Archives for जानकारी

मोबाइलबाट चिट चोरेको टिप्पणीले शिक्षक नियुक्ति प्रक्रिया रद्व

बागलुङ – सदरमुकाम स्थित बागलुङ नगरपालिका ४ को कुँडुले माबिको शिक्षक नियुक्ती प्रकृयामा मोवाईलबाट चिट चोरेको टिप्पणी भएपछि परीक्षा रद्द भएको छ । शनिबार लिइएको परीक्षामा एक परीक्षार्थीले मोवाईलबाट चिट चोरेको पत्ता लागेपछि परीक्षा रद्द भएको हो । बागलुङ नगरपालिकाले तोकेको बिज्ञ र जनप्रतिनिधि समेत नियोजित रुपमा आफन्तलाई उत्तीर्ण गराउन लागेको अन्य परीक्षार्थीले उजुरी गरेपछि रद्द भएको नगर शिक्षा अधिकारी दण्डपाणी पौडेलले बताए । नगरपालिकाले बिज्ञ समूह गठन गरेर परीक्षा लिने व्यवस्था गरेको छ । ती बिज्ञले समेत मोवाईल लैजान नपाउने गरी प्रश्नपत्र काट्ने व्यवस्था गरिएकोले अनियमितता नहुने नगर पौडेलले बताए । उक्त घटना हुँदा पौडेले थिएनन् । परीक्षामा अनियमितता
More

नेपाल र नेपालीको पहिचान नै पोशाक : शेरबहादुर तामाङ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व मन्त्री शेरबहादुर तामाङले नेपाल र नेपालीको पहिचान नै पोशाक भएको भन्दै यसको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन्। सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पूर्व मन्त्री तामाङले यस्तो बताएका हुन्। नेपालको राष्ट्रिय झण्डा विश्वसामू अलग पहिचानको भएजस्तै नेपालको राष्ट्रिय पोशाकपनि विश्वमै अलग पहिचान बोक्ने खालको भएको उनको भनाई छ। उनले भने, ‘विश्वको जुनसुकै कुनामा दौरा–सुरुवाल र राष्ट्रिय झण्डा बोकेर उभियो भने त्यो नेपाली नै हो भनेर विश्वले चिन्दछ।’ तामाङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणमा जाँदा नेपाली भाषामै सम्बोधन गरेको सुनाउँदै राष्ट्रपतिको उक्त
More

ओली सरकारमाथि देउवाले यसरी ‘हमला’ गरे (पूर्णपाठसहित)

काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको १४ महिनामा आशा जगाउने एउटा पनि काम गर्न नसकेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको कारण मूलुकमा निराशा व्यप्त भएको आरोप लगाएका हुन् । ‘देशलाई समृद्धिको दिशामा लैजाने अभूतपूर्व ऐतिहासिक अवसरलाई पनि यो सरकारले खेल फाल्यो,’ देउवाको भनाई थियो । उनले लामो समयसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकारको नियत प्रति शंका उब्जिएको जिकिर गरे । ‘शान्ति सुरक्षा कायम गर्न सरकार असफल भयो,’ देउवाले भने । सभापति देउवाले विगतका सरकारले सम्पन्न गरेका आयोजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको भनी झुटा प्रचार गर्न बाहेक सरकारले उल्लेख्य काम
More

श्रीलंकामा राष्ट्रव्यापी ‘सर्च अप्रेसन’, भयो मुडभेठ

‘इस्टर सण्डे’को दिन श्रीलंकामा भएको श्रृंखलावद्ध आक्रमणपछि देशकको सुरक्षा बलले राष्ट्रव्यापी ‘सर्च अप्रेसन’ चलाइरहेको छ । अधिकारीले ‘सर्च’ तथा अन्य सुरक्षा व्यवस्थाको लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी उतारिएको जानकारी दिएका छन् । ‘सर्च’का क्रममा केही स्थानमा मुडभेड पनि भएको छ । शुक्रबार साँझ सुरक्षाकर्मी र सशस्त्र उग्रवादीबीच यस्तै मुडभेड भएको हो । सुरक्षाबलले सो स्थानमा लुकेका आतंकवादीको सम्बन्ध आइतबार भएको आक्रमणसँग रहेको जानकारी दिएको छ ।
More

आइतबारदेखि कक्षा १२ को परीक्षा

आइतबारदेखि कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख १५ गतेबाट सुरु भएर २६ गते समाप्त हुने जानकारी दियो । त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख २९ गतेबाट सुरु भएर जेठ ८ गते समाप्त हुने छ । परिक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी हुनेछन् । कक्षा ११ मा
More

चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगन

काठमाडौँ । विभिन्न माग राखेर आन्दोलन गर्दै आएको सरकारी चिकित्सक सङ्घ (गोदान)ले आन्दोलन स्थगन गरेको छ । सकारबाट समस्याको समाधान निकाल्ने आश्वासन आएको र जनताको स्वास्थ्य उपचार र चिकित्सकीय कर्तव्यसमेतलाई मध्यनजर गर्दै १५ दिनका लागि आन्दोलन स्थगन गरिएको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिए । आइतबार बसेको चिकित्सकको भेलाले यही वैशाख १५ गतेसम्मका लागि आन्दोलन स्थगन गरेको हो । सङ्घले एक विज्ञप्ति जारी गरी वार्ताबाटै समस्या समाधान गर्न माग गर्दै १५ दिनभित्रमा पनि समस्या समाधान नभए पुनःआन्दोलनमा उत्रने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कुनै वार्ता वा सहमति नभएको जानकारी दिँदै मन्त्री र सचिवबाट समस्या
More

हतियार उत्पादन स्वदेशमै हुने

काठमाडौं। नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ। प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो। नीतिमा सेना प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ। सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ। सुरक्षा निकायको पुनः संरचना गर्ने व्यवस्था नीतिमा छ। पुनः सरचना गर्दा जनसंख्या, भौगोलिक जटिलता र भूराजनीतिलाई ध्यान दिइनेछ। आजको अन्नपूर्ण दैनिक
More

टेलिकमको भ्वाइस सेवा : सस्तो देखि निःशुल्क कल सम्म

करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला । नेपाल टेलिकमले २०५६ साल बैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसवेला मोबाइल सेवाको मुल्य तुलनात्मक रुपमा महंगो पर्ने भएकाले शुरुका केही वर्षसम्म यस सेवाका ग्राहकहरु पनि थोरै थिए । सेवाको विस्तार पनि सीमित थियो । २०६० सालसम्म पनि नेपाल टेलिकमका कुल ग्राहक आधार ४ लाख २२ हजार मात्र थिए । हाल दूरसञ्चार प्रविधिको विकाससँगै त्यसको मुल्यमा पनि कमी आएकाले प्राविधिक र आर्थिक रुपमा पनि यो
More

नेपालमै बनाउन थालियो नारायणीमा चल्ने ‘पानीजहाज’

चितवन । नारायणी र कोशीमा पानीजहाज चलाउने भन्दै पानीजहाज कार्यालयसमेत स्थापना गरेर सरकारले अध्ययन अघि बढाइरहँदा नेपाली युवाको समूहले नारायणीमा चलाउने गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उनीहरुले यसलाई सानो आकारको ‘पानी जहाज’ भनेका छन् । भरतपुर महानगरपालिका वडा नः १६ काब्रेघाटको खोल्सामा गुपचुप रुपमा यसको निर्माण भइरहेको छ । वरपर टिनले बारेर भित्र मजदुरहरुले काम गरिरहेका छन् । कसैलाई पनि भित्र पस्न अनुमति दिइएको छैन । थाहा पाउनेहरु टाढैबाट हेरेर फर्किने गरेका छन् । भारतको केरलाबाट ल्याएका प्राविधिकले दैनिकजसो काम गरिरहेका छन् । ‘मिनी पानीजहाज’को माथिल्लो भागमा मानिसहरु बस्ने मिल्ने गरी सिटहरु तयार हुँदैछ । राइनो
More

प्यारालाइसिसबाट कसरी बच्ने ?

सामान्य मानिसहरूले प्यारालाइसिस भनेको शरीरको कुनै अंग नचल्ने भन्ने बुझेका हुन्छन् । बिरामीहरू पनि निकै आत्तिन्छन् । अरू सबल, सपांग र निरोगी मानिसहरूजस्तै कसरी हिँड्न सकिने होला ? र कसरी हिँड्न पाइने होला ? मलाई सन्चो आराम होला कि नहोला ? के मेरो पुनर्जीवन होला ? यस्तै पीडाले निकै सताउँछ । हैरान र परेसान पार्छ । प्यारालाइसिस लागेकाहरू पनि झट्ट हेर्दा बिरामीजस्ता देखिँदैनन् । मुख ट्याउँट्याउँ चल्छ । खाना पनि रुच्छ । तर, शरीर लाग्दैन । हेर्दा खाइलाग्दा पनि देखिनछन् । प्यारालाइसिस भन्ने रोग यस्तै खालको अनौठो रोग हो । डाक्टरले आस नै मारिसकेका मानिसहरू पनि बाँचिरहेका हुन्छन् । कसैमा
More