Daily Archives July 25, 2016

चक्कु प्रहार गरि जापानमा १९ को हत्या

लन्डन । जापानको राजधानी टोकियोमा चक्कु प्रहार गरि १९ जनाको हत्या गरिएको छ । स्थानिय संचार माध्यमका अनुसार सोमवार साँझ एउटा आपांग केयर सेन्टर भित्र सो आक्रमण भएको हो । प्रहरीले आक्रमणमा संलग्नलार्इ पक्राउ गरिएको जनाएको छ । आक्रमणमा ४५ जना भन्दा बढी घाइते भएका छन् ।
More

एनआरएन उपाध्यक्ष भट्ट बेलायतमा

लन्डन । गैरआवासीय नेपाली सँघका उपाध्यक्ष भवन भट्ट बेलायत आइपुगेका छन् । आगामी शनिवारबाट डेनमार्कको कोपनहेगनमा हुने गैरआवासीय नेपाली सँघ युरोप नवौं क्षेत्रिय सम्मेलनमा भाग लिन जानेक्रममा भट्ट सोमवार बेलायत आइपुगेका हुन् । भट्टको सम्मानमा गोर्खाली समाज युकेले सोमवार साँझ स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । समाजका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षमा अल्डरशटमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सँघ युकेका अध्यक्ष मुछेत्र गुरुङ, नेपाली जनसम्पर्क समितिका सभापति लोक गुरुङ, एनआरएन युकेका पुर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन युके उपाध्यक्ष शान्ति थापा, कुमारी गुरुङ, हिराधन राई, योगेन फगामी, सेर सुनुवार, एनआरएन पुर्व आइसीसी सदस्य थर्क सेन, पत्रकार बाचपति रेग्मी लगायतको उपस्थिती थियो ।
More

अनेसास यूकेको अध्यक्षमा गुरुङ

लण्डन – अाइतवार चार्लटन एफसी, लण्डनको प्रशिक्षण कक्षामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके च्याप्टरको वार्षिक साधारण सभा, भानुजयन्ती तथा संस्थाबाट प्रत्येक वर्ष प्रदान गरिने अनेसास सुप्रमा साहित्यिक पुरस्कार समारोह सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा. रुपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई समाजकी महासचिव लक्ष्मि थापाराई (लारा)ले सञ्चालन गरेकी थिईन । सुप्रमा पुरस्कारका संस्थापक स्व. ईश्वर प्रसाद मानन्धरका श्रीमती जानकी मानन्धर, प्र्रमुख अतिथि, विशिष्ट अतिथि श्री शिवाजी श्रेष्ठ तथा अन्य अतिथिहरुको आसन ग्रहण पश्चात समारोहका अध्यक्ष तथा प्रमुख अतिथिबाट द्वीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेको थियो । आदिकवि भानुभक्त आचार्य साथै स्व. ईश्वर मानन्धर(बेलायतवासीद्वारा श्रद्धस्वरुप सम्बोधन, बेलायतका लागि नेपाली
More

सेनाले प्रचण्डलाई प्रधानमन्त्री नमान्ने

पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल काण्डकै कारण सत्ताबाट बाहिरिएका पुष्पकमल दाहाल (प्रचण्ड) सात वर्षपछि प्रधानमन्त्री हुने तयारी गरे पछि सेनाले पुनः सेनामा फेरवदल वा हस्तक्षेत्र हुने आसंका गर्दै प्रधानमन्त्रीका रुपमा अस्वीकार गर्ने नीति लिएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार सेनाको मुख्यालयमा आयोजित एउटा सामाजिक कार्यक्रममा नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि प्रतिबद्ध रहेको तथा विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सुक्ष्म ढंगबाट नियालीरहेको बताएका थिए । देशको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा नेपाली सेनाले प्रतिक्रिया जनाउँदै यसले सुरक्षा चुनौती थपिने संकेत गरेको छ । उनले पुनः सेनामा फेरबदल वा अन्य हस्तक्षेप गर्नसक्ने सम्भावनाबिरुद्ध सेनाले कडा प्रतिकार गर्ने संकेतका रुपमा
More

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

काठमाडौं ।आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम उहाँले बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज प्रेषित विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानमा अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकाले संविधानको धारा २९८को उपधारा (२) वा (३) बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी सो आदेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विज्ञप्तिमा “नेपालको संविधानको धारा २९८ मा सङ्क्रमणकालीन मन्त्रिपरिषद्सम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्था बमोजिम व्यवस्थापिका–संसद्बाट वर्तमान प्रधानमन्त्री निर्वाचित भई निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन भएकामा धारा २९८ को उपधारा (८) बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनुभएको तर
More

सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिबाट आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आज आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सो आह्वान गर्नुभएको हो । “राष्ट्रपतिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ”– राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । यसअघि राष्ट्रपतिले आज प्रमुख दलका शीर्ष नेतासँग परामर्श गर्नुभएको थियो ।
More

राष्ट्रपति र शीर्ष नेताबीच राजनीतिक छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न आज प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा करिब दुई घन्टा भएको परामर्शमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो । राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माका अनुसार मुलुकको विद्यमान अवस्थामा कसरी सहमतिका आधारमा संविधानको कार्यान्वयन र नयाँ सरकार बन्न सक्छ भन्ने विषयमा परामर्श भएको थियो । शीर्ष नेताले वार्तापछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिनुभएन । आइतबार प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका
More

अनशन तोड्उँदै

शिक्षण अस्पताल महाराजगंजमा चिकित्सा शिक्षाको सुधारको माग राखेर आमरण अनशन बसेका डा गोविन्द केसीलाई १६ दिनपछि सोमबार अस्पतालका बिरामी छेवाङ नुर्बु लामाले जुस खुवाएर अनशन तोड्उँदै ।
More

क्रिकेट विवाद बुझ्न आइसिसी टोली नेपालमा

काठमाडौं । पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को एक टोली आज नेपाल आइपुगेको छ । आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । टोलीमा आइसिसी कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आइसिसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेख छन् । त्यस्तै आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेबिड रिचर्डसन र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा समेत बिहीबार नेपाल आउने बताइएको छ । नेपाली क्रिकेटको विवादले चरम रुप लिएपछि गत वैशाख १३ गते आइसिसीले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
More