Archives for ब्रेकिङ न्युज

संयुक्त राष्ट्रसंघमा बुझायो एनआरएनएले ज्ञापनपत्र

न्यूयोर्क । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सो नक्साप्रति आपत्ति जनाउँदै न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गइ ध्यानाकर्षण गराएको छ। नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेको विषयलाई लिएर संघले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै प्रधान कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । सरकारले यो मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्दा झनै जटिलता उत्पन्न हुने भन्दै पहिले भारतसँग कुटनैतिक छलफल गरेर यसको समाधान गर्ने भनेका बेला एनआरएनएले यसलाई राष्ट्रसंघसम्म पुर्याएको हो । संघका केन्द्रिय उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको टोलीले संयुक्त राष्ट्रसघंका महासचिव एन्टोनियो गुटिरेजको कार्यकारी कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा नेपालको
More

१३ औं साग : आज ४२ स्वर्ण पदकको छिनोफानो हुने

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शुक्रबार ४२ स्वर्णको टुंगो लाग्दैछ । एथ्लेटिक्समा आठ, गल्फमा चार, साइक्लिङमा दुई, सुटिङमा दुई, पौडीमा आठ तथा भारत्तोलनमा चार स्वर्णको आज टुंगो लाग्दैछ । यस्तै ब्याडमिन्टनमा पाँच , टेबलटेनिसमा दुई, फेन्सिङमा तीन तथा रेशलिङमा चार स्वर्ण गरी ४२ स्वर्णको टुंगो लाग्दै छ । अहिलेसम्म भारतले ६२ स्वर्ण, ४१ रजत र २१ कास्यसहित १२४ पदक जितेर पदक तालिकाको शीर्षस्थानमा छ । नेपालले ३६ स्वर्ण, २७ रजत र ३८ कास्यसहित १०१ पदक जितेको छ । तेस्रो स्थानमा श्रीलंका छ । उसले १७ स्वर्ण, ३५ रजत र ५५ कास्यसहित १०७ पदक जितेको छ
More

एमबीबीएस र बिडिएसको परीक्षा अन्योलमा

काठमाडौं । नीजि मेडिकल कलेजले लिएको अवैद्य शुक्ल फिर्ताका लागि सरकार र कलेज सञ्चालकहरुका बीचमा सहमति बन्यो । तर सो सहमतिप्रति आपत्ती जनाएका आन्दोलनरत विद्यार्थीहरुले एमबीबीएस र बिडिएसको परिक्षा बहिष्कार गरेको छन् । विद्यार्थीले परिक्षा बहीस्कार गरेपछी एम बि बि एस र विडीएसको परिक्षा अन्योलमा परेको छ । देशैभरि हिजो बिहीबारबाट सुरु भएको चिकित्सा शिक्षा संकायको एमबीबीएस र बिडिएसको परिक्षा चितवन मेडीकल कलेज, युनीर्भसल मेडीकल कलेज र गण्डकी मेडीकल कलेजका विद्यार्थीले बहिष्कार गरेका छन् । उनीहरुले विद्यार्थीको मागलाई वेवास्ता गर्दै सरकारले मेडिकलेज सञ्चालकहरुसंग सहमति गरेको आरोप लगाउदै आएका छन् । आफ्ना माग पुरा नभएसम्म परिक्षामा सामेल नहुने विद्यार्थीको भनाई छ
More

सागको इतिहासमै नेपाललाई सबैभन्दा बढी स्वर्ण

काठमाडौं । नेपालका लागि १३औं साग सबैभन्दा सफल साग बनेको छ । बिहीबार ३६ स्वर्ण जितेसँगै नेपालले सागमा सर्वाधिक स्वर्ण जितेको किर्तिमान कायम गरेको हो । यसअघि नेपालले सन् १९९९ मा काठमाडौँमा आयोजित सागमा ३१ वटा स्वर्ण पदक जितेको थियो । बिहीबार नेपालले साइक्लिङ, पौडी, तेक्वान्दो, उसु र भारत्तोलनमा पदक जितेको हो । साइक्लिङका बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरले स्वर्ण जितेका हुन् । त्यसैगरी तेक्वान्दो ८७ केजी मुनी तौल समूहमा भुपेन श्रेष्ठ, भारत्तोलनको ५७ केजी मुनी महिला समूहमा सञ्जु चौधरी र उसुको नानछ्वान अल राउन्डमा निमा घर्तीमगरले स्वर्ण दिलाएका हुन् । नेपाली खेलाडीहरूले तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, ट्रायथलन, पौडी, भारत्तोलन
More

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न राष्ट्रपति भण्डारी टिचिङ अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई ३ बजे डिस्चार्ज गर्ने तयारी रहेको जानकारी दिए । यस्तै प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल अस्पताल पुगेकी थिइन् । उनी प्रधानमन्त्रीलाई भेटेर फर्किएकी छिन् । राष्ट्रपति भण्डारी दोस्रो पटक प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल गएकी हुन् । प्रधानमन्त्री ओली १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन् । प्रधानमन्त्री ओलीको अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो ।
More

बुढीगण्डकी जलविद्युत परियोजनाको भविष्य अन्यौल : नेपाली कांग्रेस

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजनाको भविष्यलाई थप अन्यौलतर्फ धकेल्ने गरी मंसिर १६ गते सार्वजनिक गरिएको स्थानीयवासीको जग्गाको मुआब्जा र त्यसप्रति स्थानीयवासीको व्यापक असन्तुष्टीप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकर्षित भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ– १. आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यवहारिक र वैज्ञानिक ढंगले नगरिंदा स्थानीय नागरिकमा त्यसले व्यापक रोष उत्पन्न गरेको छ । सो भेगका वासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण गरिएको भए स्थानीयको असन्तुष्टी एवं आक्रोश जन्मने थिएन । तर मनोगत ढंगले निर्धारित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पु-याएको छ नै त्यसका विरुद्ध रोष प्रदर्शन
More

हाम्रो भूमि चाँडै फिर्ता गर्छौ : नेता खनाल

इलाम । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए । सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उनको भनाइ थियो । उनले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले भने, ‘राष्ट्रियताको सवालमा सबैको एकै आवाज छ,
More

प्रधानमन्त्रीलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी ओलीलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी गरेको छ । ओलीको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ओलीको घाउ निको हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । ‘प्रधानमन्त्रीको पेटको घाउँ सुक्खा हँुदै गएको छ, अब सामान्य रूपमा हिँड्न सक्नुहुन्छ’ एक चिकित्सकले भने । ओलीको पेटमा संक्रमण भएकाले शल्यक्रियापछि पनि लामो समय अस्पतालमा बस्नु परेको चिकित्सकको भनाइ छ । अस्पतालले बुधबार विज्ञप्ति जारी गरेर ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएको छ । अस्पतालका निर्देशक डा. उत्तमकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । हाल उहाँलाई चिकित्सकीय अवलोकनमा
More

के गर्दैछन् अमेरिकामा राप्रपा अध्यक्ष कमल थापा

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा अन्तरराष्ट्रिय डेमोक्रेटिक युनियन(आइडियु)को अन्तराष्ट्रिय सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । नेपाली प्रतिनिधिमण्डलमा राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारी सहभागी हुनुहुन्छ । सम्मेलनको क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गर्नुभयो । सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनाका साथै परम्परागत मूल्यमान्यता र संस्कृतिको संवद्र्धन आदि विषयमा विचारविमर्श हुने बताइएको छ । वासिङ्गटन डिसीमा आजै आइडियु अध्यक्ष हार्पर र राप्रपा अध्यक्ष थापाबीच शिष्टाचार भेट भएको छ । भेटका अवसरमा उहाँहरुबीच विश्वराजनीतिमा देखापरेका चुनौती र प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन
More

पदक तालिकामा भारतको अग्रता

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुदमा पाँचौं दिन पदक तालिकामा भारतले अग्रता लिएको छ । हिजो बुधबारसम्म नेपालले २९ स्वर्ण पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा थियो । तर बिहीबार विहानदेखि नै भारतले एउटै पटक स्वर्णमा छलाङ मारेर पदक तालिकामा शीर्षस्थानमा पुग्यो । विहीबार बिहान १० बजेसम्ममा भारतले ३४ स्वर्ण, २३ रजत र १३ कास्यसहित ७० पदक जितेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपालसँग २९ स्वर्ण, १५ रजत र २५ कास्यसहित ६९ पदक जितेको छ । आज तेक्वान्दोका ६ वटा इभेन्ट हुँदैछन् । उक्त छ वटा इभेन्टमा नेपालले धेरै स्वर्ण पदक जित्ने सम्भावना छ । तेस्रो स्थानमा
More

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी

काठमाडौं । स्वास्थ्यमा राम्रो सुधार आएपछि आईसीयूमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी भएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार छिटै डिस्चार्ज गर्ने तयारी गरिएको हो । सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिने चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओलीलाई ९ दिनअघि गत मंगलबार ‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस समेत भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँ उहाँको आकस्मिक शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि प्रधानमन्त्रीलाई संक्रमण हुन सक्ने जोखिम रहेकाले आईसीयूमै राखिएको छ ।
More

नेपाल २९ स्वर्णसहित पदक तालिकाको शीर्षस्थानमा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज चौथो दिन नेपालले २९ स्वर्ण पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हिजो मंगलबार २३ वटा जितेको थियो । आज बुधबार २१ वटा स्वर्ण पदकको छिनोफानो हुँदा नेपालको भागमा ६ वटा प-र्यो । नेपालले २९ स्वर्ण, १५ रजत र २० कास्य पदकसहित ६४ पदक जितिसकेको छ । पदक तालिकाको दोस्रो स्थानमा भारत छ । उसले २३ स्वर्ण, १९ रजत र १२ कास्यसहित ५४ पदक जितेको छ । यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ६ स्वर्ण, १६ कास्य र २८ रजतसहित ५० पदक जितेको छ । बंगलादेश चौथो स्थानमा
More

उपनिर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन नेकपा सचिवालयको निर्देशन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरी केन्द्रमा प्रतिवेदन पठाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले मातहतको कमिटीलाई निर्देशन दिएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको समीक्षा गरी केन्द्रमा पठाउन माताहातको कमिटीलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए । श्रेष्ठका अनुसार सो रिपोर्ट प्राप्त भएपछि अर्को सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ । सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रसन्नता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति र उपनिर्वाचनको विषयमा सचिवालय सदस्य संक्षिप्त जानकारी
More

मानवसाङ्लोमा घेरियो भैरहवाको युनिभर्सल मेडिकल कलेज 

भैरहवा । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् । आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन गरेर कलेज परिसरमा घेराबन्दी गरेका हुन् । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरू राख्दै विगत ३४ दिनदेखि विद्यार्थीहरु आन्दोलनरत छन् । साथै रिले अनसन बस्न लागेको पनि २० औं दिन पूरा भैसकेको छ । बुधबार मात्रै एक अपिल जारी गर्दै कलेजले सेतो एप्रोन लगाएका विद्यार्थीहरुलाई आन्दोलन गर्नु शोभनीय नभएको र जीवनको महत्त्वपूर्ण वर्ष गुमाउन लागेको भन्दै चेतावनीमुलक अपिल गरेको थियो । यतिमात्र नभएर सबै विद्यार्थीका
More

१३ औं साग: आज २१ स्वर्णको छिनोफानो हुँदै, नेपालको भागमा कति ?

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज १७ खेल हुँदैछन् । जसले २१ स्वर्णको छिनोफानो गर्नेछ । आज एथलेटिक्स, ब्याडमिन्टन, महिला र पुरुषको क्रिकेट, साइकलिङ, महिला र पुरुषको फुटबल, गल्फ, ह्याण्डबल, कबड्डी, कराते, खोखो, सुटिङ, टेबल टेनिस, टेनिस, तेक्वान्दो, ट्रायाथलन र उसुका खेल हुँदैछन् । एथलेटिक्समा तीन स्वर्णको फाइनल हुँदैछन् । महिला र पुरुषको लंग जम्प, हाई जम्प र डिक्कस थ्रोका फाइनल हुँदैछन् भने आठ सय मिटर दौड, दुई सय मिटर दौड र ४०० मिटर हर्डल्सको पुरुष र महिला तर्फकै छनोट चरणका खेल हुनेछन् । ब्याडमिन्टनतर्फ सिंगल्स र डबल्सका क्वार्टर फाइनलका खेलहरु हुनेछन् । यस्तै क्रिकेटमा पुरुषतर्फ बंगलादेश यू–२३
More

कार्यकारीको पद पाएपछि प्रचण्डले बोलाए सचिवालय बैठक

समासायिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ । कार्यकारी अध्यक्ष भएको १४ दिनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाउनु भएको हो । बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाइएको हो । बैठकमा उपनिर्वाचनको समिक्षाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारमा रहनु भएकाले बैठकको अध्यक्षता प्रचण्डले गर्नुहुने छ । मङ्सिर ४ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफुले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमती भएपछी पहिलो पटक यो बैठक बस्न लागेको हो । यसअघि भदौको ९ गते ओली सिङ्गापुरमा
More

मलेसियाबाट ३१ हजार नेपाली श्रमिकको माग

काठमाडौं । मलेसियाले ३१ हजार नेपाली कामदार माग गरेको छ । मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत एक विज्ञप्ति जारी गर्दै ३१ हजार २०१ जना नेपाली कामदार माग गरेको हो । मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्लान्टेसनका लागि १३ सय ९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  
More

बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ । दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको छ । उद्धार कार्य जारी रहेको छ ।
More

बेलायतवासीले सम्झिए हिमालयन ब्याण्डका तेन्जिंग

दिनेश कुमार परियार । शनिवार बेलायतको ब्राक्नेल शहरमा हिमालयन ब्याण्डका चर्चीत गायक स्वर्गीय नोर्देन तेन्जिंग भुटियाको सम्झनामा एक कार्यक्रम आयोजना गरियो । ब्राक्नेल र अल्डरशटमा बसोवास गर्ने समकालीन साथिहरु र आफन्तहरुको प्रयाशमा कलाकार नोर्देनलाई सम्झिन कार्यक्रम गरेको कार्यक्रम संयोजक कल्याण गुरुंगले जनाए । ट्रिब्युट टु तेन्जिंग नाम दिएको यस कार्यक्रममा स्वर्गीय तेन्जिंगको तस्वीरमा ब्राक्नेल नेपाली सोसाईटीका अध्यक्ष कमला राई र फ्रान्सिस राईले खादा चढाएका थिए भने अरुण क्षेत्री र कल्याण गुरुंगले संयुक्त रुपमा मैनबत्ति प्रज्वलन गरेका थिए । कलाकार तेन्जिंगका समकालीन साथि अरुण क्षेत्रीले उनको जीवनीमाथि प्रकाश पारेका थिए । ब्राक्नेल नेपाली सोसाईटीका पुर्व अध्यक्ष बिनोद अधिकारी , सिरी गुरुंग
More

सागमा नेपालले जित्यो १५ स्वर्ण, ३ रजत र ६ कास्यसहित २४ पदक

काठमाडौँ। दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले उत्कष्ट प्रदर्शन गरेको छ । नेपालले १५ स्वर्ण, ३ रजत र ६ कास्यसहित २४ पदक प्राप्त गरेको छ । यसैगरी भारतले ३ स्वर्णसहित ८ रजत र ३ कास्य गरी १४ पदक प्राप्त गरेको छ । यस्तै श्रीलंकाले ३ स्वर्ण, ३ रतज र १४ कास्य गरी २४ पदक हासिल गरेको छ भने पाकिस्तानले २ स्वर्ण, ४ रजत र ७कास्यसहित १३ पदक प्राप्त गरेको छ । यसैगरी बंगलादेशले २ स्वर्ण र १६ कास्यसहित १८ पदक जित्दा भुटानले एक कास्य पदक जितेको छ । यता माल्दिभ्स भने हालसम्म पदकबिहीन बनेको छ ।
More