Daily Archives August 14, 2016

हिन्दू धर्म प्रर्वधन गर्न सरकारले सहयोग गर्छ – कार्यवाहक राजदूत आरन, (रथयात्रा फोटो सहित)

लन्डन । बेलायतका लागि कार्यवाहक राजदूत शरदराज अरनले नेपालमा ९० प्रतिशन हिन्दूधर्म प्रति आस्था राख्ने नेपाली जनता भएको बताउदै हिन्दू धर्मको लागि विदेशी भूमिमा हुने गतिविधीले नेपाली जनतामा उत्साह ल्याउने जनाएका छन् । आरनले आइतवार पश्चिम लण्डनको साउथहलमा श्री राम मन्दिरको संयोजकत्वमा आयोजित शोभायात्रालाई सम्बोधन गर्दै उक्त कुरा वताएका हुन् । कार्यक्रममा शुभकामना दिदैं आरनले नेपाल सरकाले हिन्दू धर्मको प्रर्वधनका लागि सक्दो सहयोग गर्ने बचन दिदैं शोभायात्राको सफलताका लागि शुभकामना दिए । शोभायात्रमा बेलायतीमा रहेको धार्मिक संघ संस्था तथा हिन्दू मन्दिरहरुको प्रतिनिधीहरुको सहभागीता थियो । शोभा यात्रामा विश्व हिन्दु महासंघ बेलायत शाखाको सकृय सहभागीता जनाएकाे थियाे । शोभायात्रामा बेलायतका लागि
More

निर्वाचनद्वारा नेविसङ्घको नेतृत्व चयन : डा महत

काठमाडौं । नेपाल विद्यार्थी सङ्घ निर्देशन समितिका सभापति डा प्रकाशशरण महतले निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने बताउनुभएको छ । समितिका सभापति डा महतले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी सबै महाधिवेशन प्रतिनिधिको टुङ्गो लागिसकेकाले आगामी मङ्गलबार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने बताउनुभएको हो । उहाँले जिल्ला र उपत्यकाका केही विवादित क्याम्पसकोे प्रतिनिधिलाई मिलाउँदा महाधिवेशनको प्रतिनिधि बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेवि सङ्घको प्रतिनिधि फर्जी भएको भन्ने भनाइमा सत्यता छैन ।” डा महतले आफूले व्यक्तिगतरुपमा एकजना पनि प्रतिनिधि नहालेको भन्दै जो नेतृत्वमा आएपनि नेवि सङ्घ आउने भएकाले आफूलाई केही फरक नपर्ने दाबी गर्नुभयो । उहाँले नौ वर्षपछि बल्लबल्ल अधिवेशन
More

काँग्रेस पार्टी कार्यालयमा झडप

काठमाडौं । नेविसंघको महाधिवेशन स्थगित गर्नुपर्ने भन्दै नाराबाजी गर्ने क्रममा प्रहरी र असन्तुष्ट विद्यार्थी समुहबीच झडप भएको छ । प्रतिनिधि विवादका कारण एक सातापछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै नेपाली काँग्रेस पार्टी कार्यालयमा झडप भएको हो । शनिबार सार्वजनिक भएको ३ हजार ७ सय ६० प्रतिनिधिको नाममा झण्डै ३ सय नाम फर्जी भएको भन्दै अध्यक्षका उम्मेदवार मनोजमणी आचार्यको समूहले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई समुहबीच झडप भएको हो । शनिवार निर्वाचन गर्न नेपाली कांग्रेसले नेता प्रकाशशरण महतको संयोजकत्वमा महाधिवेश निर्देशक समितिले प्रतिनिधिको नाम सार्वजनिक गरेको थियो
More

श्रीमतीको हत्या गरी श्रीमान्द्वारा आत्महत्या

बैतडी । बैतडीमा आज दिउँसो ३ः३० बजे श्रीमतीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेका छन् । पाटन नगरपालिका–९ कुलडाका २६ वर्षीय कमल बोहराले आपनी श्रीमती इन्दु बोहराको हत्या गरेका हुन् भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले राससलाई जानकारी दिनुभयोे । श्रीमान् र श्रीमतीमा घरायसी विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाका विषयमा अनुसन्धान गर्न अहिले प्रहरी निरीक्षक नेतृत्वको एक प्रहरी टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली त्यहाँ पुगेपछि मात्रै थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
More

पाँच मन्त्रीद्वारा शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो । विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्मा (ऊर्जा), सुरेन्द्र कुमार कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) ले मन्त्री पदको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित हुनुहुन्थ्यो
More

हार्ने निश्चित भएपछि पौडेल पक्षधर विद्यार्थीहरू तोडफोडमा

काठमाडौं । उद्घाटनको दिनसम्म सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षीय नेविसंघ प्रतिनिधि बराबरीमा रहेको आँकलन गरिएकोमा दिन लम्बिँदै जाँदा र पौडेल पक्षको षड्यन्त्र उजागर हुँदै जाँदा परिस्थिति बदलिएको छ । पौडेल पक्षमा ३० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि नदेखिएपछि उनी पक्षीय नेविसंघका अध्यक्ष रञ्जित कर्णसमेतको हस्ताक्षर भएको प्रतिनिधि मान्य नहुने प्रायोजित एजेन्डामा पार्टी कार्यालयमा ढुंगामुढा गरिएको छ । निर्देशक समितिका संयोजक डा.प्रकाशशरण महत र संघका अध्यक्ष कर्णले प्रतिनिधि नामावलीमा हस्ताक्षर गर्दा साक्षी बसेका निर्देशक समितिका सदस्यहरू गोविन्द भट्टराई र गुरु घिमिरे निरीह बनेका छन् । एकातिर ३० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि नदेखिनु र अर्कोतिर ६–७ जनाले अध्यक्ष पदमा दाबी
More

उपप्रधानमन्त्री महरा भोलि चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ । चीनमा रहँदा उहाँले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका निम्ति पठाउनुभएको निमन्त्रणापत्र विशेष दूत महराले चीन सरकारलाई हस्तान्तरण गर्नुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमण गर्न सम्प्रेषण गर्नुभएको आमन्त्रणपत्र पनि उहाँले सम्बन्धित अधिकारीलाई हस्तान्तरण गर्नुहुनेछ । “विशेष दूतका रुपमा उपप्रधानमन्त्रीज्यूको चीन भ्रमण हुन लागेकाले
More

पाँच मन्त्रीद्वारा सपथ

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीसँग राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा मन्त्री पद तथा गोपनीयताको सपथपछि जनार्दन शर्मा (उर्जा), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), सुरेन्द्र कार्की (सूचना तथा सञ्चार), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) र धनीराम पौडेल (विना विभागीय) । तस्बिर : रोशन सापकोटा ।
More

एनआरएन नीति तथा कार्यविधी समितिको बैठक, यूकेबाट शर्मा मनोनित

लन्डन । गैरआवासीय नेपाली संघअन्र्तरगतको नीति तथा कार्यविधी समितिको बैठक सम्पन्न भएको छ । समितिका संयोजक तथा संघका महासचिव डा. बद्री केसीको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल पत्रकार महासंघ यूके शाखाका पूर्वअध्यक्ष चिरन शर्मा र भुषण घिमिरे (जापान) लाई संघको नीति तथा कार्यविधी समितिमा मनोनय गरेको छ । गैरआवासीय नेपाली संघको मार्गदर्शन दिने सो समिति संघभित्र महत्वपूर्ण समितिअन्तरर्गत पर्छ । बैठकले गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको सेवा तथा सुविधाका सम्बन्धमा कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ । बैठकले समितिलाई अझ सशक्त बनाउने उद्देश्यले अगामी बैठकमा थप कार्यविभाजन गरेर अगाडी बढ्ने निर्णय भएको संयोजक डा. केसीले बताए । समितिलाई
More

परिचयपत्र र झोला वितरण सुरु, ३ बजे उम्मेदवारको नोमिनेसन

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनका प्रतिनिधिहरुलाई आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृतिभवनबाट वितरण गर्न थालिएको छ । प्रतिनिधिको संख्या थप्ने सहमति भएपछि विवाद मिलेको हो । ३२ सय प्रतिनिधि वृद्धि गरेर ३७ सय ५० पु-याइएको छ । महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र बुझ्न आउँदा आ–आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र साथमा लिएर आउन नेपाली काँग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धेरै दिनको विवादपछि हिजो राती निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।
More