Daily Archives July 26, 2016

बाढी र पहिरोमा परी मुलुकभर ३७ जनाको मृत्यु, चौविसभन्दा बढी बेपत्ता

काठमाडौं । पछिल्लो चौविस घण्टामा बाढी पहिरोका कारण ३७ जनाको ज्यान गएको छ । कपिलवस्तुका विभिन्न नदीहरुमा आएको बाढीमा डुबेर २ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । सुरही खोलामा आएको बाढीले बगाउंदा बुद्धबाटिका नगरपालिका वडा नं. ४ की कल्पना कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । यसै गरी वाणगंगा नगरपालिका वडा नं. ४ ओदारीमा सडकमा खेलिरहेकी स्थानीय १२ वर्षीय रविना चौधरीको मृत्यु भएको छ । वाणगंगा नदीमा आएको बाढीले कजरहवा गाविस ९ सिंग्राहाका २१ वर्षीय रामगुलाम कलवार वेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । यसैगरी, अविरल बर्षापछि गएको पहिरोमा परी पर्वतको माझफाँट गाविस ३ मा
More

पद्मश्रीका लागि पाँच कृति छनोट

काठमाडौं । खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले विगत दश वर्षदेखि नेपाली साहित्यको उत्कृष्ट एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आइरहेको सर्वविदितै छ। गत वर्ष प्रतिष्ठानले विं. सं. २०७२ देखि लागू हुने गरी दुईवटा निर्णय गरेको थियो – पुरस्कारको लागि आवेदनसहित पुस्तक दर्ता गर्नु नपर्ने र पुरस्कृत हुने कृतिको अन्तिम निर्णय गर्नुअगाडि पहिलो चरणमा छनोट भएका पाँच उत्कृष्ट पुस्तकहरूको सूचि (सर्टलिस्ट) सार्वजनिक गर्ने। पहिलो निर्णयअनुसार प्रतिष्ठानले २०७२ सालमा प्रकाशित र प्राप्त भएसम्मका पुस्तकहरू सङ्कलन गरेको थियो। सङ्कलित पुस्तकहरूमध्येबाट विभिन्न विद्वानहरूको रायसल्लाहसमेतको आधारमा प्रतिष्ठानले पाँच उत्कृष्ट पुस्तक मनोनयन गरेको छ। यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कन कर्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार
More

नेपाली जनसम्पर्क समिति अमेरिका विघटन गर्न माग

न्यूयोर्क । नेपाली कांगे्रसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिका फेरि चरममा विवादमा फसेको छ । समितिका वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीलगायत बहुमत सदस्यले विघटन गर्न माग गरेपछि विवाद चुलिएको हो । उनीहरुले अध्यक्ष आनन्द विष्टको कार्यसमिति विघटन गर्न माग गर्दै नेपाली कांगे्रस केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् । केन्द्रीय कार्यालय मुख्य सचिव कृष्ण पौडेलका अनुसार उक्त निवेदन मंगलबार दर्ता भएको छ । उक्त निवेदनको दर्ता नं. ००३९७ रहेको छ । अध्यक्ष विष्टले गत वर्ष नेपालमा गएको भूकम्पलाई सहयोग गर्न भन्दै उठाएको करोडौं रुपैयाँ आफू खुशी अपचलन गरेको आरोप लगाइएको छ । असन्तुष्ट समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराएको
More

कुमार लामा फैसलामा जूरीलाई सर्वसम्मत गराउने प्रयास जारी

लन्डन । सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्धा माथिको फैसला अन्योलमा परेको छ । सोमवार देखी ओल्ड बेली फौज्दारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्सीय जूरी बीच एकमत हुन नसक्दा उनको फैसला लम्बिएको हो । स्रोतका अनुसार १२ जनाबाटै सर्वसम्मत निर्णय नभएमा पुनः सुनुवाइ गर्नु पर्ने कानुनी जटिलताका कारण जुरीको बैठकले सर्वसम्मत निर्णयमा पुग्न प्रयास जारी राखेको छ । यो समाचार तयार पर्दा सम्म जुरी बैठक जारी छ । फैसला सुन्न लामा आफै अदालत समक्ष उपस्थित छन् । अपडेट — आज कार्यालय समयभित्र जूरी कुनै निर्णयमा पुग्न नसके पछि भोलि (बुधवार)
More

राष्ट्रपतिद्वारा झण्डा हस्तान्तरण

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ब्राजिलको रियो ओलम्पीक खेलकुद प्रतियोगीतामा नेपालको तर्फबाट सहभागी हुने टोलीका प्रमुख खेलकुद परिषदका सदस्य सचिव केशब बिष्टलाई मङ्गलबार नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै ।
More

बाढीमा परी प्यूठानमा १४ जनाको मृत्यु, २४ बेपत्ता

प्यूठान । सोमबारदेखिको अविरल वर्षाका कारण प्यूठानमा १४ जनाको मृत्यु भएको छ । त्यस्तै २४ जना बेपत्ता भएका छन् । उत्तरी प्यूठानको लुङ–६ बहानेमा पाँच, पुजाँमा दुई, खवाङमा दुई र झिमरुक नदीमा पाँच गरी १४ जनाको मृत्यु भएको प्रहरीले आज पुष्टि गरेको छ । लुङ–६ बहानेमा शिशिर रिजाल, ध्वजबहादुर पुन र वसन्ता केसीको घर पहिरोले पुर्दा स्थानीयवासी करिब ३५ वर्षीया शोभा रिजाल, २५ वर्षीया काली परियार, ११ वर्षीया प्रेम थापा, ४० वर्षीया रञ्जना केसी र १२ वर्षीया सुशिला केसीको मृत्यु भएको छ । त्यस्तै झिमरुक नदीमा थप पाँच जनाको शव फेला परेको छ । झिमरुक नदीको बागदुला पक्की पुलमुनि अन्दाजी
More

बैठकमा अख्तियार प्रमुख कार्की अनुपस्थित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको विषयमा छानविन गर्न संसदको सुशासन समितिले उपसमिति गठन गरेको छ । पाँच सदस्यीय उपसमितिमा उदय नेपाली श्रेष्ठ, जनकराज जोशी, नरसिँह चौधरी, पद्मनारायण चौधरी र मिलन कुमारी राजवंशी रहेका छन् । समितिले १० दिन भित्र छानविन गरेर प्रतिवेदन सार्वजनिक बुझाउने समयसीमा दिइएको छ । काठमाण्डौ विश्वविद्यालयले एमडी, एमएस र एमडिएसको परीक्षामा हस्तक्षेप गरेको आरोप लागेपछि समितिले आयोग पदाधिकारीसँग छलफलपछि उपसमिति गठन गरेको हो । संसदको सुशासन तथा अनुगमन समितिले बोलाएको छलफलमा अख्तियार प्रमुख लोकमानसिंह कार्की भने अनुपस्थित रहे । स्वास्थ्यको कारण देखाउँदै प्रमुख आयुक्त कार्की अनुपस्थित भएका हुन् ।
More

दुई राप्रपा एक अध्यक्ष पशुपतिशमशेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समूहबीच एकीकरण भएको छ । राष्ट्रवादी शक्तिको एकताको माग भएअनुरुप दुई समान पृष्ठभूमि बोकेका पार्टीबीच आज एकीकरण भएको हो । एकीकरण कार्यक्रममा पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र हिन्दू राष्ट्रको रक्षाका लागि एकीकरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सात-आठ महिनाअगाडि हाम्रै पार्टीभित्र विवाद थियो मिल्यौँ, सुरुमा राष्ट्रिय जनशक्ति र राप्रपा मिल्यो, आज राप्रपा नेपाल समानान्तर समितिसँग मिल्दैछौँ अब राप्रपा नेपालसँग मिल्छौँ ।” राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले नेपालको राजनीति तथा समाजको विकासक्रमलाई सही मार्गमा ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकताको माग भएअनुरुप दुई समान पृष्ठभूमि भएका पार्टीको
More

फोरम छोडे आङकाजीले

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले पार्टीबाट राजीनामा गर्नुभएको छ । उहाँले पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै आज राजीनामा दिनुभएको हो । उहाँको राजीनामा पत्रमा पहिचानको आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला नेताको घरमा धाउनेलाई बढी अवसर दिएको र पार्टीभित्र ‘नस्लवाद र नातावाद’ हाबी भएको उल्लेख गरिएको छ । पार्टीका नेता जिम्मेवारीमा भन्दा पनि व्यक्तिगत स्वार्थ दोहनमा लागेको उहाँको दाबी छ । उक्त राजीनामा पत्रमा पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख छ । यसैगरी उहाँले पहिचानको आन्दोलनमा भने अभियन्ताका रुपमा क्रियाशील रहने बताउनुभएको छ ।
More

नेपथ्य युरोपतिर, अगस्त २ तारिख कोपेनहेगनमा प्रस्तुती दिने

युरोपको दुइ गन्तब्यमा आफ्ना प्रस्तुती बोकेर लोकरक टोली नेपथ्य त्यसतर्फको यात्रामा अग्रसर भएको छ । ह्याम्बर्ग र कोपेनहेगनमा आयोजना हुने दुइ कन्सर्टका निम्ति ब्याण्ड बुधबार प्रस्थान गर्दैछ । टोलीको पहिलो प्रस्तुती जुलाइ ३० तारिखका दिन ह्याम्बर्गमा हुनेछ । त्यहाँस्थित ग्रुइन्सपानमा लोकभाकामा आधारित नेपथ्य आवाजहरु घन्काएपछि यो समूहले डेनमार्कको कोपेनहेगनस्थित अमागेर्वियोमा उपस्थिती जनाउनेछ । अगस्त २ तारिखका दिन त्यहाँ कन्सर्ट तय गरिएको छ । युरोपका दुइ राष्ट्र जर्मनी र डेनमार्कमा हुनलागेको यी दुवै नेपथ्यका पहिलो कन्सर्ट हुनेछन्। ‘नेपाली डायस्पोराको अझ फराकिलो घेरा समात्दै नेपथ्यको निम्ति विल्कुल नयाँ मुलुकमा प्रस्तुत हुनलागेकोमा म उत्साहित छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्,
More