Daily Archives July 17, 2016

नेपाल ब्रिटेन डट कम नवौं बर्षमा

सूचना प्रविधिको विकासँगै डिजिटल पत्रिकारिता मौलाउन सुरु भयो । हामीले यो प्रविधिलाई गैरआवासीय नेपाली संघको अभियानसँग जोड्ने प्रत्यन ग¥यौं । आजभन्दा ठीक ९ वर्षअघि डिजिटल पत्रिकाको माध्यमबाट नेपाल र नेपाली समाजको खबर संसारभर पु¥याउँने जमर्को स्वरुप हामीले नेपाल ब्रिटेन डट कमको आरम्भ गरेका हौं । साथै विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकसूत्रमा बाँध्ने गैरआवासीय नेपालीको प्रयत्नलाई साथ दिनु पनि हाम्रो उद्देश्य हो । डिजिटल पत्रिकाको सकरात्मक र नकरात्मक दुवै पक्ष हाम्रो समाजमा जगजाहेर छ । व्यक्तिगत गालीगलौजदेखि मागिखाने भाँडोसमेतका रुपमा डिजिटल पत्रिका उपयोग भएको देख्न र सुन्नमा आएका छन् । यो दुःखद पक्ष हो । हामीले गैरआवासीय नेपाली संघको अभियान र
More

माओवादीसँग सम्झौता गर्दा पार्टीमा छलफल नगरेकोमा आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीले लिने निर्णयमा एकलौटी नगर्न पौडेल पक्षधर नेताहरूले चेतावनी दिएका छन् । आज विहान पार्टी सभापति देउवासँग बुढानिलकण्ठमा भेटेर कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह र रामशरण महतले एकलौटी रुपमा पार्टी चलाउन खोजेको भन्दै असन्तुष्टि जनाएका हुन । नेताहरुले माओवादीसँग सम्झौता गर्दा पनि पार्टीमा छलफल नभएको भन्दै सभापतिको ध्यानाकर्षण गराएका छन । भेटमा नेताहरुले नयाँ सरकार गठन, पार्टी पदाधिकारी चयन, केन्द्रीय समिति, विभाग, कार्यसम्पादन, बोर्ड गठन लगायतमा एकलौटी नगर्न देउवालाई चेतावनि समेत दिएका छन । पार्टीका महत्वपूर्ण निर्णय अघि वैधानिक निकाय केन्द्रिय समितिमा छलफल गर्न पनि सुझाव नेताहरुले
More

प्रधानमन्त्री ओली कानूनविद्सँग परामर्श गर्दै

काठमाडौं । नयाँ सरकार गठनका लागि संवैधानिक व्यवस्था पालना गर्दै मार्गप्रशस्त गर्न कांग्रेस र माओवादी केन्द्रले आग्रह गरेपछि प्रधानमन्त्री केपी ओलीले आज कानुनविज्ञहरुसँग छलफल गर्दैछन । नयाँ सरकार गठनका लागि संवैधानिक बाटो नभएको बताएका ओलीले कसरी अघि बढ्ने भन्ने विषयमा आज अपरान्ह कानुनविद्सँग परामर्श गर्न लागेका हुन कंग्रेस र माओवादी केन्द्रले हिजो कानुनविदहरुसँग परामर्श गरी नया सरकार गठनका लागि संवैधानिक जटिलता नरहेको निष्कर्ष निकालेका थिए । दुई दलले नयाँ सरकार गठनमा संबिधान बाधक भएको भन्दै अनावश्यक भ्रम सिर्जना नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
More

नयाँ सरकार गठनमा संविधान बाधक छैन : कानुन व्यवसायी

काठमाडौं । कानूनविदहरुले नयाँ सरकार गठनका लागि संबिधान बाधक नहुने सुझाव दिएका छन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हिजो सिंहदरबारमा गरेको परामर्शमा कानूनविदहरुले संबिधानको धारणा २ सय ९८ अनुसार नै सरकार गठन गर्न सकिने राय दिएका हुन । संविधानमा सरकार विरुद्ध अविश्वास प्रस्ताव पारित भए प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था गरिएपनि नयाँ सरकार कसरी गठन हुने भन्ने अन्यौल देखिएको थियो । धारा दुई सय ९८ अनुसार अविश्वास प्रस्ताववाट सरकार हटेपछि सोही धारावाट सरकार गठन हुनसक्ने व्यवस्था नियमावलीमा रहेको कानूनविदहरुको मत छ । बर्तमान सरकारको विरुद्धमा संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस–माओवादी केन्द्रले सरकार गठन प्रक्रियाका लागि कानुनविद्सँग परामर्श
More

झाँक्रीद्वारा एक महिला बलात्कृत

वीरगन्ज । पर्साको जसौलीमा मानसिक सन्तुलन ठीक नभएकी महिला उपचारका नाममा झाँक्रीबाटै बलात्कारको शिकार भएकी छिन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३० जसौलीकी १८ वर्षीया विवाहित महिला धामी झाँक्रीबाटै बलात्कृत भएकी हुन् । पर्साको जगरनाथपुर वडा नम्बर ८ का ४५ वर्षीय झाँक्री हरेन्द्र राय थारु र उनका सहयोगी विनय पासवानले झारफुक गर्ने बहानामा खेतमा लगेर बलात्कार गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । प्रहरीले थारुलाइ पक्राउ गरिसकेको छ भने उनका सहयोगी पासवान फरार छन् । महिलालाई स्वास्थ्य उपचार र परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ ।
More

बलात्कार प्रयासको आरोपमा युवक पक्राउ

भीमदत्तनगर । १४ वर्षीया किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेको आरोपमा कञ्चनपुरको बेलारी नगरपालिकाका एक युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका– ४ खिरिया बस्ने ४२ वर्षीय दीपक ठकुल्लाले भान्सामा खाना पकाइरहेकी किशोरीलाई जबर्जस्तीको प्रयास गरेपछि प्रहरी खोरमा पुगेका हुन । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार घरमा कोही नभएको बेला खाना पकाइरहेकी ती किशोरीलाई ठकुल्लाले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । शनिबार घटनाबारे बालिकाले घरका अन्य सदस्यलाई जानकारी गराएपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा ठकुल्लालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो ।
More

तमोर नदीको निर्माणाधिन पुल बगायो

ताप्लेजुङको तमोर नदीको दोभानमा छ वर्षअघि ठेक्का सम्झौता भई निर्माणाधिन अवस्थामा रहेको पक्की पुल शनिवार बिहान आएको बाढीले बगाएर दायाँबायाँको पिलरमात्र बाँकी रहेको छ ।
More