Archives for फिचर फाेटाे

सेफ एसोसिएयन युकेको च्यारिटी भव्य (फोटो फिचर)

फोटो- नरेन्द्र बस्नेत लन्डन । धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदी रहेका थिए । संस्थाका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक कृष्ण ढकालले स्वागत मन्तव्य दिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्षत्रय पुनम गुरुङ, शेरबहादुर सुनार र प्रेमगाहामगर, सेफ एसोसिएसन यूके संस्थापक अध्यक्ष कृष्ण तिमल्सिना, गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडा, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, साझा नेपाली समाजका अध्यक्ष महेश
More

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्ध जयन्ती भव्य (फोटो फिचर)

फोटो: एभ्रेष्ट गौतम लण्डन । बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा आइतबार लण्डनको ट्राफल्गर स्क्वायरमा ‘बुद्ध जयन्ती समारोह’को आयोजना गरिएको छ । वौद्धगुरु धरम गुरुङले बुद्ध पूजा गरेर सुरु भएको कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमका साथै बुद्ध दर्शको महत्व र ऐतिहासिक पक्षबारे विचार विमर्श गरेका थिए । कार्यक्रममा बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठ, बेलायतस्थित नेपाली दूतावासका राजदूत डा। दुर्गाबहादुर सुवेदी, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ, रसमोर काउन्सिलमा मेयर पउल टेलर, ब्रिटिश संसद वीरेन्द्र शर्मा, बेलायतका लागि कुवेतका राजदूत खालिद अबुल्लाज अल दुवाइसन, एनआरएन युकेका अध्यक्ष, योग कुमार फगामी लगायतले बुद्ध दर्शनका बिभिन्न पक्षमा आआफ्ना भनाई राखेका थिए । नेपाली दूतावास
More

एनआरएनए ओसेनीया क्षेत्रीय सम्मेलन (फोटोफिचर )

सिड्नी। गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलन शूरु भएको छ । सम्मेलनको पहिलो दिन उद्घाटन सत्र शूरु भएको हो । कानुनमन्त्री भानुभक्त ढकालले कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । सम्मेलनमा एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागि छन् । । कार्यक्रममा अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान सहभागि छन् । । कार्यक्रममा एनआरएन पूर्व अध्यक्ष शेष घले, अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, जमुना गुरुगं, एनआरएनएन पूर्व प्रवक्ता रञ्जु वाग्ले थापा, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएन अभियन्ता श्याम तामाङ, गणेश केसी, एनआरएनएन
More

जर्मनीमा ‘नेपाल डे’ (फोटोफिचर )

कोलोन । जर्मनीको कोलोनमा ३० औ ‘नेपाल डे’ भब्यताका साथ मनाइएको छ । विगतदेखि हरेक वर्ष नियमीत रुपमा मनाइँदै आएको नेपाल डे यस वर्ष पनि भब्यताका साथ मनाइएको हो । जर्मन नेपाल मैत्री संघको आयोजनामा यो दिवस विगतदेखि मनाइँदै आएको छ । ‘नेपाल डे’ जर्मन नेपाल मैत्री संघको आयोजना र नेपाल पर्यटन बोड, नेपाली राजदूतावास बर्लीन, नेपाली महावाणिज्य दूतको सहकार्यमा मनाइएको हो । विशेष गरि ‘नेपाल डे’ मा नेपालको सातै प्रदेशको चिनाउने चिनारीलाई प्रस्तुत गरिएको थियो । हरेक वर्ष फरक फरक उद्देश्यमा केन्द्रित गरिदै मनाइने ‘नेपाल डे’ यस वर्ष भिजिट नेपाल २०२० सफल बनाउने उद्देश्यले नेपालको राज्य पुर्नसंरचना पछि बनेको
More

प्रथम राष्ट्रपतिले जनकपुरबाट अन्माए छोरी (फोटो फिचर)

काठमाडौं । पूर्व राष्ट्रपति डा रामबरण यादवकी छोरी अनिता यादवको विवाह बन्धनमा बाधिएकी छन् । अनिताको विवाह सोमवार पारिवारिक माहोलमा जनकपुरमा सम्पन्न भएको हो । उनको धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट रौतहटका इञ्जिनियर रमेश यादवसँग विवाह भएको हो । अनिता फेसन डिजाइनरका साथै समाजसेवामा पनि सक्रिय रहेकी छिन् ।
More

फोटोमा हेर्नुहोस्,पूर्व विद्यार्थीको सहयोगमा निर्मित विद्यालय भवन र अत्याधुनिक मल्टिमिडिया सेन्टर

अमलाचौर । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा हुने बताउनुभएको छ । सरकारले भौतिक र आर्थिक लगानी बढाएर सो लक्ष्य पूरा गर्ने उहाँको भनाई थियो । बागलुङ नगरपालिका–१२ अमलाचौरमा व्यवसायी चन्द्र ढकाल र हेमराज ढकालद्धारा निर्मित पृथ्वी हिरण्य माविको आधुनिक भवनको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका छोराछोरीलाई शिक्षा र स्वास्थ्यको सेवा सहज बनाउन सरकार सक्रिय भएको बताउनुभएको हो । राष्ट्रपति भण्डारीले पौष्टिक आहार र शिक्षा नङ मासुझैं भएकोले हरेक बालबालिकाले आधारभूत तहको शिक्षा र पौष्टिक आहारा पाउने अधिकार दिलाउन चासो बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।संघीय सरकार देखि स्थानीय तहसम्मले शिक्षा र पौष्टिक आहारमा लगानी बढाएमा
More

राजतन्त्रको झल्को दिने राष्ट्रपतिको सवारी (फोटोमा हेर्नुहोस्)

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा विवादमा तानिएकी छन् । उनले सङ्घीय संसद्को शुक्रबारको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न जादा राजतन्त्रको झझल्को आएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भएको छ । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।
More

काठमाण्डौंमा फानी तुफान (फोटो फिचर)

काठमाडौं। बंगालको खाडीमा सक्रिय भएको समुन्द्री तुफान फानी भारतको ओडिशा पुगेको छ। ओडिशामा तुफानका कारण करिब २०० किलोमीटर प्रतिघण्टाका गतिमा हावाहुरी चलेको छ भने भीषण वर्षा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यता नेपालमा भने यो फानी तुफानका रुपमा प्रवेश भने गर्ने छैन । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार एक सचेतना जारी गर्दै वर्षा र हावा हुरी चल्न सक्ने चेतावनी दिएको छ। महाशाखाका मौसम विद राजु प्रधानांगले फानीको प्रभाव नेपालमा हावा हुरी र वर्षाका रुपमा पर्ने भए पनि तुफानकै रुपमा फानी नेपाल प्रवेश नगर्ने बताए। उनका अनुसार बंगलाको खाडीमा उत्पन्न भएको यो समुन्द्री तुफान ओडिशामा जमिनसँग ठोक्किएपछि यसको स्वरुप बदलिनेछ भने
More

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी छन्। — नीति तथा कार्यक्रमको पूर्णपाठ — प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्‍घीय संसदकामाननीय सदस्यहरू, संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको सुखद सन्दर्भमा आज फेरि यस गरिमामय सङ्‍घीयसंसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ।
More

चीनमा यसरी गरे सी चिनफिङले राष्ट्रपति भण्डारीको स्वागत (फोटोफिचर)

बेइजिङ– राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपलमा स्वागत गरे । उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो । त्यस्तै दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो । राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो । यसैबीच राष्ट्रपति भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय भेट भएको छ ।
More