Daily Archives August 1, 2016

प्रधानमन्त्रीका प्रतिस्पर्धी

व्यवस्थापिका संसदको सोमबार बसेको बैठक सुरुपछि ३० मिनेटका लागि स्थगित भएपछि छलफल गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख सुवास नेम्बाङ । उहाँहरु दुवै प्रधानमन्त्रीका प्रतिस्पर्धी हुनुहुन्छ । तस्बिर : रत्न श्रेष्ठ
More

नयाँ धरहराको लागत ३ अर्ब रुपैयाँ

काठमाडौं । वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ । अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज यहाँ भएको कार्यक्रममा धरहराको प्राविधिक प्रस्तावलाई सार्वजनिक गरियो । रु तीन अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको सो प्रस्ताव अनुसार अब धरहरा क्षेत्रमा अहिले रहेको गोश्वारा हुलाक र टक्सार कार्यालय समेत गाभिनेछ । उक्त प्रस्ताव तयार पार्नुहुने वास्तुकार विष्णु पन्थीले पुरानो धरहराकै स्वरुपमा नयाँ धरहरा निर्माण गरिने बताउनुभयो । भित्री भागमा केही व्यापारिक केन्द्र हुने
More

एमालेबाट नेम्बाङ प्रमका उम्मेदवार

काठमाडौं । नेकपा(एमाले) का नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वाभाविक रुपमा उपनेतालाई अघि सारिने बताउनुभयो । सभापति अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि कार्यसूचीमा प्रमुख राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयनका लागि डेढ वर्षभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता प्रभु साहले मुलुकलाई सही दिशाबोध गर्न र आन्दोलनरत मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न पनि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार सफल
More

महाधिवेशनमा सघाउन नेविसङ्घ अध्यक्ष कर्णको आग्रह

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले महाधिवेशनलाई सघाउन अनशनरत विद्यार्थीसँग आग्रह गर्नुभएको छ । विगत तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बस्नुभएका नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुङ्गेललाई भेटी महाधिवेशनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । असन्तुष्ट पक्षको मागलाई वार्ता र संवादबाट टुङ्ग्याउन सकिने भन्दै उहाँले समयमै महाधिवेशन गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । नेविसङ्घको ११ केन्द्रीय महाधिवेशन आगामी साउन २३ देखि काठमाडौँमा हुँदैछ । यसका लागि हल र होटल बुकिङका काम भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।
More

बहुमतीय आधारमा प्रम चयन गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गर्नुभएको छ । सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको हो । नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले पत्र पठाउनुभएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले यही साउन १० गते प्रमुख दललाई सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आग्रह गर्नुभएको थियो । उहाँले दिनुभएको समयसीमा आइतबार
More

सर्वोच्च अदालतका न्यायाधीशद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका नवनियुक्त ११ जना न्यायाधीशलाई पदभार ग्रहण गराउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पदभार ग्रहण गराउनुभयो । नियुक्ति भएका न्यायाधीशहरुले आ–आफ्नो काम सुरु गर्नुभएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले बताउनुभयो । नवनियुक्ति ११ जना न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान रहनुभएको छ । उहाँहरुले आजै पदभार ग्रहण गर्नुभएको छ ।
More

प्रस्तावित राजदूतको एग्रिमो अगाडि नबढाउन निर्देशन

काठमाडौं ।  संसदीय सुनुवाइ विशेष समितिले समितिको सुनुवाइ प्रक्रिया नटुङ्गिएसम्म प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयलाई अगाडि नबढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा समितिको आज बसेको बैठकले समितिबाट प्रस्तावित राजदूतको नाम अनुमोदन नहुँदै मन्त्रिपरिषद्ले प्रस्तावित राजदूतहरुको एग्रिमो अगाडि बढाउने निर्णयले यस समितिको कार्यक्षेत्रलाई सरकारले गम्भीरताका साथ नलिएको ठहरसमेत गरेको छ । मन्त्रिपरिषद्को बैठकले २०७३ जेठ २६ गतेको संसदीय सुनुवाइ विशेष समिति गठन नभएको, नियमावलीसमेत नबनिसकेको, एग्रिमो आउन समय लाग्ने भन्दै परराष्ट्र मन्त्रालयको सिफारिसअनुसार प्रस्तावित राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित देशमा लेखी पठाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को २०७३ वैशाख ७ गतेको बैठकले
More

राजदूत सिफारिस पहिलो मन्त्रिपरिषद् बैठकबाटै फिर्ता हुने

काठमाडौ । खड्गप्रसाद ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि सत्तारुढ दलहरूको भागबन्डाका आधारमा सिफारिस गरेका राजदूतहरूको नाम नयाँ सरकारले फिर्ता लिने लगभग निश्चित भएको छ । यसका लागि नेपाली कांग्रेस र माओवादीबीच प्रारम्भिक सहमति भइसकेको बुझिएको छ । निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्रीको निर्वाचन भयो भने  नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केही मन्त्रीहरूले २० गते सपथग्रहण गर्नेछन् भने २१ गते शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठक बस्नेछ । त्यही पहिलो बैठकले तत्कालीन सत्तारुढ दलहरूले भागबन्डा गरी सिफारिस गरेका राजदूतको नाम फिर्ता लिने बुझिएको छ । चीन, बेल्जियम, जर्मनी, बंगलादेश, जापान, बेलायत, कतार, साउदी अरेबियालगायतका २२ देशका लागि सिफरिस गरेको राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया
More

गच्छदार सरकारमा नगइ नछाड्ने

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा सहभागी हुने प्रस्ट पारेका छन् । फोरम लोकतान्त्रिकको सातौं स्थापना दिवसका अवसमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । ‘हामी दिल खुस बनाएर नयाँ सरकामा जान्छौं’ गच्छदारले भने । आफूहरुलाई सरकारमा जानबाट मधेसी मोर्चाका केही नेताले रोक्ने प्रयास गरिरहेको भन्दै उनले त्यस्तो दुष्प्रयास नगर्न चेतावनी दिए । ‘तपाइहरुले रोक्न सक्नुहुन्छ भने रोक्नुहोस्, तर हामी सरकारमा जान्छौ-जान्छौं ।’ – राजधानीबाट
More

‘लोकमानलाई महाअभियोग’ संसदको कार्यसूचीमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअधियोग लगाउनु पर्ने लगायतको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा छलफल हुने भएको छ । कार्कीमाथि महाअभियोग लगाउनु पर्ने लगायत प्राध्यापक डा. गोविन्द केसीले उठाएका मागबारे छलफल अघि बढाउन माग राख्दै दुई साताअघि सांसदहरु गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए। सभामुख ओनसरी घर्तीले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका प्रमुख सचेतकहरु र प्रस्ताव पेस गर्ने सांसदहरुसँग आइतबार परामर्श गरेपछि उक्त प्रस्ताव संसदको कार्यसूचीमा राखेर छलफल अघि बढाउने निर्णय गरेकी हुन्। प्रमुख दलका मुख्य नेताहरुले नै प्रस्तावमाथि छलफल अघि नबढाउन दबाब
More