Daily Archives August 5, 2016

पर्यटनदूत विदेशमा बद्नाम, भत्ता खानेले गरे दुरुपयोग एमाले सत्ता

लन्डन । नौं महिने शासनकालमा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सपना मात्र बाँडेनन, नेपालको पर्यटन क्षेत्रलाई विश्वमाँझ बद्नामसमेत बनाए । विदेशमा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिनुपर्ने व्यक्ति क्षमता, योग्यता र मापदण्ड बाहिर गएर एमाले कार्यकर्ता नियुक्ति गरेपछि नेपालको पर्यटन क्षेत्र संसारभरि बद्नाम बन्न पुगेको हो । पर्यटन प्रवद्र्धनका लागि यूरोप र अमेरिकामा नियुक्ति पाएका अधिकांश पर्यटनदूत विवादमा यतिबेला तानिएका छन् । तोकिएको मापदण्ड बाहिर गएर ओली सरकारले जथाभावी पर्यटनदूत नियुक्ति थमाएपछि उनीहरु विवादमा तानिएका हुन् । उनीहरु विवादमा तानिएसँगै नेपालको पर्यटन क्षेत्र विवादमा तानिएको हो । पर्यटनदूतको नियुक्ति पाउनेहरु बेरोजगार भत्ता खाने, रेस्टुरेन्ट गार्ड, किचन
More

प्रधानमन्त्री सरकारी निवास प्रवेश

प्रधानमन्त्री पुष्पकमल दाहाल धर्मपत्नीका साथमा शुक्रबार सरकारी निवास बालुवाटार प्रवेश गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्माले स्वागत गर्दै । तस्बिर : प्रदीपराज वन्त
More

यसरी मिलाए प्रचण्ड­ओली हात……

नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले बिहिवार राष्ट्रपतीबाट पद तथा गोपनीयताको सपथ लिए । शीतलनिवासमा आयोजित समारोहमा उनले सपथ लिएपछिका केही दृश्य रमाइलो भेटिए । सपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी ओली र प्रधानमन्त्री प्रचण्डको हाउभाउले त्यहाँ उपस्थित फोटो पत्रकारहरुको ध्यान खिच्यो । प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रेका थिए । ओली तुलनात्मक रुपमा नरम भएपनि प्रचण्ड ओली विरुद्ध बढी नै खनिदै आएका थिए । तर, सपथ ग्रहण कार्यक्रममा दुवै शालीन शैलीमा प्रस्तुत भए । शपथग्रहण कार्यक्रम सकिए लगत्तै केपी ओलीले प्रचण्डलाई हेरे र हात मिलाउन अघि बढे । दुवैले
More

The story of Gaurika Singh, the youngest athlete at the 2016 Rio Olympic Games

The 100 metre backstroker, who now lives in London after leaving Nepal as a two-year-old, is also a survivor of the earthquake that shook Nepal to its core and killed almost 9000 people in April last year. There she was, preparing to compete in the Nepalese national swimming championship with her family in Kathmandu, when she was forced to take shelter under a table in a five-storey office building fearing for her life. Dream Team’s slapdown and love – of Boomers star Andrew Bogut The Kiwi who could propel Australia to Rio glory Needless to say there was no pool
More

एनआरएन अभियान बारे के भन्छन नेताहरु

एनअारएनकाे क्षेत्रीय सम्मेलनमा कसले के भने? डेनमार्ककाे राजधानी काेपनहेगनमा एनअारएन युराेप क्षेत्रकाे बैठक सम्पन्न भएकाे छ । एनअारएनका लगभग सबै केन्द्रीय पदाधिकारी सहभागी बैठकमा सहभागी हुन २२ वटा मुलुकबाट एनअारएन नेताहरू त्यहाँ जम्मा भएका थिए । एनआरएन यूरोप क्षेत्रिय बैठकको नेपालमा लगाानीको सम्भावना बिषयक कार्यशालामा प्रस्तुत तथा सम्मलेनमा सहभागीहरुको बिचारको संपादित अंश । डा. उपेन्द्र महतो दस मिलियन जतिको एउटा प्रोजेक्ट फाइन्ड गरिदिनोस् भनेर अनुरोध गरेका छौं । एउटा योजना हामीलाई दिनुहुनेछ । लगानी भनेको कुरा नगरी विश्वास बढ्दैन । र, त्यो पनि नेपालमै लगानी गर्नुपर्छ । नेपालमा भएको लगानीमा आफ्नो गल्तीबाहेक अरु कारणले डुबेको छैन । एनआरएन साथीहरु धेरै
More

१४ राजदूत फिर्ता, मधेश र थारुहट आन्दोलनमा मारिएकालाई १० लाख रुपैयाँ

काठमाडौं । अघिल्लो सरकारले राजनीतक पृष्ठभूमिका आधारमा सिफारिस गरेका १४ जना राजदुतको निर्णय फिर्ता भएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदीय सुनुवाई हुन बाँकी १४ जना राजदुतको निर्णय फिर्ता गरेको सरकारका प्रवक्ता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गएको वैशाख २१ गते १४ जनालाई राजनीतिक पृष्ठभुमिकासहित २१ जनालाई राजदुतमा सिफारिस गरेको थियो । भागबण्डाका आधारमा एमालेले ६, माओवादी केन्द्रले ४, राप्रपा नेपालले ३, मधेसि जनअधिकार फोरम लोकतान्त्रिकको कोटामा १ गरी १४ जनाको नाम सिफारिस गरिएको थियो । परराष्ट्र सेवाका राजदूतको संसदीय सुनुवाई भने भैसकेको छ । सरकारले मधेस, थरुहट
More

सकारात्मक र विश्वासनीय आधार तयार : मोर्चा

काठमाडौं ।  सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच नयाँ सरकार गठन र संविधान कार्यान्वयनका सन्दर्भमा भएको तीनबँुदे सहमति कार्यान्वयसग केन्द्रित रहेर आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिहदरबारमा भएको उक्त छलफलमा मन्त्रिपरिषदबाट निर्णय गरेर सहमतिमा उल्लेख गरिएका विषयवस्तुमध्ये तत्काल के कति कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा गहन मन्थन भएको थियो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संविधानका अन्तर वस्तुप्रति असन्तुष्टी जनाउँदै लामो समयदेखि आन्दोलन गर्दै आएको मोर्चाबीच यही साउन १९ गते तीनबँुदे सहमति भएको थियो, सहमतिमा काँग्रेस, माओवादी केन्द्रको तर्फबाट प्रधानमन्त्रीका साझा उम्मेदवार पुष्पकमल दाहालको पक्षमा मतदान गर्ने, संविधानसँग सम्बन्धित विषयमा सहमतिका आधारमा सरकारले संसद्मा संविधान संशोधनको प्रस्ताव प्रस्तुत
More

सरकार र मोर्चाबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शुक्रबार छलफल गर्दै । तस्बिर : प्रदीपराज वन्त
More

१० औ रेडिंग कप २७ अगष्टमा

लन्डन । बेलायतमा गोर्खा कपपछिको लोकप्रिय फूटबल प्रतियोगिता रेडिंग कप फूटबल को दशौ सस्करण एही अगष्ट २७ शनिबार रेडिंग को जोन रब्सन मैदान मा हुने भएको छ । रेडिंग नेपाली समाज ले गर्ने उक्त प्रतियोगिता मा युवा तर्फ़ ३२ टिम ले भाग लिने छन् भने बिजेता ले १६०० पौण्ड सहित रेडिंग कप लैजाने छ । उप बिजेता ले १००० पौण्ड जित्ने छ। यसै गरि भेट्रान तर्फ़ को पुरस्कार १००० छ भने उप बिजेता ले ५०० लैजाने छ । यस वर्ष अन्डर १६ पनि आयोजना गर्ने र बिजेता ले ८०० पौण्ड जित्ने कुरा रेडिंग फूटबल का संयोजक तथा रेडिंग नेपाली समाज
More

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमद्वारा प्रम दाहाललाई बधाइ

ब्रसेल्स । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा नेपाली जनप्रगतिशील मञ्च बेल्जियमले बधाइ दिएको छ । अध्यक्ष चित्र सुवेदीले जारी गरेको विज्ञप्ति जस्तोको त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड नेपालको ३९औं तथा गणतन्त्र नेपालको पुनः दोस्रो पटक प्रधानमन्त्री पदमा निर्बा्चित हुनु भएकोमा नेपालको लोकतान्त्रिक गणतान्त्रिक संबिधानको कार्यन्वयन गर्दै समृद्ध नेपाल निर्माणको लागि सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं । बिगतमा दस बर्षे जनयूद्धमा होस वा संबिधान निर्माणमा होस तपाईले नेकपा माओबादी केन्दका अध्यक्ष क. प्रचण्डले लिने निर्णयलेनै प्रमुख भुमिका खेलेको बिषय कसैको सामु छुपेको छैन । अहिलेको यस संगिन घडिमा प्रधानमन्त्रि चुनावको वरीपरि सम्म
More