Daily Archives July 9, 2016

एनआरएनलाई पुननिर्माणमा सहभागी गराउन सरकार चाहदैन

क्षेत्रकुमार श्रेष्ठ, रेस्टुरेन्ट व्यवसायी । व्यवसाय गर्नका लागि डेढदशक अघि यूरोप छिरेका क्षेत्रकुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष हुन् । विशेषतः उनी रेस्टुरेन्ट व्यवसायी हुन् । उनको इटाली र जर्मनीमा गरी आधा दर्जन बढी रेस्टुरेन्ट छन् । व्यवसायसँगै उनको लगाव समाजसेवाको क्षेत्रमा पनि त्यत्तिकै छ । एआरएनमार्फत् उनले नेपालको शैक्षिक र भौतिक निर्माणमा पु-याएको योगदान प्रशंसनीय छ । नेपाल र नेपाली समाजलाई एनआरएन इटालीले के दियो र के गर्न खोज्दैछ भन्ने विषयमा श्रेष्ठसँग गरिएको कुराकानी– ० यूरोपको नवौं क्षेत्रीय सम्मेलनको तयारी कहाँ पुग्यो ? – डेनमार्कको कोपेनहेगनमा यही जुलाईको अन्तिममा आयोजना हुने यूरोपको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा
More

लर्डस मैदानमा बिकिनी टप माथि प्रतिबन्ध, के के लगाउन पाइदैन ?

लन्डन । जुलाई १९ मा लर्डसमा हुन लागेको एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेललाई सफल पार्न लन्डनस्थित नेपाली दूतावासमा बैठक सम्पन्न भएको छ । शुक्रबार सांझ लन्डन दूतावासमा आयोजित तयारी बैठकमा दूतावासले विभिन्न जानकारी दिएको छ । बैठकमा बोल्दै कार्यवहाक राजदूत शरदराज आरनले इभेन्ट सबैको इज्जतसंग जोडिएकाले सफल बनाउन समुदायलाई आग्रह गरे । उनले ११ जुलाइ सांझ खेलाडीलाई स्वागत गर्न दूतावास प्रतिनिधि जाने र उनीहरुको सम्मानमा १२ जुलाइ सांझ दूतावासमा स्वागत समारोह गरिने जनाए । खेल हेर्न जांदा फेन्सी ड्रेस लगाउन निषेध छ । जिप अप ज्याकेट, सेनासंग मिल्ने गार्मेट, कम्ब्याट वा कार्गो स्टाइलको ट्राउजर, डेनिम
More