Archives for फिचर फाेटाे

राष्ट्रपतिद्वारा युवा सम्मानित

राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्ले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गर्दै । तस्बिर: प्रदीपराज वन्त
More

राष्ट्रपतिसँग सामूहिक तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसनसका अध्यक्ष झि यई लगायत टोलीले सामूहिक तस्बिर लिँदै । सौजन्यः राष्ट्रपति कार्यालय
More

रानी पोखरीको यो रुप

काठमाडौँको केन्द्रमा रहेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण गरिँदै । तस्बिर: रोशन सापकोटा ।
More

विश्व आदिवासी दिवस

पहिचान र अधिकारसहितको सङ्घीयता, आदिवासी जनजातिको अडान ! अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान! भन्ने नाराका साथ मङ्गलबार २२औं विश्व आदिवासी दिवस २०७३ को संयुक्तरुपमा उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल । तस्बिर : रत्न श्रेष्ठ ।
More

विश्व आदिवासी दिवस

२२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले मङ्गलबार आयोजना गरेको पदयात्रामा महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालसहित सहभागीहरु । तस्बिर : कृष्णराज गौतम ।
More

दुर्घटनाग्रस्त हेलिकप्टर

गोरखाबाट बिरामी बोकेर काठमाडौँका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदानपुर- ९ स्थित बेतिनी जङ्गलमा दुर्घटनाग्रस्त । दुर्घटनास्थलमा उद्धारमा संलग्न स्थानीयवासी । तस्बिर : कपिलदेव खनाल, नुवाकोट ।
More

नेपाल विद्यार्थी सङ्घको महाधिवेशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको उद्घाटन गर्दै । तस्बिर : रोशन सापकोटा
More

उपचारमा संलग्न डा. केसी

सप्तरीका जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई निःशुल्क स्वास्थ्य उपचार गर्नु हुँदै डा.गोबिन्द केसी । तस्बिर : अरुण कुमार यादव, राजविराज ।
More

प्रधानमन्त्री सरकारी निवास प्रवेश

प्रधानमन्त्री पुष्पकमल दाहाल धर्मपत्नीका साथमा शुक्रबार सरकारी निवास बालुवाटार प्रवेश गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्माले स्वागत गर्दै । तस्बिर : प्रदीपराज वन्त
More

सरकार र मोर्चाबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शुक्रबार छलफल गर्दै । तस्बिर : प्रदीपराज वन्त
More

प्रम दाहाल शपथ ग्रहण

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै ।
More

बाबु मोहनप्रसाद ओलीद्वारा निवर्तमान प्रधानमन्त्री ओलीलाई स्वागत

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा पुगेपछि बाबु मोहनप्रसाद ओलीले माला लगाएर स्वागत गर्दै ।
More

प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता गराउनुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

प्रधानमन्त्रीका प्रतिस्पर्धी

व्यवस्थापिका संसदको सोमबार बसेको बैठक सुरुपछि ३० मिनेटका लागि स्थगित भएपछि छलफल गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख सुवास नेम्बाङ । उहाँहरु दुवै प्रधानमन्त्रीका प्रतिस्पर्धी हुनुहुन्छ । तस्बिर : रत्न श्रेष्ठ
More

वर्ल्ड तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई अर्को रजत

लण्डन । बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप अन्तर्गत पाचौ दिन सनिबार ४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका सस्मन बस्नेतले आएरल्याण्ड र फाइनलमा वेल्सका खेलाडीसँग भिडेर नेपाललाइ रजत पदक दिलाए । कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए यसअगी नै दोश्रो दिन लक्ष्मण बस्नेतले आएरल्याण्डका खेलाडीसंग ५-२ ले सेमिफाइनलमा पोल्याण्डसंग २ बाउट खेलेर ४-२ ले खेलेर कास्य पदक दिलाएका थिए । आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा ४५ राष्टका करिब ११०० खेलाडीहरु सहभागिता रहेको छ भने नेपालबाट
More

स्वास्थ्य क्षेत्र सुधारका लागि प्रदर्शन

स्वास्थ्य क्षेत्र सुधारको विभिन्न माग राख्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रामा सहभागी हुँदै आफ्ना समर्थकसहित डा गोबिन्द केसी । तस्बिर: प्रदीपराज वन्त
More

भोटो देखाउँदै

ललितपुरको जावलाखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथवाट भोटो देखाउँदै ।
More

न्यायाधीशको संसदीय सुनुवाइ

व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस न्यायाधीश सपना प्रधान मल्ल बिहीबार संसदीय सुनुवाइमा सहभागी हुँदै । तस्बिर: रोशन सापकोटा
More

नारायणी नदीमा बाढी

चितवन नवलपरासी जोड्ने नारायणी पुलबाट नारायणी नदीमा आएको बाढी हेर्नेको भीड । नारायणी नदीले अहिलेसम्म धेरैको ज्यान लिइसकेको छ । तस्बिर : नारायण ढुंगाना, रत्ननगर
More

नर्सिङ एसोसिएसन यूकेको च्यारिटी डिनर  (फोटो फिचर)

लन्डन । बिरामीको सेवामा दिनभर खटिने नेपाली नर्सहरु लन्डनमा शनिबार फरक रुपमा देखिए । नर्सिङ एसोसिएसन यूकेको गत शनिबार च्यारिटी डिनर कार्यक्रम  साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा नर्सहरु र्‍याम्पमा क्याटवाक गर्दै उत्रिए ।  महासचिव बिनोदविकास सिम्खडाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरनले एसोसिएसनको च्यारिटी कामको प्रशंसा गरे । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, अल पाकिस्तान नर्सिङ एसोसिएसन यूके अध्यक्ष जेबा आरिफ, रोयल कलेज अफ नर्सिङ लन्डन रिजनल अध्यक्ष सिन्थिया डेभिस, नेपलिज डक्टर्स एसोसिएसन यूके अध्यक्ष डा. बिना थेबेले मन्तव्यका क्रममा संस्थालाई सामाजिक काममा अझ गतिशिल भएर लाग्न शुभकामना दिएका थिए । कार्यक्रमकी सभापति एवं एसोसिएसन अध्यक्ष
More