Daily Archives July 20, 2016

कर्णेल लामाद्वारा अदालतमा बयान दिन अस्वीकार

महासेनानी लामाले आफु विरुद्ध लगाइएका आरोपहरुलाई अस्वीकार गर्दै आएका छन् सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाले अदालत समक्ष बयान दिन अस्वीकार गरेका छन्। लण्डनस्थित केन्द्रिय फौज्दारी अदालत ओल्ड बेलीमा उनले आफ्नो बचाउमा बयान दिन अस्वीकार गरेका हुन्। सुनुवाइको अध्यक्षता गरिरहेका न्यायाधीश जस्टीस स्वीनीले महासेनानी लामाका वकीललाई उनी बयान दिन चाहन्छन् कि चाहँदैनन् भनेर सोध्दा उनका वकीलले उनले बयान नदिने बताएका थिए। यसअघि एकजना ब्रिटिश प्रहरी अधिकारीले नेपाल सरकारले कर्णेल लामा र उनले यातना द‌िएका भनिएका सर्वसाधारणका बारेमा सूचना दिन गरिएको अनुरोधलाई अस्वीकार गरीदिएको जनाएका थिए। नेपाल सरकारले एक सार्वभौम मुलुकको संवेदनशील सुरक्षा
More

अविश्वासको प्रस्ताव होइन, ईष्र्याको प्रस्ताव हो : प्रम

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध अविश्वास नभई ‘इष्र्या’ प्रस्ताव दर्ता गराइएको टिप्पणी गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)को छैटौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको लोकप्रियताबाट तर्सिनेहरुले ‘इष्र्या प्रस्ताव’ दर्ता गराएको आरोप लगाएका छन् । आफू नेतृत्वको सरकार कायम रहे देश विकास होला, नागरिकले सुख पाउलान् भन्ने ‘इष्र्या’ले अविश्वास प्रस्ताव ल्याइएको प्रधानमन्त्रीको भनाइ थियो । सभामुखले ओनसरी घर्तीले आर्थिक विधेयकलाई नियमित कार्यसूचीबाट हटाएर अविश्वास प्रस्तावमाथि छलफलको मिति तोकेकाप्रति पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । संसद मनपरी गर्ने ठाउँ होइन भनेका प्रधानमन्त्रीले ‘बलजफ्ती’ गरेर अगाडि नबढ्न चेतावनी पनि दिए । अविश्वास प्रस्ताव दर्ता
More

काँग्रेस र माओवादी केन्द्रबीच छलफल

काठमाडौं । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतृत्वबीच व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावलाई पारित गर्ने सम्बन्धमा छलफल भएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज दुई दलका शीर्ष नेतृत्वबीच भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्न मिलेर अघि बढ्ने सहमति भएको हो । संसद्को कार्यसूचीका सम्बन्धमा अविश्वासको प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयकलाई कार्यसूचीमा समावेश गर्ने र पहिले अविश्वासको प्रस्तावमा छलफल गर्ने सहमति भएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभयो । माओवादी केन्द्रले काँग्रेससँग मिलेर सरकारका विरुद्धमा असार २९ गते अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेको थियो । सो अविश्वास प्रस्तावमाथि भोलि सदनमा छलफल
More

सरकारमा जानु आत्महत्या गर्नु होः अध्यक्ष यादव

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ । गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरुले उठाउँदै आएका शोषित, उत्पीडित र विभेदका मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने बताउनुभयो । वर्तमान राजनीतिक निकास र भावी रणनीतिबारे गठबन्धनले आज बुद्धिजीवीसँग गरेको अन्तक्र्रियामा अध्यक्ष यादवले भन्नुभयो, “हामीले उठाएका मुद्दा र राष्ट्रिय सवाल सम्बोधन नगराइकन सरकारमा जाने भनेको आत्महत्या गर्नु हो ।” उहाँले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने र अहिलेको अन्तक्र्रिया त्यसैको तयारी हो भन्नुभयो । “आन्दोलन कमजोर भयो भन्ने भ्रम नराखौँ, यो अन्तक्र्रिया आन्दोलनकै तयारी हो, हामीले आन्दोलनको मैदान
More

बेलायतले ईयूको अध्यक्षता गर्दैन : प्रधानमन्त्री मे

लन्डन । बेलायतकी प्रधानमन्त्री टेरेसा मेले युरोपियन युनियन (ईयू) का अध्यक्ष डोनाल्ड टस्कसँग सन् २०१७ को मध्यपछि ईयू अध्यक्षता गर्न पाउने भए पनि बेलायतले यसलाई छोड्ने बताउनुभएको बुधबार बेलायत सरकारले जनाएको छ । प्रधानमन्त्री मेले मङ्गलबार ईयू अध्यक्ष टस्कसँग गरेको टेलिफोन वार्तामा ईयूलाई सो निर्णय दिएको बेलायती प्रशासन केन्द्र डाउनिङ स्ट्रिटले जनाएको छ । ईयूको अध्यक्षता गर्ने पालो २८ सदस्य राष्ट्रबीच प्रत्येक छ महिनामा परिवर्तन हुने गर्छ । डाउनिङ स्ट्रिटका प्रवक्ताले प्रधानमन्त्री मेले आफूहरु ईयूबाट बाहिरिने प्रक्रियाका लागि वार्ताको तयारीमा रहेकोले ईयूको अध्यक्षता नगर्नु ठिक हुने निर्णय दिएको बताउनुभयो । बेलायती प्रधानमन्त्री मेले ब्रेक्जिट प्रक्रियाका लागि छलफल गर्न आफ्नो केही
More

समझदारीमा हस्ताक्षरपछि

जंगी अड्डामा आयोजित नेपाली सेना र गैरआवासीय नेपाली संघबीच विपद् व्यवस्थापनमा सहयोग तथा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षरपछि नेपाली सेनाका पदाधिकारी र एनआरएन पदाधिकारीबीच सामूहिक खिचिएको तस्बिर ।
More

नेपाली सेना र एनआरएनबीच विपद् व्यवस्थापन सम्झौता

काठमाडौं । जंगी अड्डामा आयोजित एक विशेष समारोहमा नेपाली सेना र गैरआवासीय नेपाली संघबीच विपद् व्यवस्थापनमा सहयोग तथा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नको लागि विपद् उद्धार कार्यमा सहयोग र विपद्लाई न्यूनिकरण गर्ने उद्देश्यले नेपाली सेना र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्नको लागि नेपाल सरकार रक्षा मन्त्रालयबाट स्वीकृति भए बमोजिम उक्त हस्ताक्षर कार्यक्रमको आयोजना गरिएको हो । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको तर्पmबाट व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र गैरआवासीय नेपाली संघकोतर्पmबाट उक्त संघका अध्यक्ष शेष घलेले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको
More

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादीद्वारा ह्वीप जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) व्यवस्थापिका संसदीय दलको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दलका नेता तथा पार्टीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा बस्यो । उक्त बैठकमा अध्यक्ष प्रचण्डले अहिलेको समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउदै, संविधान घोषणा गर्न केपी ओलीजीलाई सरकारको नेतृत्व गर्न समर्थन ग-यौं र संविधान घोषणा भयो । प्रधानमन्त्री केपी ओलीले संविधान कार्यान्वयन, पुनर्निमाणको काम, शान्ति प्रक्रियाका बाँकी काम, मधेस, थारु र जनजातिसँगको सार्थक वार्तालगायतका कामहरू अगाडि बढाउन सक्नु भएन । त्यसैले हामीले यी समस्याहरूको समाधानका लागि राष्ट्रिय सहमतिको सरकारका निम्ति सहज वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई राजिनामाको निम्ति बारम्बार आग्रह ग¥यौं तर उहाँले बेवास्ता गर्दै आउनुभयो । त्यसैले हाम्रो
More

समाजवादी पार्टीले सरकार छोड्यो

काठमाडौं । सरकार विरुद्ध व्यबस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने अघिल्लो दिन समाजवादी जनता पार्टी सरकारबाट बाहिरिएको छ । पार्टीको बुधवार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय अनुसार खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले सरकारबाट राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष समेत रहेका सिंहले भने, ‘संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेको अवस्थामा सरकारमा बसिरहनुको औचित्य नहुने पार्टीको निर्णय पछि मैले राजीनामा दिए ।’ यसअघि सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादी केन्द्रले संसदमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । अविश्वासको
More

घरबाटै महिला पीडित छन्

भद्रा भन्डारी, नेतृ नेपाली कांगे्रस महिला सशक्तीकरणबारे प्रशिक्षण दिन ७५ वटै जिल्ला पुगिसकेकी छन् भद्रा भण्डारी । राजनीतिक र समाजिक रूपमा महिला सचेत नभएसम्म समाजमा व्याप्त विभेद नहट्ने विचार राख्ने उनी नेपाली कांग्रेसको राजनीतिमा पनि उत्तिकै सक्रिय छिन् । बिहे गरेपछि छोराछोरी हुर्काउँदै अध्ययन पूरा गरेकी भण्डारी यतिबेला पीएचडीको तयारीमा समेत छिन् । उनीसँग खगेन्द्र भण्डारीले गरेको कुराकानी : ० कहिलेदेखि राजनीतिमा लाग्नुभयो ? – म राजनीतिमा सानैदेखि लागेको हो, त्यतिबेला पार्टीकै सदस्यता लिएर होइन । म दस एघार वर्षको हुँदा बीपी कोइराला कार्यक्रममा सहभागी हुन रौतहट जानुभएको थियो । त्यो कार्यक्रममा उहाँलाई स्वागत गर्न पञ्चकन्याका रूपमा म पनि सहभागी
More