Daily Archives July 16, 2016

टर्कीमा सैन्य ‘कू’को असफल प्रयास

इस्लानबुल । टर्कीमा सेनाको एक समुहले गरेको सैन्य ‘कू’को असफल प्रयास समाप्त भएको छ । स्थानीय समय अनुसार शुक्रवार रातीबाट गरिएको कु को प्रयासका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ । सैन्य कु को असफल प्रयासमा संलग्न उच्च सैन्य अधिकृत सहित करिब ३ हजार सैनिकलाई पक्राउ परेका छन् । टेलिभिजन सम्बोधन गर्दै टर्किस प्रधानमन्त्री बिनाली यिदिड्रिमले कु को प्रयासलाई प्रजातन्त्रको लागि कालो धब्बा भएको र यसका योजनाकारहरुलाई न्यायको कठघरा उभ्याइने प्रतिबद्धता व्यक्त गरे । कु को योजनामा संलग्न १ सय ६१ जना मारिएको र १४ सय ४० जना घाईते भएका छन् । कू को प्रयासमा संलग्न २८ सय
More

एनआरएन संस्थापक नेता थापा लन्डनमा

लन्डन । गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापा लन्डन आइपुगेका छन् । उनी नेपाल ब्रिटेन डट कमको नवौं वार्षिकोत्सवमा सहभागी हुन लन्डन आइपुगेका हुन् । नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव कार्यक्रम आइतबार लन्डनमा आयोजना हुँदैन । उक्त कार्यक्रममा सहभागी हुने गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने तथा एनआरएन उपाध्यक्ष कुमार पन्तलगायत विभिन्न पदाधिकारीहरु आइतबार लन्डन आइपुग्ने कार्यक्रम रहेको नेपाल ब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए ।
More