Daily Archives July 21, 2016

एनआरएन संघ चीनको क्षेत्रीय कमिटी

गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनले विमल कँडेलको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरेको छ। साउन २ मा चचियाङ यिवुमा सम्पन्न संघको भेलाले कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा विष्णुप्रसाद दुमरु, महासचिवमा ज्योति सिलवाल, सहसचिवमा सोनुकुमार चेतानी, कोषाध्यक्षमा भद्रबहादुर बानियाँ चयन भएका छन्। प्रवक्तामा रामकुमार खड्का र सदस्यमा गोविन्द भण्डारी, आकाश गुरुङ, साजन श्रेष्ठ, धनराज थापा, सौरव लोहिया छानिएका छन्। भेलाले विनोद तिमल्सिना र अमित श्रेष्ठलाई सल्लाहकार चयन गरेको छ।
More

अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाजमा रेखा

युएई- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको अध्यक्षमा रेखा घिमिरे चयन भएकी छन्। समाजले गरेको प्रथम अधिवेशनबाट नयाँ नेतृत्वमा घिमीरे सर्वसम्मत चयन भएकी हुन्। अधिवेशनले नवनिर्वाचित घिमिरेको अध्यक्षतामा २३ कार्यसमितिको समेत गठन गरिएको छ। नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा गोपी कृष्ण पंगेनी, उपाध्यक्षहरु लक्ष्मण देवाली र अनुराग थपलिया, महासचिवमा राम तामाङ, सचिवमा कुशल बुच्चा, कोषध्यक्षमा एम डी बोहोरा, सहकोषाध्यक्षमा दिपक गुरुङ र प्रवक्ता धनेन्द्र मास्की राना मगर लगाएत अन्य सदस्यहरु रहेका छन्। नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले युएईमा रहेका सम्पूर्ण नेपाली कलाकार एक हुनुपर्नेमा जोड दिए। कार्यक्रममा निवर्तमान महासचिव
More

घुससहित इन्जिनियर पक्राउ

काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमहीका इन्जिनियर रामदुलारी शरण भगत १ लाख ५७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । बिहीवार इन्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलीले रङ्गेहात पक्राउ गरेको हो । गोवरडिहा गाविस वडा न ८ खहरे भालु खोलामा तार जाली तटवन्धको योजना वापत जम्मा बजेट १७ लाख ९३ हजार ६ सयको कर कट्टी गरेर हुने रकम १ लाख ५७ हजार रुपैयाँ घुस वुझदै गर्दा लमही नगरपालिका वडा न ११ लमही स्थित डेरावाट अख्तियारको टोलीले पक्राउ गरेको सुचना अधिकारी चुरामणि पराजुली जानकारी दिनुभयो । इन्जिनियर भगतलाई अनुसन्धानका लागि अख्तियारले आफ्नो नियन्त्रणमा
More

नवयुग उत्कृष्ट खेलाडी

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आज ‘पल्सर स्पोट्र्स अवार्ड दुईहजार बहत्तर’ प्रदान गर्दै छ । काठमाडौंको प्रज्ञा भवनमा विभिन्न आठ विधाका उत्कृष्ट खेलाडी र खेल व्यक्तित्वलाई पुरस्कृत गरिने कार्यक्रमको एभिन्यूज टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा पाँच–पाँच जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिदैछ । साथै खेलकुदमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा सस्थांलाई स्पेसल अवार्ड प्रदान गरिने छ । महिला, पुरुष र पिपुल्स च्वाइका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले ५०
More

न्युयोर्कमा नेपाली वस्तु प्रवद्र्धन गरिने

काठमाडौं । वल्र्ड विजिनेस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्टले नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले आउँदो असोज १४ देखि १६ गतेसम्म न्युयोर्कमा ‘नेपाल एक्जिबेसन एन्ड इन्टरनेसनल ट्रेड सो’ आयोजना गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कन्सल्ट्यान्टका निर्देशक कृष्ण लामिछानेले उक्त व्यापारिक मेलामा नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म पु-याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अमेरिकाले भन्सार छुट गरेका विभिन्न ६६ प्रकारका वस्तुलाई प्रदर्शनमा राखिने जानकारी दिनुभयो । कपडा तथा गलैँचा, हस्तकलासम्बन्धी सामग्री, छालाजन्य वस्तु कपडा, झोला, जुत्ता, मफलर, टोपी, नेपाली शैलीमा निर्माण गरिएका सुनका गरगहना नेपाली उत्पादनका रुपमा प्रदर्शनीमा समावेश गरिनेछ । दुई वर्षदेखि वस्तु
More

नेका पौडेल पत्रकारसमक्ष

व्यवस्थापिका संसदको बैठक स्थगितपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । नेता पौडेलले शीर्ष तीन दलको बैठकमा मध्यमार्गी प्रस्ताव राख्नुभएको छ ।
More

दलहरु मध्यमार्गी विकल्प खोज्दै

काठमाडौं । अविश्वास प्रस्तावलाई कार्यसूचिको पहिलो प्राथमिकतामा राख्ने कि आर्थिक विधेयकको आश्रित विधेयकबारे पहिले छलफल चलाउने भन्ने विषयमा दलहरुबीच सहमति हुन सकेन । संसद आज बिहान ९ बजेका लागि बोलाइएको थियो । सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमति गराउन संसद बैठक २ बजेसम्मका लागि स्थागित गर्नुभएको थियो । तीन दलबीच विहीबार दोश्रो बैठकमा पनि सहमति नहुँदा भोलि शुक्रबार दिउँसो २ बजेसम्मका लागि संसद स्थगित गरिएको छ । भोलि दिउँसो २ बजेसम्ममा नेपाली राजनीतिमा नाटकीय घटना हुनसक्ने धेरैले अनुमान गरेका छन् । तीनवटै दल नेपाली कांगे्रस माओवादी केन्द्र र सत्तारुढ गठबन्धन दलहरुले फेस सेभिङ खोजिरहेका छन् । तीनवटै दलहरुलाई मान्य हुने सहमति
More

Nepal XI defeat MCC in Lord’s debut

LONDON: Nepal inscribed another noteworthy entry in their cricketing history by winning on their first visit to Lord’s on Tuesday in front of several thousand delighted fans. On a sweltering day in north London, a Nepal XI defeated an MCC XI by 41 runs after which the Nepal captain, Paras Khadka, led his players around the outfield to pay tribute to their typically exuberant supporters. Having chosen to bat first, Nepal’s every run was cheered to the rafters by a crowd of around 5000 that spread itself out across the Mound, Tavern, Edrich and Allen stands. Boundaries and wickets brought
More

अमेरिकामा एनआरएन अर्बपतिहरुको भेला हुदैं

न्युर्जसी(अमेरिका)- नेपालका तीनै जना अर्बपति आउने महिना अमेरिकाको न्यूजर्सीमा आयोजना हुने एनआरएन भेलामा सहभागी हुने भएका छन् । आउने अगष्ट २७ र २८ मा हुन न्युयोर्क नजिकै हुन लागेको उक्त नवौँ एनआरएनए क्षेत्रीय सम्मेलनमा नेपालबाट उदाएका वहुराष्ट्रिय उद्यमी विनोद चौधरी, रसिया, नेपाल लगायतका देशमा अरर्वौको व्यापार व्यवसायमा संलग्न उपेन्द्र महतो र अष्ट्रेलियाका एक सय जना धनीहरुको सुचीमा परेको शेष घले सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । महतो एनआरएनएका संस्थापक अध्यक्ष र घले वर्तमान अध्यक्ष हुन् । अमेरिकाका लगायत विश्वका विभिन्न देशमा व्यवसाय विस्तार गरिरहेका चौधरीलाई भने मेलामा मुख्य व्यक्ताका रूपमा आमन्त्रण गरिएको हो । उक्त भेलामा विश्वभर छरिएर रहेका
More

पहिले अविश्वास प्रस्ताव कि बजेट आश्रित विधेयक ?

काठमाडौं । बजेट विधेयकसँग जोडिएको आश्रित विधेयक अगाडि बढाउने हो कि अविश्वास प्रस्तावलाई पहिलो प्राथमिकतामा राख्ने विषयमा विवाद उत्पन्न भएपछि आजको संसदको बैठक अनिश्चित बनेको छ । अविश्वासको प्रस्ताव कार्यसूचिको पहिले प्राथमिकतामा राख्नुपर्ने कांग्रेस माओवादी अडिग छन् भने बजेट विधेयकसँग आश्रित विधेयक पहिले टुंग्याउनुपर्ने माग सत्तारुढ दलले राखेका छन् । यो विवादलाई टुंग्याउन सभामुख अनसरी घर्तीले संसद बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरेर तीन दललाई सिंहदरबारमा बोलाएर छलफल चलाउनुभयो । पहिलो चरणको छलफलमा विवादले कुनै निकास निकालेन । पुन बस्ने गरी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको सो बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर
More