Monthly Archives July 2016

एनआरएन यूरोप बैठक सम्पन्न, १ अर्ब लगानी भित्र्याउने

कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार डेनमार्कको राजधानी कोपनहेगेनमा समापन भएको छ। नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपाली, नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघबीच हुँदै आएको सहकार्यलाई अझ बिस्तार गर्न सो रकम नेपालमा लगानी गर्ने निर्णय भएको हो। लगानीसम्बन्धी कानूनी बाधा फुकाउन सम्बन्धित निकायमा पहल गर्न महासंघ र एनअारएनबीच संयुक्त कार्यदल बनाउने निर्णय पनि बैठकले गरेको छ। ‘देशको समृद्धि नै हाम्रो चाहना हो। जसको लागि लगानीको वातावरण पहिलो आधार हो। अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन गरी देशलाई पूर्ण स्थायित्वकाे बाटोमा
More

जर्मनीमा नेपथ्यको जीवन्त प्रस्तुती

ह्यामवर्ग । नेपालको अग्रणी लोक रक ब्याण्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा आफूलाई प्रस्तुत गरेको छ। ह्यामवर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो। युरोपमा नेपालीहरुको बसोबास एक त छरिएर रहेको छ भने अर्कोतर्फ ह्यामवर्गमा थोरै मात्र नेपाली बसोबास गर्छन्। ‘ब्याण्डका माध्यमबाट हाम्रो समुदायको पहिचान र आत्मवल उच्च पार्न सघाउ पुग्ने विश्वासले निम्ता गरेका हौं,’ आयोजक तमु समाजका तर्फबाट कार्यक्रम संयोजक रहेका सुन्दर गुरुङले भने, ‘निम्तो स्वीकार्दै यति टाढा आएर कार्यक्रम प्रस्तुत गर्दै हामीलाई अविष्मरणीय साँझ प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं।’ नेपथ्यको सदाबहार पुराना हिट गीतहरुदेखि लिएर भर्खरैका ताजा सिर्जनासम्म अटाएको कार्यक्रम गुरुङ बोलबाट सुरुहुने गीत ‘नासे छ्यावा’बाट थालनी भएको
More

नयाँ राष्ट्रपति बारे डेनमार्क दूतावास वेखबर

कोपनहेगन । देशमा नयाँ राष्ट्पति निर्वाचन भएको महिनै पुग्दा सम्म डेनमार्कस्थित नेपाली दूतावास भने बेखर छ । यहाँस्थित राजदूतावासको सरकारी निवासमा अझै सम्म पूर्व राष्ट्रपति डा रामबरण यादवको नाम फोटो झुण्डाइएको छ । गैरआवासीय नेपाली सँघको नवौं युरोप क्षेत्रिय बैठकका सहभागीहरुको सम्मानमा शुक्रवार सरकारी दूतावासमा आयोजित रिसेप्सनमा पुगेका एनआरएनहरुले यावदको फोटो देखेर छक्क परेका थिए । यसअघि नेपाल सरकारले राष्ट्रपति बिद्या भण्डारीको आधिकारीक फोटो आफ्ना निकायहरुमा राख्न औपाचारिक पत्र पठाएको थियो ।
More

लगानी, पर्यटन र पुनर्निर्माणबारे गम्भीर कार्यशाला हुँदै

कोपेनहेगन । एनआरएनए युरोप क्षेत्रीय सम्मेलनको दोस्रो दिन विश्वभरका एनआरएनहरू लगानी, व्यापार, परोपकार र पर्यटनजस्ता विषयमा छुट्टाछुट्टै कार्यशालामा जुटेका छन् । व्यापार र लगानी विषयक कार्यशालाको अध्यक्षता संस्थाका प्रमुख संरक्षक जिबा लामिछानेले गरिरहनुभएको छ भने नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारका, युरोप संयोजक कुल आचार्य, उद्योगी चन्द्र ढकाललगायतले सहभागीका सुझाब, जिज्ञाषा र योजनाहरूको अभिलेखन र संयोजन गरिरहेका छन् । पर्यटन प्रबर्द्धन सम्बन्धी दोस्रो कार्यशालाको अध्यक्षता संस्थाका उपाध्यक्ष भवन भट्टले गरिरहेका छन् । अध्यक्ष शेष घलेदेखि संस्थापक अध्यक्ष उपेन्द्र महतोसम्मका सहभागीहरूले नेपालको आर्थिक विकासको मेरुदण्ड रहेको पर्यटनलाई कसरी प्रबर्द्धन गर्न सकिन्छ भन्नेमा गम्भीर चिन्तन गरिरहेका छन् । परोपकारसम्बन्धी तेस्रो कार्यशालाको
More

एनआरएन यूरोप बैठक भिडियो रिपोट

कोपनहेगन । गैरआवासीय नेपाली सँघ युरोप क्षेत्रिय नवौं बैठक आइतवार सम्पन्न हुदैंछ । दुई दिन सम्म चलेको बैठकले कोपनहेगन घोषणा पत्र जारी गर्दैछ । आइतवार लगानी, पर्यटन, दोहोरो नागरिकता लगायतका बिषय छलफल हुदैं छ ।
More

आईनालाई एनआरएनको १३ लाख सहयोग

बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ एनआरएनए अभियन्ताहरुले १३ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्। फेमिलिया दे हेटौडाको संचालन गरेको परियोजनामा स्कुल बस किन्नका लागि उक्त सहयोगको घोषणा गरेका हुन्। स्पेनिस युवती आईना बार्काले तिनै बालबालिकाको लागि हेटौडामा संचालन गरेको एक शैक्षिक परियोजनामा रहेका बालवालिकाहरुलाई स्कुल ल्याउँन र लैजान कठिन देखिए पछि सहयोगको अपिल गरेकी थिईन्। डेनमार्कको कोपेनहेगनमा शनिबार देखि सुरु भएको युरोपेली बैठकमा आईनाले आफ्नो परियोजना बारे जानकारी गराएकी थिईन्। गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेले ६ लाख रुपैयाँ, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले ३ लाख रुपैयाँ,संघका उपाध्यक्ष कुमार पन्तले १ लाख रुपैयाँ,उपाध्यक्ष भवन भट्टले
More

अनुजालाई एनआरएनको ३० लाख सहयोग

कोपनहेगन । पुर्खौली घर हटिया गाबिस बडा नम्बर ४ गल्कोट बागलुङ् भएकी र हाल भरतपुर नगरपालिका बडा नम्बर १४ नारायणपुरमा बि.स. २०५६ साल बैशाख ७ गते जन्म भएकी दृष्टिबिहीन (पुरा देख्न नसक्ने ) अनुजा गौतमले आफ्नो जीवनमा यती ठुलो नसोचेको सफलता पन्ध्र मिनटको समयमा हासील होला भनेर सोचेकी पनि थिइनन् । तर उनको जीवनमा हालै कोपनहेगनमा आयोजना भएको नवौं एनआरएनए युरोपियन क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन त्यो उनको अपाङ्गता भएको जीवनमा ठुलो परिवर्तन ल्याईदिने सावीत भएको छ । अपाङ्गता भई दुख पिडामा परेका उनको उद्धेश्य प्राप्तीमा केहि आशा जगाएको छ कोपनहेगन सम्मेलनले । उनले पन्ध्र मिनट गरेको प्रस्तुतिले कोपनहेगनको
More

एनआरएनए साउदीको नवौं वार्षिकोत्सव सम्पन्न

साउदी अरब- गैर आवासीय नेपाली संघ साउदी अरबले नवौं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । गत जुलाई २९ का दिन अल खोबर स्थित क्लासिक रेष्टुरेण्टमा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमा संस्थापक, उत्कृष्ट सदस्य, समाजसेवी, परिचयपत्र छपाई सहयोगी, भूकम्प पीडितका लागि राहत संकलन सहयोगी तथा राहदानी सहजिकरणका स्वयंसेवीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थापकहरुमा विरेन्द्र चौधरी, ओम घले, राजु सैयद र रुद्र सारु मगर रहेका थिए । समाजसेवीमा जोन अर्याल र सिरी यवा लिम्बू सम्मानित भएका थिए । कार्यक्रममा यस वर्षको उत्कृष्ट एनआरएनएमा तेजुकुमार श्रेष्ठ, मनोज बराल, भिम गुरुङ र दलबहादुर पुलामीलाई घोषणा गरेर सम्मान गरिएको थियो ।
More

संगठित बन्दै गर्दै गल्कोट समाज युके

लन्डन । नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बाग्लुंग जिल्लाको मध्य भागमा अवस्थित सोह्र गाबिसहरुको क्षेत्र गल्कोट(ऐतिहासिक गल्कोट राज्य) देखि संयुक्त अधिराज्यवेलायतमाआई विभिन्न पेशामा संलग्न रहेकागल्कोटेहरु आफ्नो जन्म भूमिको बिकास र समृद्दीको लागि तथा वेलायतमा एक-आपसमाएकता र भ्रातृत्वको बिकास गर्ने मुख्य उद्देश्यलेप्रेरित भइ गत जुलाई २६ तारिकका दिन बिशाल कार्यक्रमको आयोजना गरि प्रथम साधारण सभा सम्पन्न गर्दैगल्कोट समाज युकेमार्फत बैधानिकरुपमा संगठित भएका छन। वेलायतको वेस्ट ब्रोमिच स्थित द कन्फेरेन्स सुइट मासम्पन्नउक्त कार्यक्रमको पहिलो चरणमा विभिन्न संघसस्थाबाट पाल्नुभएका पर्यवेक्षकहरुको उपस्थितिमा गल्कोट समाज युकेको साधारणसभा सम्पन्न गरि कार्यसमितिको चयन गरिएको थियो भने दोश्रो चरणमा शुभकामना आदानप्रदान तथासास्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो। साधारणसभाले
More

वर्ल्ड तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई अर्को रजत

लण्डन । बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप अन्तर्गत पाचौ दिन सनिबार ४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका सस्मन बस्नेतले आएरल्याण्ड र फाइनलमा वेल्सका खेलाडीसँग भिडेर नेपाललाइ रजत पदक दिलाए । कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए यसअगी नै दोश्रो दिन लक्ष्मण बस्नेतले आएरल्याण्डका खेलाडीसंग ५-२ ले सेमिफाइनलमा पोल्याण्डसंग २ बाउट खेलेर ४-२ ले खेलेर कास्य पदक दिलाएका थिए । आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा ४५ राष्टका करिब ११०० खेलाडीहरु सहभागिता रहेको छ भने नेपालबाट
More

शीर्ष नेताहरु शितल निवासमा

काठमाडौं । सहमतीय सरकार निर्माणको समयसीमा तोकिएको आज अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष दलका नेताहरुलाई छलफलका लागि शितल निवास बोलाउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली, कांगे्रस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छलफलका लागि राष्ट्रपति निवास पुग्नुभएको छ । अब बन्ने सरकार र संसदीय परिपाटीबारे राष्ट्रपति भण्डारीले शीर्ष दलका नेताहरुसँग छलफल गर्ने शितल निवास श्रोतले बताएको छ । सहमतीय सरकार बन्ने समय सीमा सकिएपछि अब राष्ट्रपतिले बहुमतीय सरकार निर्माणका लागि संसदलाई आह्वान गर्नु हुनेछ । त्यसका लागि शीर्ष दलका नेताहरु शितल निवास पुगेका हुन् ।
More

बस दुर्घटनामा नौ जनाको मृत्यु

हेटौँडा । काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५०५५ नंको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किँदा नौ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ । मृतक यात्रुको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन । मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुवै बसका यात्रु ३२ जना घाइतेलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ ।
More

प्रस्तावित सबैको नाम न्यायाधीशमा अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले सर्वाच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । सर्वोच्च अदालतका न्यायाधीशमा अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई हुनुहुन्छ । वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लको नाम पनि समितिले सुनुवाइपछि अनुमोदन गरेको छ । कार्कीको नाम सिफारिसमा
More

घाइते देवनारायण उपचारका लागि काठमाडौंमा

काठमाडौं । सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दशगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते हुनुभएका पूर्व जिविस सदस्य देवनारायण यादवलाई उपचारका लागि आज काठमाडौँ ल्याइएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा यादवलाई स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अभियानको पहलमा विराटनगरबाट विमानमा यादवलाई काठमाडौँ ल्याइएको अभियानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यादवलाई आवश्यक उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौँमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने अभियानका सदस्य राजेश राईले जानकारी दिनुभयो । घाइते यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।
More

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न र त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दलहरुलाई दिनुभएको समयसीमा भोलि आइतबार सकिन लागेको अवस्थामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो । राष्ट्रिय एजेन्डामा मिलेर अगाडि जाने अवस्था रहेको भए पनि तत्काल आफ्नो पार्टी सरकारमा सहभागी हुने सम्भावना कम रहेको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी
More

स्वास्थ्य क्षेत्र सुधारका लागि प्रदर्शन

स्वास्थ्य क्षेत्र सुधारको विभिन्न माग राख्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रामा सहभागी हुँदै आफ्ना समर्थकसहित डा गोबिन्द केसी । तस्बिर: प्रदीपराज वन्त
More

बेरोजगार भत्ता खाने पर्यटनदूत !

सनफ्रास्सिस्को । अमेरिकाको क्यालिफोनिया राज्यको सान फ्रान्सिस्को सहरमा बेरोजगार भत्ता खाने व्यक्तिलाई पर्यटन दूत नियुक्ति गरेर एमाले सरकारले आफ्नो असली अनुहार विदेशी सामु झल्काएको छ । पर्यटन बोर्डको नियमावलीअनुसार पर्यटन दूत बन्नका लागि कम्तीमा अमेरिकामा बसोबास गरेको ठाउँमा घर, सानोतिनो व्यवसाय र समाजमा सम्मानित योगदान दिएको विवादितरहित व्यक्तिलाई पर्यटनदूत नियुक्ति गर्नुपर्छ । तर एमाले सरकारले यो नियमावलीले धोती लगाइदिएर एलसेरिटो सहरमा डेरामा बसोबास गर्ने कम आय भएर भत्ता खाइरहेको बेरोजगार धनप्रसाद दवाडी र उनकी श्रीमती द्यनु दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ । धनप्रसाद बेरोजगार हुन् भने उनी श्रीमती बच्चा हेर्ने काम गर्छिन् । नर्दन क्यालिफोनिया कम्युनिटी सेन्टर निर्माणका लागि पहिले
More

लामाको फैसलाको लागी सोमवार जुरी बस्ने

लन्डन । सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्दामाथिको फैसला लम्बिने भएको छ। गत मंगलवार ओल्ड बेली फौज्दारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्सीय जुरीमा सात हप्ता लामो सुनुवाइ सकिएपछि अन्तिम फैसला आउने अपेक्षा गरिएको थियो। तर मंगलवारदेखि लगातार बसेको जुरी कुनै पनि निश्कर्षमा पुग्न नसक्दा फैसला ढिलाइ भएको हो। गत मंगलवार ओल्ड बेली फौज्दारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्सीय जुरीमा सात हप्ता लामो सुनुवाइ सकिएपछि अन्तिम फैसला आउने अपेक्षा गरिएको थियो। तर मंगलवारदेखि लगातार बसेको जुरी कुनै पनि निश्कर्षमा पुग्न नसक्दा फैसला ढिलाइ भएको हो। स्रोतका अनुसार लामा हरेक दिन
More

नेपालमा राजनीतिक भूकम्प खतरनाक छ- डा उपेन्द्र महतो

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले देशको समग्र विकासमा प्राकृतिक भूकम्पजस्तै राजनीतिक भूकम्प ठूलो बाधक भएको बताउनुभएको छ । एनआरएन नवौं क्षेत्रीय भेला तथा सातौं महिला सम्मलेनलाई कोपेनहेगनमा संबोधन गर्दै महतोले एनआरएन गतिविधि देशलाई बनाउन सुरु भएकाले देश नबन्दासम्म यो गतिविधि नरोकिने बताउनुभयो । सानामसिना असमझदारी र असहमतिहरूलाई पञ्छाएर लक्षप्राप्ति का निम्ति एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । देशलाई दोस्रो पुस्ताले नबिर्सिउन भन्नका निम्ति नेपालमा भएको घर बेचेर विदेश नल्याउन उहाँले आग्रह गर्नुभयो ।
More

एनआरएन नवौं युरोप क्षेत्रिय बैठक सुरु

डेनमार्क । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय बैठक डेनमार्कको कोपेनहेगनमा आज शनिवार सुरु भएको छ। यूरोपका नेपालीको अभियान, लगानी, पुनर्निर्माण र पर्यटन नाराका साथ सुरु भएको सम्मेलनको डेनमार्कका लागि कार्यवाहक राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने र नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले संयूक्तरुपमा गरे । उद्धघाटनसत्रमा सँघका बिभिन्न बक्ताहरुले शुभकामना दिनेक्रम जारी छ । — डेलिगेड्स आउने क्रम जारी रहेको एनआरएन यूरोप पूर्व सहसंयोजक सोम सापकोटाले जानकारी दिए । कोपनहेगनस्थित हिल्टन होटलमा सम्मेलन हुँदैछ । सहसंयोजक सापकोटाका अनुसार बैठकमा सहभागी हुने सम्पूर्ण डेलिगेट्सहरु आइसकेका छन् । प्रतिनिधिलाई
More