Daily Archives July 11, 2016

सहारा यूकेले बनायाे ५ काेठे स्कुल

लण्डन । सहारा युकेले गत वर्षको बैशाखमा गएको भूकम्पले क्षतिग्रस्त गोर्खाको घैरुङ गाविस—१ मा रहेको गणेश प्राथमिक विद्यालय भवनको पुनर्निर्माण गरेको छ । सहाराले ५ महिना लगाएर विद्यालयको ५ कोठे नयाँ भवन र बाँकी तीन कोठा पूरानो भवनलाई पुनर्निर्माण गरेको हो । गत वर्षको १२ वैशाखको भूकम्पले विद्यालयका दुवै भवन जगैदेखि भत्किएका थिए । विद्यालयका अन्य संरचना पनि भूकम्पका कारण नष्ट भएका थिए । जसका कारण एक शैक्षिक सत्रभरि विधार्थीहरु टहरामा बसेर पढ्न बाध्य भएका थिए । सहाराले नयाँ भवन निर्माण गरिदिएपछि भने विद्यार्थी, शिक्षक र अभिभावकमा खुशी छाएको छ । विद्यालयको पुनर्निर्माण र नवनिर्माण कार्य सहारा युकेको पहलमा अल्डरसट
More