Daily Archives June 21, 2016

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

नेपालब्रिटेन डट कम् । काठमाण्डौ । संघका अध्यक्ष शेष घलेले एक शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका १४ जना नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपाली प्रति हार्दिक समबेदना प्रकट गरेको छ । संघले यस दुखद् घटनामा ज्यान गुमाउनेका परिवारप्रति समबेदना प्रकट गर्दै घाइते नेपाली दाजुभाईको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ‘बैदेशिक रोजगारीका क्रममा हाल अफगानिस्तानमा रहनुभएका नेपालीहरुमा सुरक्षा सावधानी अपनाउन तथा संकटको अबस्थामा एक अर्कालाई सहयोग गर्न हामी हार्दिक अनुरोध गर्दछौं
More

धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ११ लाख

टोकियो । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो । अभियानका संयोजक शिव तण्डुकारका अनुसार गत वर्षको भूकम्पबाट अतिप्रभावितमध्येको सिन्धुपाल्चोकको गिरान्चौर नमुना बस्ती निर्माणकर्ता फाउन्डेसनको सहयोगार्थ त्रिपुरेश्वरको कृषि विकास बैंकमा रहेको फाउन्डेसनको खातामा पठाइएको संयोजक तण्डुकारले जानकारी गराउनुभयो ।
More