Archives for खेल

महिला क्रिकेटको विजेताले १० लाख पाउने

काठमाडौँ– एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ । आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए । त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले रु १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौँ सुपर च्याम्पियन र धनगढी वण्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् । यस्तै चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना
More

म्यानचेस्टर युनाइटेडको खेल हेर्न मिस नेपाल श्रृंखला फ्रान्समा

– लण्डन। मिस नेपाल श्रृंखला खतिवडा च्याम्पियनस लिगको राउण्ड १६ अन्तर्गत म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) बीचको खेल हेर्न फ्रान्स पुगेकी छिन्। नेपाल र फ्रान्सको कुटनीतिक सम्वन्ध रहेको ७० औ बार्षिकाेत्सव मनाउन मिस नेपाल श्रृंखला पेरीस पुगेकी हुन् । हरेक बर्ष नेपाल फ्रान्स द्धिपक्षीय सम्वन्ध कायम राख्न उपस्थित श्रृंखलाले गत विश्वकप विजेता फ्रान्सका खेलाडी तथा म्यानचेस्टर युनाइटेडका आक्रमणकारी मिडफÞील्डर पोग्बा र उक्त क्लबका पूर्ब चर्चित मेनेजर सर एलेक्स फÞर्गुसन सँग तस्विर कैद गर्दै आफ्नो सामाजिक संन्जाल इन्स्ट्राग्राममा केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् । उक्त खेल सुरु भएको २ मिनटमा म्यानचेस्टर युनाइटेडका लुकाकुले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता
More

नेपाली राष्ट्रिय फुटबल टीमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका लागि नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सीसँगै अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ लोगो र फुटबल गीत पनि सार्वजनिक गरेको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गरी नयाँ जर्सीसँगै एन्फाको लोगो र फुटबल गीत सार्वजनिक गरेको हो । नेपाली फुटबल टोलीको जर्सीमा देब्रेपट्टी एन्फाको लोगो रहेको छ । यो भन्दा पहिलेको जर्सीमा त्यस ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो अहिले त्यसलाई हटाइएको हो । जर्सीमा सगरमाथाको आकृति पनि रहेको छ । यसअघि नेपाली फुटबलको जर्सी २०७४ सालमा परिवर्तन गरिएको थियो । केल्मीले नेपाली फुटबललाई स्पोन्सर गरेपछि जर्सीको डिजाइन परिवर्तन गरिएको थियो र अहिले पनि
More

मेस्सीलाई सम्झेर भावुक बने : नेमार

एजेन्सी /ब्राजिलका कप्तान एवं पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार नेमार अहिले चोटमा कारण मैदानमा देखिएका छैनन् । एक महिनाअघि खुट्टाको चोट बोकेका उनी उपचारपछि घरमै आराम गरिरहेका छन् । चिकित्सकमा अनुसार नेमार अझै डेढ महिना मैदान बाहिर रहनेछन् । मैदान बाहिर रहेपनि नेमारको विषयमा केहीन केही समाचार आई रहेको छ । फुर्सदमा रहेका नेमारलाई मिडियाले पछ्याउनु पनि स्वभाविक हो । नेमारले हालै मात्र ‘स्पोर्टे स्पेक्टाकुलर’ सँगको विशेष अन्तर्वार्तामा बार्सिलोना र कप्तान लियोनल मेस्सीको बारेमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले आफु बार्सिलोना छँदा मेस्सी सँधै अभिभावक बनेको पनि बताए । ‘मैले मेस्सी र बार्सिलोना नसम्झेको कुनै दिन छैन । मलाई
More

ब्राजिलका स्टार नेयमार बेड रेस्टमा

ब्राजिलका कप्तान एवं पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार नेमार अहिले चोटमा कारण मैदानमा देखिएका छैनन् । एक महिनाअघि खुट्टाको चोट बोकेका उनी उपचारपछि घरमै आराम गरिरहेका छन् । चिकित्सकमा अनुसार नेमार अझै डेढ महिना मैदान बाहिर रहनेछन् । मैदान बाहिर रहेपनि नेमारको विषयमा केहीन केही समाचार आई रहेको छ । फुर्सदमा रहेका नेमारलाई मिडियाले पछ्याउनु पनि स्वभाविक हो । नेमारले हालै मात्र ‘स्पोर्टे स्पेक्टाकुलर’ सँगको विशेष अन्तर्वार्तामा बार्सिलोना र कप्तान लियोनल मेस्सीको बारेमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले आफु बार्सिलोना छँदा मेस्सी सँधै अभिभावक बनेको पनि बताए । ‘मैले मेस्सी र बार्सिलोना नसम्झेको कुनै दिन छैन । मलाई जतिबेला
More

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार

काठमाडौँ । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ । लैनचौरस्थित टिटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु ७० हजार पुरस्कार प्राप्त गर्ने सङ्घकी अध्यक्ष सुनिता थापाले बताउनुभयो । त्यसैगरी दोस्रो हुनेले रु २० हजार र तेस्रो हुने खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षक हुनेछ । फाइनल पुग्ने खेलाडीबीच हार्डक्रोम्याच हुनेछ । त्यसैगरी ट्रिपल थ्रिड, सिङ्गल थ्रिड, ट्रयाग टिमलगायतका म्याचहरु हुने बताइएको छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, एक्स हिरो, टुप्पि ग्याङ्ग, चटानलगायतको सहभागिता हुनेछ । त्यसैगरी
More

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गर्यो

युवा स्ट्राइकर केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गरेको छ । एमबाप्पेले ७३औं मिनेटमा ड्यानी आल्भेसको पासमा उत्कृष्ट गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट इटिनेले पीएसजीलाई केही दवाव दिएपनि गोल फर्काएन सकेन । स्टार खेलाडी नेमार र एडिन्सन काभानी घाइते हुँदा पीएसजीलाई अहिले गाह्रो परिरहेको छ । तरपनि लिगमा पीएसजीले शीर्ष स्थान थप बलियो बनाउँदै लगेको छ । जितसँगै पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको लिलेभन्दा १२ अंकले अगाडी छ । लिलेले २५ खेलबाट ५० अंक बनाएको छ
More

बलेवामा प्याराग्लाईडिङको सफल परीक्षण

बागलुङ – जिल्लाको बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । मंगलबार पोखराको लेक भ्याली प्याराग्लाईडिङ कम्पनीले सफल परीक्षण गरेको हो । बागलुङ नगरपालिका–१३ पैञ्युँपाटाको पहरेको धुरीबाट प्याराग्लाइडिङ गरी बगलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा बिमानस्थलनमा सफल अवतरण गरेको पाईलट टेक बहादुर थापाले बताए । प्रथम बलेवा महोत्सवको अवसरमा मुख्य आकर्षणको रुपमा प्रस्तुत गर्न लागिएको प्याराग्लाइडिङको मंगलबार परिक्षण उडान गरिएको थियो । भुगोल र हावाको गतिका हिसाबले बलेवामा प्याराग्लाईडिङको सम्भावना रहेको पाईलट थापाले बताए । परिक्षण सफल भएपछि महोत्सव अबधिभर ६ वटा प्याराग्लाइडिङ र उडान गर्ने आयोजकले जनाएको छ । पोखरामा भैरहेको प्याराग्लाईडिङलाई बलेवामा पनि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ
More

टी–२० वरियतामा पारस खड्काको छलाङ

काठमाडौं– हालै युएईविरुद्ध तीन दिवसीय र टी–२० क्रिकेट खेलेको नेपाली राष्ट्रिय टोलीको चर्चा अझैं सेलाएको छैन । सो खेलमा नेपाल विजयी हुँदै प्रशंसा बटुल्यो । यही क्रममा क्रिकेटमा अर्को खुसीको खबर छ । कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल –आईसीसी) को टी–२० बरियतामा ठूलो फड्को मारेका छन् । आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारस पहिलो पटक अलराउन्डर वरियताको शीर्ष ४० भित्र परेका छन् । पारसले ७६ रेटिङ पोइन्ट पाएका छन् । टी–२० ब्याटिङ वरीयतामा भने पारस ९०‍औं स्थानमा छन् । यसैगरी बलिङ वरियतामा नेपालका तीव्र गतिका बलर सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१औं स्थानमा छन् ।
More

नयाँ मेस्सीको खोजीमा बार्सिलोना

बार्सिलोनाले आफ्ना महान खेलाडी कप्तान लियोनल मेस्सीको विकल्प खोल्न थालेको छ । १५ बर्षदेखि बार्सिलोनामा खेलिरहेका अर्जेन्टिनी स्टार मेस्सीको विकल्प को होला ? भन्ने खोजीमा बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउ खुबै लागिपरेका छन् । सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीमा खेलिरहेका मेस्सी अहिले ३१ वर्षका भए । उनी अहिले पनि बार्सिलोनाको मुख्य हतियार हुन् । अध्यक्ष बार्तोमोउले मेस्सीको स्थान परिपूर्ति गर्ने खेलाडीको खोजीमा आफू लागि रहेको बताए । एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीको बढ्दो उमेरलाई ख्याल गर्दै उनको दीर्घकालीन विकल्प खोजी गर्न थालेको बताएका हुन् । ‘मेस्सीले एकदिन सन्यास लिनेछन् । मेस्सीको सन्यासपछि क्लबलाई उस्तै सफलता र लयमा हिँडाउन उनको
More