Daily Archives July 28, 2016

ब्रेक्जिट असर, लोयड्स ब्यान्कका दुई सय ब्रान्च बन्द हुने

बेलायत सरकारको आंशिक स्वामित्व रहेको ब्यान्किंग ग्रुप लोयड्सले बेलायत इयुबाट अलग्गिने निर्णयले भित्रयाएको अनिश्चिततालाई संबोधन गर्न आफ्ना दुई सय शाखा बन्द गर्ने भएको छ । यसबाट तीन हजार रोजगारी कटौती हुनेछ । उसले यसअघि नै २०१४ बाट सुरु गरेको सुधार योजना अन्तर्गत हजारौं रोजगारी कटौती गरिसकेको छ । यसअघि पनि झन्डै २०० अन्य शाखा बन्द गर्ने तयारी भई सकेको थियो ।
More

नयाँ सरकारसँगै इमिग्रेशनमा कड़ाइ, एउटै कम्पनीबाट नेपालीसहित ३५ जना गिरफ्तार

लण्डनको प्रसिद्ध फास्टफुड चेन बायरन बर्गरमा काम गर्ने ३५ जना आप्रवासीलाई गृहमन्त्रालयले एकै दिन गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका आप्रवासी गैरकानूनी तरिकाले बेलायतमा काम गरिरहेको दाबी छ । पक्राउ पर्नेमा नेपाललगायत इजिप्ट, अल्बानिया र ब्राजिलका नागरिक छन् । गृहमन्त्रालय स्रोतले नेपाली नागरिक समातिएको बताए पनि संख्या र व्यक्तिगत विवरण भने खुलाएको छैन । अमेरिकन स्टाइलको ह्यामबर्गरका निम्ति प्रसिद्ध मानिएको बायरन बर्गरका बेलायतमा ५६ वटा पसल छन् । कामदारहरू पक्राउ पर्नुमा कम्पनीकै धोका मुख्य कारण रहेको धेरैको अनुमान छ । बेलायतको सोसल मिडियामा बाइक ट बायरन भन्ने ट्रेन्ड नै चलेको छ । गत जुलाई ४ मा गृहमंत्रालयले छापा हानेर उक्त
More

लन्डनमा नेपाली तेक्वान्दो खेलाडीलाई कास्य पदक

लण्डन । बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप अन्तर्गत पहिलो दिन भेट्रानतर्फ ६४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेका लक्ष्मण बस्नेतको ले आएरल्याण्ड का खेलाडीसंग ५-२ ले जित हासिल गरेका थिए भने दोश्रो दिन भएको सेमिफाइनलमा पोल्याण्डसंग २ बाउट खेलेर ४-२ ले पराजीत भएर तेश्रो स्थान कास्य पदक मै चित्त बुझाउनु पर्यो । प्रतियोगितामा नेपालबाट ४ खेलाडीको प्रतिनिधित्व छ। लक्ष्मण तेक्वान्दो आइटीएफ नेपालका अध्यक्ष एवं अन्तर्रा्स्ट्रिय प्रशिक्षक तथा रेफ्रीसमेत हुन् । उनले प्रतियोगिताको जुनियर तथा सिनियर प्रतियोगितामा रेफ्रीका भूमिका पनि निर्वाह गरदै छन्। लक्ष्मण बस्नेत भने आइटीएफ तेक्वान्दोमा नेपाललाई पहिलोपटक अन्तर्रा्स्ट्रिय पदक भित्र्याउने खेलाडी
More

न्यायाधीशको संसदीय सुनुवाइ

व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस न्यायाधीश सपना प्रधान मल्ल बिहीबार संसदीय सुनुवाइमा सहभागी हुँदै । तस्बिर: रोशन सापकोटा
More

मन्त्री छान्न माओवादी केन्द्रले बनायो मापदण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक तथा समावेशी प्रतिनिधित्वका आधारमा नयाँ सरकारका मन्त्री छनोट गर्ने भएको छ । सो पार्टीको आज यहाँ बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड तयार पारेको हो । नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिरहेको र माओवादीमा समेत मन्त्रीको चाहना राख्ने आकाङ्क्षीहरु बढिरहेको कारण मापदण्ड बनाइएको माओवादीले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गर्नुभएको सन्दर्भमा माओवादीले मन्त्री छनोटको प्रक्रिया सुरु गरेको जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार सबै वर्ग, क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुने गरी योग्यता, क्षमता
More

संघीय गठबन्धन सरकारमा जाने संकेत

काठमाडौं । आन्दोलनरत संघीय गठबन्धन अब बन्ने माओवादी र कांगे्रसको सरकारमा जाने संकेत गरेको छ । तर उसले आफ्ना मुद्दा सम्बोधन गर्ने सर्तमा मात्र सरकारमा जाने संकेत गरेको हो । तर, त्यसभन्दा अघि उसले कांगे्रस र माओवादीसँग छलफल गर्ने सर्त अघि सारेको छ । गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आज बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिका सम्बन्धमा अहिले नै सरकारमा जाने निर्णय गर्ने बेला नभइसकेको हुनाले काँग्रेस र माओवादीसँग छलफल गरेर मात्र सरकारको विषयमा टुङ्गो लगाउने निर्णय भएको गठबन्धनका प्रवक्ता डा ओम गुरुङले जानकारी दिनुभयो । बैठकले गठबन्धनको माग र मुद्दा सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनलाई सशक्त बनाउनका
More

बेलायतमा गुल्मेलीहरुको समर बिबिक्यूको तयारी तीब्र

बृहत सहभागिताको अपेक्षा लन्डन – गुल्मी जिल्ला समाज युकेले हरेक वर्ष बेलायतमा आयोजना गर्दै आइरहेको बार्षिक समर भेटघाट तथा बार्बेक्यू कार्यक्रम यस पटक आगामी अगस्ट ७ तारिक आईतवार अल्डरसटको कनट स्कुल प्रांगणमा आयोजना हुने भएको छ । उक्त बृहत भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी सम्प्रेषण गर्दै समाजले अधिकतम सहभागिताका लागी बेलायतमा बस्ने सम्पूर्ण गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुमा आव्हान गरेको छ । समाजका सचिव तथा कार्यक्रम संयोजक बिर बलालका अनुसार कार्यक्रममा सांस्कृतिक तथा मनोरन्जनात्मक बिशिष्टता पस्किने गरी तयारी गरिएको छ । सांस्कृतिक मनोरंजनमा नेपालबाट आएका चर्चित कलाकारहरुको लोक प्रस्तुती संगै युरोपमै प्रसिद्दी कमाएको गुल्मेली नौमती बाजा, गुल्मेली झ्याउरे र
More

दुर्घटनामा पूर्वमन्त्रीसहित ९ को मृत्यु

धरान । धनकुटामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । धनकुटाको परेवादिन–५ को छिदुवा बजारनजिकै यात्रुबाहक बस दुर्घटना भएको हो । मृत्यु हुनेमा माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेको हरिराज खेवा राईसमेत रहेको बताइको छ । मृत्यु हुनेमा ३ जना पुरुष, ३ महिला र १ बालक रहेका छन् । दुर्घट्नामा परी २२ जना घाइते भएका छन् । गाडी करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ भने घाइतेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनकुटा जिल्ला अस्पतालमा भइरहेको छ । धनकुटाका प्रहरी प्रमुख एसपी विभुतिराज पाण्डको अनुसार तेह्रथुमको बसन्तपुरबाट धरानतर्फ गइरहेको बा २ ख ३३६६
More

केन्द्रीय कार्यालय निर्माणका लागि एनआरएनद्वारा बोलपत्र आह्वान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले केन्द्रीय कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । बालुवाटारमा रहेको आफ्नो जमिनमा पहिलो फेजको भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । विहीबारको कान्तिपुर दैनिकमा प्रकाशित बोलपत्र आह्वान अनुसार नेपाली निर्माण व्यवसायीले फिर्ता नहुने गरी दस हजार रुपैयाँ तिरेर बोलपत्र खरिद गर्न सक्नेछन् । १७ अगस्टसम्म कार्यालय समय भित्र बोलपत्र खरिद गर्न सकिने सूचनामा उल्लेख छ । विभिन्न १० बुदामा सर्तहरु राखेर प्रकाशित उक्त बोलपत्र १८ अगस्टसम्म एनआरएनको कार्यकारी निर्देशकसमक्ष आइपुग्नुपर्ने सर्तमा उल्लेख छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले झण्डै दुई वर्षअघि शिलान्यास गरेको झन्डै दुई वर्षपछि एनआरएनले भवन निर्माणका लागि
More

सरकार सञ्चालन योजना बनाउँदै प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीका रुपमा प्रस्तावित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्दा अबलम्बन गर्नुपर्ने नीतिका बारेमा पार्टीभित्र र बाहिरका व्यक्तिसँग परामर्श थालेका छन् । सत्ता गठबन्धनको प्रमुख साझेदार कांग्रेससँग प्रधानमन्त्री र अर्थमन्त्रीसहित आठ मन्त्रालय लिने समझदारी बनाएका प्रचण्डले विगतको समिक्षा गरी आगामी दिनमा अवलम्बन गर्नु पर्ने नीतिका बारेमा परामर्श थालेका हुन् । ‘अब सरकारमा जाँदा कस्तो नीति लिनुपर्छ, मलार्इ सल्लाह दिनुस्,’ प्रचण्डले केन्द्रीय सचिवालयका नेताहरुसँग बुधबारको बैठकमा भने । तर नेताहरुको सुझाव सुन्न नपाउँदै प्रचण्ड अर्को बैठकमा जानु पर्ने हतारमा रहेका कारण बिहीबार बिहान बैठक बोलाइएको छ। संविधान कार्यन्वयनका लागि चैतसम्म स्थानीय निकायको निर्वाचन गराइसक्नुपर्ने, तराई मधेसका
More