Daily Archives August 2, 2016

एनआरएनमा चुनाव लागि सक्यो — पूर्व प्रबक्ता डा. शर्मा

लन्डन । गैरआवासीय नेपाली संघ सन् २०१७ को अक्टोवर महिनामा हुने नयाँ नेतृत्वको चुनावी सरगर्मी सुरु भैसकेको खुलासा भएको छ । गैरआवासीय नेपाली सँघका पूर्व प्रबक्ता डा. हेमराज शर्माले आइतवार सम्पन्न यूरोप बैठकको समिक्षा गर्दै आफ्नो फेसबुक टाइमलाइन मार्फत उक्त खुलासा गरेका हुन् । उनले भने ‘सन् २०१७ को अक्टोबरमा हुने चुनावको चहल पहल अहिले देखि नै देखिनु राम्रो होईन’। उनले आफ्नो टाइमलाइनका थोरै चुनावी चर्चा गरेता पनि बैठक सम्मेलन स्थलमा अगामी अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त र भवन भट्टले आआफ्नो चुनाव रणनीतिमा लागेका थिए । सोही बैठकमा उनीहरुले वर्तमान अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो
More

ढकाल र गुरुङ कोपनहेगनमा सम्मानित

लण्डन । गैरआवासीय नेपाली सँघको अभियानमा लामो सयम देखी सकृय एनआरएन अभियान्तहरु सम्मानित भएका छन् । गैरआवासीय नेपाली सँघलाई बिशिष्ट योगदान पुराए वापत सम्मानित हुनेमा एनआरएन संस्थापक सचिब चिरन्जीबी ढकाल, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ र बेल्जियका रवीन्द्रमान श्रेष्ठ छन् । उनीहरु शनिवार एनआरएन यूरोप सम्मेलनमा आयोजित एक कार्यक्रममा सम्मानित भएका हुन् । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र यूरोप संयोजक कुल आचार्यले कदरपत्र प्रदान गरि सम्मान गरे । सम्मानित हुने ढकाल गैरआवासीय नेपाली सँघका संस्थापक मध्यका एक हुन् । उनी गैरआवासीय नेपाली सँघ युरोपको पहिलो संयोजक हुन् । ढकालकै कार्यकाल देखी गैरआवासीय नेपाली संघ यूरोप बैठक बस्दै
More

प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्ता गराउनुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

दाहालको पक्षमा ३५८ सांसद

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३५८ सांसदको समर्थन प्राप्त गर्नुहुने निश्चित भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार आजको निर्धारित समयमा प्रधानमन्त्रीमा अध्यक्ष दाहालको मात्र उम्मेदवारी परेको छ । सचिवालयका अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहनुभएको छ भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका छन् । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईकेलका अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल
More

नेविसंघको सिपाही हुँ

कौशिला भट्ट, नेतृ नेविसंघ नेपाल विद्यार्थी संघको अधिवेशन आउन अब एक साता पनि बाँकी छैन । अधिवेशन केवल नेतृत्व चयनमा मात्र सीमित नभएर त्यहाँ संगठनको भावी नीति कस्तो हुनेबारे पनि व्यापक छलफल हुनुपर्ने पद्मकन्या क्याम्पसकी विद्यार्थी नेतृ कौशिला भट्ट बताउँछिन् । परिवर्तित समयसँगै अब नेविसंघले पनि आफ्ना नीतिहरूमा परिवर्तन गर्दै सबै विद्यार्थीहरूको लोकप्रिय संगठन बनाउन अधिवेशन सफल हुने उनको विश्वास छ । नेविसंघको आसन्न महाधिवेशनबारे खगेन्द्र भण्डारीले गरेको कुराकानी ः ० नेविसंघको महाधिवेशन तोकिएकै समयमा हुन्छ त ? – पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन समयमै हुनै पर्छ भनेर भन्दै आउनुभएको छ । अब अधिवेशन हुन्छ भन्नेमा म विश्वस्त छु ।
More

थसेस जापानद्धारा वार्वेक्यु

टोकियो । गत आईतबारका दिनमा टोक्योको सिन्किवा स्थित तोरिचु युमेनो सिमा कोएन नामक हरियालि मनोरम दृष्यालोवकन संगै समुन्द्रको किनार स्थित पार्कमा करिवन ४०० जनाको बिशाल नेपालीहरुको माझमा बृहत रुपमा धुमधामका साथ वार्वेक्यू (बनभोज) कार्यक्रम सम्पन्न भएको छ । यस वार्वेक्यु कार्यक्रम थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष आयोजना हुने २५ औं संस्करणको बार्बेक्यू (बनभोज) कार्यक्रम हो । केहि दिन अघि मात्र जापान आउनु भएका जापानका लागि नेपाली दुतावासका कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कार्यक्रमको अन्य अतिथिहरुमा दुतावासकै द्धितिय सचिव टोपनारायण गिरि, दुतावास प्रतिनिधि रेवन्त केसी, एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, वर्तमान अध्यक्ष सुदन थापा, जनजाति
More

कर्णेल लामालाई एउटा मुद्दामा सफाइ

श्रावण १७, २०७३- नेपाली सेनाका कर्णेल कुमार लामाले आफूविरुद्ध बेलायतमा लगाइएको यातना सम्वन्धि दुई मध्ये एउटा मुद्दामा सफाइ पाएका छन् । सरकार माओवादी सशस्त्र द्वन्द्वताका सैनिक व्यारेकमा थुनामा रहँदा लामाले आफूलाई चरम यातना दिएको भन्दै बन्दी करम हुसेनले मुद्दा दायर गरेका थिए । सोमबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा जस्टिस स्वीनीको इजलासले हुसेनको मुद्दामा सफाइ दिएको हो । तर, अर्का बन्दी जनकबहादुर राउतको लामाविरुद्धको यातना सम्वन्धि मुद्दामा भने १२ सदस्यीय जुरी सोमबारसम्म टुंगोमा पुग्न नसकेपछि आगामी सेप्टेम्बर पहिलो साता पुन: इजलास बस्ने गरि स्थगित भएको श्रोतले जानकारी दिएको छ । जुरीबीच १०, २ वा ११, १ को
More

तीन शक्तिबीच तीनबुँदे सहमति

काठमाडौं । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संयुक्त बैठकले मोर्चाले उठाउँदै आएका मागको तत्काल सम्बोधन गर्ने, संविधान संशोधन सहमतिका आधारमा गर्ने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने विषयमा निर्णय गरेको काँग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो । तीन पक्षका बीचमा भएको सहमति केही बेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
More