Daily Archives July 22, 2016

Three budget-related bills rejected by parliament

Kathmandu: Three bills related to the budget presented by the government before the Legislature-Parliament were rejected by majority on Friday. Finance Bill, Bill to Mobilise Internal Loans and Loan, and Securities Bill (29th Amendment) were disapproved by the majority. The Appropriation Bill- 2073 BS was already passed by the Parliament. But other three bills related to the budget could not be endorsed as the CPN (Maoist Center) withdrew the support to the government. It may be noted that the main opposition Nepali Congress and CPN (Maoist Center) on July 13 had registered a no-confidence motion against Prime Minister KP Sharma
More

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव सदन समक्ष पेस गर्नुभएको हो । सो प्रस्तावमा २८१ सांसद्को हस्ताक्षर रहेको सभामुख ओनसरी घर्तीले जानकारी गराउनुभयो । अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन ७, ८ र ९ गते निर्धारण गरेको जानकारी गराइन्। आर्थिक वर्ष
More

गच्छदारद्धारा संसद बहिष्कार

सत्तारुढ दल फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।शुक्रबार साँझ सुरु भएको संसद बैठक समेत उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बहिष्कार गरेका छन् । आजै साँझ बस्ने पार्टीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेवारे निर्णय गर्ने बताएको छ । पार्टीका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले भने,‘आज हामीले सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय गर्दैछौं ।’
More

नेपालब्रिटेन डट कम स्थापित र सम्मानित मिडिया हो : डा उपेन्द्र महतो, संस्थापक अध्यक्ष, एनआरएनए

लन्डन । गैरआवासीय नेपाली सँघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालब्रिटेन डट कम स्थापित र सम्मानित मिडिया भएको बताएका छन् । डा महतोले नेपालब्रिटेन डट कमको नवौं वार्षिकोत्सव कार्यक्रमलाई शुभकामना सन्देश पठाउदैं उक्त कुरा वताएका हुन् । डा महतोले पठाउनु भएको शुभकामना सन्देशको पूर्णपाठ श्री संपादक ज्यू, नेपाल ब्रिटेन डट कम नेपाल ब्रिटेन डट कमले आफ्नो दशौं वार्षिकोत्सव मनाउन लागेको समाचारले मलाई हर्षित तुल्याएको छ । आफ्नो स्थापनाकाल देखि नै सत्य, तथ्य समाचार र गैरआवासीय नेपाली एजेण्डालाई प्रभावकारी ढंङ्गबाट उठाउँदै आएको नेपाल ब्रिटेन डट कम अनलाइन संसारमा अब स्थापित र सम्मानित नाम बनिसकेको छ । आजको युग नयाँ मिडियाको युग
More

राजनीतिक स्थिरताविरुद्ध षड्यन्त्र : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन नेपालको राजनीतिक स्थिरताविरुद्धको ठूलो षड्यन्त्र भएको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलालको ३८औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाँले मुलुकमा चुनाव हुन नदिने उद्देश्यले विभिन्न शक्तिले सरकार परिवर्तनमा भूमिका खेलेको बताउनुभयो । उहाँले देश जनप्रतिनिधिविहीन बनाउन निर्वाचनका लागि आवश्यक पर्ने ऐन निर्माण काममा प्रतिपक्षलगायत दलले अवरोध गरेका छन् भन्नुभयो । प्रधानमन्त्री ओलीले पुष्पलालले धेरै पहिले रोपेको बीउ अहिले विश्वव्यापी रुपमा फैलिएको र उहाँको विचारलाई जननेता मदन भण्डारीले समयसापेक्ष बहुदलीय जनवादमा परिमार्जित गरी देशमा जनजीविका, सामाजिक न्याय र समानता कायम गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । अहिलेसम्म प्राप्त भएका उपलब्धिलाई स्थापित गर्न पार्टीले
More

पुष्पलाल स्मृति दिवस

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका अवसरमा शुक्रबार किर्तिपुरमा रहेको पुष्पलालको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सर्वसाधारण ।
More

अविश्वासको प्रस्तावलाई नै अघि बढाइने

काठमाडौं । प्रमुख तीन राजनीतिक शक्तिले व्यवस्थपिका–संसद्को आजको बैठकमा सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र र मधेस केन्द्रित दलका शीर्ष नेताहरुको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई एकजुट भएर पारित गर्ने सर्वसम्मतले निर्णय गरेको हो । यसबाहेक बैठकमा नयाँ सरकारको निर्वाचनमा पनि मधेस केन्द्रित दलले सघाउने र त्यसबीचमा मधेस मुद्दा समाधान गर्न समझदारी गर्ने निर्णय भएको बैठकमा सहभागी काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ सत्ता गठबन्धनका लागि काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिको एक नम्बर बुँदामा संविधानप्रति असन्तुष्ट मधेस केन्द्रितलगायत
More

स्ट्राटफोर्ड-अपन-एभन : शेक्सपियरका प्रशंसकहरुकालागि साहित्यिक तिर्थस्थल !

स्ट्राटफोर्ड-अपन-एभन महान साहित्यकार विलियम शेक्सपियरको जन्मस्थलका रुपमा बिश्वविख्यात छ । शेक्सपियर सन् १५६४ मा यसै घरमा जन्मिएका थिए । यसै घरमा उनी हुर्के र यहीं उनले पांच बर्ष एनी हाथवेसंग बिताएका थिए । शेक्सपियरका बाबुले यहि घरवाट पन्जा सिलाउने ब्यबसाय संचालन गर्थे । सानै ब्यबसाय भए पनि घर देख्दा उनी त्यस जमानाका हुने खाने नै मानिस थिए कि भन्ने भान हुन्छ । काठ र ढुंगाद्वारा सोह्रौं शताब्दीमा निर्मित यो घरलाई कयौंपटक जिर्णोद्वार गरेर चार सय पचास बर्षसम्म ज्युँ का त्यूँ राखिएको छ । कुनै समय अमेरिकीहरुले यो घरको स्वामित्व खरिद गरेर उतै अमेरिकातिर यसलाई बिस्थापित गर्ने प्रयास गरका थिए भन्ने
More

अफगानमा हत्या भएका नेपाली परिवारलार्इ क्यानडामा बशोबासको माग

अटवा । क्यानडाको राजधानी अटवामा बस्ने नेपालीहरुको एक प्रतिनिधिमण्डलले क्यानडा सरकारको नेतृत्व गरिरहेको लिवरल पार्टिका सचेतक माननिय ए्न्ड्रु्लेस्लीलार्इ भेट गर्यो । उक्त भेटमा नेपाल र क्यानडाकाविचको पाँच दसकभन्दा लामो सम्बन्ध रहेको इतिहाँसको स्मरण गरायो । क्यानडा र नेपालविच सरकारी बिभिन्न संघसंस्था र जनताविचमा पनि प्रगाढ सम्बन्ध रहेको कुरा स्पष्ट गरायो । क्यानडा सरकारले नेपालको विकाश निर्माणमा पुर्याउँदै आएको सहयोगको सराहना गर्दै यसलार्इ निरन्तरता दिन आग्रह गर्यो । निवर्तमान कन्जर्भेटिभ सरकारले २०१३देखि नेपाललार्इ प्राथमिकता लिस्टबाट हटाएको कुरा स्मरण गराउँदै यस सरकारले पुन प्राथमिकता लिस्टमा राखी नेपालको विकाश निर्माणमा सहयोग पुर्याउनु पर्ने कुरामा जोडदियो । भूकम्पद्वारा भएको हजारौको मानविय क्षति पश्चात भारतिय
More

एनआरएन भाषा तथा साहित्य उपकार्यदल विस्तार

गत २० जुलाई २०१६ का दिन गैर आवासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसि) का भाषा तथा साहित्य प्रबद्र्धन उपकार्यदल संयोजक विश्वास दीप तिगेलाले विस्तार गरेका छन् । संयोजक तिगेलाले सदस्यहरुमा क्रमशः नीलम कार्की निहारिका (अमेरिका), डा. लेखनाथ काफ्ले (ताइवान), केदार सुनुवार संकेत (युके), चन्द्र मादेन –हङकङ), प्रतिमा केसी (युके), अमित राई (कुवेत), राजकुमार दिक्पाल (पोर्चुगल), राम लामा (युएसए) र प्रदिप थापामगर (युएसए) र एनआरएन युके राष्ट्रिय समन्वय परिषद मातहतमा गठन भएको भाषा तथा साहित्य विभागको प्रतिनिधित्व गर्दै लक्ष्मी राई लारा रहेकी छन् । त्यस्तैगरि सल्लाहकारहरुमा अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने र महासचिव डा. बद्री केसी चयन हुनुभएको
More