Archives for फिचर फाेटाे

एनआरएनएमा पन्तको उदय, महासचिवमा डा. शर्मा विजयी

काठमाडौँ । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । निर्वाचन समितिले अध्यक्षसहित सम्पूर्ण उम्मेद्वारहरुले प्राप्त गरेको मत सार्बजनिक गरेको छ । जसमा एनआरएनएको अध्यक्षमा विजयी कुमार पन्तले १२ सय १७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कुल आचार्यले एक हजार ७० मत पाए। एनआरएनएको उपाध्यक्षमा बद्रि केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी विजयी भएका छन भने महिला उपाध्यक्षमा रबिना थापा विजयी भएकी छिन् । जसमा उपाध्यक्षका उम्मेद्वारहरु अर्जुन कुमार श्रेष्ठ १०२६, डा. बद्री केसी ११६३, धर्मराज अधिकारी ७५५, हिक्मत बहादुर थापा ४१४, डा. केशब पौडेल ८७०, किरण विक्रम थापा ४२३, मन केसी,
More

एनआरएन नेदरल्याण्डको टोली हेलिकप्टरमा रोल्पा पुग्दा…… (फोटो फिचर)

रोल्पा । रोल्पा गंगादेव गाउपालिकाको सिद्धार्थ नमुना माध्यामिक बिद्यालय घोप्टेओढारमा गैर आवासिय नेपाली संघ नेदरल्याण्डको सहयोगमा निर्मित भवन हस्तान्तर कार्यक्रम सम्पन्न भएको छ । एनआरएन नेदरल्याण्डका प्रतिनिधिहरुको उपस्थितिमा उक्त पक्कि भवन शुक्रबार हस्तान्तरण भएको हो । गैरआवासीय नेपाली संघ नेदरल्याण्डका निबर्तमान अध्यक्ष तथा बर्तमान आइसिसि सदस्य मनोहरि शर्मा, एनआरएन नेदरल्याण्ड नेदरल्याण्ड भूपू अध्यक्ष तथा बर्तमान आइसिसि सदस्य हिमाल गुरुङ, एनआरएन नेदरल्याण्ड बरिष्ठ उपाअध्यक्ष मिम बहादुर पुर्जा र ब्राजिलियन पाइलट पाब्लो पोखराबाट हेलिकप्टर मार्फत सिद्धार्थ नमुना माबिमा भवन हस्तान्तर गर्न पुगेका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक राम ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मनोहरि शर्मा रहेका थिए भने विशिष्ट
More

लन्डन दूतावासमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर)

लन्डन । नेपाली दूतावास लन्डनको आयोजनामा दशैं तथा तिहार शुभकामना कार्यक्रम सम्पन्न भएको छ । शनिवार दिउसो दुतावास भवनमा आयोजित कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दूतावासले राहदानी लगायतका सेवा आधा घण्टा भित्रै दिने व्यवस्था मिलाएको र घरघरमै भिसा उपलब्ध गराइरहेको जानकारी दिए। उनले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा आउंदो वर्ष बेलायतबाट कम्तिमा एक लाख पर्यटक नेपाल पठाउने गरी काम भै रहेको जानकारी पनि गराए। राजदूत सुवेदीले दशैं, तिहार, म्ह पूजा, नेपाल संवत, छठ तथा ल्होसारको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिए। उनले निकट भविस्यमै दूतावासले बेल्फास्ट, स्विन्डन, डब्लिन, ग्लासगो लगायत शहरमा गएर नेपालीहरुका घरघर
More

नेपाली एसोसिएसन यूकेले मनायो दशैं (फोटो फिचर)

  लन्डन । युरोपकै सबैभन्दा पुरानो सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले गत आइतबार दशैं तिहार कार्यक्रम आयोजना गरेको छ । लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लब हलमा शुभकामना आदानप्रदान र सांगीतिक प्रस्तुतिसहित कार्यक्रम भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष 
वरिष्ठ समाजसेवी ध्रुव केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । दशैं तिहार मनाउने यतीको लामो परम्परा छ । कार्यक्रम वरिष्ठ समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), एनआरएनए केन्द्रिय महासचिव डा. बद्री केसी र यती अध्यक्ष ध्रुव केसीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।   समारोहमा प्रमुख अतिथी केसी, डा. धिताल, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ,
More

बेलायतमा ड्यौडा खेलेर दशैं मनाइयो (फोटो फिचर)

  लण्डन । सुदूरपश्चिम समाज लण्डनले ड्यौडा खेलेर दशैं पर्व मनाएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट गएर बेलायतमा बसोबास गरिरहेका सुदूरपश्चिमेलीहरुको दशैंको अवसर पारेर ड्यौडा खेलेका हुन् । देश बाहिर रहेपनि आफ्नो संस्कृति प्यारो भएकाले आफूहरुले ड्यौडा खेलेर दशैं मनाएको समाजका उपाध्यक्ष शैली चन्द राणाले जानकारी दिनुभयो । गत शनिबार सुदरपश्चिम समाज बेलायतको आयोजनामा ड्यौडा खेलेर दशैं मनाइएको उहाँले बताउनुभयो । समाजका अध्यक्ष सुरेन्द्र ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट लण्डन पुगेका नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कल्पना जोशीले ड्यौडा गीत गाउनुभएको थियो भने कार्यक्रमको संञ्चालन योगेश महताले गर्नुभएको थियो । सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण गर्नका लागि आयोजना
More

लन्डन दूतावासले मनायो विश्व पर्यटन दिवस (फोटोफिचर)

 फोटो:  नरेन्द्र बस्नेत । लन्डन । विश्व पर्यटन दिवसका अवसरमा लन्डनमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम भएको छ । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार सांझ आफ्नै प्रेक्षालयमा कार्यक्रम गरेको हो । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन दूतावासद्वारा गठित उच्चस्तरिय समिति अन्तर्गत ‘ट्राभल एण्ड टुर प्रमोशनल कमिटी’ ले गरेको कार्यक्रममा बेलायतस्थित ट्राभल टुर अपरेटर, ट्राभल एवं हस्पिटालिटी व्यवसायी र मिडियाको बाहुल्यता थियो । कार्यक्रममा स्वागत मन्तव्य दिंदै राजदूत डा। दुर्गाबहादुर सुवेदीले नेपाल सरकारको भ्रमण वर्ष अभियानलाई सफल बनाउन आक्रामक प्रचार प्रसार गरिने जानकारी दिए । ‘भ्रमण वर्ष २०२०’ मा एक लाख बेलायती पर्यटक नेपाल पठाउने लक्ष्य लिएका राजदूतले आउंदो वर्ष इंग्ल्याण्ड, वेल्स, नर्दन
More

तस्वीरमा हेरौं एनआरएन युकेको भव्य शपथ ग्रहण

 लण्डन । नवनिर्वाचित गैरआवासीय नेपाली संघ युके अध्यक्ष पुनम गुरुङ नेतृत्वले आईतवार एक भव्य समारोहबीच शपथ लिएको छ । अल्डरशटस्थित एम्पायर हलमा निर्वाचन समितिका प्रमुख संयोजक डमर घलेले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । उक्त अवसरमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्य, सहकोशाध्यक्ष सोम सापकोटा, सल्लाहकार डा। हेमराज शर्मा, युरोप महिला सहसंयोजक संगीता मरहट्ठा, आइसीसी सदस्य रामशरण सिम्खडा लगायत करिब ५ सय सहभागी थिए ।
More

विश्वकै अग्लो भवन बुर्ज खलिफामा फहरायो नेपालको राष्ट्रिय झण्डा

अबुधाबी । युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो । विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ । बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराएको पहिलो पटक हो । यो ऐतिहासिक दृष्य अवलोकन गर्न बुर्ज खलिफा भवन वरिपरि शुक्रबार धेरै नेपालीहरुको भिड लागेको थियो । बुर्ज खलिफामा नेपालको झन्डाको प्रतिविम्ब देखिँदा सयौंको संख्यामा उपस्थित नेपालीहरुले ‘नेपाल’ भन्दै ताली बजाएर खुसियाली मनाए । शुक्रबार यहाँ सार्वजनिक विदा पनि भएकाले
More

तस्बिरमा हेरौं, लण्डनमा मनाइयो संविधान दिवस

लण्डन — शुक्रवार विदेश तथादमुलुकभर संविधान दिवस मनाइयो । ०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा नेपाली दूतावास लण्डनले दूतावास भवनमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा वेलायतस्थित नेपाली समुदायका प्रमुख, करिब ३ दर्जन वेलायती सांसद। स्थानिय मेयर तथा उपमेयर तथा कुटनैतिक नियोगका प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा वेलायती संसदमा अल पार्टी ग्रुपका प्रमुख विरेन्द्र शर्मा प्रमुख अतिथि थिए ।
More

फोटोमा हेर्नुहोस् एनआरएन युकेको निर्वाचन

  लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचन शनिवार शान्तिपूर्ण भैरहेको छ। १३ हजार ६ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिती छ । मतदान हुँदैछ । निर्वाचनको लागि करिब १ सय भन्दा बढी निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयसेवक खटाइएको छ । श्रेष्ठका अनुसार आइतवार दिउँसो सम्म नजिता आउने अपेक्षा गरिएको छ । अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुङ र शेर सुनार चुनावी प्रतिस्पर्धामा छन् । दुवै जनाले अल्डरशट मतदान केन्द्रबाट मतदान गरेका छन् ।
More

लण्डनमा ११ औं नेपाली मेला भव्य (फोटो फिचर)

लण्डन । तमुधिं युकेको आयोजनामा ११ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेला भर्न वेलायतका बिभिन्न देशबाट हजारौं दर्शकहरुको ओइरो लागेको थियो । चर्को घर्मिको वेवास्ता गर्दै वेलायतस्थित समाजिक संघसँस्थाहरुले नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै नेपाली मेलामा रनौक थपेका थिए । गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न मेलाको सहकार्य नेपाली दूतावास लण्डनले गरेको थियो । मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले राज्यका मुलधारबाट बाहिर रहेका र देशमा भएको भेदभावको अन्त्य गर्दै विभिन्न क्षेत्रमा पछाडि परेका समुदायको संरक्षण गर्न संघिय व्यवस्था उचित भएको विचार व्यक्त
More

‘कैदीको पत्र’मा डा. राजदूत सुवेदी (फोटो फिचर)

लण्डन । साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ माथी आधारित रहेर यतिबेला फिल्म छायाँकन भइरहेको छ । २६ जुलाईबाट बेलायतका विभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’ को निर्देशन बैराग आफैले गरेका छन् । त्यति मात्रै होइन फिल्मको पटकथा, सम्वाद र गीत पनि उनी स्वयमंले लेखेका छन् । अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको फिल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन्
More

बेलायत आएका सांसद विशाल भट्टराई भेटघाटमा व्यस्त

लन्डन । नेपाल कम्यूनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराईले गैरआवासीय नेपालीलाई नागरिकताको दिन गृहकार्य सुरु भैसकेको बताएका छन् । प्रवासी नेपाली एकता मंच यूकेले बेलायत भ्रमणमा रहेका नेकपाका केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराईसँग शुक्रबार गरेको अन्तरक्रियामा उनले सो जानकारी दिएका हुन् । सांसद भट्टराईले नेपाली जहाँ गएपनि नेपाली भएकाले नागरिकता पाउने कुरामा ढुक्क हुन आग्रह गरे । उनले प्रवासी नेपालीले यहाँ आर्जन गरेका ज्ञान सीप लगानी नेपालमा ल्याउन अनुरोध समेत गरे । नेपाल परिवर्तन गर्न विद्यार्थी आन्दोलनका होमिएका समकालीन साथीहरुलाई बेलायतमा देख्दा विगत स्मरण भएको भन्दै भट्टराई भावुक पनि बने । प्रवासी नेपाली एकता मंच यूकेका नेता
More

युरोप क्षेत्रीय बैठकमा एनआरएन युकेको प्रभावकारी उपस्थिती

लण्डन । आइतवार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठकमा युकेबाट गएका प्रतिनिधीहरुले प्रभावकारी उपस्थिती देखाएका छन् । रोममा सम्पन्न बैठकमा गैरआवासीय नेपाली संघ (युके) को उल्लेख्य सहभागीता सहित जोडदार प्रस्तुती रहेको आइसीसी सदस्य रामशरण सिमखडाले जनाए । युकेबाट प्रतिनिधीत्व गर्ने प्रतिनिधीहरुले नागरिकताको निरन्तरता, लगानी लगायतको छलफलमा दरिलो उपस्थिती जनाए । दोहोरो नागरिकताको कार्यक्रम मोडिरेटर सल्लाहकार डा. हेमराज शर्माले गरेका थिए । सोही प्यानलिष्टमा उपाध्यक्ष कुल आचार्य थिए। लगानी सम्वन्धी शेसनमा मोहन गुरुङ, एलएन पाण्डे लगायतले बोलेका थिए ।एनसीसी रिपोर्टिंङ सेशनको संचालन रामशरण सिमखडाले गरे । सो अवसरमा एनआरएन युकेका उपाध्यक्ष ललित न्यौपाने रिपोर्टिंग प्रस्तुती गरेका थिए ।
More

यस्तो भयो एनआरएनए क्षेत्रीय बैठकको समापन (फोटो फिचर)

रोम— गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भ्रमण वर्ष २०२० कार्यक्रमसँग सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गत शुक्रबारबाट इटालीस्थीत रोममा भएको १२ औं युरोप बैठकले भ्रमण वर्षलाई सघाउने गरी भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यबीच सहमतिपत्रमा हस्ताक्षर गरेको हो । बैठककै अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष २०२० बीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।घोषणापत्रमा गैरआवासीय नेपालीमाझ भिजिट नेपाल २०२० को औपचारिक सुरुवात समेत भएको उल्लेख छ । एनआरएनएले नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (ईयू) को कालोसूचीबाट हटाउन पहल गर्ने जनाएको छ । ‘नेपाली हवाइ कम्पनीहरुलाई आफ्नो सेवा युरोपसम्म विस्तार गर्ने वातावरण
More

यस्तो छ रोममा एनआरएन युरोपेली बैठकको तयारी (फोटो फिचर)

रोम –गैरआवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ। शनिवार देखि इटालीको रोममा हुने सम्मेलनको तयारी पुरा भएको एनआरएन इटलिका महासचिव छविलाल कंडेलले जनाए । कंडेलले बैठकको तयारीको लागि इटलिस्थित नेपाली समुदाय रोममा जम्मा हुन थालेका छन् । हामी स्वागतको लागि आतुर छौं सम्पुर्ण तयारीको लागि हामी बैठक स्थलमा जम्मा भएका छौ कंडेलले भने । बैठकमा भागलिन आउनेहरुको लागि विमानस्थलमा स्वागत डे्क्स् तथा होटल सम्मको लागि २ वटा सटल तयारी अवस्थामा रहेका छन् । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा
More

लण्डन दूतावासमा झल्कियो मिनी नेपाल (फोटो फिचर)

लण्डन– नेपाली दूतावास लण्डनको आयोजना तथा आदीबासी जनजाती महासंघ युकेको सहकार्यमा बेलायतस्थित नेपाली दूतावासमा शनिबार एक विशेष कार्यक्रमको आयोजना गरियो । विश्व जनजाती दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रममा नेपाली कला संस्कृति जगेर्ना गर्ने झाँकी प्रस्तुत गरिनुका साथै म्युजिक र फुड फेस्टिभल समेत आयोजना गरियो । राष्ट्रिय गानबाट सुरु भएको औपचारिक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना मन्तब्य दिए । यस्तै कार्यक्रममा महासंघका अध्यक्ष जंग सुनुवार, चर्चित गायक दीप श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा वेलायतका लागि फिलिपीन्स्को राजदुत, बिभिन्न देशका कुटनीतिक नियोगका प्रमुख लगायत नेपाली
More

बेलायती युवराज चार्ल्स रोयल गोर्खा ब्रिगेडमा (फोटो फिचर)

लण्डन । बेलायती युवराज चार्ल्सले रोयल गोर्खा ब्रिगेडको स्थापना दिवसको अवसरमा आयोजित एक समारोहमा सहभागी भएका छन् । उनले बेलायती सेनामा कार्यरत गोर्खाहरुलाई विभिन्न पदक वितरण गरेका थिए । बेलायती सेनाको रोयल गोर्खा राइफल्स स्थापनाको २५ औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा युवरांसंगै वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी समेत सहभागी थिए । केन्टस्थित रोयल गोर्खा राइफल्सको पहिलो बटालियनमा मंगलबार आयोजित समारोहमा रोयल गोर्खा राइफल्सका मानार्थ प्रमुख समेत रहेका युवराज चार्ल्सले बटालियनका सदस्यहरुलाई विभिन्न पदक समेत वितरण गरे । पदकबाट विभुषित हुनेहरु हालै अफगानिस्तानको ६ महिने मिसनमा सेवा गरेर फर्किएका गोर्खाहरु थिए । पदक वितरणको कार्यक्रमपछि युवराज चार्ल्सले
More

१० औं भिसी कप सम्पन्न (फोटो फिचर)

लन्डन । लण्डनको फेल्थाम स्थित कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेप्लिज कम्युनिटी लन्डन वरो अफ हन्स्लोले १० औं भिसी कप गत आइतबार भब्य रुपले सम्पन्न गरेको छ। कार्यक्रममा भिक्टोरिया क्रसले विभूषित १३ जना वीर गोर्खालीको सम्झना गरी सम्मान गरियो । गोर्खालीका समाज बेलायतभरि थुप्रै रहेता पनि अदम्य साहसी वीर गोर्खालीको सम्झनास्वरूप भिसी कपसहित भिसी विजेतालाई सम्झना गर्ने संस्था गोर्खा नेप्लिज कम्युनिटी लन्डन वरो अफ हन्स्लो एक मात्र हो । नेपाली परिकारसहित खानाको टेन्ट रहेको यस भेलामा विभिन्न जानकारीका लागि टेन्ट पनि राखिएको थियो । बेलायतको सबैभन्दा ठूलो च्यारिटी साफाका बारेमा काउन्सिलर विष्णु गुरुङ र बम थापा (सूर्यवङ्शी) द्वारा जानकारी टेन्ट,
More

असार १५ को धान दिवस (फोटोफिचर)

काठमाडौं। मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइएको छ । सरकारले आज धान दिवसको औपचारिक कार्यक्रम धादिङमा आयोजना गर्यो । धादिङको धुनेवेसी नगरपालिका –२ महेशफाँटमा कार्यक्रम आयोजना गरियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल र वातावरण संरक्षण तथा विकास समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० ले प्रवद्र्धन गरेका थिए । गटएड अर्गानिक रिसर्च सेन्टरले स्थानीय व्यवस्थापन गरेको थियो ।
More