Archives for कला साहित्य

हङकङमा स्याङ्जा भिरकोटे कलाकारलाई सम्मान

हङकङ । हङकङमा स्याङ्जा भिरकोटे कलाकारलाई विभिन्न संघसस्था तथा व्यक्तिहरुले सम्मान गरेका छन्। सन् २००८ मा स्याङ्जा जिल्लाको साबिक क्षेत्र नम्बर २ स्थित रामबाच्छाबाट हङकङ आई बसोबास गरिरहेका तमुहरुलाई समेट्दै स्थापना गरिएको समाज भिरकोट आठ्थर तमु समाज स्याङजा हङकङले १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेका अवसरमा भिरकोट आठथर साङ्गीतिक कार्यक्रम -२०१८ को आयोजना गरेको थियो। कार्यक्रममा नेपालबाट नव प्रतिभा तथा लोक भाका, लोक संस्कृतिलाई लोक गायन मार्फत प्रस्तुत गर्ने कलाकार चयन गरी हङकङ बोलाइएको थियो। यसै क्रममा नेत्र गुरुङ, किसु गुरुङ, शितला गुरुङले आ आफ्नो प्रस्तुती दिएका थिए। यसै क्रममा यी नव प्रतिभा तथा कलाकारलाई हङकङ
More

कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ ।टिकाथलीस्थित निवासमा रुख ढाल्दा पोल लडेर गम्भिर घाइते भएका अध्यक्ष बोगटीलाई बि एण्ड बि अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा लैजाँदै उनको बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अहिले पोस्टपार्टम का लागि पाटन अस्पताल लगिएको छ । रामकेशर बोगटीको असमायीक निधन हुँदा सम्पूर्ण फिल्म क्षेत्र शोकमा डुबेको छ । स्वर्गिय रामकेशर बोगटीप्रति हार्दिक श्रद्धा सुमन !
More

चन्द्रका भजनको म्याग्दीमा विमोचन

बेनी ,म्याग्दी – जलजला गाउँपालिका ३ मल्लाजका चन्द्रबहादुर लामीछानेद्धारा लिखित भजन संग्रह ‘चन्द्रका भजन’को शनिबार बेनीमा विमोचन गरिएको छ । म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वर क्षेत्रलाई समेटेर लामीछानेद्वारा लिखित भजन संग्रहको गण्डकी प्रदेशका सदस्य बिनोद केसीले विमोचन गरेका थिए । अनेसास धौलागिरी र लायन्स क्लव अफ बेनी म्याग्दीको सहयोगमा म्याग्दी साहित्य सञ्चारले आयोजना गरेको कार्यक्रममा सांसद केसीले साहीत्य समाजको बिम्ब भएको बताउँदै भजन संग्रहले धार्मीक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुली, माउण्ट एभरेष्ट माविका प्रिन्सिपल त्रिदेव उपाध्याय, गलेश्वर मा .वि तोरीपानीका प्र.अ रामप्रसाद सुवेदी र नेपाली काङ्ग्रेस म्याग्दीका सचिव
More

सर्वनाम थिएटरमा पहिलो चोटी कविताको चलदृश्य प्रदर्शनी

काठमाण्डौ – शनिबार भव्य समारोहका बीच ‘बुझ्नै सकिन आज तिमीलाई ’कविताको चलदृश्य प्रदर्शनी भएको छ । विकास थापाद्वारा लिखित ‘ओकलेर आगो’ कविता संग्रहभित्रको एक कविता हो –बुझ्नै सकिनँ आज तिमीलाई । बुझ्नै सकिन आज तिमीलाईको निर्देशन हेम प्रभासले गरेका हुन् भने स्वर पनि प्रभासकै रहेको छ । सर्वनाम थिएटरमा कवि विकास थापाकी ममतामयी माता धनकुमारी थापाको अध्यक्ष्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । पुष्पल खड्का र वर्षा शिवाकोटीको अभिनय रहेको यस भिडियो नेपालमै पहिलो कविता सिनेमाटिक भिडियो रहेको दाबी गरिएको छ ।प्रकाशित ओकलेर आगो शीर्षक कविताकृतिमाथि युवा कविद्वय प्रभाती किरण र बलराम दाहालले समीक्षा गरेका थिए ।कवि विकास थापाद्वारा लिखित
More

कपुरकोटका विद्यालयमा पुस्तकालय

सल्यान – सल्यानको कपुरकोट गाउँपालिकामा छ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयमा साक्षरता कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बिहीबार कालिका मावि कपुरकोटमा पुस्तकालयको उद्घाटन गर्दै गाउँपालिकाका सबै विद्यालयममा क्रमिक रुपमा पुस्तकालय स्थापना गरिने जानकारी दिनुभयो । पुस्तकालयले विद्यार्थीलाई बाहिरी ज्ञानसमेत दिने भएकोले सबै विद्यालयमा स्थापना गर्न आवश्यक भएको बताउनुभयो । गाउँपालिकाले स्थापना भएका पुस्तकालयमा पुस्तकको सङ्ख्या थप्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कपुरकोट गाउँपालिकाको समन्वयमा दलित विकास समाज सल्यानले सञ्चालन गरिरहेको साक्षरता कार्यक्रमअन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना गरिएको जिल्ला संयोजक टेकराज शाहीले जानकारी दिनुभयो । रासस
More

मधुश्रीलाई ॐ कार्की स्मृति पुरस्कार र घायलश्रीलाई सिर्जनशील पुरस्कार

ॐ कार्की स्मृति पुरस्कार प्रतिष्ठानले स्थापनकाे पहिलाे वर्ष ॐ कार्की स्मृति पुरस्कार कथाकार मन्दिरा मधुश्री र ॐ कार्की स्मृति सिर्जनशील पुरस्कार पछिल्लो समय मोफसलमा रहेर साहित्यका हरेक गतिविधिमा अग्रसर हुँदै आएका युवा साहित्यकार घायलश्रीलाई दिने भएकाे छ । हाम्रालार्इ हाेर्इन राम्रालार्इ खाेजाैँ भन्ने उद्धेश्यले स्थापित प्रतिष्ठानले पहिलाे पटक साहित्यकारद्धय मन्दिरा मधुश्री घायलश्रीलाई उक्त पुरस्कार दिनलागेकाे सस्थापक अम्बिका कार्कीले जानकारी दिनुभयाे । पुरस्कार यही असोज २४ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले एक कार्यक्रमको बिच वितरण गरिने छ । दुवै पुरस्कारकाे राशी रु पाँच हजार, दोसल्ला र सम्मानपत्र रहेकाे छ। गजलकार अम्बिका कार्कीले अाफ्नाे श्रीमान ॐ बहादुर कार्कीकाे स्मृतिमा यसै बर्ष
More

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

काठमाडौँ – प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ । सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालयले बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ । पुरस्कार चयनका लागि उपाध्यक्ष रामप्रकाश पुरीको संयोजकत्वमा गठित समितिले विकट क्षेत्रमा रही जातीय उत्पीडन र वर्गीय भेद्का विरुद्ध सङ्घर्षरत रही साहित्य सिर्जनामा आबद्ध भएकाले विकलाई पुरस्कार दिन सिफारिश गरेको महासचिव आरएम डङ्गोलले बताउनुभयो । सिफारिश समितिमा डा भागवत आचार्य र शोभा दुलाल सदस्य हुनुहुन्थ्यो । सङ्घका पूर्वअध्यक्षले आफूले पाएको रु दुई लाखको पुरस्कार
More

बेलायतमा साहित्यकार डा तुलसी दिवश र डा गोविन्दराज भट्टराईलाई अभिनन्दन

बेलायत । बेलायतस्थित नेपालीको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले वरिष्ठ साहित्यकारद्वय प्राडा तुलसी दिवश र प्रा डा गोविन्दराज भट्टराईलाई अभिनन्दन गरेको छ। विगत चार दशक बढी समयदेखि अनवरतरूपमा नेपाली भाषा साहित्यको क्षेत्रमा अमूल्य योगदान पुर्याएको भन्दै बेलायतमा उनीहरुलाई सम्मान गरिएको हो। नेपाली साहित्यको विश्वव्यापी विकास र संचार गराउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै दुबै जनालाई बेलायतमा अभिन्नदन् गरिएको परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाएको छ। बेलायतको एेतिहासिक सहर केन्टबरी स्थित केन्टबरी चर्च युनिभर्सिटीमा सम्पन्न दोस्रो विश्व साहित्य सम्मेलन समारोहमा बेलायतमा रहेका समस्त साहित्यकारको तर्फबाट नेपाली साहित्य विकास परिषद यूकेले अभिनन्दन तथा सम्मान गरेको हो। परिषदका संरक्षक प्रमुख अतिथि महामहिम
More

मानवता ;कविता

हे मानवता तेरो असली रुप कस्तो हुन्छ राजा बलीको दान जस्तो मदर टेरेसाको माया र ममता जस्तो गान्धीको त्याग जस्तो नेन्सल मन्डेलाको सघर्ष जस्तो महाभारतका पाण्डव पुत्रहरूले द्रौपतीलार्इ दिएको माया जस्तै धेरैले एकैलाई वा एकले धेरैलार्इ उही र उस्तौ रूप र भावमा व्यक्त गरे जस्तो । कस्तो हुन्छ मानवता मोनालिसाको मुस्कान जस्तो या फेरिन्छ सपर्को काचुली फेरिए झै मानवताको रूप या त हुन्छ मरभूमिको बालुवा झै हावा हुरी चल्दा उडने घाम लाग्दा तात्ने हुन्छ। कति बेला हुन्छ जन्म मानवताको के हुनु पर्छ मानवताको जन्म हुन युद्ध या शान्ति । म कस्लाई सोधौ मानवता केहो भनेर अझ मानवलाई नै के सोधौ
More

योगमाया सम्मानबाट निहारिका र ज्ञाानमणि सम्मानित

काठमाडौँ, साउन ७ नेपाल स्रष्टा समाजले समाजसुधारक योगमायाका नाममा स्थापना गरिएका दुई वटा सम्मान योगमाया दिवसको अवसरमा आज प्रदान गरेको छ । २५,१११ राशिको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिकालाई र २०,१११ राशिको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गरिएको हो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीका हातबाट स्रष्टा निलम कार्की निहारिकालाई योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान अर्पण गरिएको थियो । योगमायामा विषयमा वृहत अनुसन्धान गरी आख्यानको माध्यमबाट योगमायालाई समाजमा चिनाउन गर्नुभएको योगदानका लागि उहाँलाई यो सम्मान प्रदान गरिएको हो । त्यस्तै नेपाल स्रष्टा समाजमा अध्यक्ष पवन आलोक
More