Daily Archives August 4, 2016

यूरोपबाट मैनालीको बिझाउँने काँडा सार्बजनिक (भिडियो)

बार्सिलोना। स्पेन निबासी नबोदित गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा” को भिडियो सार्बंजनिक गरेका छन्। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्पेनको प्रस्तुतिको रुपमा गायक मैनालीको भिडियो सार्बजनिक भएको हो। मैनालीको बियोगान्त गीतको भिडियोलाई सन्जय बिक्रम शाहले निर्देशन र बिकास राईले सम्पादन गरेका छन्। प्रबिण प्रसाईको संगीत र रोजी लाबुङ् राईको रचनामा रहेको गीत लोकप्रिय हुनेमा गायक मैनाली आशाबादी देखिएका छन्। भिडियोमा स्थानीय कलाकारहरु सुरज मैनाली,सुस्मिता कडेल,भोला लामिछाने,अर्जुन शर्मा,कबिता भट्टराई,स्तुति कटवाल लगायतले अभियन गरेका छन्। गायक मैनालीले प्रबासमा रहेर गीत रेकर्ड गर्दै भिडियो निकाल्न निकै कठिन हुने बताएका छन्। उनले भने,”हामी सबैको मेहनतले भिडियो तयार गरेका छौ,आशा छ सबैको
More

‘जङ्गबहादुरको बेलायत यात्रा बारे गोष्ठी सम्पन्न

– कोमल मल्ल काठमाडौँ नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापित भएको २०० वर्ष पुगेको सन्दर्भमा ‘जङ्गबहादुरको बेलायत यात्रा’मा आधारित रहेर यसले नेपालमा पारेको साहित्यिक,सामाजिक, कूटनीतिक साहित्यिक,सामाजिक,कूटनीतिक आदि प्रभावबारे नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली साहित्य विकास परिषद्,नेपाल च्याप्टरको आयोजनामा समीक्षात्मक विचार गोष्ठी सम्पन्न भयो । नेपाल बेलायत दौत्य सम्बन्ध उजागर गर्ने सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ तथा इतिहासकार ज्ञान मणि नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए । आफ्नो कार्यपत्रमा इतिहासकार नेपालले बेलायत यात्राका क्रममा जङ्गबहादुर स्वयम् र बेलायतवासीमा परेको प्रभावको विशद् व्याख्यान गरे । कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा प्राध्यापक जयराज आचार्यले जङ्गबहादुर राणाको बेलायत यात्राले शिक्षा, साहित्य, कानुन र सञ्चारमा पारेका प्रभावहरू बारे उल्लेख गरे
More

दाहाल सरकारको डुंगा चढ्न मुसाहरुको ताँती

काठमाडौं । नेपालको सत्ता राजनीतिमा त्यस्ता केही माहिर खेलाडी छन् जसलाई जुनसुकै सरकार आए पनि फरक पर्दैन । राजनीतिक निष्ठा र आस्थाभन्दा पनि पहुँच र पदमा पुग्नका लागि जुनकुनै गठबन्धन बनाउन क्रियाशीलहरु फेरि सक्रिय भएका छन् । यो उनीहरुको स्वभाव मात्र नभए चरित्र नै बनेको छ । त्यस मध्येका पहिलो पात्र हुन् विजयकुमार गच्छदार । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारको पार्टीका जम्मा १४ सांसद् छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री तथा भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका गच्छदारले प्रधानमन्त्री फेरिने सुइको पाए लगत्तै ओलीलाई दिएको समर्थन अन्तिम अवस्थामा फिर्ता लिएका थिए । उनको पार्टीले
More

नेविसङ्घमा १६ जना अध्यक्षका दाबेदार

काठमाडौं । आइतबारदेखि काठमाडाँैमा सुरु हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ११आँै राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्षका आकाङ्क्षी देखिएका छन् । नौ वर्षपछि हुन थालेको नेविसङ्घको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, दीपक भट्टराई र जितजङ्ग बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसैगरी सरोज थापा, नीलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, रत्न कार्की, राजीव ढुङ्गाना, क्षितिज भण्डारी, लक्ष्मण आचार्य, अमृत पन्थी र दीपक भण्डारी पनि आकाङ्क्षी देखिनुभएको छ । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले धेरै वर्ष महाधिवेशन र स्ववियु निर्वाचन नभएका कारणले अध्यक्षको आकाङ्क्षी धेरै देखिएको बताउनुभयो । विसं २०६४ यता नेविसङ्घको महाधिवेशन हुन
More

उड्दाउड्दै विमानको इन्जिन बन्द भएपछि…

हुम्ला । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज अपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ । सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३ः३० बजे उडेको करिब पाँच मिनेटमै विमानको इन्जिन एक्कासी बन्द हुँदा सुरक्षित अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । “एघार हजार ५०० फिटको उचाइमा रहेको विमानको एक्कासि इन्जिन बन्द भयो, पुनः स्टार्ट गर्न खोज्यौँ भएन, त्यसपछि सुर्खेत पुग्न पनि टाइम लाग्ने र हुम्ला फर्कन पनि नसक्ने अवस्था आएपछि विमानलाई कर्णाली नदीमा सुरक्षित अवरण गर्न खोज्दा दुर्घटना भयो” पाइलट साङ्गे लामाको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले राससलाई जानकारी दिनुभयो
More

प्रम दाहाल शपथ ग्रहण

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै ।
More

प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नवनिर्वाचित प्रधानमन्त्री दाहालले देश र जनताका नाममा शपथ लिनुभएको थियो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश सुशीला कार्की,सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति एवम् मन्त्रीहरु, संवैैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी व्यवसायीलगायत उपस्थित हुनुहुन्थ्यो । शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री दाहालको सम्मानमा
More

डेनमार्कमा नेपथ्य प्रस्तुत

कोपेनहेगन । नेपालको प्रख्यात लोकरक ब्याण्ड नेपथ्यले यसपालाको आफ्नो युरोप भ्रमणको दोश्रो र अन्तिम प्रस्तुती कोपेनहेगनमा भब्यताका साथ सम्पन्न गरेको छ । प्रविधिको सहयोग र उल्लेख्य दर्शक पाएर यहाँस्थित आमाबियोमा आयोजित कन्सर्टमा स्टेज र दर्शक घेरा अन्तिमसम्म एकापसमा रमाएको थियो । नेपालसँग जोडिएका डेनमार्कका थोरै वासिन्दा र यहाँ बसोबास गर्दैआएका नेपाली दर्शकहरुले हल भरिभराउ देखिन्थ्यो । ‘कस्तो सकारात्मक उर्जाको प्रवाह, ब्याण्ड र दर्शक बिचको सम्बन्ध गज्जबको थियो’ सन् २००१ देखि चार वर्षसम्म नेपालस्थित डेनमार्कको दुतावासमा ‘चिफ अफ मिशन’ रहेका गर्ट मेनिकीले भने । उनी साथी र परिवारको राम्रै उपस्थितीका साथ कन्सर्टमा आएका थिए । पछिल्लो समय नेपाली विद्यार्थीका माझ डेनमार्क
More

बेलायतबासी पोखरेली संगठित हुदैं

लण्डन । नेपालको पोखराबाट काम तथा अन्य व्यापारिक सिलसिलामा युके आई बसोवास गरेका नेपालीहरुलाई एकत्रित गर्ने, एकता, भाइचाराको विकास गर्ने र नेपालमा आवश्यक मानवीय सहयोग गर्ने उद्धेश्यले खोलिएको पोखरेली मञ्च युकेले विविध कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा २४ जुलाई आइतबार पोखरेली मन्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले मंन्चका संस्थापक अध्यक्ष रिटायर्ड क्याप्टेन चन्द्रबहादुर पुनलाई आजीवन सदस्य बनार्इ पोखरेली मन्च युकेको संगठनमा आजीवन सदस्यको खाता खोलेको घोषणा गरेका छन् । उक्त कार्यबाट पोखरेली मञ्च युकेप्रति बेलायतमा बसोबास गर्ने पोखरेली जनसमुदायको सकारात्मक सन्देश गएको अध्यक्ष मानप्रसाद गुरुङले बताए । पुनलार्इ अाजीवन सदस्यता दिएलगतै पोखरेली मञ्च युकेका संरक्षक सल्लाहकार नन्दकुमारी गुरुङ, उपाध्यक्ष
More