Daily Archives July 19, 2016

लडर्सको मैदानमा नेपाली क्रिकेट टोली

लन्डन- नेपाली राष्ट्रिय क्रिकेट टिम आज क्रिकेटको ऐतिहासिक मैदान लर्डसमा खेल्ने भएको छ । हरेक क्रिकेटरले क्रिकेटको मक्का मानिने लर्डसमा खेल्ने सपना बुनेका हुन्छन् । जुन सपना नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले मंगलबार पूरा गर्नेछन् । नेपाल-बेलायत दौत्य सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग एक दिवसीय खेल खेल्ने क्रममा लर्डसमा उत्रिन लागेको हो । एमसीसीको घरेलु मैदान समेत रहेको लर्डर्समा स्थानीय समयअनुसार १०ः३० बजे खेल सुरु हुनेछ । खेलको लाइभ स्टीमिङ पनि हेर्न पाइनेछ । नेपाली क्रिकेट टिम लडर्समा उत्रिन पाउनुलाई अवसरका रुपमा लिदैं विश्व सामु आफ्नो फरक छवि प्रस्तुत गर्न लालायित छ
More

प्रधानमन्त्री बन्नका लागि संविधानमा के व्यवस्था छ ?

काठमाडौं । दलगत स्वार्थमा कानुनविद्हरुले संविधानको व्याख्या गरेपछि अबको राजनीति कता जान्छे भन्ने विषयमा अन्योल सिर्जना भएको छ । प्रधानमन्त्री ओलीले अविश्वासको मत सामना गरे के हुन्छ, राजीनामा दिए के हुन्छ भन्ने विषयमा कानुनविद्हरुको एकै किसिमको राय नआउँदा अन्योलता सिर्जना भएको हो । यही अन्योलताका माँझ पर्सी बिहीबारसम्म नेपालको राजनीतिमा कस्तो विकसित घटना हुन्छ, त्यो अनुमान गर्न कठिन छ । कानुन व्यवसायीहरुको सल्लाहपछि प्रधानमन्त्री केपी ओलीले यो सरकार २०७४ माघसम्म टिक्ने बताइसक्नु भएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले नेपाली कांगे्रसका सभापति र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई बालुवाटारमा बोलाएर आफ्नो पोजिसन क्लियर गरिसकेका छन् । कांगे्रस सभापति देउवा
More

यो सरकार २०७४ माघसम्म टिक्छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार २०७४ माघसम्म टिक्ने दावी गर्दै संसद विघटन नगरिने स्पष्ट पारेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानअनुसार चल्ने भन्दै संविधानत संक्रमणकालीन व्यवस्था अन्तर्गत गठन भएको सरकार २०७४ माघसम्म माघसम्म रहने दावी गरेका हुन् । संविधानले संक्रमणकालमा एकभन्दा बढी सरकारको कल्पनानै नगरेको तर्क गरेका उनले अविश्वासको प्रस्ताव सामना गर्न तयार प्रधानमन्त्रीलाई कांग्रेस–माओवादीले राजीनामाको दबाब दिनु हाँस्यास्पद रहेको बताए । अविश्वास प्रस्तावलाई देशविरुद्ध षड्यन्त्रको संज्ञा दिएका प्रधानमन्त्री ओलीले देशको हितमा नभएकै कारण आफूले ‘चुनौति’ दिएको पनि बताए । प्रधानमन्त्रीले संसद विघटनसमेत गर्नसक्ने चर्चा भइरहेका बेला उनले मैदान मासेर खेल खेलिन्छ भन्नेमा आफू
More

पुरस्कार बाट प्राप्त रकम स्कुललाई सहयोग

मातृभाषा शिक्षाका अभियन्ता दिपक तुलाधरज्युलाई काठमाण्डौमा सम्पन्न भएको  नेवा: दे दबुको एक कार्यक्रममा हस्तान्तरण गरिएको  ‘ठाकुर लाल पुरस्कार ‘बापत प्राप्त  एक लाख नगद बाट उहाँले पचास हजार रुपैंया लुभु नेवा: इंगलिस स्कुललाई सहयोग गर्नु भएको छ l बाँकी भएको पचास हजार नगद पनि नेपाल भाषा शिक्षा संग सम्बन्धित व्यक्ति वा स्कुललाई सहयोग गर्ने योजना रहेको कुरा बताउनु भएको छ l स्कुलमा मातृभाषा पढाउनु पर्छ ,बाल बच्चा हरुलाई मातृभाषा बाट शिक्षा भन्ने उद्वेस्य लिई ‘नेवार बस्ति नेवार स्कूल ‘अभियान चलाउनु भएको हुनाले उहाँलाई  उक्त पुरस्कारबाट सम्मानित गरिएको हो l
More

एनआरएनभित्र राजनीति घुस्यो : जीवा लामिछाने, प्रमुख संरक्षक एनआरएनए

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक जीवा लामिछानेले संघको सञ्जाल विस्तारसँगै चुनौति पनि थपिएको बताए । गैरआवासीय नेपाली संघ यूकेले सोमबार साँझ फानबरोस्थित गोर्खा प्यालेसमा आयोजित सम्मान कार्यक्रम बोल्दै लामिछानेले पछिल्लो समयमा गैरआवासीय नेपाली संघभित्र दुई प्रकारका चुनौती रहेको औंल्याए । उनले गैरआवासीय नेपाली संघको माध्यमबाट ब्यक्तिगत स्वार्थपूर्ति गर्नेको संख्या बढेको बिचार ब्यक्त गरे । त्यस्ता खाले विचारले गैरआवासीय नेपाली संघलाइै नै ध्वस्त पार्नेतर्फ सचेत गराए । उनले गैरआवासीय नेपाली संघभित्रको अर्को डर लाग्दो चुनौती भनेको राजनीति भएको बताए । उनले चाहेर वा नचाहेर पनि गैरआवासीय नेपाली संघभित्र राजनीतिक गतिविधि बढेको स्वीकार गरे । नेपाल ब्रिटेन डट
More