Daily Archives July 24, 2016

डा.केसीको समर्थनमा जेनेभामा गरिने प्रदर्शन स्थगित

स्विजरल्याण्ड । नेपाली राजनीतिमा देखिएको बेथितीका कारण डा. केसीले पटक पटक आमरण अनसन गर्नुपरे पनि सरकार र राजनीति क्षेत्र संवेदशील नभएको भन्दै स्विजरल्याण्डमा रहेका नेपालिहरुले जेनेभाको रास्ट्र संघ अगाडी मंगलबार साँझ ५ बजे गरिने भनेको बृहत प्रदर्शन कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य शिक्षा विकृति हटाउन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित अनशन बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आईतबार सहमति भएपछि उक्त प्रदर्शन कार्यक्रम बन्द गरिएको आयोजक मध्ये का एक संयोजक तथा पत्रकार ददि सापकोटाले बताउनु भएको छ । चिकित्सा क्षेत्रमा बढ्दै गरेको वेथिती र भ्रष्टचार विरुद्ध आवाज उठाउँदै आएका केसीको माग चाँडो भन्दा चाँडो
More

डा. गोविन्द केसीको अनशन तोडियो, सरकारसँग चार बुँदे सहमति

सरकार र शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । सरकारले निर्माण गरेको सचिवस्तरीय वार्ता टोली र डा केसीबीच आइतबार राति १० बजे शिक्षण अस्पतालमा सहमति भएको हो । सरकारका तर्फबाट वार्ता टोलीमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिव केदरबहादुर अधिकारी र शिक्षा सचिव लवदेव अवस्थी सहभागी थिए । यस्तो छ सहमतिः देहाय बमोजिमका चिकित्सा शिक्षा सुधार सम्बन्धी कार्यहरु गर्नेः (क) (१) नं मागको पहिलो बुँदाको सम्बन्धमा सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लािग कम्तीमा पचास प्रतिशत सीट संख्यामा निःशुल्क गर्ने विषयमा विधेयकमा समावेश रहेको र यसलाई पूर्व सम्झौता अनुसार क्रमशः वृद्धि गर्दै पचहत्तर प्रतिशतसम्म
More

इयुले बेलायतलाई सिंगल मार्केटमा पूर्ण पहुँच दिने

इयुका वरिष्ठ अधिकारीहरूले बेलायतलाई सिंगल मार्केटमा राखिराख्ने गरी ‘ब्रेक्सिट डिल’ मा गृहकार्य गरिरहेको आजको ‘द गार्जियन’ले खुलासा गरेको छ । बेलायतले गत महिना जनमत सङ्ग्रहमार्फत इयुबाट अलग्गिने निर्णय गरेपछि बेलायत र इयु दुबैको अर्थतन्त्रमा नकारात्मक असर देखिएको थियो । विश्वको सबैभन्दा ठूलो एकल बजार गुमाउँदा बेलायतलाई हुने ठूलो आर्थिक क्षति र बेलायतजस्तो विश्वकै ठूलो अर्थतन्त्र पूर्ण अलग हुँदा इयुलाई पुग्ने ठूलो नोक्सानलाई ध्यानमा राखेर दुबैलाई लाभ हुने मध्यमार्गी सम्झौतामा गृहकार्य भइरहेको हो । बेलायतको मुख्य चासोको रूपमा रहेको माइग्रेशनलाई पनि सम्बोधन गर्ने र उसलाई युरोपियन बजारको हिस्सा बनाई राख्ने गरी डिल गर्नेतिर ती अधिकारीहरूले छलफल चलाएका छन् । बेलायतलाई इयुका
More

प्रधानमन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट आजैका मितिदेखि लागू हुने गरी दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्योहोरा सुनाउँदै उक्त जानकारी दिनुभएको हो । बैठकमा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएको सदनमा जानकारी गराइसकिएकाले प्रधानमन्त्रीमाथि विश्वास छैन भनी २८१ जना सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्तावको बाँकी प्रक्रिया अगाडि बढाइरहनु नपर्ने जानकारी समेत सभामुखले सदनलाई जानकारी गराउनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही साउन ११ गते बिहान ११ बजे बस्नेछ ।
More

ओली–दाहाल

व्यवस्थापिका संसदकोे बैठकमा आइतबार अविश्वासको प्रस्तावको प्रत्युत्तर सम्बोधन गरी रोष्टमबाट फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र एकिकृत माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ।
More

मुलुकलाई अव्यवस्थाको चक्रब्यूहमा फसाउने प्रयास भयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले रहस्यमय ढङ्गले आफूविरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भएको बताउँदै त्यसले देशलाई अव्यवस्था र अस्थिरताको चक्रब्यूहमा फसाउने चेतावनी दिनुभएको छ । व्यवस्थापिका–संसद्मा आफूविरुद्ध परेको अविश्वासको प्रस्तावमाथिको छलफलका क्रममा सदनमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले संविधानको कार्यान्वयन गरी राष्ट्रलाई आर्थिक विकास, शान्ति र समृद्धिको मार्गमा अघि बढाउन इमान्दार प्रयास भइरहेका बेला रहस्यमय ढङ्गले अविश्वासको प्रस्ताव आएकामा आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीले सदनबाटै सरकार गठन गर्ने र हुनुपर्ने मान्यतामा आफू सधैँ अडिग रहेको तथा लोकतन्त्रका मूल्य, मान्यता एवम् संसदीय अभ्यासबाट कहिल्यै विमुख नभएको बताउँदै भन्नुभयो– “मेराविरुद्ध प्रस्तुत भएको अविश्वासको प्रस्ताव सामान्य र स्वाभाविक हो तर त्यसले मुलुकलाई अन्त्यहीन अस्थिरतातर्फ धकेल्ने
More

राष्ट्रपति भण्डारीद्वारा देउवा र प्रचण्डसँग भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गर्नुभएको छ । देउवालाई विहान १० बजे भेट्न शितल निवास डाक्नु भएको थियो भने भेटका लागि प्रचण्डलाई ११ बजेको समय मिलाइएको थियो । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेता देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको देउवाका सहयोगी भानु देउवाले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले आफूबाट विवादमा आउने कुनै पनि काम नहुने स्पष्ट पार्नुभएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि टु्ङ्गो लाग्ने दिन आज उहाँहरुबीच सो भेटघाट भएको हो
More

राष्ट्रपतिले सर्वोच्चको राय लिने

काठमाडौं । नयाँ सरकार गठनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको राय लिने बताइएको छ । नयाँ प्रधानमन्त्री चयनको विषयमा संविधानले स्पष्ट नबोलेको भन्दै संवैधानिक निकास खोज्न सर्वोच्च अदालतको राय लिने तयारीमा राष्ट्रपति भण्डारी पुगेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएसँगै संविधानविद् / कानुनविद् र दलहरूको धारणा बाझिएपछि राष्ट्रपति भण्डारीले संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतको राय लिन लागेको राष्ट्रपति निकट स्रोतले बतायो । संसद्मा प्रधानमन्त्री ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने देखिएपछि राष्ट्रपतिले केही दिनयता संविधानविद्/कानुनविद्सँग निरन्तर परामर्श गर्दै आएकी थिइन् । परामर्शका क्रममा उनलाई सर्वोच्च अदालतको राय लिन वा संविधानको कुन
More

अविश्वास प्रस्तावको पल्लाभारी, पक्षतिर ३७० सांसद

काठमाडौं । व्यवस्थापिका संसदको भारी बहुमतले प्रधानमन्त्री निर्वाचित केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव पनि भारी बहुमतले पारित हुने देखिँदैछ । व्यवस्थापिका–संसदको आजको पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि अविश्वासका प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ । अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले संसद्को आइतबारको दोस्रो बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । सत्ता साझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय हिजो शनिवार गरेपछि ओलीको विपक्षमा पल्लाभारी बन्दै गएको हो।
More