Archives for अनौपाचारिक

भाइको सेतो कपडा देखेपछि बुबा ढल्नुभो

दुर्गालक्ष्मी श्रेष्ठ, समाजसेवी लामो समय शिक्षण पेसामा आबद्ध चितवनकी दुर्गालक्ष्मी श्रेष्ठ हिजोआज निकै व्यस्त छिन् । २५ वर्षअघि ६ जना मिलेर खोलेको संस्था नारी उत्थान केन्द्र चितवनको रजत महोत्सवको समापनको तयारीका लागि उनी व्यस्त भएकी हुन् । केन्द्रमा अहिले एक सय १२ साधारण सदस्य छन् भने ९९ जना आजीवन सदस्य छन् । आईएसम्मको अध्ययन गरेकी दुर्गालक्ष्मीले व्यापारी बुबा र सासूको प्रेरणाले समाजसेवामा हात बढाएकी हुन् । उनी डेढ दर्जन जति सामाजिक संघ–संस्थामा आवद्ध छिन् । नारी उत्थानको संस्थापक सदस्य, पूर्वअध्यक्ष र रजत महोत्सवको मूल समिति संयोजक दुर्गालक्ष्मीसँग सिर्जना अर्यालले गरेको कुराकानी: ० निकै व्यस्त देखिनुहुन्छ नि ? – नारी उत्थानले
More

नेपालमा भुक्का टुरिस्ट नै बढी

विन्दु कोइराला सुवेदी, उपाध्यक्ष (वाणिज्य) पोखरा उद्योग वाणिज्य संघ पश्चिमाञ्चल क्षेत्रमा पेय पदार्थको डिलरसिपकी सञ्चालक विन्दु कोइराला सुवेदी उद्योग वाणिज्य महासंघ पोखराको वाणिज्यतर्फकी उपाध्यक्ष पनि हुन् । केही समयअघि कोइराला नेतृत्वको उद्योग वाणिज्य महासंघले पर्यटकीय नगरी पोखरामा महोत्सव सञ्चालन गरेको थियो । महोत्सवमा पर्यटनलगायत सबै क्षेत्रको सहभागिता थियो । पश्चिमाञ्चलमा लिंकर्स व्यवसाय र यसको सम्भावनाबारे उनले कुमार राउतले गरेको कुराकानी : ० के व्यवसाय गर्नुहुन्छ ? – कन्जुमर आइटमको व्यवसाय हो मेरो । पश्चिमाञ्चल क्षेत्रको लिंकर (पेय पदार्थ) को पार्ट हेर्छौं । ० पेय पदार्थको व्यवसाय कस्तो छ ? – ठीकै छ भन्नुप-यो, पर्यटकीय क्षेत्र पोखरामा भएकाले हाम्रा उपभोक्ता विशेष
More

नेविसंघको सिपाही हुँ

कौशिला भट्ट, नेतृ नेविसंघ नेपाल विद्यार्थी संघको अधिवेशन आउन अब एक साता पनि बाँकी छैन । अधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित नभएर त्यहाँ संगठनको भावी नीति कस्तो हुनेबारे पनि व्यापक छलफल हुनुपर्ने पद्मकन्या क्याम्पसकी विद्यार्थी नेतृ कौशिला भट्ट बताउँछिन् । परिवर्तित समयसँगै अब नेविसंघले पनि आफ्ना नीतिहरूमा परिवर्तन गर्दै सबै विद्यार्थीहरूको लोकप्रिय संगठन बनाउन अधिवेशन सफल हुने उनको विश्वास छ । नेविसंघको आसन्न महाधिवेशनबारे खगेन्द्र भण्डारीले गरेको कुराकानी ः ० नेविसंघको महाधिवेशन तोकिएकै समयमा हुन्छ त ? – पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन समयमै हुनै पर्छ भनेर भन्दै आउनुभएको छ । अब अधिवेशन हुन्छ भन्नेमा म विश्वस्त छु ।
More

घरबाटै महिला पीडित छन्

भद्रा भन्डारी, नेतृ नेपाली कांगे्रस महिला सशक्तीकरणबारे प्रशिक्षण दिन ७५ वटै जिल्ला पुगिसकेकी छन् भद्रा भण्डारी । राजनीतिक र समाजिक रूपमा महिला सचेत नभएसम्म समाजमा व्याप्त विभेद नहट्ने विचार राख्ने उनी नेपाली कांग्रेसको राजनीतिमा पनि उत्तिकै सक्रिय छिन् । बिहे गरेपछि छोराछोरी हुर्काउँदै अध्ययन पूरा गरेकी भण्डारी यतिबेला पीएचडीको तयारीमा समेत छिन् । उनीसँग खगेन्द्र भण्डारीले गरेको कुराकानी : ० कहिलेदेखि राजनीतिमा लाग्नुभयो ? – म राजनीतिमा सानैदेखि लागेको हो, त्यतिबेला पार्टीकै सदस्यता लिएर होइन । म दस एघार वर्षको हुँदा बीपी कोइराला कार्यक्रममा सहभागी हुन रौतहट जानुभएको थियो । त्यो कार्यक्रममा उहाँलाई स्वागत गर्न पञ्चकन्याका रूपमा म पनि सहभागी
More

महिलालाई ‘कि’ पोष्टमा ठाउँ दिँदैनन : लक्ष्मी थापा खड्का

आउँदो शनिबार काठमाडौं जिल्ला बारले नयाँ नेतृत्व छनोट गर्दैछ । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले लक्ष्मी थापा खड्कालाई सहसचिव पदमा उम्मेदवार बनाएको छ । डिएलए बाहुल्य काठमाडौं बारमा एउटै समूहका दुई प्यानल चुनावी मैदानमा छन् । अन्तिम अवस्थामा डिएलएको एउटै समूह मात्र चुनावी मैदानमा हुने विश्वास सहसचिवका प्रत्यासी लक्ष्मीको छ । दुई दशकभन्दा बढी समय कानुन व्यवसाय क्षेत्रमा बिताएकी लक्ष्मीले बारको राजनीतिमा आउनुको उद्देश्य कुमार राउतसँग यसरी प्रस्ट पारिन् ० तपाईलाई सहसचिव पदमा उम्मेदवार दिन लगाइएछ नि ? – नेपाल बार एसोसिएसनको महŒवपूर्ण पद महिलालाई दिन रुचाइँदैन । कोषाध्यक्ष वा ल्याउनैपर्ने बाध्यता बनाइए यही सहसचिवमा महिलालाई उम्मेदवार बनाइन्छ । म
More

भूकम्पपीडितको पीडामा सरकारले राजनीति ग-यो – कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा

सरकारले असारभित्र सबै भूकम्पपीडितलाई छानामुनि ल्याउने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन हुने अवस्था छैन । सरकारले पुनर्निर्माण प्राधिकरणलाई राजनीतीकरण गरेको र राजनीतिक आस्थाका आधारमा काम गरिरहेको गुनासो पीडितहरूले गर्न थालेका छन् । यसै विषयमा केन्द्रित रहेर भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये एक नुवाकोट क्षेत्र नं. ३ बाट निर्वाचित सांसद एवं कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामासँग खगेन्द्र भण्डारीले गरेको कुराकानी : ० मनसुन सुरु भइसक्यो, कस्तो छ भूकम्पपीडितको अवस्था ? – पीडितहरू टहरो बनाएर बसिरहेका छन् । धानगहुँलगायत अन्नपात राख्नै प-यो । पानी परिरहेको छ, अन्नपात जोगाउनै मुस्किल छ । सुत्केरी, बालबच्चा र बृद्धबृद्धाको बेहाल छ । निमोनियाको समस्या बढेको छ
More

पार्टीको विधान र व्यवहार फरक छ : अनिता यादव, कोषाध्यक्ष, तमलोपा

तराई–मधेश लोकतान्त्रिक पार्टीको भर्खरै सम्पन्न महाधिवेशनपछि अध्यक्ष महन्थ ठाकुरले अनिता यादवलाई पदाधिकारीमा नियुक्त गरे । उनले कोषाध्यक्षको जिम्मेवारी पाएकी छिन्, पार्टीमा यादव पहिलो महिला पदाधिकारी हुन् । आफू आन्दोलनबाटै राजनीतिमा स्थापित भएको उनले बताइन् । समाजमा महिलालाई पनि साथै लिएर अघि बढे समाज परिवर्तन छिटो हुने यादवको कथन छ । उनको राजनीतिक अभियान, पार्टीमा महिलाको अवस्था र विविध विषयमा यादवसँग कुमार राउतले गरेको कुराकानी– ० केन्द्रीय समिति छनोट नगरी महाधिवेशन सकियो नि ? – हामीले अध्यक्ष सर्वसम्मत छनोट गरेका छौं, केन्द्रीय समिति छनोट गर्ने सम्पूर्ण अधिकार अध्यक्षलाई जिम्मा दिएका छौं । अध्यक्षज्यूले केही दिनभित्रै पदाधिकारीलगायत केन्द्रीय समितिको टुंगो लगाउनुहुन्छ भन्ने
More