Daily Archives 10th August 2016

लण्डनमा ट्याक्सी चालक बन्न अंग्रेजी परीक्षा पास गर्नुपर्ने

लण्डन । आप्रवासीहरूप्रति अनुदार मानिएको वर्तमान सरकारले लण्डनमा ट्याक्सी चलाउन अंग्रेजी परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने व्यवस्था सुरु गर्न लागेको छ । ट्याक्सी चालन बेलायतमा आप्रवासीहरूको मुख्य रोजगार क्षेत्र मानिन्छ । आगामी अक्टोबरबाट लागू हुने गरी “ट्रान्सपोर्ट फ़र लण्डन”ले ट्याक्सी चालकले लाइसेन्सका लागि आवेदन भर्दा अंग्रेजीमा दक्षता पुष्टि गर्ने प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । हाललाई चालक बन्न चाहनेले बि-१ स्तरको अंग्रेजी परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । नयाँ चालकका हकमा यस्तो नियम ल्याइने भए पनि पुराना चालकले समेत लाइसेन्स नवीकरण गर्दा त्यस्तो प्रमाण पेस गर्नुपर्ने सम्बन्धित अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यस्तो व्यवस्थाले धेरै आप्रवासीहरूले रोजगारी गुमाउनुपर्ने बताउँदै
More

नेविसङ्घ महाधिवेशनको बन्दसत्र भोलि

काठमाडौं । पटक–पटक मिति तोकिँदै स्थगन हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्दसत्र भोलि बिहानदेखि सञ्चालन हुने भएको छ । नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले आज पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिमा देखिएको विवाद समाधान र बन्दसत्रका बारेमा जानकारी गराएको हो । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि महाधिवेशनको प्रक्रिया भोलि बिहीबारदेखि सञ्चालन हुने समितिका संयोजक डा प्रकाशशरण महतले बताउनुभयो । “समितिले आमरण अनशन बसेका विद्यार्थीको मागसमेत सम्बोधन हुने गरी विवादित ११ जिल्लाको महाधिवेशन प्रतिनिधिको विवाद लामो छलफल गरी टुङ्गो लगाएको छ” – उहाँले भन्नुभयो । समितिले विवादित जिल्लाका कार्यसमिति हाललाई थाती
More

रानी पोखरीको यो रुप

काठमाडौँको केन्द्रमा रहेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनःनिर्माण गरिँदै । तस्बिर: रोशन सापकोटा ।
More

दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सूचना विभाग रत्नपार्कमा कार्यरत रहँदा कम्प्युटर इन्जिनियर बिदुर दाहालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्युत प्राधिकरण काठमाडौँ सूचना प्रविधि विभागमा कम्प्यूटर इन्जिनियर (तह ७) पदबाट सेवा प्रवेश गरी २०६२ सालदेखि २०७२ सम्म सोही पदमा बहाल रहँदा दाहालले रु एक करोड छ लाख आठ हजार ५१७ गैरकानुनी सम्पत्ति आर्जन गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम रु एक करोड छ लाख आठ हजार ५१७ बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२)
More

तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण

सोल । वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टिमले ४ स्वर्ण जितेको छ । नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल, साकार ढकाल, सागर श्रेष्ठ, ससिन शर्माले स्वर्ण पदक जितेका छन । ७ देखि ८ तारिख भएको खेल बर्तमान संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममा खेलाईएको थियो । अमेरिका, रसिया, चीन, भारत, बङ्गलादेश, श्रीलंका लगायत बिश्वका २६ देशहरु सहभागीता भएको उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुन १२ जना खेलाडीहरू अन्तराष्ट्रिय प्रशिक्षक तथा यस संघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा नेपाली तेक्वान्दो टिम कोरिया प्रस्थान गरेका थिए । पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ
More

जर्मनीमा नेपाली महिला सकृय

गैरआबासिय नेपाली संघ(एनआरएनए) जर्मनीले अहिले महिलाहरुलाई संगठित गर्ने अभियान चलाएको छ। एनआरएनए आइसीसीका महिला संयोजक सपिला राजभण्डारी र सह-संयोजक रजनी प्रधानको अतिथ्यतामा जर्मनीको मुख्य शहर फ्र्यान्कफोर्ट बाट शुरु गरिएको यो अभियान अन्तर्गत जर्मनीको मुख्य शहरहरुमा आयोजना गरिने महिलाहरुको भेलामा बिभिन्न मुद्दाहरुमा छलफल चलाई योजना बनाइने छ। फ्र्यान्कफोर्ट शाहरको ओस्ट पार्कमा गत ६ अगस्तमा भएको महिला भेलाले निमा राजभण्डारी अर्याललाई हेसेन क्षेत्रको संयोजक तोकेको छ भने अन्य सदस्यहरुमा ईश्वरी त्रिपाठी, अनिता थापा, राजन देबी गौतम, मेनका त्रिपाठी, शकुन्तला खनाललाई चयन गरेको छ। एनआरएनएले हाल “एक युरो प्रती एनआरएन”को अभियान संचलान गरेर नेपालमा त्यस्बाट उठेको रकमले नेपालमा बिभिन्न च्यारिटी प्रोजेक्ट गर्ने लक्ष्य
More

शान्ति नेपाली समाज बेलायतमा चुनावी रन्को

लन्डन । शान्ति नेपाली समाज बेलायतको आगामी १२ सेप्टेम्बरमा बर्मिघममा हुने महाअधिवेशनको चर्चा चुलिएको छ । नयां नेतृत्वको समेत निर्वाचनको तयारी भए पछि एकाएक समाज भित्र चुनावी रन्को थपिएको हो । दुई कार्यकालको नेतृत्व समालेका वर्तमान अध्यक्ष कासी शर्माले पुनः नेतृत्वका लागि आकांक्षी नभए पछि सर्वसम्मतको वातावरण तयार भएको छ । नयाँ नेतृत्वका लागि ठाकुर ज्ञावली, कृष्ण ढकाल र भुपेन्द्र पाठककाे नाम चर्चामा छ । प्रचार बिभागमा प्रमुख झुपेन्द्र पाठकले बुधवार एक बिज्ञप्ति जारी गर्दै समाजमा बिभिन्न रचनात्मक र उदाहरणिय काम गर्दै स्थानियवासीहरुलाई संस्थाको सदस्यता नविकरण गर्न आग्रह गरेका छन् । समाजको नेतृत्व चयनका लागि ६ सदस्य रहेको निर्वाचन समिति
More

खड्काको कोटामा शंकर भण्डारी मन्त्री

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसले पाउने मन्त्री कोटामध्ये प्रभावशाली नेता खुमबहादुर खड्काको कोटामा दुई जना मन्त्री बन्ने भएका छन् । खड्काको कोटाबाट मन्त्री बन्नेमा शंकर भण्डारी मन्त्री र राज्य मन्त्रीमा इन्द्र बानियाँको नाम सिफारिस भएको खड्का स्रोतले बताएको । भण्डारी र बानियाँ कांग्रेस पार्टीका लोकप्रिय युवा नेताका रुपमा परिचित छन् । भण्डारी तनहुँ जिल्लाबाट निर्वाचित सांसद हुन भने बानियाँ मकवानपुर जिल्ल्लाबाट सांसदमा निर्वाचित भएका नेताहरु हुन् ।
More

हिलारी पराजित हुन सक्ने तीन कारण

काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेर इतिहास रचेकी छन् । अमेरिकामा राष्ट्रपति पदमा उम्मेदवार बन्ने हिलारी पहिलो महिला हुन् । तर राष्ट्रपति पदमा विजयी बन्न उनीसँग केही अड्चन रहेको राजनीतिक विश्लेषकहरूको विश्लेषण छ । पछिल्लो प्रक्षेपणअनुसार हिलारी क्लिन्टन महिला र अल्पसंख्यक मतदाताहरूमाझ निक्कै लोकप्रिय छिन् । यो प्रक्षेपणअनुसार आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उनलाई यसले केही सहयोग मिल्नेछ । कुनै पनि निर्वाचतमा विजयी हुइन्छ भन्ने ग्यारेन्टी कहिल्यै गर्न सकिँदैन । त्यस्ता केही कारण छन्, जसले हिलारीलाई राष्ट्रपतिको चुनावमा केही कमजोर बनाउनेछ । यदि हिलारी पराजित भइन् भने यी तीन कारण हुनसक्छन् । ट्रम्पसँगको प्रतिस्पर्धा प्रतिद्वन्द्वी डोनाल्ड
More

कति छन् साउदी अदालतले मृत्युदण्ड तोकेका नेपाली

काठमाडौं– नेपाली साझा मञ्चले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउदी जेलमा सात जना नेपाली ब्लड मनी तिर्न नसकेर मृत्यु कुरेर बसेरहेका छन् । पछिल्लो पटक काभे्र कुशादेबी–२, घिमिरेगाउँका रामचन्द्र तिमल्सिनालाई एक पाकिस्तानीको ज्यान लिएको अभियोगमा झण्डै ९० लाख रुपैयाँ ब्लड मनी अदालतले मागेको छ । रामचन्द्र त्यहाँको हायल सेन्ट्रल जेलमा १५ महिनादेखि थुनिएका हुन् । उनलाई ट्रक चलाउँदा दुर्घटना गराएर मानिस मारेको अभियोगमा ३ लाख साउदी रियाल (करिब ९० लाख नेरु) ब्लड मनी माग गरिएको छ । ‘जबिराहहायल सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड सकेर कम्पनीकै पार्किङमा राखेको मेरो ट्रकमा पाकिस्तानीहरु चढेर आएको कार ठोक्किएको थियो । त्यसमा एक जनाको मृत्यु भयो ।
More

बन्द सत्र १२ बजे सुरु हुने, भोलि मनोनयन र पर्सी निर्वाचन

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा देखिएको प्रतिनिधि छनोटको विवाद सुल्झिएको छ। पार्टीले गठन गरेको निर्देशक समितिले गएराति अबेरमात्रै विवाद सुल्झाएको हो। विवाद समाधान भएपछि स्थगित भएको बन्द सत्र बुधवार १२ बजेबाट सुरु हुने भएको छ। निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतका अनुसार मागकर्ताको माग सम्बोधन गरिएको र महाधिवेशनमा ११ जिल्ला तथा केही क्याम्पसका गरी तीन सय प्रतिनिधि थप गरिएको छ। विधिवत अधिवेशनको माग राख्दै अनसनमा बस्दै आएको पूर्वकोषाध्यक्ष कुन्दनराज काफ्ले नेतृत्वको समूह र अनशनमै बसेको अर्को समूहलाई २ः१ को अनुपातमा प्रतिनिधि दिइएको निर्देशक समितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य महतले जानकारी दिए। प्रतिनिधि विवादकै
More