Archives for ब्रिटेन

एनआरएन यूकेका पदबहादुरहरू !

लण्डन । एनआरएन युकेको अधिवेशन (सोझो अर्थमा चुनाब) केही महिनामा आउँदै छ । निर्वाचन समिति पनि बनिसकेको छ । सदस्य बनाउने क्रम सुरु भएको छ । जो उम्मेदवार बन्दै छन्, ती विशेष तातेका छन् सदस्य बनाउन । गत साल निर्वाचन समितिले अन्तिम घड़ीमा आएर उम्मेदवार बनेका मात्रै होइन, उम्मेदवारी नै नदिएका समेत सबैलाई निर्वाचित भनेर घोषणा गरेको थियो । एउटा पदमा पछि विधान संशोधन गर्ने गरी पाँच जना निर्वाचित भएका थिए । सदस्यभन्दा पदाधिकारी बढ़ी भएको अनौठो कार्यसमिति बनेको थियो । निर्वाचन समितिमाथि बाह्य दबाब थियो र दबाबको जीत भएको थियो । सहमति र समेट्ने प्रयोजनका लागि पद सिर्जना गरेर
More

महारानीको सम्बोधनमा ट्रम्पको बेलायत भ्रमणबारे मौनता

लन्डन । यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा महारानी एलिजाबेथ द्वितीयले बुधबार संसदमा गर्नुभएको सम्बोधनमा यसबारे केही पनि उच्चारण गर्नुभएन । महारानीको यस मौनताले अब ट्रम्पको बेलायत भ्रमणको विषय नै अन्यौलमा परेको छ । राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण होस् भन्ने पक्षमा सर्वसाधारण नरहेका तथ्य सञ्चार माध्यमहरुले यसअघि नै खुलासा गरिसकेका थिए । ट्रम्पको बेलायत भ्रमणको विषयलाई लिएर गरिएको एक लिखित र सार्वजनिक सर्वेक्षण गर्दा उहाँको भ्रमण रद्द गराउन माग गर्दै १८ लाख व्यक्तिले सही गरेका थिए ।
More

युवराज फिलिप अस्पतालमा

लन्डन । बेलायती युवराज वा ड्युक अफ एडिनबराका नामबाट विश्वमा परिचित तथा महारानी एलिजाबेथ द्वितीयाकी पति ९६ वर्षीय फिलिप अस्पताल भर्ना हुनुभएको छ । शरीरमा सङ्क्रमण भएको कारण पूर्वसावधानी अपनाउन र आवश्यक उपचार गराउने प्रयोजनका लागि उहाँलाई लन्डनको किङ्ग एड्वार्ड सातौँ नामक स्थानीय अस्पतालमा भर्ना गरिएको बकिङ्घम राजप्रासादले बुधबार जानकारी दिएको छ । पहिलेको तुलनामा उहाँको स्वास्थ्यमा सङ्क्रमण बढेको पाइएपछि उहाँलाई अस्पताल भर्ना गरिएको दरबार स्रोतले जानकारी दिएको छ । युवराज फिलिपले यसै वर्षको अन्त्यसम्ममा आफूले बहन गरिरहेको सार्वजनिक दायित्वबाट मुक्त हुने घोषणा गरिसक्नु भएको थियो । त्यस्तै, आजै सुरु हुन लागेको यसपालिको संसदको सत्रको उद्घाटन समारोह र रोयल एस्कोट
More

एमाले वेलायतमा चुनावको माचो, योगेश भट्टराई लण्डन आउने

लण्डन । वेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रबासी नेपाली मंच यूकेको चौथो अधिबेशन आगामी २ जुलाई आइतबारका दिन ह्यारो फुटबल क्लबमा सम्पन्न हुने भएको छ । मंचका अध्यक्ष रामशरण सिमखडाका अनुसार अधिवेसन तयारी अन्तिम चरणमा पुगेको छ । उक्त अधिबेशनमा नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराई र पोलिटब्युरो सदस्य पूर्बमन्त्री प्रबाश बिभाग सह—ईन्चार्ज युबराज कार्की प्रमुख अतिथि र अतिथीकोरुपमा सहभागीहुने छन् । नेपाली डायस्पोरा बेलायतमा आफ्नो छुट्टै पहिचार र कृयाशिल देखाउन सफल प्रवासी मंचको आगामी अधिबेशनलाई संगठन भित्रै र बाहिर समेत चासोका साथ हेरीएकोले अधिबेशन भब्य र सफल पार्न अध्यक्ष सिमखडाले आग्रह गरे । प्रबासी नेपाली मंच बेलायतका संगठन बिभाग
More

तारा नेसनल योङ राइटर्स अवार्डको टप टेनमा

लन्डन । बेलायतभरिबाट टप टेनमा छानिएपछि एउटी स्कुले किशोरीले राष्ट्रिय लेखन प्रतियोगिता जित्ने मौका पाएकी छिन् । उप्टन कोर्ट ग्रामर स्कुलकी छात्रा १३ वर्षीया तारा सापकोटाले नेसनल योङ राइटर्स अवार्डस २०१७ को क्षेत्रीय राउन्ड जितेकी छिन् । स्लोघकी ताराले ‘सिड अफ लाइफ’ नामको कथाबाट निर्णायकहरुको मन जितेकी हुन् । जसमा मानिसहरुको एउटा समूह रहस्यमय रोगको उपचार खोज्दै अर्को ग्रहमा पुग्छ । यी भाग्यमानी राष्ट्रिय विजेतालाई उनीहरुकै स्कुलमा वाइल्डलाइफ टेलिभिजनका प्रस्तोता तथा राइटर स्टिभ ब्याकसालले पुरस्कृत गर्नेछन् । स्टिभले विजेतालाई एउटा ट्रफी, विजेता र उनका परिवारलाई डिस्नेल्यान्ड पेरिसको ट्रिप तथा उनीहरुको स्कुललाई पाँच सय पौन्डको पुस्तक प्रदान गर्ने बताइएको छ ।
More

लन्डन टावर आगलागीमा मृतक संख्या ७९ पुग्यो

लन्डन । पश्चिम लन्डनको नटिङहिल नजिक रहेको २४ तले आवासीय भवनमा बुधबार बिहान भीषण आगलागी हुंदा मर्नेको संख्या ७९ पुगेको छ । प्रहरीले मृतक संख्या अझ बढ्ने जनाएको छ । अस्पतालमा उपचारार्थ घाइते ३७ मध्ये १२ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको र यसको वास्तविकता आउन समय लाग्ने जनाएको छ । अग्नी नियन्त्रकहरुले ७० जनाको सकुशल उद्दार गरेका छन् । नर्थ केन्जिङटनको ल्याटिमेर रोडमा अवस्थित १२० फल्याट रहेको ६८ मिटर अग्लो ग्रेनफेल टावर (अपार्टमेन्ट) मा राती करिब एकबजेतिर लागेको आगलागीबाट कयौं हताहत भएको अनुमान छ । भवनभित्र ४ देखि ६ सय मानिस रहेको
More

लन्डनमा जथाभावी भ्यान चलाउँदा पैदल यात्रीको मृत्यु

काठमाडौं । लण्डनको उत्तरी क्षेत्रस्थित एक मस्जिद नजिकै एक जना चालकले जथाभावी भ्यान चलाएर पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भ्यानको ठक्करबाट आठ जना घाइते भएका छन् । रातको समयमा लण्डनको दक्षिणी क्षेत्र सेभेन सिस्टर रोडमा मस्जिदबाट रमजामको प्रार्थना सकेर घर फर्कँदै गरेका सर्वसाधारणमाथि भ्यान चालकले जथाभावी गाडी चलाएको बताइएको छ । घटना लगत्तै भ्यान चालक पक्राउ परेका छन् । घटनाको प्रकृति हेर्दा आतंकवादी हमला हुन सक्ने आशंका लण्डन प्रहरीले गरेको छ । घटनापछि त्यस क्षेत्रको सडक पुरै खाली गराइएको छ । यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मे ले घटनाप्रति खेद प्रकट गर्दै छानबिन गर्न निर्देशन दिएकी
More

एनआरएन नेदरल्याण्ड्सको अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

एनआरएन नेदरल्याण्ड्स को अध्यक्षमा ठाकुर शर्मा ‘मनोहरि’ ले उम्मेदवारी घोषणा गरेका छन् । जनसम्पर्क समिति नेदरल्याण्ड्सको नेतृत्व गरिसकेका शर्मा नेदरल्याण्ड्सका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा, नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धन, नेपालको कुनै एक विद्यालयमा नमूना परियोजना, अवैधानिक बसाईमा रहेका नेपालीहरुको स्वास्थ्य तथा कानुनी सहयोग, खेल क्षेत्रको विकासलगायतका एजेन्डासहित मैदानमा उत्रिएका हुन् । आईसीसी सदस्यमा वर्तमान अध्यक्ष हिमाल गुरुङले उम्मेद्‍वारी घोषणा गरेका हुन् । नेपाली जनसम्पर्क समितिका अध्यक्ष उत्तम कँडेलले शर्मा र गुरुङलाई सहयोग गर्न अपिल गरेका छन् ।
More

स्कटल्याण्डमा नेपाली भाषाकक्षालाई नेशनल लोटरीको सहयोग

बेलायतको स्कट्ल्याण्ड एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालीकाहरुलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको आज तीन ३ बर्ष पुरा भएको छ । यही उपलक्ष्यमा एउटा बिशेष कार्यक्रमको आयोजना गरी संस्थाले नेपाली भाषा कक्षालाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देस्यले हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा बिगत ३ बर्ष देखी सन्चालन गरिदै आएको छ । एसोसिएसनले नेपाली अभीभावकहरुकै सहयोग लिएर स्वयम सेबक शिक्षकहरु मार्फत कक्षा सन्चालन गरिरहेको संस्थाका अध्यक्ष मीन भट्टले जानकारी गराउनु भयो । ​एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलमा औपचारिक कार्यक्रमसहित ३ बर्ष
More

एनआरएन यूरोप सम्मेलनमा परराष्ट्र मन्त्रीलाई आमन्त्रण गरिने

लन्डन । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिका रुपमा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आमन्त्रण गरिने भएको छ । जुलाईको अन्तिम साता जर्मनीको फ्याङफर्डमा आयोजना हुने १० औं क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रुपमा मन्त्री महरालाई आमन्त्रण गरिने निर्णय भएको गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले जानकारी दिए । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रको आइतबार सम्पन्न बैठकले मन्त्री महरालगायत यूरोपस्थित नेपाली मिसनका प्रमुखहरुलाई क्षेत्रीय सम्मेलनमा आमन्त्रण गर्ने निर्णय गरेको हो । गैरआवासीय नेपाली संघको काठमाडौंमा बन्दै गरेको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन केन्द्रीत हुने सम्मेलनमा प्रायोजकहरुलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले गैरआवासीय नेपाली संघको यूरोप
More