Daily Archives August 21, 2016

चार्ल्टन समाजले चुन्यो नयाँ कार्यसमिती अध्यक्षमा टंक कंडेल

फडिन्द्र भटराई , लन्डन साउथ ईष्ट लन्डनमा क्रियाशील स्थानीय नेपालीहरुको सामुदायिक संस्था चार्ल्टन नेपाली समाजले साधारण सभा मार्फत नयाँ कार्यसमितीको चयन गरेको छ । चार्ल्टन मेरिडियन स्पोर्ट्स हलको सभाकक्षमा आयोजित समाजको वार्षिक साधारण सभाले समाजको अध्यक्षमा यस अघी दुई कार्यकाल उपाध्यक्ष रहिसकेका टंक कंडेल लाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने अध्यक्ष लगायत समाजको सिंगो कार्यसमिती सर्वसम्मत रुपमा नै चयन भएको छ । यस अघी उपाध्यक्षको एउटा पदमा कृष्ण खरेल र फुल प्रसाद कंडेलको उमेद्वारी परेपनि तोकिएको समय पूर्व उपाध्यक्षका एक दावेदार फुल प्रसाद कंडेलले आपसी सहमतीमा आफ्नो उम्मेद्वारी फिर्ता लिए पछी सबै पदमा सर्वसम्मत छनौट भएको हो । यसरी
More

तीन लाख घुससहित सवइन्जिनियर श्रेष्ठ पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु तीन लाख घुससहित काठमाडौँ महानगरपालिकाका– ३ का सवइन्जिनियर दिनेश श्रेष्ठलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार सवइन्जिनियर श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि एक सेवाग्राहीसँग महाराजगन्जस्थित रेस्टुराँबाट घुस रकमसहित पक्राउ गरिएको हो । सवइन्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधरामा पुगेको आयोगको टोलीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको बताइएको छ ।
More

विवाह समारोहमा मारिनेको सङ्ख्या ५० पुग्यो

टर्की । टर्कीको घाजियान्टेप सहरमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको आत्मघाती बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ५० पुगेको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् तर यो आत्मघाती बम आक्रमणकारी इस्लामिक स्टेट्स आइएस समूहसँग आवद्ध भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गर्नुभएको छ । घाजियान्टेपका गभर्नर अलि येर्लिकायाद्वारा प्रकाशित एक विज्ञप्तिमा विवाह समारोह लक्षित यस बिभत्स आतङ्ककारी आक्रमणमा परी मारिनेको सङ्ख्या ५० पुगेको पुष्टि गर्नुभएको छ । सुरुमा उहाँले यस आक्रमणमा परी मारिने सङ्ख्या कम्तीका ३० हुृनुको साथै अन्य ९४ जना घाइते भएका जानकारी दिनु भएको थियो ।
More

नेपाली काँग्रेसको छलफल कार्यक्रम

नेपाली काँग्रेस पार्टी केन्द्रीय समितिले आइतबार काठमाडौँमा आयोजना गरेको गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका लागि सुझाव लिन पार्टीका केन्द्रीय पदाधिकारी एवम् सदस्य र ७५ जिल्ला सभापतिको छलफल कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर: रोशन सापकोटा ।
More

संविधानमा आमूल परिवर्तनको खाँचो छ : अध्यक्ष वैद्य

जनकपुरधाम । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राख्नुभयो । मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको भन्दै उहाँले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु जरुरी छ भन्नुभयो । एक प्रश्नको जवाफमा उहाँले आफ्नो सहयात्री प्रचण्डसँग पुनः सहयात्राको सम्भावना छैन भन्नुभयो । जनताको हितको दृष्टिले वर्तमान सरकारको सफलताको कसी प्रष्ट छैन भन्दै उहाँले सरकारको सफलताको कुनै आधार नभएको बताउनुभयो । अध्यक्ष वैद्यले आफ्नो दल देशमा नयाँ आन्दोलनको तयारीमा लागिपरेको पनि बताउनुभयो ।
More

कांग्रेसले मंगलबार मन्त्रीको नाम बुझाउने

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार मात्रै मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने भएको छ । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि फर्केपछि मात्र मन्त्रीको लिष्ट प्रधानमन्त्री दाहाललाई बुझाउने तयारी गरेको बताइएको छ । नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो । महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको जानकारी उनीनिकट एक केन्द्रीय सदस्यले दिए । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसलाई १३ वटा मन्त्रालय भागमा परेको छ । त्यसमा उपप्रधानसहित गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक नियुक्त भइसकेका छन् । अब काँग्रेसले ११
More

बाबुरामका ड्राइभर ट्राफिक कारबाहीमा

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् । भट्टराईको सुरक्षामा खटिएका बा १ झ ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको । जावलाखेल चोकमा जेब क्रसिङमा सवाी तेस्र्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो। ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो घटना पहिलो हो ।
More

गाँजासहित पाँच महिला पक्राउ

इटहरी । धरानको विष्णुपादुका क्षेत्रबाट अवैध रुपमा लुकाइछिपाई बिक्री वितरणका लागि धरानतिर ल्याउने क्रममा अवैध गाँजासहित शनिबार पाँच महिला पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार ती पाँच महिलासँगै अरु दुई जना पुरुषलाई पनि लागुऔषधसहित हिजै पक्राउ गरिएको छ । धरान २६ मानेभञ्याङ चोकबाट धरानतिर आउँदै गरेका झोला बोकेका महिलालाई शङ्कास्पद अवस्थामा देखेपछि जाँच गर्दा उनीहरुले बोकेको झोलामा अवैध गाँजा फेला परेको प्रहरीले बताएको छ । पाँचैजना महिलाले झोलामा गाँजाको प्याकेट बनाएर बोकेको अवस्थामा फेला परेको गाँजा ३९ किलो रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिँदै पक्राउ परेकाहरुमा भोजपुर हसनपुरकी २५ वर्षीया दिलकुमारी राई, धनकुटा छिन्ताङकी १७ वर्षीया
More

घरदैलो अभियानमा महावीर

पर्वत । राष्ट्रिय आविष्कार केन्द्र बनाउनका लागि घरदैलो अभियान सुरु भएको छ । पटक पटक सरकारसँग आग्रह गर्दा पनि आविष्कार केन्द्रका लागि आवश्यक सहयोग नपाएपछि म्यागासेसे पुरस्कार विजेता महावीर पुनले घरदैलो अभियान सुरु गर्नुभएको हो । अबको युग विज्ञान र प्रविधिको युग भएकाले विज्ञान र प्रविधिको विकासबिना मुलुक अघि बढ्न सक्दैन । सरकारले जतिसुकै आर्थिक क्रान्तिका कुरा गरे पनि विज्ञान र प्रविधिको विकास नभएसम्म मुलुकले फड्को मार्न नसक्ने भन्दै आविष्कार केन्द्र खोल्नका लागि घरदैलो अभियान सुरु गरिएको शनिबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा पुनले बताउनुभयो । विगत चार वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि तयारी भए पनि सरकारले
More

तेक्वान्दोकी निशा पहिलो चरणबाटै बाहिरिइन्

काठमाडौं । ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालकी तेक्वान्दो खेलाडी निशा रावल पहिलो चरणबाटै बाहिरिएकी छन् । रियोस्थित कारिओका एरिना–३ मा भर्खरै सम्पन्न स्पर्धामा उनी चीनकी सुयिन झिङसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । महिलातर्फको ६७ केजीभन्दा माथिको तौल समूहमा २० वर्षीया निशा २२ वर्षीया चिनियाँ खेलाडी झिङसँग २–० अङ्कले पराजित भएकी हुन् । झिङ यो उमेर समूहमा विश्व च्याम्पियनसमेत भएको बताइएको छ । योसँगै जारी ओलम्पिक खेलेका नेपालका सबै सात खेलाडी बाहिरिएका छन् । नेपालका लागि अन्तिम खेल आज निशाले खेलेकी थिइन् । यसैबीच निशा ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडी भने भएकी छिन् । सन् २००४ मा सङ्गीना वैद्यले
More