Daily Archives July 23, 2016

प्रम ओलीले आज गर्लान ?

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली देशको कार्यकारी प्रमुखको रुपमा आज आइतबार मध्यान्नसम्म मात्र रहन्छन भन्ने कुरा धेरैले अनुमान गरेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध ससदमा दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने निश्चित भएकाले धेरैले त्यस्तो अनुमान लगाएका हुन् । तर राजनीतिमा सम्भावना धेरै हुने भएकाले अगाडिको बाटो के हुनसक्छ भन्ने कुरा नेपालको राजनीतिमा सजिलै अनुमान गर्न नसकिने जानकारहरु बताउँछन् । अविश्वास प्रस्ताव पारित हुने निश्चित हुँदा पनि प्रधानमन्त्री ओलीले राजीनामा नदिइ मौनता साँध्नुलाई धेरैले विभिन्न कोणबाट विश्लेषण गरेका छन् । संसदबाट अविश्वास प्रस्ताव पारित भएपछि राजीनामा खल्तीमा बोकेर ओली सिधै शितल निवास पुग्ने बताइएको छ । त्यसपछि राष्ट्रपतिले के गर्लान् भन्ने
More

सरकार ढाल्ने खेलमा साना दल सक्रिय

काठमाडौं । सरकार परिवर्तन हुने निश्चित भएसँगै अव वन्ने सरकारमा सहभागि हुन साना दलहरु तँछाडमछाड गरेर लागिपरेका छन् । ओली सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तिम समयमा आएर सरकारको समर्थन फिर्ता लिएको छ भने अन्य साना दलहरु पनि सरकारमा सहभागि हुन कसरत गरिरहेका छन् । सरकारको नेतृत्व गर्ने तयारीमा रहेका काँग्रेस र माओवादीले पनि आफ्नो सरकारलाई धेरै दलको समर्थन रहेको देखाउन एक जना सांसद भएका राजनीतिक दललाई समेत सरकारमा सहभागी गराउने दाउमा छन् । कुनै पनि राजनीतिक दलको अन्तिम र प्रमुख उद्देश्य भनेको सत्तामा जानु नै हो । त्यसमाथि जनताको समर्थन पाएका दलहरु सरकारमा सहभागि हुन हरसम्भव प्रयत्नशील रहेका हुन्छन
More

अविश्वास प्रस्तावमाथि छलफल भोलि पनि

काठमाडौं । प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि सदनमा भइरहेको छलफलमा आज सांसदहरुले स्पष्टरुपमा दुई कित्तामा विभाजन भई आफ्ना भनाइ प्रस्तुत गर्नुभयो । सत्तापक्षका सांसदहरुले प्रधानमन्त्रीविरुद्धमा प्रतिपक्षले ल्याएको अविश्वासको प्रस्तावको कटाक्ष गर्दै सरकारको लोकप्रियतालाई निस्तेज तुल्याउने एक मात्र उद्देश्य राखेर ल्याइएको प्रस्तावले मुलुकलाई थप बर्बादीतर्फ धकेल्ने चेतावनी दिनुभयो । जनआन्दोलनको उपलब्धिका रुपमा रहेको सङ्घीयता, गणतन्त्र र संविधान कार्यान्वयनको विषयमा एकाकार भएर अघि बढ्नुपर्ने बेलामा नितान्त सरकार परिवर्तन गर्ने खेलमा मुलुकका ठूला राजनीतिक दल लाग्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै उहाँहरुले भूकम्पपीडितको भावना र आकाङ्क्षालाई पूरा गरेर आन्तरिक राष्ट्रवादलाई बलियो तुल्याउने बेलामा सरकार ढाल्ने फोहोरी खेललाई शान्ति र विकासप्रेमी नेपाली जनताले कदापि सहन नसक्ने चेतावनी दिनुभयो
More

पुनःनिर्माणमा रु ८४ अर्बको अख्तियारी

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई चालु आव २०७३÷७४ का लागि रु ८४ अर्बको अख्तियारी दिएको छ । अख्तियारी दिएको रकममध्ये रु १२ अर्ब २८ करोड ९६ लाख २८ हजार सरकारी स्रोतबाट, वैदेशिक सहायतातर्फ जाइकाबाट रु एक अर्ब ८३ करोड ३५ लाख, युरोपियन युनियनबाट रु ११ अर्ब, चीनबाट रु ५० करोड, पुनःनिर्माण संयुक्त कोषबाट रु एक अर्ब ५० करोड, भारतबाट रु १२ अर्ब ५० करोड, जर्मनीबाट रु तीन अर्ब, कोरियाबाट रु ८५ करोड, एसियाली विकास बैंकबाट रु ९८ करोड रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो । “ऋणतर्फ आइडिएबाट रु १३ अर्ब २५ करोड ८७ लाख
More

नयाँ शक्ति बेलायत छि-र्यो

लन्डन । डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको प्रवाश संगठन धमाधम बन्न थालेको छ । यसैक्रममा बेलायतमा कर्मा पहाडीको अध्यक्षतामा नयाँ शक्ति गठन भएको संयोजक भोला खनालले जानकारी दिए । प्रवक्ता जगन कार्कीले जारी गरेको विज्ञप्ति जस्तोको त्यस्तै आर्थिक सम्वृद्धिका निम्ति समानुपातिक प्रतिनिधित्व, सदाचार, समता मुलक समाज ५ सलाइ मूल मन्त्र बनाएर अघि बढेको नयाँ शक्ति पार्टी नेपालमा संघिय जनमुक्ति पार्टीको बिलय संगै संघिय जनमुक्ति पार्टीका विभिन्न देश बाट प्रवास संगठनहरुको पनि समायोजनको क्रममा बेलायत नंया शक्तिमा संघिय जनमुक्ति पार्टीका केन्द्रिय परिसद सदस्य, जनमुक्ति मंच बेलायतका निवर्तमान महासचिव कमान सिङ् (कर्मा पहाडी) शेर्पा लगायत वहाको समूह प्रवेस गर्नु
More

एनआरएन मध्यपूर्व क्षेत्रीय भेला सम्पन्न

दोहा । गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय भेला कतारको दोहामा सम्पन्न भएको छ । हिजो शुक्रबारदेखि सुरु भएको उक्त सम्मेलन १३ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो । पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित वैदेशिक रोजगार, समून्नत राष्ट्र निर्माणको आधार भन्ने नारा सहित मिति २१ देखि २२ जुलाई २०१६ , कतारको दोहामा आयोजित पाँचौं मध्यपूर्वीय क्षेत्रीय भेलाका निर्णयहरु । १. वैदेशिक रोजगारीमा जानेका लागि गन्तव्य मूलुकमै पूनः श्रम तथा विमा स्विकृतिको व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो । २. गैरआवासीय नेपाली संघका मध्यपूर्व क्षेत्रीय भेलाहरुले विगत देखिनै उठाएका विषयहरु तथा निर्णयहरुमा उल्लेख भएका वुंदाहरु कार्यान्वयनका लागि पहल र
More

एनआरएन यूरोप बैठकको तयारी अन्तिम चरणमा

लन्डन । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय बैठकको तयारी अन्तिम चरण पुगेको छ । यूरोपका नेपालीको अभियान, लगानी, पुनर्निर्माण र पर्यटन नाराका साथ ३० जुलाईबाट सुरु हुँदैछ । सम्मेलनका लागि यूरोपस्थित गैरआवासीय नेपालीहरुले दर्ता प्रकृया सुरु गरिसकेको एनआरएन यूरोप पूर्व सहसंयोजक सोम सापकोटाले जनाए । कोपनहेगनस्थित हिल्टन होटलमा आयोजना हुने सम्मेलनमा भाग लिन चाहनेहरुको लागि दर्ता शुल्क १ सय यूरो तोकिएको छ । बैठकमा सहभागीहरुको लञ्च र डिनरका लागि सो शुल्क लिइएको सापकोटाले बताए । सापकोटाले बैठकमा सहभागी हुने आउने प्रतिनिधिलाई समयमै होटल बुकिङको लागि आग्रह गरेका छन् । उनले नेपाल ब्रिटेन डट कमलाई भने, ‘यो होलिडे समय हो, होटल
More

आसै आसमा जङ्गलको बास

भीमदत्तनगर । विसं २०६५ मा दोदा नदीमा आएको बाढीले घरखेत बगाएपछि २० वर्षीया सुशीला चौधरीले परिवार गाउँ नजिकैको सोभाताल बाढीपीडित बस्तीमा सरिन । कञ्चनपुरको दोदा नदीले शङ्करपुर गाविस–७ डुङ्गामा रहेको डेढ बिगाहा खेत नदीले बगाएपछि कष्टकर दिन सुरु भएका सुशीलाको जीवनमा कुनै परिर्वतन आएको छैन । “दुई वर्षअघि कक्षा १० मा आर्थिक अवस्थाले कमजोर पढाइलाई विश्राम दिए ।” सोभाताल शिविरमा रहनु भएकी सुशीलाले भनिन्– “बुबाआमा गाउँमा मजदूरी गरेर परिवारको खर्च चलाइरहनुभएको छ ।” “पीडादायी बस्ती न कुनै सुविधा कसरी स्कुल जानु ? उनले दुखेसो पोखिन्–“सरकारले अझैसम्म हाम्रो स्थायी बासको कुनै पहल गरेको छैन ।” सुशीला त उक्त बाढीपीडित बस्तीकी एक
More