Monthly Archives June 2016

युरोपमा कानुनी शासनमा संकट गहिरियो

गाय भरहोफ्सटाड दुईवटा विश्वयुद्ध खेपेका युरोपेली मुलुकहरुले एकीकरण र आपसी सहयोगको मद्दतबाट विश्वमै सबैभन्दा ठूलो परीक्षण गरे, र साझा स्वतन्त्रताको अवधारणा प्रयोगमा ल्याए । तर, दशकौंदेखि युरोपमा महत्वपूर्ण उपलब्धि हासिल भएपनि युरोपेली परियोजना अहिले विघटनको जोखिममा छ । सुल्झन नसकेको आर्थिक संकट, शरणार्थी संकट, खस्कदो सुरक्षा वातावरण र रोकिएको एकीकरण प्रक्रियाले युरोपभर नै विषालु काँडाको रुप लिँदैछ, र अस्थिर राजनीतिक वातावरणले जरा गाड्दैछ जहाँ राष्ट्रवादको नारा घन्काइएको छ । सम्भवत, यसको सुस्पष्ट अभिव्यक्ति युरोपेली युनियनमा कानुनको शासनमा आएको क्षयीकरण नै हो । खासगरी दुईवटा युरोपेली सदस्य राष्ट्रहरु हंगेरी र पोल्यान्डले अहिले निकै कठिनपूर्वक विजय प्राप्त भएको युरोपेली लोकतान्त्रिक मूल्यमान्यतालाई जोखिममा
More

सर्वधर्मसमभाव र विश्वअभ्युदय

–डा. जगमान गुरुङ । विषय र प्रसङ्ग अनुसार धर्म शब्दको विभिन्न व्युत्पत्ति र अर्थ गरिएको छ । यथार्थमा श्रद्धा, विश्वास, भक्ति, मान्यता र तदनुरूपको आचरण नै धर्म हो । जसरी डोरीले घाँस, दाउरालाई बाँधेर भारी मिलाउन सकिन्छ, त्यसरी नै धर्मसूत्रले मानिसको मन, मस्तिष्कलाई पवित्र र जीवनलाई सुव्यवस्थित एवं सुखमय बनाउँदछ । दर्शन एउटा चिन्तन हो । यसैगरी दर्शन एउटा अनुभूत दृष्टिकोण हो, किनभने दृश्यते इति दर्शनम् भनेर दर्शन शब्दको व्युत्पत्ति गरिएको छ तर जे देखिन्छ, त्यो दर्शन होइन, देखिएको वस्तुप्रतिको अनुभूत दृष्टिकोण दर्शन हो । धर्मले त्यस दार्शनिक चिन्तन एवं दृष्टिकोणलाई विधानद्वारा सुव्यवस्थित बनाउँदछ । संस्कृतिले उक्त दार्शनिक चिन्तन र
More

देउवाको निर्णय क्षमतामा चुनौती

नेपाली कांग्रेस महाधिवेशनपछिका दुई महिना व्यतीत भएका छन् । नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको पदाधिकारी नियुक्त गर्ने अभ्यास अहिलेसम्म सफल भएको छैन । देउवाका बाध्यता आफ्ना ठाउँमा हुन सक्छन्, तर विधानको व्यवस्थालाई पनि उनले ख्याल गर्नुपर्छ । हिजो सुशील कोइरालाले विधानका कुनै व्यवस्थालाई पालना गर्नु आवश्यक ठानेनन् । परिणाम कांग्रेसको कुनै पनि समितिले पूर्णता पाएनन् । गठन भएका समिति क्रियाशील हुन सकेनन् । देउवाले त्यो इतिहास थियो भन्न सक्नुपर्छ । आगामी दिनमा त्यस्तो हुने छैन भन्ने महाधिवेशनको प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ । सुशीलको असफलताको जगमा उभिएर नयाँ कांग्रेस बन्न सक्दैन । कांग्रेसमा नयाँ खालको प्रारम्भ गर्न सक्नुपर्छ । कांग्रेसमा गुटको अन्त्य
More

राजनीतिमा डाइनाको प्रवेश ह्वात्तै

मिलन शर्मा । अघिल्ला पुस्ताले राजनीतिलाई समाज सेवाको भावना जागृत गरेर जेलनेल खाएर गरेको काम पछिल्लो नयाँ पुस्ताले फुस्सा उडाउन थालेको देखिन्छ । पुराना नेताहरु जेल परेको अवस्था सुनाउँदा अहिलेका नेताहरुले अचम्म मान्ने मात्र हैन राजनीति गर्ने त आर्थिक सम्पन्नताका लागि मात्र हो भन्ने देखिन आएको छ । लोकतन्त्रको स्थापना भएको एक दशकपछि मात्र सम्बिधानसभाबाट नयाँ सम्बिधान त आयो तर त्यसको कार्यान्वयनमा एकपछि अर्को सगरमाथावत् व्यवधानहरु ठडिइ नै रहेका छन् । राजनीतिमा नेतृत्वको अकर्मण्यताले राज्य संयन्त्र लङ्गडो जस्तै हुन पुगेको छ । यथाअवधि नै भन्ने हो भने विगत १९ वर्षदेखि स्थानीय निकाय प्रतिनिधिविहीन बनेका छन् भने विकासका काममा बाँडिचुडीको खेल
More

विपन्न हुनुको पीडा

बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा सङ्कायतर्फको आन्तरिक परीक्षामा उत्कृष्ट गोपाल खत्री बिहान बेलुकी राम्रोसँग खान पाउँदैनन् । खत्री दृष्टिविहीन छन् । ब्रेललिपीको माध्यमद्वारा अध्ययन गर्छन् । घरको आर्थिक अवस्था कमजोर छ । साँझ बिहान राम्रोसँग खान पाउँदैनन् । साथीहरुसँगै अध्ययन गरे तापनि अपाङ्गता भएका उनले सबैभन्दा धेरै अङ्क ल्याएर क्याम्पसमै उत्कृष्ट भएको खुसीलाई आफन्तसँग साटासाट गर्नसमेत सकेका छैनन् । दैनिक रुपमा पर्ने आर्थिक सङ्कटलाई सामना गर्नुपर्ने बाध्यताले उनको अनुहारमा कहिल्यै खुसी देखिँदैन । खत्रीले क्याम्पसकै एक कर्मचारीको परिवारसँगै मासिक रकम उपलब्ध गराउने सहमतिमा खाना खाने गरे पनि तीन महिनाको खानाबापतको रकमसमेत तिर्न सकेका छैनन् । ब्रेललिपि र केही कपी
More

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

नेपालब्रिटेन डट कम् । काठमाण्डौ । संघका अध्यक्ष शेष घलेले एक शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका १४ जना नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपाली प्रति हार्दिक समबेदना प्रकट गरेको छ । संघले यस दुखद् घटनामा ज्यान गुमाउनेका परिवारप्रति समबेदना प्रकट गर्दै घाइते नेपाली दाजुभाईको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ‘बैदेशिक रोजगारीका क्रममा हाल अफगानिस्तानमा रहनुभएका नेपालीहरुमा सुरक्षा सावधानी अपनाउन तथा संकटको अबस्थामा एक अर्कालाई सहयोग गर्न हामी हार्दिक अनुरोध गर्दछौं
More

धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ११ लाख

टोकियो । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो । अभियानका संयोजक शिव तण्डुकारका अनुसार गत वर्षको भूकम्पबाट अतिप्रभावितमध्येको सिन्धुपाल्चोकको गिरान्चौर नमुना बस्ती निर्माणकर्ता फाउन्डेसनको सहयोगार्थ त्रिपुरेश्वरको कृषि विकास बैंकमा रहेको फाउन्डेसनको खातामा पठाइएको संयोजक तण्डुकारले जानकारी गराउनुभयो ।
More