Archives for फिचर

किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड

संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका समकक्षी मिखाइल गोर्भाचोभले रासायनिक हतियार प्रयोग एवम् विस्तारमा केही लचकता अपनाउने सम्बन्धी सम्झौतामा सन् १९९० मा हस्ताक्षर गरेपछि त आम मान्छेलाई लाग्यो, अब संसारभर कहि कतै रासायनिक हतियार प्रयोग हुने छैन । इराकमा रासायनिक हतियार भएको नाममा अमेरिका, उसको गठबन्धन राष्ट्र र उत्तर एटलान्टिक सहयोग सङ्गठन(नेटो) गठबन्धनले हमला ग¥यो । मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको हिसाबले उक्त आक्रमण इतिहासकै महंगो सावित भयो अमेरिकालाई । किनकी आजसम्म पनि
More

राम्रो संकल्प गर्न नयाँ बर्ष नै किन कुर्ने?

डा. बच्चु कैलाश कैनी । हामी सबै खुसियालीका साथ नेपाली नयाँ बर्ष मनाउंदैछौ । यो अवसरलाई परिवारसंग घुमफिर गर्ने, साथीभाई र इष्टमित्रहरुलाईसँग रमाउने, आफूले चाहे जस्तै गरी रमाइलो गर्ने र शुभ कामना सांटने मौकाको रुपमा सबैले लिन्छौ । यो स्वभाभिक पनि हो । त्यति मात्रै हैन, नयाँ बर्षको दिनलाई राम्रो संकल्प गर्ने दिनको रुपमा पनि लिन्छौ । राम्रो कुराको शुरुवात गर्न के नयाँ बर्ष नै कुर्नु पर्छ ? यसको जवाफ सजिलो छ । कसैको लागि नयाँ बर्षको दिन नै कुर्नु पर्ला, जुन हरेक बर्ष एक दिन मात्रै आउँछ । तर, कसैको लागि हरेक दिन नै काम गर्ने, राम्रो कुराको शुरुवात
More

रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो । कसरी यतिका दिनसम्म बाँचिरहेका छन् ।
More

बेनी अस्पतालप्रति जनविश्वास बढ्यो

हर्नियाको समस्या भएका रघुगंगा गाउँपालिका–३ पिप्लेका क्षेत्रबहादुर खत्रीले बेनीस्थित जिल्ला अस्पतालमा यसै हप्ता शल्यक्रिया गराउनुभयो । ‘बि’ नेगेटिभ रगत र मुटुको समस्याले थलिएकी धौलागिरी–२ लुलाङकी ५१ वर्र्षीया मनकुमारी बिकले बेनीमै शल्यक्रिया गरेर स्वास्थ्य लाभ गर्नुभयो । पोखराको गण्डकी अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने बताएपछि निराश हुँदै घर फर्कने क्रममा बिकलाई आफन्तले अन्तिम अवस्थामा बेनी अस्पताल पु-याएका थिए । चिकित्सकका अनुसार बि नेगेटिभ रगतको कमी र उनको मुटुको चाल प्रतिमिनेट ७५ भन्दा माथि हुनुपर्नेमा ४६ मा झरेको थियो । दाहिने खुट्टा र कम्मरलाई जोड्ने ठाउँमा भएको सङ्क्रमणका कारण एउटा खुट्टा चलाउनै नसक्ने गरी कुँजिएपछि गत माघमा बेनी अस्पताल ल्याइएकी लुलाङकै
More

भवीन्द्रको अर्को अनुसन्धान सफल

म्याग्दी । नेपाली आर्किमिडिज एवम् सामथ्र्यको सिद्धान्तका प्रवद्र्धक नेपाली युवा वैज्ञानिक भवीन्द्र कुँवरको अङ्कगणितसम्बन्धी अर्को अनुसन्धान पनि सफल भएको छ । ‘दुर्यान्तर’ नामक यन्त्रको आविष्कार र भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र पत्ता लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका युवा वैज्ञानिक भवीन्द्र कुँवरले फेरि अर्को ‘गणितीय सम्बन्ध’ सारीकरण पत्ता लगाएका छन् । उनले लामो समयको खोजपछि गणितमा सारीकरण पत्ता लगाएका हुन् । सारीकरण पत्ता लागेपछि झन्डै पाँच हजार वर्षदेखि रहस्यमा रहेको शून्यसम्बन्धी अङ्कगणितीय समस्याको समाधान भेटिएको हो । विगत लामो समयदेखि पूर्व तथा पश्चिमका गणितज्ञहरुले शून्यका कारण गणितमा समस्या रहेको स्वीकार्दै आएका थिए । उनीहरुले
More

इलाममा गाई पनि रेडियो सुन्छन्

इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् । गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् । त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताउनुभयो । उहाँले त्यहाँस्थित चियाबारी एफएम,
More

कुकुरपालन : सुरक्षा कि सोख

ललितपुर कुपण्डोलका सञ्जय तण्डुकारले तीन वर्षदेखि ‘पग’ नामक कुकुर पाल्दै आउनुभएको छ । घरको सुरक्षा र कोही नभएको समयमा आमालाई पनि साथी हुने भएकाले उहाँले कुकुर पाल्नुभएको हो । साथीले ल्याएको देखेर तण्डुकारलाई पनि कुकुर पाल्न रहर लाग्यो । उहाँले रु २० हजारमा कुकुर किनेर ल्याई पाल्न थाल्नुभएको हो । कैलाली धनगढीका लोकबहादुर खड्काले स्थानीय माइतीघरस्थित रोयल केनलबाट रु १० हजार ५०० मा जर्मन सेफर्ड जातको कुकुर किनेर पाल्न थाल्नुभयो । घरमा त्यही जातको कुकुर हुँदाहुँदै उहाँले त्यही जातको पोथी किनेर ल्याउनुभएको हो । डोटी घर हुँदा खड्का भोटे कुकुर पाल्नुहुन्थ्यो । अहिले भोटे कुकुर पाइन छाडेपछि उहाँले उन्नत जातका
More

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना

सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटका चालिस बर्षीय अनुसन्धानकर्ता भवीन्द्र कुँवर सुल्झिन नसकेर रहेको उक्त भौतिक शास्त्रीय समस्याको वास्तविक कारण र आखिरी समाधान पहिल्याउन सफल भएका हुन् । कुँवरले यस विषयमा केही वर्षदेखि खोज निरन्तर रुपमा गरिरहेका थिए । उनले केही वर्षदेखि यस विषयलाई पुस्तक,
More

राष्ट्रकै पहिचान बन्दैछ जटायु रेष्टुराँ

केही वर्षअघिसम्म गाउँमा कुनै पशु चौपाया मरेमा महिनौँसम्म दुर्गन्ध फैलिने र स्याल, कुकुरजस्ता जनावरले सिनो जथाभावी फैलाउने समस्याले आजित बनेका नवलपरासीको पिठौली र कावासोती क्षेत्रका बासिन्दा अहिले गिद्ध रेष्टुराँ स्थापनापछि यस समस्याबाट मुक्तमात्र भएका छैनन्, अन्तर्राष्ट्रिय जगत्मा गाउँको पहिचान बनेकामा गौरवान्वित छन् । अशुभ र फोहरी पक्षीका रुपमा घृणा र तिरस्कार गरिने सामाजिक धारणालाई चुनौती दिँदै स्थानीय समुदायले रेष्टुराँ स्थापना गरेर थालेको गिद्ध संरक्षण अभियानको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका छन् । यही रेष्टुराँले अहिले गाउँको पहिचान देशभित्र मात्र नभएर विश्वमा बढ्न थालेको छ । वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डा महेश्वर ढकालका अनुसार एसियामै गिद्ध सङ्कटमा
More

सबै पानी कता गयो ?

हामी खडेरीग्रस्त ग्रहमा बसेका छौं । यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन् । यो भनाईले विश्वमा व्याप्त पानीको भयावह समस्याको एउटा सानो पाटोलाई मात्र उजागर गरेको छ । पृथ्वीको जगेडा पानीको ट्याङ्कीको रुपमा रहेको भूमिगत जलभण्डार पनि सुक्दैछन् । यदि यस्तो अवस्था रहिरह्यो भने परिणाम भयावह हुनेछ, विशेषगरी पानीको सङ्कट झेलिरहेको तथा तीब्र जनसंख्या वृद्धि भइरहेको एसिया महादेशको लागि । भूमिगत जलभण्डार जमिनको गहिराइमा अवस्थित पारगम्य चट्टान, माटो वा बालुवामा सङ्ग्रहित पानी हो । भूमिगत जलभण्डारमा पृथ्वीको सतहमा रहेका खोलानाला, तालतलैया, नदी र सीमसारमा पाइने पानीको दश गुणा पानी
More