Daily Archives August 16, 2016

एनआरएन क्षेत्रीय सम्मेलनमा हिलारी क्लिन्टनलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण

न्यूयोर्क— अगष्ट २७ र २८ अमेरिकाको न्यूजर्सीमा हुने गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। क्षेत्रीय सम्मेलनको उद्‌घाटन पूर्वसभामुख एवं एमाले नेता सुभाषचन्द्र नेम्वाडले गर्नेछन्। डेमोक्र्याटबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टन र अमेरिकी विदेश सचिव जोन केरीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिए पनि आउने कुनै टुंगो छैन। नेपालमा परराष्ट्रमन्त्री पनि चयन नभएको सन्दर्भमा पूर्वसभामुख नेम्वाडलाई प्रमुख अतिथि आमन्त्रण गरिएको आयोजकले बताएका छन्। क्षेत्रीय सम्मेलनका लागि सहभागी हुनेहरुको रजिष्टेसन अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा विश्वभरिका ७३ देशबाट करिब ४ सय गैरआवासिय नेपाली सहभागी हुने अनुमान छ। अमेरिकाको न्यूजर्सीस्थित डबल ट्री हिल्टन होटलमा हुने सम्मेलनमा ७३ देशका
More

लन्डन दूतावासमा डंगोलको विदाई

लन्डन । आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किन लागेका नेपाली दूतावास लन्डनका थर्डसेक्रेटरी बाबुकाजी डंगोललाई विदाई गरिएको छ । नेपाली दूतावास लन्डनद्धारा मंगलवार दूतावास भवनमा आयोजित एक कार्यक्रमका बीच डंगोललाई विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत शरदराज आरनले डंगोलले आफ्नो कार्यकाल निकै सफलताका साथ सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनको सफलताको लागि शुभकामना दिए । कार्यक्रममा नेपाली दूतावास लन्डनमा कार्यरत कर्मचारीको उपस्थिती थियो । डंगोल आफ्नो ४ बर्षे कार्यकाल सकेर यसैसाता नेपाल प्रस्थान गर्ने भएका छन् । उनले लन्डनस्थित नेपाली दूतावासमा कार्यरत हुदाँ एमआरपी (मेसिन रिडेवल पासपोट) को ब्यवस्थापनमा महत्वपूर्ण काम गरेर चर्चा कमाएका थिए । डंगोल
More

एनआरएन यूकेले संघसँस्थाको भेला ११ सेप्टेम्बरमा गर्ने

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेको नियमित बैठक सम्पन्न भएको छ । आइतबार प्लमस्टेड स्थित चौतारी रेस्टुरेण्ट बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकको प्रारम्भमा एनआरएनए यूकेको महिला फोरमले गत मार्च ५ तारिखका दिन अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरेको च्यारिटी डिनरबाट संकलित आठहजार आठसय अठासी पाउण्ड सर्लाही जिल्लाको हरिवन २ घुर्कौलीमा चेतना सन्देश समुहद्धारा संचालित द्धन्दपिडित अनाथ बालबालिकाहरुको सहयोगार्थ प्रदान गरिन गईरहेको कुरा महिला संयोजक सुशिला राईले बैठकलाई अवगत गराइन । बैठकमा आगामी सेप्टेम्बर ११ तारिखका दिन अल्डर्सटको किङस सेन्टरमा आयोजना हुने काउन्सिल बैठकलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने भन्ने बिषयमा गहन छलफल भयो । बैठकले काउन्सिल बैठकको
More

नेविसंघमा ६ सय ८५ जना उम्मेदवार (नामावली सहित हेर्नुहोस्)

काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको ११औँ महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो । एघार जिल्लाको प्रतिनिधि विवादका कारण साउन २३ गते महाधिवेशन उद्घाटन भए पनि अन्य प्रक्रिया अवरुद्ध हुँदै आएको थियो । महाधिवेशनका लागि यही साउन २३ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डप तोकिएको थियो । आजसम्म उद्घाटनबाहेक केही हुन सकेको छैन र निर्वाचन भने बन्दसत्र नभई पार्टी केन्द्रीय कार्यालय सानेपामा हँुदैछ । सङ्घको केन्द्रीय समिति
More

कल्याणकारी कोषको पैसा कहाँ लगानी गर्दै नेपाली सेनाले ?

काठमाडौं । सैनिक कल्याणकारी कोषअन्तर्गतका निकायमा चार अर्ब ४० करोड ९२ लाख लगानी रहेको छ । नेपाली सेना मातहतको उक्त कोषद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक विद्यालयका चितवनको जग्गा खरिद, अक्सिजन प्लान्ट, स्वास्थ्य विज्ञान संस्थान, सुनाचुरी इमल्सन प्लान्ट, शुद्ध पिउने पानी प्लान्टलगायत १० कार्यक्रममा सो रकम लगानी भएको जानकारी दिइयो । सैनिक कल्याणकारी कोषमा असार मसान्तसम्ममा यथार्थ सम्पत्ति रु ३७ अर्ब ४७ करोड ३ लाख पुगेको कोषका निर्देशक एवम सहायक रथी गौरव तण्डुलले बताउनुभयो । उक्त कोषको मूल धनलाई यथावत् राखेर त्यसबाट आउने ब्याज नेपाली सेनाका बहालवाला तथा भूपू र तीनका आश्रित परिवारको उन्नतिका लागि शिक्षा, स्वास्थ्य, आर्थिक राहत, आवास
More

पशुपतीनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन आयोजना हुने

फडिन्द्र भट्टराई , लन्डन! आगामी बिहीवार अगस्ट १८ तारिक हिन्दुहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पुर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रमको आयोजना हुने भएको छ । मन्दिर व्यवस्थापन समितीले उक्त दिनमा जनै तथा रक्षा वन्धन ग्रहण गर्न ईच्छुक सबैलाई बिहान ८ बजे देखी दिनको १ बजे सम्मको समयमा मन्दिरमा उपस्थित हुन आवहान गरेको छ । मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बालजंग अर्यालका अनुसार रक्षा वन्धनको अवसरमा बिहानै देखी रुद्राभिषेक पुजा सहित जनै पुजन तथा मंत्रोरचरणको बिशेष पुजा अजा मन्दिर आवद्द पण्डित हरु बाट संचालन हुने छ । पुजित रक्षा वन्धन तथा जनै वितरण ८ बजे देखी शुरु गरिने
More

नेपालको ताजमहल जोखिममा

पाल्पा बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टानको तीरमा अवस्थित रानीमहल । हराभरा सुन्दर, शान्त एवम् मनोरम रानीमहल दरबार नजिकैबाट पहिरो खस्दा जोखिम बढेको छ । तस्बिर : कृष्ण दर्नाल ।
More

नेविसङ्घ अध्यक्षका लागि आठ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ । महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहनुभएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिनुभयो । त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको खरेलले जानकारी दिनुभयो । सङ्घका १२९ पदका लागि ६८५
More

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आजका लागि तय भएको नेकपा (एमाले) स्थायी कमिटीको बैठक स्थगन भएको छ । काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदानकुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्तादेउराली– ७, खहरे खोलामा सोमबार दुर्घटना भएका घाइतेको भेटघाटमा पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा अन्य वरिष्ठ नेता सर्वदलीय बैठकमा जानुपर्ने भएकाले बैठक स्थगन भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आइतबारदेखि सुरु भएको कमिटीको अर्को बैठक बुधबार मध्याह्न १२ बजेका लागि राखिएको छ । बैठकका लागि एमाले नेतृत्वको सरकारको समीक्षा, नयाँ राजनीतिक गठबन्धन, स्थानीय निकाय पुनः संरचनाबारे पार्टीको धारणा, प्रदेश कमिटीको संयोजक चयन, सल्लाहकार र ज्येष्ठ नागरिकमा मनोनयन लगायत कार्यसूची तय गरिएका छन् ।
More

एनआरएन कप एभरेष्ट क्लबकाे हातमा

आयरल्याण्ड । आयरल्याण्डमा सम्पन्न एन आर एन कप फूटबलको उपाधी एभरेष्ट फूटबल क्लबले हात पारेको छ । आइतवार सांझ सम्पन्न खेलमा एभरेष्ट फूटबल क्लबले नेप्लिज फूटबल क्लब कर्कलाई ट्राइबेकरमा हराएको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा निर्धारित समयमा दुबै टीमबाट १-१ गोलको बारीबरी भएपछी अतिरिक्त समय थपिएको थियो भने सो समयमा कुनै गोल नभएपछी खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा ३-२ को जित हात पारेको एभरेष्ट खेलको सुरुवातमा भने १-० ले पछी परेको थियो । खेल सकिन ४ मिनेट बाँकी हुँदा एभरेष्टका कप्तान दिपक कार्कीले गोल गर्दै खेल लाई बराबरी बनएका थिए । अन्तिम समयमा रक्षात्मक खेल खेल्न नसकेको र
More