Archives for ब्रेकिङ न्युज

भरतपुर मतगणना विवादः हेर्दाहेर्दैमा सोमबार

काठमाडौं । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हेर्दाहेर्दैमा सोमबारलाई राखिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो । निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल, अधिवक्ता हरि फुयाँल, बाबुराम दाहाल, हरि उप्रेती, डा चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, गोविन्द बन्दी, ईश्वरीप्रसाद भट्टराई र खिमलाल देवकोटाले भरतपुरमा च्यातिएको ९० मत बदर गर्नुपर्ने विषयमा बहस गर्नुभएको थियो । बहसका क्रममा उहाँहरुले मतपत्रको सुरक्षा गर्नुपर्ने पार्टी प्रधिनिधिबाटै मतपत्र च्यातिएको तर मतगणनास्थल भने कब्जा नगरिएको हुनाले मत बदर गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो । निर्वाचन आयोगको कानुनको दफा ५१ (ग) ले च्यातिएको मतपत्रलाई
More

‘अमेरिकामा एनआरएन अध्यक्ष घलेको शाख गिराउने खेल’

लन्डन । गैरआवासीय नेपाली संघको नेतृत्व सम्हालेपछि सफलताको शिखर चुम्दै विदा हुन लागेका अध्यक्ष डा. शेष घलेलाई विवादमा तान्ने खेल सुरु भएको सूचना नेपाल ब्रिटेन डट कमलाई प्राप्त भएको छ । भूकम्प पीडितको पीडामा मल्हम लगाउने, लाप्राकमा नमूना वस्ती निर्माण गर्ने, एनआरएन भवनलगायतका परियोजना सञ्चालन गरेर चर्चामा आएका अध्यक्ष घलेको यो शाखलाई माटोमा मिलाउने तानाबाना अमेरिकामा बुनिदैछ । अध्यक्ष घलेको कार्यकाल आउँदो अक्टोबरमा सकिँदैछ । कार्यकाल सकिनुअघि अध्यक्ष घलेलाई अलोकप्रिय र विवादमा तानेर आफ्नो अभिष्ट पूरा गर्न अमेरिकास्थित नेपाली कांग्रेसको एक समूहले कम्मर कसेर लागेको बुझिएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाको राष्ट्रिय निर्वाचनको बिषयमा अध्यक्ष घलेलाई विवाद तान्ने तयारी
More

शर्माको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनको सुनुवाइका लागि आज मिसिल झिकाउने आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले मिसिल झिकाउने आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष अदालतमा चलिरहेको मुद्दाको पनि फाइल मगाउने निर्णय गरी आजलाई सुनुवाइ स्थगन गरिएको छ । गत असार ४ गते न्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।
More

एनआरएन यूरोप बैठकमा २७ देशका ४ सय प्रतिनिधी सहभागी हुने

लण्डन । गैरआवासीय नेपाली संघको अगामी शनिवार देखी जर्मनीको फ्रयाङकफर्डमा हुने क्षेत्रिय बैठकको तयारी पुरा भएको छ । एनआरएनए १० औ यूरोपेली बैठकको तयारीको लागि शनिवार सम्पन्न बैठकले बिभिन्न निर्णय गर्दै सो बैठकलाई भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेको यूरोप संयोजक कुल आर्चायले जनाए । “युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता” भन्ने नाराका साथ हुने बैठक पछि युरोपस्थित गैरआवासीय नेपाली महिला सम्मेलनहरुको समेत सम्मेलनको तयारी भैरहेको छ । यूरोप सम्मेलनमा नेपालमा बन्दै गरेको एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने बताएको छ । बैठकले कम्तिमा २ करोड रुपैयाँ सहयोग जुटाउँने लक्ष्य राखेको छ । बैठकले कुल आचार्यको संयोजकत्वमा एक आर्थिक
More

ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्षमा जीव बेलबासे निर्विरोध

लण्डन । नेपाली समूदायको बाक्लो उपस्थित रहेको अल्डरशट क्षेत्रमा सकृय ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्षमा जीव बेलवासे र्निविरोध भएका छन् । कम्युनिटीको शनिवार सम्पन्न ७ औं अधिवेसनले बेलबासेलाई सर्वसम्मतले नेतृत्व सुम्पिएको हो । यसअघि बेलबासे कम्युनिटीको बरिष्ठ उपाध्यक्ष थिए । अधिवेसनले बरिष्ठउपाध्यक्ष, रामधन राई, उपाध्यक्षहरु, नेम थापा, रन्जिता मल्ल, महासचिव, मान गुरुङ, सचिव युवन गुरुङ, कोषाध्यक्ष टोप पल्ली, सहकोषाध्यक्ष दीपक घले, महिला संयोजक, लिला सेलिङ माबो, सदस्यहरु, भक्त क्षेत्री, नगेन्द्र नेंवाङ, जगना गुरुङ, दिल नेपाली, वेवमास्टर, प्रेम गुरुङ, सहसांस्कृति संयोजक, सुरक्षा राना चयन गरेको छ ।
More

विराटनगर स्थित गार्मेन्ट उद्योगमा भीषण आगलागी

मोरङ । विराटनगर वडा-१३ स्थित गार्मेण्ट उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।शनिवार अपरान्ह ३ बजे देखि विराटनगरको गार्मेन्ट उद्योगमा लागेको आगलागी नियन्त्रणमा ल्याउने प्रयास जारी छ । आगो नियन्त्रण गर्न विराटनगरका २ वटा दमकलहरु सहित नेपाल प्रहरी र स्थानीयहरु प्रयासरत छन् । विराटनगरमा रहेको ३ वटा दमकल मध्ये एउटा बाटैमा बिग्रिएको छ । आगलागी नियन्त्रणका लागि धरान, इटहरी र इनरुवाको दमकलहरु समेत मगाइएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । विद्युत सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ, आगलागीको कारण थाहा हुन सकेको छैन ।
More

नेतृत्वको आलोचनामा बित्यो आजको कांग्रेस बैठक

काठमाडौं । शनिबारदेखि सुरु भएको सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा आज बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गरे । पार्टी दोस्रो बन्नुमा उम्मेदवारी चयनमा भएको गल्ती र अन्तर्घातलाई नै कारण मान्दै नेतृत्वको आलोचना भएको हो । नेकपा एमालेले अघि सारेको राष्ट्रिय मुद्दाको भ्रमका कारण पनि आफूहरु खुम्चिनुपरेको समीक्षा कांग्रेसका नेताहरुले गरिरहेका छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेसभन्दा एमाले लगभग ९८ हजार मतका साथ अघि छ । संसदमा पहिलो दल रहेको कांग्रेस निर्वाचनमा थुप्रै स्थानमा झिनो मतअन्तरका साथ पराजित भएको छ । त्यसको दोष कांग्रेस नेताहरुले अन्य पार्टीलाई लगाउनुभन्दा आफैंभित्र थोपर्न थालेका छन् । निर्वाचनमा जनताले पत्याएनन्
More

कांग्रेस बैठक निर्वाचनको समीक्षा र मन्त्रिमण्डल विस्तारमा केन्द्रित

वरिष्ठ नेता पौडेलको धारणा काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुरु भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा गर्नेमा केन्द्रित रहेर छलफल भइरहेको छ । बैठकको प्रारम्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको समग्र स्थिति, निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको कारण तथा आगामी दिनमा पार्टीलाई एकढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारेमा केन्द्रित रहेर धारणा राख्नुभएको थियो । बैठकमा स्थानीय तहको दुईवटा निर्वाचनको समीक्षा गरिनुका साथै प्रदेश नं दुईमा आगामी असोज २ गते हुने निर्वाचन सम्बन्धमा छलफल भइरहेको केन्द्रीय
More

अमेरिकाको एरिजोनामा कल्पना ढाका बुटिक

काठमाडौं । मिहिनेत र संघर्षपछि अवश्य फल पाइन्छ । हो, कल्पना योङहाङ यसैको एक उदाहरण हुन् । जो हाते तानबाट बुनेको नेपाली परम्परगत ढाका कपडा तथा पहिरनको सन्दर्भको लामो समय मिहिनेत र संघर्षपछि ढाकाविद्समेत एक सफल महिला उद्यमी बन्न सफल भएकी छन् । उनै ढाकाविद् तथा फेसन डिजाइनर कल्पनाले आफ्नो ढाका उद्योग ‘द हाइल्याड आर्ट’मार्फत ढाका कपडा एवं पहिरनको विश्वव्यापीकरण गर्ने अभियानअन्र्तगत अमेरिकाको एरिजोना सिटीमा ढाका शोरुम स्थापना गर्न सफल भएकी छन् । केही साताअघि ढाका प्रवद्र्धनकै क्रममा अमेरिका पुगेकी कल्पनाले ‘द हाइल्याण्ड आर्ट’अन्र्तगत नै ‘कल्पना ढाका बुटिक’को शोरुम अमेरिकाको एरिजोन सिटीस्थित ‘टक्सन मल’मा खोलेकी हुन् । एरिजोनामा शोरुम स्थापनासँगै
More

आइकाओले नेपाललाई क्लिन चिट दिए पनि इयुको कालो सूचि कायमै

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीबाट हटेको छ । आइकाओले सन् २०१३ देखि नेपालमाथि लगाएको एसएससीलाई हालसम्म गरेको प्रगतिको मूल्यांकनका आधारमा उक्त सूचीबाट हटाएको हो । आइकाओको गम्भीर सुरक्षा चासो सम्परीक्षण समितिको बिहीबार बसेको बैठकले नेपाललाई सुरक्षा सूचीबाट हटाइएको औपचारिक रुपमा जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । नेपालको सुरक्षा चासोपछि सोको निरुपणका लागि नेपालबाट हालसम्म भएको मूल्यांकन गर्न आइकाओको दुई सदस्यीय सम्परीक्षण टोलीले नेपाल आएर गत असार २० देखि २७ गतेसम्म हवाई कानून, नागरिक उड्डयनको संगठन, वायुयान सञ्चालन र उडान योग्यताको सम्परीक्षण गरेको थियो । सम्परीक्षणकै
More