकै कठिन हुने बताएका छन्। उनले भने,”हामी सबैको मेहनतले भिडियो तयार गरेका छौ,आशा छ सबैको
More

डेनमार्कमा नेपथ्य प्रस्तुत

कोपेनहेगन । नेपालको प्रख्यात लोकरक ब्याण्ड नेपथ्यले यसपालाको आफ्नो युरोप भ्रमणको दोश्रो र अन्तिम प्रस्तुती कोपेनहेगनमा भब्यताका साथ सम्पन्न गरेको छ । प्रविधिको सहयोग र उल्लेख्य दर्शक पाएर यहाँस्थित आमाबियोमा आयोजित कन्सर्टमा स्टेज र दर्शक घेरा अन्तिमसम्म एकापसमा रमाएको थियो । नेपालसँग जोडिएका डेनमार्कका थोरै वासिन्दा र यहाँ बसोबास गर्दैआएका नेपाली दर्शकहरुले हल भरिभराउ देखिन्थ्यो । ‘कस्तो सकारात्मक उर्जाको प्रवाह, ब्याण्ड र दर्शक बिचको सम्बन्ध गज्जबको थियो’ सन् २००१ देखि चार वर्षसम्म नेपालस्थित डेनमार्कको दुतावासमा ‘चिफ अफ मिशन’ रहेका गर्ट मेनिकीले भने । उनी साथी र परिवारको राम्रै उपस्थितीका साथ कन्सर्टमा आएका थिए । पछिल्लो समय नेपाली विद्यार्थीका माझ डेनमार्क
More

जर्मनीमा नेपथ्यको जीवन्त प्रस्तुती

ह्यामवर्ग । नेपालको अग्रणी लोक रक ब्याण्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा आफूलाई प्रस्तुत गरेको छ। ह्यामवर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो। युरोपमा नेपालीहरुको बसोबास एक त छरिएर रहेको छ भने अर्कोतर्फ ह्यामवर्गमा थोरै मात्र नेपाली बसोबास गर्छन्। ‘ब्याण्डका माध्यमबाट हाम्रो समुदायको पहिचान र आत्मवल उच्च पार्न सघाउ पुग्ने विश्वासले निम्ता गरेका हौं,’ आयोजक तमु समाजका तर्फबाट कार्यक्रम संयोजक रहेका सुन्दर गुरुङले भने, ‘निम्तो स्वीकार्दै यति टाढा आएर कार्यक्रम प्रस्तुत गर्दै हामीलाई अविष्मरणीय साँझ प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं।’ नेपथ्यको सदाबहार पुराना हिट गीतहरुदेखि लिएर भर्खरैका ताजा सिर्जनासम्म अटाएको कार्यक्रम गुरुङ बोलबाट सुरुहुने गीत ‘नासे छ्यावा’बाट थालनी भएको
More

नेपथ्य युरोपतिर, अगस्त २ तारिख कोपेनहेगनमा प्रस्तुती दिने

युरोपको दुइ गन्तब्यमा आफ्ना प्रस्तुती बोकेर लोकरक टोली नेपथ्य त्यसतर्फको यात्रामा अग्रसर भएको छ । ह्याम्बर्ग र कोपेनहेगनमा आयोजना हुने दुइ कन्सर्टका निम्ति ब्याण्ड बुधबार प्रस्थान गर्दैछ । टोलीको पहिलो प्रस्तुती जुलाइ ३० तारिखका दिन ह्याम्बर्गमा हुनेछ । त्यहाँस्थित ग्रुइन्सपानमा लोकभाकामा आधारित नेपथ्य आवाजहरु घन्काएपछि यो समूहले डेनमार्कको कोपेनहेगनस्थित अमागेर्वियोमा उपस्थिती जनाउनेछ । अगस्त २ तारिखका दिन त्यहाँ कन्सर्ट तय गरिएको छ । युरोपका दुइ राष्ट्र जर्मनी र डेनमार्कमा हुनलागेको यी दुवै नेपथ्यका पहिलो कन्सर्ट हुनेछन्। ‘नेपाली डायस्पोराको अझ फराकिलो घेरा समात्दै नेपथ्यको निम्ति विल्कुल नयाँ मुलुकमा प्रस्तुत हुनलागेकोमा म उत्साहित छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्,
More

विद्यालय पुनर्निर्माणमा कलाकार ध्रुवदत्तको सहयोग

लन्डन।  हाल बेलायतमा बसोबास गर्दै आएका नेपाली रजतपटका स्थापित कलाकार ध्रुवदत्तले भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणका निम्ति एक लाख रुपियाँ सहयोग गरेका छन् । विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यासमा आधारित नेपाली चलचित्र तीनघुम्तीमा नायकको भूमिका निभाएका ध्रुवदत्तले नुवाकोटको बुधसिंह गाविसस्थित अन्नपूर्ण प्राथमिक विद्यालयको पुनर्निर्माणका निम्ति उक्त रकम सहयोग गरेका हुन् । पुनर्निर्माण अभियानको संयोजन गरिरहेकी सरु सुनारलाई गत सोमबार एक कार्यक्रमबीच तीनघुम्तीका निर्देशक बाबुराम ढकालले एक लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् । गत वर्षको अकल्पनीय महाभूकम्पलगत्तै बेलायतका विभिन्न ठाउँमा तीनघुम्ती चलचित्रका च्यारिटी शोमार्फत् उक्त रकम जम्मा गरिएको ध्रुवदत्तले जानकारी दिए । देशभित्र र बाहिर उक्त चलचित्रकोे निकै उत्साहप्रद समीक्षा भएको छ
More