Daily Archives August 18, 2016

समिता कर्णालीकै नेविसङ्घको महिला केन्द्रीय सदस्य

जुम्ला । नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशनले समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिमा विगत २५ वर्षसम्म जुम्लाबाट कुनै पनि महिला वा पुरुष केन्द्रीय सदस्यमा नपुगेको अवस्थामा नेविसङ्घको ११ औं महाधिवेशनले उहाँलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले जानकारी दिनुभयो । सिंजाका नमजङ्ग हमाल र त्यसपछि नेपाली काँग्रेस जुम्लाका तत्कालीन सभापति हुनुभएका मानव सेजुवाल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको २५ वर्षपछि शाहीलाई निर्वाचित गरेको उहाँले बताउनुभयो । जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती–८ टोप्ला गाउँमा जन्मनुभएकी २२ वर्षिया शाही पिछडिएको
More

उपप्रधानमन्त्री निधि भारत प्रस्थान

काठमाडौं । सरकारको विशेष दूतका रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गर्नु भएको छ । पछिल्लो समय विग्रेको भनिएको नेपाल भारत सम्बन्धलाई थप मजबुत पार्न, भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिने र प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका एजेन्डा तय गर्न निधिलाई विशेष दूतका रुपमा सरकारले भारत पठाएको हो । निधिको पाँच दिने भारत भ्रमणका क्रममा राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले भाजपा अध्यक्ष अमित साहसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । कांग्रेस माओवादी गठबन्धन सरकारले दुई छिमेकी चीन र भारतसँगको सम्बन्ध सुधारका लागि
More

छिनभरकै आकर्षणले बिहे त भयो तर दुःखद परिणति निम्तियो

पोखरा । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ । पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली र स्याङ्जाकै पौवेगौडे गाविस–२ की सोनम रेग्मीबीच अन्तर्जातीय विवाह भएको थियो । तल्लो जातिसँग विवाह गरेको भन्दै केटी पक्षका अभिभावक असन्तुष्ट बने । उनीहरुले छोरीलाई समेत वास्ता गर्न छोडे । आफ्ना माइती पक्षबाट टाढिँदै गएपछि सोनम र सञ्जीवबीचको सम्बन्धमा पनि खटपट सुरु भएको उनीहरुलाई चिन्ने नजिककाले बताउँछन् । सोनम सम्बन्धविच्छेद गर्न चाहन्थिन् भने सञ्जीव त्यसको विरोधमा थिए । सोनमको बलजोडले अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता
More

नेविसङ्घको अध्यक्षमा महर

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को अध्यक्षमा नयनसिंह महर, महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएपछि नेपाली काँग्रेस केन्द्रीय कार्यालय ललितपुरमा विजयउत्सव मनाउँदै विद्यार्थीहरु । तस्बिर : रोशन सापकोटा ।
More

लन्डन राम मन्दिरमा जनैपूर्णिमा (फोटो फिचर)

लन्डन । जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व हिन्दु धर्मालम्बीले देश तथा विदेशमा धूमधामसाथ मनाएका छन्। यसै बीच विश्व हिन्दू महासंघ यूके च्याप्टरले जनैपूर्णि विशेष कार्यक्रम आयोजना गरेको छ। विहीवार हिन्दू महासंघ यूकेको सकृयतामा रुद्री तथा जनै फर्ने र रक्षा बन्दन लगाउने कार्यक्रम कार्य सम्पन्न भएको छ । कार्यक्रममा बेलायतस्थित हिन्दु धर्मालम्बीहरुको बिषेश उपस्थितीमा पण्डित गोविन्द नेपाल र पण्डित चिरनजीबी ढकालले जनै मन्त्रणि गरे । अगन्तुक भक्तजनहरुलाई महासंघका महासचिव बालमुकुन्द जोशीले स्वागत गरेका थिए । रक्षाबन्धनको दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन
More

पशुपतीनाथ मन्दिर लन्डनमा रक्षा वन्धन (फोटो फिचर)

फडिन्द्र भट्टराई । लन्डन । हिन्दुहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पुर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रमको आयोजना गरिएको छ । आज विहीवार मन्दिर व्यवस्थापन समितीले उक्त दिनमा जनै तथा रक्षा वन्धन ग्रहण गर्न ईच्छुक सबैलाई बिहान ८ बजे देखी दिनको १ बजे सम्मको समयमा मन्दिर खुल्ला राखिएको थियो। मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बालजंग अर्यालका अनुसार रक्षा वन्धनको अवसरमा बिहानै देखी रुद्राभिषेक पुजा सहित जनै पुजन तथा मंत्रोरचरणको बिशेष पुजा अजा मन्दिर आवद्द पण्डितहरुबाट संचालन भएको थियो । मन्दिर व्यवस्थापन समितीका महासचिव अर्जुन गौतमले मन्दिरमा आयोजित रक्षा वन्धन कार्यक्रममा सहभागिताको लागी आफ्नो मातहतका साथीभाईहरु उपस्थित रहेको जनाए
More

आमूल परिवर्तनका लागि मोर्चा गठन : नेता वैद्य

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पूर्ण नेपालीको मुक्तिका लागि आमूल परिवर्तन जरुरी रहेको र त्यसका लागि विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने बताउनुभएको छ । राष्ट्रियता, जनजीविका र जनताको न्यायिक स्वतन्त्रताको पक्षमा जनमत तयार गर्नका लागि पनि मोर्चा आवश्यक रहेको अध्यक्ष वैद्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उल्लेख गर्नु भयो । पुरानो राज्यसत्तामा तात्विक फरक नआएको र सत्तामा पुग्नेहरु विभिन्न नाममा पुरानै अनुहार दोहोरिरहने भएकाले त्यसलाई आमूल फेरबदल गर्नका लागि पनि सशक्त शान्तिपूर्ण आन्दोलन जरुरी रहेकाले त्यसको मोर्चाबन्दीको अगुवाइ गर्न सिपी गजुरेलको अध्यक्षतामा मोर्चाको घोषणा गरिएको पनि उहाँले जानकारी दिनुभयो । सो अवसरमा
More

खेतमा भ्यागुतालाई भात खुवाइयो

भक्तपुर । जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभित्र परिकारका भोजन खुवाई यो परम्परा मनाएका हुन् । भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ । खेतमा कीरा मारेर अन्न उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा गरी भोजन गराउने परम्परा रहेको किसान बताउँछन् । रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका कीरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका
More

मधेश आन्दोलनमा ज्यान गुमाएका ५२ परिवारलाई १० लाख रुपैयाँ

काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका ५२ जनाको परिवारलाई पुनः १० लाख क्षतिपूर्ति दिने दिने निर्णय छ । साथै, पूर्व न्यायधीश गिरिसचन्द्र लालको नेतृत्वमा मधेसमा भएको आन्दोलनको सत्य तथ्य छानविन गर्न एउटा समिति समेत गठन गरेको छ । विहीवार बसेको मन्त्रीपरिषदको वैठकले १० सुरुक्षाकर्मीका परिवारसहित सर्वसाधारणको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । मधेस आन्दोलनको सम्वोधनको नाममा एकपछि अर्को निर्णय गर्दै आएको सरकारले पुनः मधेस आन्दोलनमा ज्यान गुमाएका १० सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई १० लाख रुपँया दिने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्रीको निर्वाचन हुनुपुर्व मधेसआन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र एउटा स्वतन्त्र आयोग
More

नेविसंघको प्रदेश १, ३ काे उपाध्यक्षमा नैनसिंह प्यानल विजयी

नेपाल विद्यार्थी संघको प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्। सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। अन्य प्रदेश र उपत्यकाको मतगणना जारी छ। निर्वाचित सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन।
More