Daily Archives July 29, 2016

नेपाली फुटबल हेर्न शेष घले डेनमार्कमा 
हिमालयन फुटबल क्लबलाई तेस्रो पटक उपाधि



क्लबलाई तेस्रो पटक उपाधि

नेपाली जनसम्पर्क समिति डेनमार्कले नेपालीभाषी युवाहरूबीच देशव्यापी फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । 
झन्डै चारहजार नेपाली बसोबास गर्ने डेनमार्कको राजधानी कोपेनहेगनको उत्तरपश्चिम क्षेत्रमा आयोजित उक्त प्रतियोगितामा नेपाली र भूटानी मूलका नेपाली युवाहरू सम्मिलित आठ वटा क्लबले सहभागिता जनाएका थिए । 

भोलिबाट कोपेनहेगनमैं सुरु हुने एनआरएन युरोपको क्षेत्रीय भेलामा सहभागी हुन आएका सयौ प्रतिनिधिसमेत आजको फुटबल हेर्न जम्मा भएका थिए । एनआरएन केन्द्र र युरोपका अधिकांश पदाधिकारीले चाखपूर्वक फुटबल खेल अवलोकन गरे । 

खेलको अन्त्यमा पुरस्कार वितरण समारोहको सभापतित्व जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवीन आचार्यले गरेका थिए भने एनआरएन अध्यक्ष शेष घलेले विजयी खेलाड़ीलाई प्रमाणपत्र र मेडल प्रदान
More

एनआरएनमय बन्यो कोपेनहेगन महतोदेखि घलेसम्म सबै उपस्थित

एनआरएन युरोपको नवौं क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा डेनमार्कको राजधानी कोपेनहेगन एनआरएनका अभियन्ताहरूले भरिएको छ । अध्यक्ष शेष घलेदेखि दुबै उपाध्यक्ष, महासचिब, सचिब, महिला संयोजक, युरोप संयोजक, आइसीसी सल्लाहकार, आइसीसी सदस्य, एनसीसी अध्यक्षहरू र युरोपभरका प्रतिनिधिहरू कोपेन्हेगन उत्रिरिएका हुन् । यसै गरी एनआरएनका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक जिबा लामिछाने, पूर्व अध्यक्ष उपेन्द्र महतो, पूर्व प्रमुख संरक्षक एवं एनआरएन नेता राम थापा , पत्रकारहरू एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरू पनि आजै कोपेनहेगन आईसकेका छन् । कोपेनहेगन विमानस्थलनजिकैको हिल्टन होटलमा ३०-३१ तारिखमा सम्पन्न हुने उक्त बृहत् भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक कमिटीका सदस्य सोम सापकोटाले बताए । उपाध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त,
More

भोटो देखाउँदै

ललितपुरको जावलाखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथवाट भोटो देखाउँदै ।
More

मधेसी मोर्चा सरकारमा सहभागी हुँदैन”

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी समुदायका माग पूरा नभएसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताउनुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा अध्यक्ष महतोले भन्नुभयो, “अहिले मधेसी मोर्चा सरकारमासहभागी हुने सम्भावना छैन, संविधान संशोधन गर्ने र मधेसी समुदायको माग पूरा गर्ने सहमति भएको खण्डमा बाहिरबाटै अब बन्ने सरकारलाई सहयोग गर्न सकिन्छ ।” सरकार निर्माणबारे नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सात बुँदे सहमतिमा मधेसी मोर्चा सकारात्मक हुँदाहुँदै कार्यान्वयनमा शङ्का उत्पन्न भएको अध्यक्ष महतोको भनाइ छ ।
More

एनआरएन यूरोप बैठक कोपेनहेगेनमा सुरु

डेनमार्क । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय बैठक डेनमार्कको कोपेनहेगनमा आज शनिबारदेखि सुरु हुँदैछ ।  यूरोपका नेपालीको अभियान, लगानी, पुनर्निर्माण र पर्यटन नाराका साथ सुरु भएको उक्त सम्मेलनमा डेलिगेड्स आउने क्रम जारी रहेको एनआरएन यूरोप पूर्व सहसंयोजक सोम सापकोटाले जानकारी दिए । कोपनहेगनस्थित हिल्टन होटलमा सम्मेलन हुँदैछ । सहसंयोजक सापकोटाका अनुसार बैठकमा सहभागी हुने सम्पूर्ण डेलिगेट्सहरु आइसकेका छन् । प्रतिनिधिलाई हिलटन होटलमा राखिएको छ ।  बैठकमा गैरआवासीय नेपाली संघका, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पत्न र भवन भट्ट, संस्थापक नेताहरु रामप्रताप थापा, चिरञ्जीवी ढकाललगायत यूरोपस्थित २७ देशको राष्ट्रिय
More

नेपाल डे फेस्टिभलमा खिं बाजा

टोकियो-आउँदो अगस्त ६ र ७ का दिन टोकियोको योयोगि पार्कमा हुने नेपाल डे फेस्टिभलमा पोखराका प्रकाश लाल श्रेष्ठज्युले खिं बाजा बजाउने भएको छ । श्रेष्ठज्युले नेवा: खल -अर्घौं बजार पोखरा बाट खिं बाजा र गाइजात्रामा नचाउने तायमचा नाच सिकी नेपालमा छँदा हरेक वर्ष गाईजात्राको सांस्कृतिक कार्यक्रममा सक्रिय रुपमा सहभागि हुनु भएको कुराको जानकारी दिनु भयो । हाम्रो कला संस्कृति लाई प्रोत्साहन दिन उहाँ जस्तै कलाकारलाई खिं बाजा बजाउन स्थान दिनु भएकोमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापान लाई धन्यवाद दिनु भएको छ । हाम्रो सांस्कृतिक परम्परालाई बचाई राख्न पोखरामा नेवा: खल -अर्घौं बजारमा बिभिन्न नेवार बाजाहरु र गाईजात्रामा नाच्ने तायमचा नाच सिकाउन्दै
More

लेखक संघको अध्यक्षमा श्रवण मुकारुङ

काठमाडौं । नेपाली लेखक संघको केन्द्रीय कार्यसमितिको बिहीबार राजधानीमा सम्पन्न आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष कवि श्रवण मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । वैशाख १८ र १९ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशनबाट संघको केन्द्रीय अध्यक्षमा निर्वाचित डा. नवराज लम्सालले तीन महिना नपुग्दै पदबाट राजीनामा दिएपछि विधानअनुसार वरिष्ठ उपाध्यक्ष मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरिएको कुरा संघले जनाएको छ ।
More

बस दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुग्यो

धनकुटा । धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको हो । सङ्खुवासभाको मुढेसनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नं बस ब्रेक फेल भएर सिधुवामा दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका एक र उपचारका क्रममा मृत्यु भएका एक गरी दुई पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका २९ जनाको धरान र पाँच जनाको विराटनगरमा उपचार
More

बाढी र पहिरोका कारण ७५ को मृत्यु

काठमाडौँ । गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ । मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा सात, बागलुङमा छ, पाल्पा र रोल्पामा चार चार, मकवानपुरमा तीन, अर्घाखाँची, झापा र रूपन्देहीमा दुई दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत, उदयपुर, दाङ, कपिलवस्तु, बारा र सप्तरीमा एक एक जनाको मृत्यु भएको छ । प्राकृतिक विपद्मै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बागलुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रूपन्देहीमा एक एक जना घाइते भएका छन् । यसैगरी प्युठानमा चार,
More

नेपालीका कति शव विदेशमा अलपत्र?

काठमाडौं । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा असारमा मात्र २३ लास विदेशबाट मगाइदिन निवेदन परेको छ। तीमध्ये सबैभन्दा बढी साउदी अरेबियाको रियादबाट ११ लास ल्याइदिन आफन्तले निवेदन दिएका छन्। ‘निवेदन पर्नासाथ सम्बन्धित मुलुकका हाम्रा दूतावासमा स्क्यानिङ गरेर पठाइदिन्छौँ, त्यहाँबाटै सबै प्रक्रिया अघि बढ्छ,’ विभागका महानिर्देशक गणेश ढकालले भने। उनका अनुसार मृतकको विस्तृत विवरणका आधारमा नियोगले सम्बन्धित कम्पनी वा मृतकको ठेगानामा सम्पर्क गरेर शव ल्याउने प्रक्रिया सुरु गर्छ। असारमा मात्रै २३ शव ल्याउन निवेदन परराष्ट्र मन्त्रालयको कन्सुलर विभागको तथ्यांकअनुसार असारमा २३ शव ल्याइदिन निवेदन परेको छ। रियादबाट ११, मलेसियाबाट पाँच, दक्षिण कोरिया, कतार र अबुधाबीबाट दुई–दुई र कुवेतबाट एउटा शव ल्याइदिन निवेदन
More