Archives for अन्तराष्ट्रिय

फेरि राष्ट्रपति बन्न कम्मर कसेर लागिपरे ट्रम्प, तर सर्वेक्षणमा पछाडि

वासिङटन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गरेका छन् । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उनले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गरेका हुन् । ओल्र्याण्डोमा आयोजित ¥यालीलाई सम्बोधन गर्दै उनले भने, “मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिक रुपमा प्रचार अभियान शुरु गरेको छु ।” सम्बोधनका क्रममा उनले फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै समर्थकहरूलाई अर्को चार वर्षका लागि “एक ढिक्का रहन” आग्रह पनि गरे। बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उनले आफू सधैँ अमेरिकी जनतालाई
More

विमान उड्न लाग्दा यात्रुले ढोका खोलेपछि

संयुक्त अधिराज्यबाट पाकिस्तान उड्न लागेको एउटा विमानका यात्रुले आपतकालिन ढोका खोलेपछि जहाजको उडान सात घण्टाले ढिलो हुन पुग्यो । विमान उड्नु अघि नै उक्त घटना भएकाले कुनै मानवीय हताहती भने हुन पाएन । घटना बेलायतको म्यानचेस्टर विमानस्थलको हो । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) फ्लाइट ७०२ शुक्रबार म्यानचेस्टरबाट इस्लामावाद उड्ने लागेको थियो । विमानमा सवार एक जना व्यक्तिले वाथरुम भनेर हातरमा खोलेको ढोका, आपतकालिन ढोका पर्न गयो । त्यसपछि विमानमा सवार सबै ४० यात्रुलाई उतारिएको थियो । यी सबका कारण विमानको उडान ७ घण्टा ढिलो पर्न गयो । संवेदनशील अवस्थामा आपतकालिन ढोका खोलिएको यो पहिलो घटना भने होइन । मे महिनामा
More

इरानद्वारा छ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक

तेहरान–इरानले आइतबार स्वदेशमा निर्मित एकै पटकमा छ निशानामा प्रहार गर्नसकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । “खोर्डाड–१५ नाम दिइएको उक्त हतियारले विरोधीको लडाकू विमानहरूलाई पत्ता लगाई एक तर्फ १५० किलोमिटरको दुरीमा आक्रमणको निशाना लगाउन सक्ने क्षमता राख्नेछ,” हतियार सार्वजनिक समारोहमा रक्षामन्त्री अमिर हतामीको दावीलाई उद्धृत गरी इरानी टेलिभिजनले बताएको छ । इरानको स्वदेशी नयाँ हतियारले विरोधीका लडाकू विमानलाई ड्रोनमार्फत १२० किलोमिटर किलोमिटर टाढासम्म पछ्याउने क्षमता राख्ने दावी पनि हतामीले गर्नुभयो । अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भई नयाँ प्रतिबन्ध लगाएसँगै इरानले स्वदेशी प्रतिरक्षा प्रणाली (हतियार) को निर्माण गरिरहेको अनुमानहरू गरिँदै आएको
More

पर्यटकका लागि खुला गरिदैँ नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र

बीबीसी । अर्को वर्ष पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (स्पेस स्टेसन)मा जान सक्ने भएका छन् । यसका लागि उनीहरुले एक रातको ३५ हजार अमेरिकी डलर खर्च गर्नु पर्ने हुन्छ । अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार उसले अन्तरिक्ष स्पेस स्टेसन पर्यटन तथा व्यापारिक प्रयोजनका लागि उपयोग गर्न थालेको हो । अन्तर्राष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोबिन ग्याटेन्सका अनुसार हरेक वर्ष कम अवधिका लागि दुई वटा निजी अन्तरिक्ष मिसन पठाइनेछ । यसको खर्च पनि निजी कम्पनीले नै व्यहोर्ने छन् । नासाका अनुसार निजी अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म जानलाई ३० दिनको समय दिइनेछ । उनीहरु अमेरिकी स्पेसक्राफ्टबाट यात्रा गर्नेछन् । अन्तर्राष्ट्रिय स्पेस स्टेसन अन्तरिक्षको
More

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक , भाजपालाई भारी बहुमत

नयाँ दिल्ली-भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ । भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् । भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जीत निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु)ले १६, लोक जनशक्ति पार्टीले छ,
More

९ महिनामा ६ खर्ब ५३ अर्ब रेमिटेन्स भित्रियो

काठमाडौँ–वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चालू आर्थिक वर्षको नौ महीनामा रु छ खर्ब ५३ अर्ब १९ करोड बराबरको विप्रेषण पठाएका छन् । विप्रेषण आप्रवाह गत आवको तुलनामा चालू आवको नौ महीनामा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमलव छ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भएको मूल्य वृद्धिले विप्रेषण आप्रवाह नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो । नौ महीनाको अवधिमा खुद ट्रान्सफर आय २० दशमलव नौ प्रतिशतले वृद्धि भई रु सात खर्ब
More

अमेरिकी थुनामा रहेका बालकको मृत्यु

वासिङ्टन – संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको थियो । नाम नखुलाइएका ती बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको थियो । ती बालकको मृत्यु हुनुको कारण भने खुलेको छैन । गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रबासी बालक हुन् ।
More

यूएईद्वारा ‘असाधारण प्रतिभा’ र लगानीकर्तालाई ‘गोल्डेन भिषा’ कार्यक्रमको घोषणा

लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स ९यूएई० ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो ९गोल्डेन० भिषा कार्यक्रम ल्याएको छ । उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले बताएका छन् । “गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ प्रदान गर्ने प्रस्ताव गरिएको हो,” यूएर्यका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले बताए । उनीद्वार जारी एक विज्ञप्तिमा भनिएको छ, “हामीले हाम्रो मुलुकको विकासको
More

कर नबढाउने ट्रम्पको घोषणा

अमेरिकाले खरिद गर्दै आएका सवारी साधनमा १० प्रतिशतबाट २५ प्रतिशत बढाउने भनिएको कर वृद्धि तत्कालका लागि नबढाइनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरेका छन् । अमेरिकाका व्यवसायिक साझेदार मुलुकहरूसँगको कुराकानीपछि ह्वाइट हाउसद्वारा जारी ट्रम्पको घोषणामा भनिएको छ, “व्यापार प्रतिनिधिले निर्णय र यसको नतिजाबारे आगामी १८० दिनभित्र जानकारी गराउनेछन् । त्यसपछि थप निर्णय लिइनेछ ।” अमेरिकी राष्ट्रपति ट्रम्पले सवारी साधन ९कार०मा थप २५ प्रतिशत दण्डजन्य करवृद्धिको घोषणा शनिबारसम्ममा गर्ने सिमारेखा तय गरेपछि अमेरिकासँग व्यवसायिक सहकार्य गर्दै आएको खासगरी यूरोपेली संघ (इयू) तथा जापान, मेक्सिको र क्यानडाले चिन्ता व्यक्त गर्दै आएका थिए । उनीहरूले बदलामा अमेरिका निर्यात हुने मोटरसाइकल, सुन्तलाको रस, ह्वीस्की
More

फानीबाट १५ जनाको मृत्यु, २२३ जना घाईते

काठमाडौँ । फानी नाम दिइएको बंगलादेशमा ६ र भारतमा ९ गरी जम्मा १५ जनाको ज्यान गएको छ। बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना घाइते भएको जानकारी दिएका छन्। त्यस्तै भारतमा १६० जना भन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। बंगलादेशमा एक हजारभन्दा बढी घर क्षतिग्रस्त भएको बताएका छन्। बंगलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गरेका छन्। बङ्गालको खाडीबाट शुरु भएको समुद्री
More