Daily Archives July 5, 2016

एनआरएनको संरचना फेर्ने अध्यक्ष घलेको तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघको अन्तरिक संगठनको संरचना परिवर्तन गर्ने तयारी गरिएको छ । विगत १२ बर्षदेखि केन्द्र, क्षेत्र र राष्ट्रिय समिति रहेको संघको संरचनालाई नयाँ ढंगले अगाडि लैजाने तयारी गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जनाएका छन् । बेलायतबाट संचालित एक अनलाइन टेलिभिजनलाई अन्तरवार्ता दिदैं घलेले उक्त खुलासा गरेका हुन् । घलेले नयाँ भिजनका सहित अगष्ट महिनाको अन्तिमसाता अमेरिकामा हुने क्षेत्रीय सम्मेलनमार्फत सो प्रस्ताव लैजाने तयारी गरिएको जनाएका छन् । संघको आन्तरिक संरचनाको बारेमा दुई दिनसम्म क्षेत्रीय सम्मेलन ब्यापक छलफल गरिने बताए । उनले अधिकांश केन्द्रीय समितिका पदाधिकारीहरुको समेत रहने सो सम्मेलनमा संघको संरचना बदल्न अमेरिकास्थित गैरआवासीय नेपालीहरुसँग
More

नेपालमा वर्षेनी २ हजार डाक्टर उत्पादन

काठमाडौं । नेपालमा स्वदेश र विदेशमा अध्ययन गरी आएका विद्यार्थी हरेक वर्ष औसतरुपमा एक हजार ५०० देखि दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार यो दर बढ्दो क्रममा छ । काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले हरेक वर्ष चिकित्सकको बढ्दो उपस्थितिले यो सङ्ख्या बढ्दै जाने बताउनुभयो । तर माथि उल्लिखित चिकित्सकले काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिँदा भने कहिले ६० र कहिले ४० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेको पाइएको छ । प्रशासकीय अधिकृत लामा भन्नुहुन्छ, “यति धेरै सङ्ख्यामा अनुत्तीर्ण हुने कुरा राम्रो होइन । अझ देशभित्र पढेकाभन्दा बाहिर पढेर आएका बढी अनुत्तीर्ण हुने गरेको पाइएको
More

दयाहाङ र रिचाले उत्कृष्ट कलाकार छान्ने

काठमाडौं । अभिनेता दायाहाङ राई, अभिनेत्री रिचा शर्मा, र कलाकार अनुप बरालले अभिनयमा उत्कृष्ट प्रतिभा खोज्ने भएका छन् । नेक्स्ट मोडल्स नेपाल यसै बर्षबाट सुरु गर्न लागेको रियालटी सो ‘नेशनल एक्टिङ कम्पिडिसन २०१६’ मा यि कलाकार जर्जका रुपमा रहने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगिताको यहि असार २२ गते बुधबारबाट छनौट चरणको अडिसन सुरु हुने जानकारी गराएको छ । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जुनै स्थानमा रहेका प्रतियोगीले पनि यसमा सहभागिता जनाउन सक्ने आयोजकले एक बिज्ञाप्ती मार्फत जनाएको छ । उपत्यका बाहिरको प्रतियोगीलाई ,भिडियो मार्फत चयन हुने ब्यवस्था मिलाएको र उपत्यका भित्र ‘काठमाडौ , ललितपुर
More

प्रतिघण्टा १७ जना मर्छन् भारतमा सडक दुर्घटनाबाट

मोहिनी मिश्र रिसाल । सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक दिन करिब ४०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गर्छन् । भारतीय सञ्चारमध्यमहरु भन्ने गर्छन्, भारतमा आतङ्कवादी हमला वा प्राकृतिक प्रकोपबाट भन्दा सडक दुर्घटनाका कारण बढी संख्यामा मानिसले ज्यान गुमाउने गरेका छन् । हालै एक भारतीय पत्रिकाले लेखेको छ– भारतमा हरेक दिन करिब ४०० नागरिकको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको छ र यो सङ्ख्या हरेक दिन एउटा जेट विमान दुर्घटनाग्रस्त भएर नागरिकको
More

युके भ्रमणमा जाने क्रिकेट टोलीको घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आज घोषणा गरिएको १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा खेल्नेछ । कप्तान पारस खड्काको नेतृत्वको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत टोलीमा अटाएका छन् । नेपालले आगामी अगस्टमा नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल
More

नेपाली समुदायको सहयोग, सुझाव र मार्गदर्शन लिएर काम गर्छु : नवनियुक्त कावा राजदुत आरन

लण्डन । बेलायतका लागि कार्यबाहक राजदुत शरदराज आरनले नेपाली समुदायको सहयोग, सुझाव र मार्गदर्शन लिएर आफुले काम गर्ने बताएका छन । नेपाली दूतावास लण्डनमा बुधवार कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीको सम्मानमा आयोजना गारिएको बिदाइ कार्यक्रममा बोल्दै आरनले सो कुरा बताएका हुन । उनले आफ्नो कार्यकालमा नेपाली डायस्पोराबाट उल्लेख्य सहयोग, सुझाव र मार्गदर्शन पाउने आशा व्यक्त 
गर्दै नेपाली समुदायको हितका लागि आफू सधैं कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरे । स्वागत भन्दा जति उत्साह र उमंग हुन्छ, विदाइ भनेपछि अलिक नराम्रो लाग्ने रहेछ’, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले बुधबार सांझ दूतावासमा भने, ‘क्षेत्रीजीले चार वर्ष बेलायत रहंदा नेपाली समुदायलाई लगाएको
More

युएईमा १८४ नेपालीले ज्यान गुमाए, १०० जेलमा

 नारायण भुर्तेल, युएई । युएई— वैदेशिक रोजगारीको कथा नेपालमा जसरी सुन्दर ढंगले प्रस्तुत गरिन्छ वास्तविकता त्यस्तो मात्र छैन। संयुक्त अरब ईमिरेटस (युएई) मा मात्रै बितेका तीन वर्षमा १८४ नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउनुपछिको पृष्ठभूिम डिप्रेसनपछि आत्महत्या, हृदयघात जस्ता कारणहरु देखिएका छन्। नेपाली दूतावास युएईले हालै सावर्जनिक गरेको एक प्रतिवेदनअनुसार युएइमा २०७० देखि ७३ सम्म १८४ नेपालीले ज्यान गुमाएका थिए। ती मध्ये हृदयघात, आत्महत्या, सडक दुर्घटना, मादक पदार्थ सेवन लगायतका कारण रहेको प्रतिवेदनले औंल्याएको छ। शुक्रबार नेपाली दुताबास युएईले पहिलो पटक आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी अन्तर्किया कार्यक्रममा युएईमा कामगर्ने नेपालीहरुको अवस्थाबारेको यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो। युएईका विभिन्न अस्पतालहरुको अनुसन्धानपछि उपचारको क्रममा
More

नेपाल हाउसका लागि एकै दिनमा सवा करोड संकलन

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन) ले नेपाल हाउस प्रोजेक्टका लागि शनिवार एउटै कार्यक्रमबाट करिब १ करोड रुपैयाँ भन्दा बढी सँकलन गरेको छ । करिब १५ लाख पाउण्ड अनुमान गरिएको सो भवनका लागि संघले पहिलो पटक आर्थिक थालेको हो । अल्डरसटको एम्पायर ब्यांकक्यूटिङ हलमा च्यारिटी कार्यक्रम उपस्थित ब्यवसायी तथा बिभिन्न संघसँस्थाका प्रतिनिधीहरुले नेपाल हाउसका लागि सहयोग दिने घोषणा गरेका हुन् । गैरआवासीय नेपाली सँघ यूकेका कोषाध्यक्ष दिपक श्रेष्ठका अनुसार शनिवारको कार्यक्रमबाट मात्रै ८० हजार ३ सय ७० पाउण्ड जम्मा भएको छ । श्रेष्ठका अनुसार नेपाल हाउसका लागि हाल सम्म १ लाख ५१ हजार १ सय ९५ पाउण्ड संकलन भै
More

मलेसियामा बितेको छोराको लास ल्याउन पनि सकिएन

जाजरकोट । “हामी गरिबलाई के थाहा र ! कमाइ गर्न गएको छोरो कहाँ काम गथ्र्यो ? कस्तो कम्पनीमा काम गथ्र्यो ?” मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने – “छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र ?” वैदेशिक रोजगारीमा मलेसिया गएका रामबहादुरको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको नौ दिन भइसक्दा पनि लास ल्याउन नसकेपछि शोकमा डुबेको परिवारमा समस्या बढेको छ । रामबहादुरका बाबु कलेले लास कसरी झिकाउने र कहाँ सम्पर्क राख्ने केही थाहा नभएकाले आवश्यक पहल गरिदिन सरकारसँग माग गर्नुभएको छ । जाजरकोट गर्खाकोट–६ का रामबहादुरलाई २०७१ माघमा वैदेशिक रोजगारीका
More