Daily Archives 8th August 2016

बेलायतमा झुमे गुल्मेली (फोटो फिचर)

बेलायतमा गुल्मेलीले नेपाल झल्काए फडिन्द्र भट्टराई, लन्डन संस्था स्थापनाको दशौ बार्सिकोत्सव मनाउदै गरेको बेलायतका गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको बार्षिक भेटघाटमा समाजले नेपालको भरपुर कला, संस्कृती र परम्परा झल्काउने सांस्कृतिक प्रस्तुती हरु पस्किएको छ । बेलायत अल्डरसटको कनट स्कुल परिसरमा एक हजार भन्दा बढी मान्छे जम्मा भएको उक्त कार्यक्रममा सहभागी बेलायतका गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुले कार्यक्रमलाई नेपालको गाउँ घरका पाखा पखेरा झल्किने कार्यक्रमको संज्ञा दिएका छन । कार्यक्रमको आकर्षण रहेको गुल्मेली नौमती बाजाको लाईभ धुनमा नेपालबाट आएका कलाकार हरुको लोक प्रस्तुतीमा सहभागीहरु झुमेर नाचे । खुला चौरका बिभिन्न स्थानमा डम्फु मादल झ्याउरे, सालैजो , ठाडो भाका
More

एनआरएन प्रवक्ता रन्जु थापा सम्मानित

सिडनी । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती (एनआरएनए) की प्रवक्ता रञ्जु वाग्ले थापालाई अष्ट्रेलियामा सम्मान सहित अभिनन्दन  गरिएको छ । नारी निकुन्ज अष्ट्रेलियाले ६ अगष्टका दिन सिड्नीमा आयोजना गरेको तीज कार्यक्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली महिलाहरुलाई एकजुट बनाउन अभियान चलाएको तथा एनआरएन महिलाहरुको हक अधिकारको लागि योगदान दिएको भनी उनलाई अभिनन्दन गरिएको हो । एनआरएनकी संरक्षक इन्द्रा वन र नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक सिर्जना संग्रौलाद्वारा संयुक्त रुपमा थापालाई अभिनन्दन गरिएको थियो । एनआरएनकी प्रथम महिला प्रवक्ता रञ्जु गैरआवासीय नेपाली संघको स्थापनाकाल देखिकै एनआरएन अभियन्ता हुन् । एनआरएनको राष्ट्रिय समन्वय समितिमा महिलाहरुको संजालको आवश्यता औंल्याउदै उनकै पहलमा विश्वका
More

नायिका प्रियंका कार्की लन्डनमा

  लन्डन । लोकप्रिय नायिका प्रियंका कार्की साेमवार लन्डन आइपुगेकी छिन् । ६ महिनाबीचमा उनी चौथोपटक लन्डनआएकी हुन् । २१ अगष्ट आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा हुन लागेको ५ औं मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीहरुका लागि कोरियोग्राफी गर्न प्रियंका यूके आएको आयोजकले जनाएका छन् । २४ अगष्टमा नेपाल फर्कनुअघि प्रियंकाले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिनेछन् । यसपटकको प्रतियोगितामा आठ जना सुन्दरीहरुले प्रतिष्पर्धा गर्दैछन् । अलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती भिडेका हुन् । साढे तीन बजे शुरु हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा छ
More

दुर्घटनाग्रस्त हेलिकप्टर

गोरखाबाट बिरामी बोकेर काठमाडौँका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको मदानपुर- ९ स्थित बेतिनी जङ्गलमा दुर्घटनाग्रस्त । दुर्घटनास्थलमा उद्धारमा संलग्न स्थानीयवासी । तस्बिर : कपिलदेव खनाल, नुवाकोट ।
More

ह्यापी मनसुन, स्टे र एन्ड सेफ

काठमाडौं ।  फिस्टेल हेलिकप्टरका चालक रञ्जन लिम्बुले फेसबुक वालमा करिब दुइ हप्ता अगाडी ह्यापी मनसुन, स्टे र एन्ड सेफ भनेर स्टाटस अपडेट गरेका थिए । तर दुर्भाग्य आज उनैको दुर्घटनामा परि मृत्यु भएको छ । मनसुनको समयमा आकाशमा बादल हुनु र थाहा नै नपाइ भारि बर्षा हुनु सामान्य हो । हेलिकप्टर चालकलाई यी कुराहरुको ज्ञान हुन्छ र मौसम अनुसार उनीहरुले सतर्कता पक्कै पनि अपनाएका हुन्छन् । तर भाग्यको खेल कसलाई के थाहा ? कति खेर कहाँ पुगेर हेलिकप्टर जस्तै जिबन ठोकिने हो थाहा नै नहुने रहेछ ? यस्तै भयो चालक रञ्जन लिम्बुलाई । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल
More

हेलिकप्टर दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौं । गोरखाबाट एक बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरेको थियो । प्राधिकरणका निमित्त महाप्रबन्धकका अनुसार प्राधिकरणका प्राविधिकलगायत सुरक्षाकर्मी घटनास्थल पुगिसकेको र मृतको शव सङ्कलन गरी हेलिकप्टरद्वारा काठमाडौँ ल्याउने तयारी भइरहेको छ । प्राधिकरणका अनुसार आज अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी
More

राप्रपा एकता भाडियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जित नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा समितिले तयार गरेको प्रतिवेदन पेस भएको र त्यसमा छलफल समेत भएको जानकारी दिनुभयो । दुई पार्टीबीच एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको ठहर बैठकले गरेको छ । बैठकले एकताका लागि थप छलफलको खाँचो भएकाले राप्रपा नेपाललाई थप अध्ययनका लागि आग्रह गरेको छ । राप्रपाको सो निर्णयसँगै राप्रपा नेपालसँग मङ्गलबार हुने भनिएको एकीकरणको घोषणासभा प्रभावित भएको छ ।
More

दुई करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा पहारीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा डा भरतराज पहारीले रु दुई करोड ४० लाख एक हजार ५९९ बराबरको भ्रष्टाचार गरेको जनाउँदै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भनी परेको उजुरी छानबिन गर्दा प्रा डा पहारीले पेस गरेको सम्पत्तिको विवरण तथा अनुसन्धानका क्रममा दिएको बयान समेतबाट गैरकानुनी देखिएको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र मनासिब कारणबिना आफ्नो हैसियतभन्दा बढी खर्च गरेको अनुसन्धानबाट खुलेको आयोगले उल्लेख गरेको छ । आयोगले प्रा डा पहारी र निजकी श्रीमती शोभाका नाममा रहेको चलअचल सम्पत्ति समेत जफत
More

जापानी सम्राटले सिंहासन परित्याग गर्ने

टोकियो । वर्तमान जापानी सम्राट आकिहितोले आज आमजनताका नाममा एक भिडियो सन्देश प्रसारण गर्दै आफ्नो बिग्रदो स्वास्थ स्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । क्षीण हँुदै गएको जर्जर शरीर र दुर्वलताका कारण राष्ट्रको प्रतीक राजसिंहासनको कर्तव्य निर्वाह गर्न सम्भव नभई गद्दी परित्याग गर्नसक्ने समेत उहाँले सङ्केत दिनुभएको छ । सो भिडियो सन्देशमा ८२ वर्षीय सम्राटले ‘पहिलाजस्तो आफ्नो कर्तव्य निर्वाह पूरा गर्न अव मेरो स्वास्थस्थिति अनुकूल भएन, तसर्थ जनताको आस्थाको केन्द्र रहेको राजसिंहासनको दायित्व र मर्ममा कटौती गरेर बसिरहन सुहाउँदैन’ भन्ने उल्लेख छ । सम्राट अकिहितोको खस्कँदो स्वास्थस्थिति र आफ्ना उत्तराधिकारी ५६ वर्षीय युवराज नारुहितोलाई गद्दी सुम्पिनेबारे गत महिनादेखि स्थानीय जापानी सञ्चार
More

मुद्दा सम्बोधन नभएसम्म मोर्चा सरकारमा नजाने

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताउनुभएको छ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्को बैठमा आज बधाई र शुभकामना दिँदै उहाँले तीनबुँदे सहमतिका आधारमा प्रधानमन्त्रीका पक्षमा मत हालेको जनाउँदै नयाँ सरकार बने पनि आफूहरुको लक्ष्य पूरा नभएको बताउनुभयो । उहाँले सीमाङ्कनसम्बन्धी मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने स्पष्ट गर्दै उहाँले देशमा अराजकता नहोस् भन्ने आफूहरुले चाहेको र मुलुकलाई सम्मानजनक निकास दिनुपर्ने बताउनुभयो । सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले मधेसी, जनजाति र मुसलमानलाई अलग राखेर कसैले राष्ट्रवादको कुरा गरेमा एक राष्ट्रको मात्र राष्ट्रवाद हुने बताउँदै सबै असन्तुष्ट
More

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना

काठमाडौं । गोरखाबाट केहीबरेअघि बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ । सो हेलिकप्टरमा पाँचजना यात्रु रहेको फिस्टेल एयरले पुष्टि गरेको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू हुनुहुन्छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । सो हेलिकप्टर नुवाकोटको मदानपुर गाविस–९ को बेतनी जङ्गलमा दुर्घटना भएको हो । स्थानीयवासीले दुर्घटनास्थलमा धुवाँ आएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलसहित प्रहरी टोली दुर्घटनास्थलतर्फ गइसक्नुभएको छ । दुर्घटनास्थल सदरमुकामबाट ३५ किमी दूरीमा पर्दछ ।
More

नेवि सङ्घको बन्दसत्र भोलि

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्दसत्र भोलि मङ्गलबार हुने भएको छ । आइतबार भएको सङ्घको ११औं महाधिवेशन उद्घाटनपछि आजका लागि निर्धारित बन्दसत्र प्राविधिक समस्याका कारण साउन २५ गते सारिएको नेवि सङ्घ कार्यालयका मुख्य–सचिव शिव रिमालले जानकारी दिनुभयो । केही जिल्ला र क्याम्पसमा महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखिएको प्राविधिक समस्याका कारण बन्दसत्र भोलि मङ्गलबार दिउँसो २ बजे हुने सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । महाधिवेशन प्रतिनिधिको कार्ड भोलि बिहान ८ बजे काँग्रेस केन्द्रीय कार्यालय, सानेपाबाट वितरण हुने सङ्घले जनाएको छ । समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नाराका साथ नेविसङ्घको महाधिवेशन
More

परीक्षामा अनुत्तीर्ण भएपछि आत्महत्या

भक्तपुर । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन् । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारकी १७ वर्षीया अनुजा मिश्रको शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ । पढाइ राम्रो भए पनि परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण भएपछि उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । कक्षा १२ को परीक्षाको परीक्षाफल आइतबार सार्वजनिक भएको थियो । मिश्रको शव परीक्षण लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
More

गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्

रियो दि जेनेरियो । नेपालकी गौरिका सिंह ब्राजिलमा जारी ‘रियो ओलम्पिक’अन्तर्गत पौडीतर्फको १०० मिटर ब्याकस्ट्रोकको अन्तिम १६ बाट बाहिरिएकी छिन् । गएराति भएको स्पर्धामा उनी ३१ स्थानमा रहँदै बाहिरिएकी हुन् । विभिन्न देशका ३४ खेलाडीले भाग लिएका यस स्पर्धामा उनीभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी मात्र रहे । प्रतियोगिताकै सबैभन्दा कान्छी खेलाडीको नाम दर्ता गराएकी १३ वर्षीय गौरिकाले १०० मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पूरा गरेकी थिइन् । करिब छ महिनाअघि भारतमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उनले १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । तर यो पटक
More

चिनियाँ विमान चालक विमानबाटै विश्व यात्रामा

बेइजिङ । चिनियाँ विमान चालक एक जना सहयोगीका साथमा विमानद्वारा गरिने चीनको पहिलो विश्व यात्राका लागि राजधानी बेइजिङबाट आइतबार छुट्नुभएको छ । एक इन्जिन भएको टर्बोप्रप टीएमबी ७०० विमानलाई लिएर ५० वर्षीय विमान चालक झाङ बो ५८ दिन लामो यात्राका लागि निस्किनुभएको हो । उहाँले रसिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, आइसल्यान्ड र संयुक्त अधिराज्य (बेलायत) गरी विभिन्न २० देशका ५० स्थलमा अवतरण गरी प्राचीन समयमा व्यापारका लागि प्रयोग गरिने गरिएको सिल्क रोडको बाटोलाई प्रयाग गर्नुहुनेछ ।
More

नेता पौडेलले स्थापना गरे समानान्तर कार्यालय

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्ना सम्पर्क कार्यालयमार्फत समानान्तर अभियान सुरु गरेका छन् । सत्ताको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसमा विवाद उत्पन्न गराएर ६ महिनालगत्तै सरकार ढाल्ने उद्घोष निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले गर्नु र कांग्रेसका अल्पमत पक्षका नेता पौडेलले महाधिवेशनताकाका आफ्ना सम्पर्क कार्यालय ब्युँत्याएर समानान्तर अभियान सुरु गर्नुलाई रहस्यमय मानिएको छ । उनले दुई÷दुईवटा सम्पर्क कार्यालय स्थापना गरेर समानान्तर अभियान चलाएको बताइन्छ । पौडेलको एउटा सम्पर्क कार्यालय बालाजु बनस्थलीको ढुंगेधारा नजिकै छ भने अर्को सम्पर्क कार्यालय अनामनगरमा छ । अब पार्टीलाई ६०÷४० को भागबन्डाबाट मुक्त गर्ने मुख्य एजेन्डाका साथ महाधिवेशनमा सभापति पदको उम्मेदवार बनेका पौडेलले यतिबेला ४० प्रतिशत
More

संसदीय दलको नेताबाट ओलीलाई हटाइने

काठमाडौं । सरकारबाट बाहिरिएपछि एमालेभित्र समीक्षा बैठक बोलाउन पार्टी अध्यक्ष केपी ओलीलाई दबाब परेको छ । स्थायी कमिटी, पोलिटब्युरो वा केन्द्रीय कमिटीमध्ये एउटा बैठक तत्काल बोलाउन पार्टीका अन्य शीर्ष नेताहरूको दबाबलाई ओलीले बेवास्ता गर्दै आएका छन् । पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका हुन् । अब बस्ने बैठकमा दलका नेता ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर उनलाई हटाउने तयारी भएको छ । नेपाल, खनाल र गौतम एकै ठाउँमा रहँदा उनीहरूको बहुमत पुग्ने अवस्था छ । ओलीको नेतृत्वमा पार्टी सरकारमा जाँदा वामदेवलाई कार्यबाहक अध्यक्ष दिने आन्तरिक सहमति भएको थियो ।
More