Daily Archives July 30, 2016

घाइते देवनारायण उपचारका लागि काठमाडौंमा

काठमाडौं । सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दशगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते हुनुभएका पूर्व जिविस सदस्य देवनारायण यादवलाई उपचारका लागि आज काठमाडौँ ल्याइएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा यादवलाई स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अभियानको पहलमा विराटनगरबाट विमानमा यादवलाई काठमाडौँ ल्याइएको अभियानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यादवलाई आवश्यक उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौँमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने अभियानका सदस्य राजेश राईले जानकारी दिनुभयो । घाइते यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।
More

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न र त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दलहरुलाई दिनुभएको समयसीमा भोलि आइतबार सकिन लागेको अवस्थामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो । राष्ट्रिय एजेन्डामा मिलेर अगाडि जाने अवस्था रहेको भए पनि तत्काल आफ्नो पार्टी सरकारमा सहभागी हुने सम्भावना कम रहेको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी
More

स्वास्थ्य क्षेत्र सुधारका लागि प्रदर्शन

स्वास्थ्य क्षेत्र सुधारको विभिन्न माग राख्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रामा सहभागी हुँदै आफ्ना समर्थकसहित डा गोबिन्द केसी । तस्बिर: प्रदीपराज वन्त
More

बेरोजगार भत्ता खाने पर्यटनदूत !

सनफ्रास्सिस्को । अमेरिकाको क्यालिफोनिया राज्यको सान फ्रान्सिस्को सहरमा बेरोजगार भत्ता खाने व्यक्तिलाई पर्यटन दूत नियुक्ति गरेर एमाले सरकारले आफ्नो असली अनुहार विदेशी सामु झल्काएको छ । पर्यटन बोर्डको नियमावलीअनुसार पर्यटन दूत बन्नका लागि कम्तीमा अमेरिकामा बसोबास गरेको ठाउँमा घर, सानोतिनो व्यवसाय र समाजमा सम्मानित योगदान दिएको विवादितरहित व्यक्तिलाई पर्यटनदूत नियुक्ति गर्नुपर्छ । तर एमाले सरकारले यो नियमावलीले धोती लगाइदिएर एलसेरिटो सहरमा डेरामा बसोबास गर्ने कम आय भएर भत्ता खाइरहेको बेरोजगार धनप्रसाद दवाडी र उनकी श्रीमती द्यनु दवाडीलाई पर्यटनदूत नियुक्त गरेको छ । धनप्रसाद बेरोजगार हुन् भने उनी श्रीमती बच्चा हेर्ने काम गर्छिन् । नर्दन क्यालिफोनिया कम्युनिटी सेन्टर निर्माणका लागि पहिले
More

लामाको फैसलाको लागी सोमवार जुरी बस्ने

लन्डन । सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्दामाथिको फैसला लम्बिने भएको छ। गत मंगलवार ओल्ड बेली फौज्दारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्सीय जुरीमा सात हप्ता लामो सुनुवाइ सकिएपछि अन्तिम फैसला आउने अपेक्षा गरिएको थियो। तर मंगलवारदेखि लगातार बसेको जुरी कुनै पनि निश्कर्षमा पुग्न नसक्दा फैसला ढिलाइ भएको हो। गत मंगलवार ओल्ड बेली फौज्दारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्सीय जुरीमा सात हप्ता लामो सुनुवाइ सकिएपछि अन्तिम फैसला आउने अपेक्षा गरिएको थियो। तर मंगलवारदेखि लगातार बसेको जुरी कुनै पनि निश्कर्षमा पुग्न नसक्दा फैसला ढिलाइ भएको हो। स्रोतका अनुसार लामा हरेक दिन
More

नेपालमा राजनीतिक भूकम्प खतरनाक छ- डा उपेन्द्र महतो

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले देशको समग्र विकासमा प्राकृतिक भूकम्पजस्तै राजनीतिक भूकम्प ठूलो बाधक भएको बताउनुभएको छ । एनआरएन नवौं क्षेत्रीय भेला तथा सातौं महिला सम्मलेनलाई कोपेनहेगनमा संबोधन गर्दै महतोले एनआरएन गतिविधि देशलाई बनाउन सुरु भएकाले देश नबन्दासम्म यो गतिविधि नरोकिने बताउनुभयो । सानामसिना असमझदारी र असहमतिहरूलाई पञ्छाएर लक्षप्राप्ति का निम्ति एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । देशलाई दोस्रो पुस्ताले नबिर्सिउन भन्नका निम्ति नेपालमा भएको घर बेचेर विदेश नल्याउन उहाँले आग्रह गर्नुभयो ।
More

एनआरएन नवौं युरोप क्षेत्रिय बैठक सुरु

डेनमार्क । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय बैठक डेनमार्कको कोपेनहेगनमा आज शनिवार सुरु भएको छ। यूरोपका नेपालीको अभियान, लगानी, पुनर्निर्माण र पर्यटन नाराका साथ सुरु भएको सम्मेलनको डेनमार्कका लागि कार्यवाहक राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने र नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले संयूक्तरुपमा गरे । उद्धघाटनसत्रमा सँघका बिभिन्न बक्ताहरुले शुभकामना दिनेक्रम जारी छ । — डेलिगेड्स आउने क्रम जारी रहेको एनआरएन यूरोप पूर्व सहसंयोजक सोम सापकोटाले जानकारी दिए । कोपनहेगनस्थित हिल्टन होटलमा सम्मेलन हुँदैछ । सहसंयोजक सापकोटाका अनुसार बैठकमा सहभागी हुने सम्पूर्ण डेलिगेट्सहरु आइसकेका छन् । प्रतिनिधिलाई
More

नेपालको एक इन्च जमिन मिच्न दिँदैनौं

काठमाडौं । ‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं, दशगजामा नदीको बहाब थुन्ने गरि कुनै पनि हालतमा बाध बनाउन दिँदैनौ’ बिहीबार नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत सप्तरीको तिलाठीमा उपस्थित सयौं नेपालीले यही नारा दोहर्‍याइरहेका थिए । बालकदेखि वृद्धसम्म नेपाली भूमीको रक्षाका लागि चार घण्टासम्म भारतीयसित लडिरहे । भारतीयहरु बाँसका भाटा लिएर आक्रमण गर्न थालेपछि नेपाली पनि त्यही भूमिकामा उत्रिए ।चार घण्टासम्म निरन्तर संघर्ष चल्यो दुईपक्षबीच । आखिर नेपालीले आफ्नो भूमी जोगाई छाडे । दसगजा मिचेर भारतीयले बनाउन सुरु गरेको बाँध भत्काए । सो क्रममा पूर्व जिविस सदस्य देवनारायण यादव सहित केही नेपाली घाइते भए । ‘भारतीयलाई नेपाली अस्मितामाथि प्रहार
More

मधेसी मोर्चा ‘लेनदेन प्रष्ट भए’ सरकारमा आउने !

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले उठाएका प्रमुख मागमा नयाँ सत्ता गठबनधन दल प्रष्ट भए मात्र सरकारमा सहभागी हुन सक्ने स्पष्ट पारेको छ। शुक्रबार बसेको मोर्चाको बैठकले अब बन्ने सरकारलाई सहयोग गर्न पहलिे कांग्रेस–माओवादी प्रस्ट हुनु पर्ने सर्त अघि सारेको छ। कांग्रेस माओवादी गठबन्धनले मधेसलगायत समस्या समाधानमा गम्भीरता देखाए अब बन्ने सरकारको पक्षमा मतदान गर्ने र सीमाकंन विषयमा संविधान संशोधन हुने सम्भावना देखिए सरकारमा जाने मोर्चाको अडान छ। राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता केशव झाका अनुसार बैठकमा मोर्चाले निर्णय गर्नेभन्दा पनि कांग्रेस माओवादीका रबैया हेर्नुपर्ने अधिकांश नेताको जोड थियो। संघीय गठबन्धनको ठूलो दल संघीय समाजवादी फोरमका अध्यष उपेन्द्र यादव
More