Archives for भिडियो

एयरपोर्टमा सामान लुटिएपछि यसरी सरकारलाई दोष दिए सुर्य खड्काले (भिडियो )

काठमाण्डौ – कुशल शब्द सर्जक शिव अखेलीको शब्दमा नयाँ गीत बजारमा आएको छ । प्रदेशी गायक सुर्य खड्काको एकल स्वरमा सजिएको उक्त गीतमा मोडलिङ खड्का स्वयम्कै रहेको छ । गीतमा एयरपोर्टमा सरकारद्वारा सामान लुटिएको कुरा व्यक्त गरिएको छ । विदेशमा ५० डिग्रीसम्मको घाममा काम गरेर भित्र्याएको रेमिट्यान्सले चलेको देशमा तिनै प्रदेशी नेपाली लुटिएका छन् भन्ने यथार्थ घटनालाई सर्जक शिव अखेलीले शब्दमा उतारेका छन् । उक्त गीतको अडियो तथा भिडियो गुराँस मुभिजले निर्माण गरेको हो ।
More

गायक शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह

काठमाडौँ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट…’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री पङ्गेनीले आज एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका उपाध्यक्षसमेत रहनुभएका शर्माको गीत सुन्न पाउनु दर्शक र स्र्रोताको अधिकार हो भन्दै शर्मालाई पुनः गीत अपलोड गर्न आग्रह गरेको हो । “गीतमा प्रयोग भएका शब्द सार्वजनिक सञ्चारमाध्यममा आइरहेका शब्द हुन् । गीत सङ्गीतमा आउन नहुने भन्ने मापदण्ड छैन तसर्थ, पनि सर्जकद्वारा सिर्जना गरिएको कलाकृति, गीत सङ्गीत लोकले जस्ताको तस्तै सुन्न पाउनु स्रोताको अधिकार भएकाले प्रतिष्ठान कलाकार शर्मालाई उक्त गीत
More

सरकारको ज्यादती बिरुद्ध माइतीघरमा घन्क्यो पशुपति शर्माको ‘लुट्न सके लुट’

काठमाण्डौ – ३ दिनअघि बजारमा आएको पशुपति शर्माको भ्रष्टाचारबिरुद्धको गीत लुट्न सके लुट हिजो बेलुका नेपाल सरकारको निर्देशनमा युटुबमार्फत हटाइएको छ । सरकारको विरोध गरेको ,राष्ट्रपतिको विरोध गरेको भन्दै उक्त गीतमा प्रतिबन्ध लगाइएको हो । गीतमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा चर्को बिरोध भयो ।कलाकार ,राजनीतिकर्मी , सामान्य नागरिक तथा अगुवाहरुका प्रतिबन्ध बिरुद्ध विचारहरु सञ्जालमा पोखिए । आज अपरान्ह ५ बजे स्वतन्त्र नागरिकको समूहले माइतीघर मण्डलामा उक्त गीत प्रतिबन्ध भएको प्रति चर्को बिरोध जनाउँदै लुट्न सके लुट गीत बजाएर नाच्ने कार्यक्रम सम्पन्न गरेको छ । Geplaatst door NepalBritain.Com op Zondag 17 februari 2019
More

बिराटनगरमा अर्थोकोन सम्मेलन : नोबेलमा मुख्यमन्त्रीले गरे उद्घाटन

विराटनगर । हाडजोर्नी बिशेषज्ञहरुको २४ औं अर्थोकोन सम्मेलन बिराटनगरमा सम्पन्न भएको छ । नेपाल अर्थोपेडिक एशोसिएसनले दुई दिने सम्मेलन आयोजना गरेको हो । नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले सम्मेलन उद्घाटन गर्दै चिकित्सकहरुवीच अनुभव आदानप्रदानमा अर्थोकोन फलदायी हुँने विश्वास व्यक्त गरे । मेडिकल क्षेत्रमा बिराटनगर अग्रपङ्तिमा रहेको भन्दै उनले बिराटनगरलाई प्रदेश सरकारले मेडिकल हबको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा अर्थोपेडिक एशोसिएसनका अध्यक्ष प्रा.डा.बुलन्द थापा, महासचिव प्रा.डा.बिमल कुमार पाण्डे, आयोजक समिति अध्यक्ष प्रा.डा.नबिन कुमार कर्ण लगायतले मन्तब्य राखेका थिए । सम्मेलनकै अवसरमा नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई सम्मानपत्र प्रदान गरिएको छ । सम्मेलनमा
More

भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

झापा । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् । उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सामारिका पनि पछिल्लो समय म्यूजिक भिडियोमा छाइरहेकी मोडल हुन् । उनलाई गीतमा मोडल नवीन श्रेष्ठले साथ दिएका छन् । गायिका निशुको शव्द, संगीत र स्वरमा रहेको ‘आइ लभ यू’ बोलको गीतको निर्देशन नवीन के. तिम्सिनाले गरेका हुन् । गायिका निशु ढकालले विशेष अवसर, चाड र पर्वका गीतहरु बजारमा ल्याइरहेकी
More

चिनियाँ नयाँ वर्ष २०१९ मनाउँदै चिनियाँ युवा युवती नेपालमा ( भिडियो) नेपाली गीत पनि गाइन् चिनयाँ युवतीले

सरु पौडेल ,काठमाण्डौ – चिनियाँ कलाकारहरुले चिनको संस्कृति र कला जोगाउने उद्देश्यले चिनियाँ दुतावासद्वारा शनिबार काठमाण्डौको भृकुटी मण्डपमा नयाँ वर्ष २०१९ मनाएका छन् । कार्यक्रममा विभिन्न गीत ,संगित , मार्सल आर्टस् , सिंह खेल हात्ति खेल ,नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा सञ्चालक चिनियाँ युवतीले नेपाली गीत रेशम फिरिरी गाउँदा नेपाली दर्शक चिच्याउँदै ताली पिटेका थिए ।
More

संसदमा हङ्गामा ;; झण्डै भएन कुटाकुट (भिडियो)

काठमाडौं।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा बोले पछि कांग्रेसले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न चाहेको थियो। प्रश्नोत्तरको माग गरेपछि सभामुखले कांग्रेसको प्रस्ताव अमान्य ठहर गरिदिए। प्रधानमन्त्रीले मन्तव्य सकेर सिटमा बस्न जाँदै गर्दा कांग्रेस सांसदहरू प्रश्न सोध्न उभिएर सभामुखसँग समय माग गर्दै थिए। कांग्रेस सांसदले समय माग्ने सभामुखले नदिने। यो क्रम निकैबेर चल्यो। विस्तारै विस्तारै कांग्रेस सांसदहरूको पारो तात्न थाल्यो। त्यसमाथि सत्ता पक्षका सांसदले सभामुखको बोलीमा भाका मिलाउँदै टेबुल ठेक्न सुरु गरेपछि कांग्रेस सांसद पनि उग्र बन्दै गए। जोसिएका गगन थापा सिटबाट उठेर पहिले नै रोष्टम तर्फ अगाडि बढ्दै थिए। तै पनि समय पाइहालिन्छ कि भन्दै उनीसहित मिनेन्द्र रिजाल र अन्य कांग्रेस सांसदले माग
More

‘छक्का पन्जा ३’ को यस्तो गीत गाए निर्माता ,निर्देशकहरुले (भिडियो)

काठमाडौँ। यस वर्षको प्रतीक्षित चलचित्र ‘छक्का पन्जा ३’ को चर्चा अहिले चुलिएको छ। घटस्थापनामा रिलिज हुने चलचित्र ‘छक्का पन्जा ३’को केही दिन अगाडि ट्रेलर रिलिज भएको थियो जुन निकै रुचाइएको छ। ट्रेलरले अहिले पनि युट्युबको ट्रेडिङमा आफ्नो स्थान ओगटिरहेको छ। चलचित्रको कलाकारहरूमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाईँ, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, सन्जोग कोइराला, नीर शाह, बसन्त भट्ट, बुद्धि तामाङ आदि कलाकारहरू रहेका छन् । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा कलाकारहरू चलचित्रको प्रोमोसनमा व्यस्त रहेका छन्। उनीहरु चलचित्रको प्रोमोसनको लागि आफ्नै स्वरमा गीत रेकर्ड गराएका छन्। हेर्नुस् यस्तो छ गीत। डिसी नेपाल
More

प्रदेशमा दुई भाइ छोराको मृत्यु;; घरमा बा आमाको रुवाबासी;;पितृ बोलाउँदा डराए सबै (भिडियो)

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवाहरु उतै मृत्युको मुखमा परी रातो बाकसमा लाश आएको खबर धेरै सुनिएको छ । घरको कमजोर आर्थिक अवस्था ,बाबु आमाको दुःख देख्न नसकेपछि ,देशमा रोजगारको व्यवस्था नभएपछि प्रदेशिन बाध्य छन् नेपाली युवाहरु । त्यसैलाई आधार बनाएर सर्जक शिव अखेलीद्वारा लिखित ‘रित्तो काख ’ नामक गीत आइतबार बजारमा आएको छ । गायक सुर्य खड्का ,निर्मल क्षेत्री र रिना के.सी.को स्वरमा रहेको सो गीतमा महेन्द्र गौतम , रमा थपलिया ,विपेश घिमिरे ,शंकर के.स िर सिंगे लामाले अभिनय गरेका छन् । उक्त गीतको निर्देशन तथा छायाङ्कन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरेका
More

छक्का पञ्जा ३ को ट्रेलर सार्वजनिक (भिडियो)

बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को ट्रेलर आज ८ बजेदेखि युटुबमा सार्वजनिक भएको छ । आज एक कार्यक्रम आयोजना गरी छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरेको निर्देशक दिपाश्री निरौलाले बताइन् । चलचित्र पहिलेको सेरिजहरुभन्दा राम्रो बनेको र सफल हुने कुरामा विश्वस्त रहेको दिपाश्री निरौलाले बताइन् । चलचित्र भने घटस्थापनाको दिनदेखि प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनको मिति पनि आज नै घोषणा भइसकेको निर्माता दिपक राज गिरीले बताए ।
More

कारागार बाहिर नेकपाको बाजागाजा

काठमाडौं । आज सोमबार काठमाडौं डिल्लीबजारस्थित कारागार बाहिर अनौठो दृश्य देखियो । बजागाजा र अबिरजात्रासहित नेकपा कार्यकर्ता त्यहाँ खुसी मानाउँदै थिए । गोरखा फुजेल गाउँका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेर मुद्दा खेप्दै आएका छविलाल पौडेलले अदालतबाट सफाइ पाएपछि उनी सोमबार यहाँको कारागारबाट रिहा भएका हुन् । उनको स्वागतमा कारागार बाहिर नेकपा कार्यकर्ता र परिवारजनले बाजागाजा गरेका हुन् । जिल्ला अदालत चितवनले हिजो आइतबार फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेको थियो । एकजना फरार छन् । अभियोग लागेका पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । उनी आज रिहा हुँदा कारागार बाहिर उत्सवको माहोल बन्यो । पौडेलले ढिलै
More

सिंहदरबार अगाडि एक युवकले गरे नाङ्गै प्रर्दशन

काठमाडौँ। सरकारको बिरोधमा एक युवकले सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन गरेका छन्। गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नाङ्गै प्रर्दशन गरेका हुन्। त्यस क्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नाङ्गै प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन्। उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए। उनको छाती ‘सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर,
More

सर्जक तथा गायक शिव अखेली र प्रजापतिले गरे अहिलेका युवाहरुलाई झटारो (भिडियो)

काठमाण्डौ – गायक तथा सर्जक शिव अखेलीले आफै लेखेको शब्द आफै गाएका छन् । वरिष्ठ गायक प्रजापति पराजुली ,शिव अखेली तथा प्रतिमा वि.क.को स्वरमा रहेको पात बेरेर बिँडी बोलको गीत आजमात्र गुराँस मुभिज प्रालिले बजारमा ल्याएको हो । गीतमा घरको आर्थिक अवस्थाको ख्यालै नगरी कच्चा उमेरमै कुलतमा लाग्ने युवाहरु अझ भनौ किशोर किशोरीहरुलाई झटारो हानिएको छ । प्रायः किशोरीहरुमा ट्याटु हान्ने र केटाहरुमा चुरोट खाने लत बस्ने प्रबृत्तिलाई यो गीतमा छर्लङ्ग देखाइएको छ । रमा थपलिया तथा सुरवीर पण्डितको मुख्य अभिनय रहेको सो गीतको लय भने सन्देश पौडेलले सिर्जना गरेका हुन ।
More

दीपाश्रीले औँठी बैना गरिसकिन् अब विहे कहिले ?(भिडियोसहित)

काठमाडौँ। नेपाली चलचित्रमा ‘छक्का पन्जा’ले हिट चलचित्रको रुपमा परिचय बनायो । त्यसपछि निर्माण भएको छक्का पन्जाको सिक्वेल ‘छक्का पन्जा २’ले पनि दर्शकहरूको अगाध माया पायो । चर्चित चलचित्र ‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’को अहिले छायाङ्कन जारी रहेको छ। यसैबीच चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ। ‘पहिलो नम्बरमा’ बोलको गीतमा स्वर डेभिड शङ्कर र बिन्दु परियारको रहेको छ। गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत दीपक शर्माको रहेको छ।
More

कस्ता गाउने तीजका गीत ? (भिडियो)

काठमाण्डौ – तीज नजिकिँदै गर्दा थुप्रै तीज गीतहरु बजारमा आइसकेका छन् । यसै क्रममा गायक तथा सर्जक शिव अखेलीद्वारा रचित तीज गीत ‘तीजका गीत खत्तम ’ नामक गीत बजारमा आइसकेको छ । जान्दैनौ भने अरु पेशा गरी खाऊ विहे हो र रत्यौली ,पाटी हो र ठट्यौली तीजका गीत गाउने भए वेदनाका गाऊ भनेर नयाँ सर्जक तथा गायक गायिकालाई गीतमार्फत आग्रह गरेका छन् । उक्त तीज गीतमा स्वर विनोद भण्डारी तथा सम्झना भण्डारीको रहेको छ भने शब्द शिव अखेलीको रहेको छ । लय नरेश खाती क्षेत्रीको रहेको उक्त गीतको अडियो तथा भिडियो निर्माण पृथ्वी इन्टरटेनमेन्ट प्रा.लि.ले गरेको हो भने विष्णु सापकोटा
More

छमछमी नाच्ने तीज गीत आयो बजारमा (भिडियो)

काठमाण्डौ – यो वर्षमा सबैभन्दा बढी तीज गीत लेख्ने सर्जकमा पर्छन् शिव अखेली । उनै चर्चित सर्जक शिव अखेलीले लेखेको तीज गीत गुलियो जेरी बजारमा आएको छ । यस गीतमा पूर्णकला वि.सी र प्रेम कुमार बस्नेतको स्वर रहेको छ भने लय सुर्य खड्काको रहेको छ । गुराँस मुभिज प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतमा रामजी खाँड तथा रिना थापाले नृत्य तथा अभिनय गरेका छन् ।
More

जुरेली चरी दमदार तीज गीतले बजार तताउँदै (भिडियो)

सधैँको तीजमा जस्तै यो वर्ष पनि सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीले तीज गीत सार्वजनिक गरेका छन् । चर्चित सर्जक शिव अखेलीको शब्द रचनामा सिर्जित गीत जुरेली चरीको स्वर कृष्ण अखेली तथा निशा क्षेत्री निशानाको रहेको छ भने अभिनय प्रकाश भट्ट तथा दिपासा विसीको रहेको छ । प्रकाश भट्टकै निर्देशनमा रहेको उक्त गीतलाई तिर्सना म्युजिक प्रा.लि.ले आज बजारमा ल्याएको हो ।
More

फेरि बजार ततायो शिव अखेलीको तीन तले घरले

काठमाण्डौ – यो बर्ष दुई दर्जन भन्दा धेरै गितहरु सिर्जना गरेक लोकप्रिय सर्जक शिव अखेलीको नयाँ तिज गित सार्वजकि भएकोछ । निकै मौलिक र तिजको भावना बोकेको हाम्रो बाबाको तिन तल घर बोलको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गितमा तारा पौडेल श्रेष्ठको आवाज रहेको छ भने शिव अखेलीको शव्द तथा तारानाथ आचार्यको लय सिर्जन रहेको छ । डिजिटल स्टारको प्रस्तुती रहेको सो गितमा रुविना अधिकारी र अस्मिता गौतको अभिनय रहेको छ भने गितलाई तारानाथ आचार्यले र राजु गुरुङले म्युजिक भिडियो निर्देशन गरेका छन ।
More

जरङ्खु पुलमा भेटियो पहिचान नखुलेको लाश

काठमाण्डौ – बालाजुस्थित काभ्रेस्थली जाने बाटोमा जरङ्खु खोलाले एक युवकको शव बगाएर ल्याएको छ । स्थानीयवासीले सो शव खोलामा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर शव कसको हो भन्ने पत्ता लाग्न भने सकिरहेको छैन ।
More