Daily Archives August 22, 2016

Tenisha Rana crowned Miss UK Nepal-2016

Tenisha Rana has won the coveted crown of Miss UK Nepal-2016. Rana left behind eight other participants to win the title at a competition held at Empire Banqueting Hall, Aldershot on Sunday. Born in Pokhara, Rana has been staying in the UK since 2006 and is currently studying medicines at Queen Mary University, London. After winning the illustrious award, Rana said that she will be engaged in philanthropy works to help mankind. Prashansa Limbu and Bivia Shrestha were declared first runner-up and second runner-up respectively at the 5th edition of the beauty pageant that was organized by Events and Ideas.
More

केन्द्रको हस्तक्षेप पछि जापान कांग्रेसको निर्वाचन रद्ध

लन्डन । चर्को विवादका बीच आइतवार सम्पन्न नेपाली जनसम्पर्क समिति जापानको निर्वाचन सम्बन्धि सबै प्रकृया रद्ध भएका छन् । सदस्यता स्थानान्तरणको विषयलाई लिएर विवादले चरम उत्क्रर्षमा पुगे पछि नेपाल कांग्रेस केन्द्रीय कार्यालयले सोमवार एक पत्र मार्फत सबै चुनावी प्रकृया रोक्न निर्देशन दिएको हो । यसअघि पार्टी कार्यालयबाट सदस्यता स्थानान्तरण सम्बन्धि निर्दैशनलाई समेत निर्वाचन समितिले वेवास्था गर्दै एक पक्षिय रुपमा चुनावी प्रकृया पठाए पछि पार्टी ठाडो हस्तक्षेप गर्दै निर्वाचन स्थगनको जानकारी पार्टी कार्यालयमा दिनु भन्ने उर्दी जारी गरेको छ । अध्यक्षका प्रत्यासी रोसन केसी समूहको बहिस्कारका वीच आईतवार जापानका पाँच स्थानमा विरोध तथा मतपत्र च्यातेका कारण स्थगित भएको निर्वाचन प्रक्रिया धरापमा
More

धवलागिरि हिमाल

बागलुङ बजारबाट देखिएको धवलागिरि हिमालको मनोरम दृश्य । तस्बिरः रामबहादुर थापा, बागलुङ ।
More

मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने

काठमाडौं । मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भेटी मङ्गलबारसम्म आफ्नो नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । भेटमा उपराष्ट्रपतिले उपराष्ट्रपतिको कार्यालय र आवासका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उपराष्ट्रपतिले अन्तरिम संविधान २०६३ को व्यवस्थानुसार उपराष्ट्रपतिको व्यवस्था भए पनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले उपराष्ट्रपतिको कार्यालय र आवास एउटै स्थानमा हुने गरी उपराष्ट्रपति भवनका लागि स्थान तोकिदिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको कार्यालय र निवास भवनका लागि आफू गम्भीर भएको बताउँदै मन्त्रिपरिषद्ले
More

नयाँशक्तिको कार्यक्रममा आयोजक भन्दा प्रमुख अतिथि पहिला पुग्दा…

लन्डन– बेलायतमा हुने अधिकांश कार्यक्रम समयमै सुरु हुँदैनन् । संघसंस्थाले आयोजना गर्ने त्यस्ता कार्यक्रममा समयको खासै ख्याल गरिँदैन । आयोजक आफैले दिएको समयमा कार्यक्रम सञ्चालन भएका बिरलै भेटिन्छन् । आयोजकले निमन्त्रणपत्रमा दिएको समयलाई अंग्रेजी समय भन्ने र कार्यक्रम सुरु हुने समयलाई नेपाली समय भन्ने गर्छन् । आमन्त्रण गरिएका अतिथिसमेत समयमा कार्यक्रम सुरु नहुँदा जिल्ल पर्ने गरेका छन् । सामान्यतया प्रमुख अतिथि ढिला आउँदा कार्यक्रम सुरु हुन ढिलाइ हुनुलाई सामान्य रुपमा लिने चलन छ । तर, आइतबार लन्डनमा आयोजना गरिएको कार्यक्रममा आयोजकभन्दा प्रमुख अतिथि पहिला पुगे । कार्यक्रम आयोजक कार्यक्रम स्थलमै पुगेका थिएनन् । बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन प्रमुख
More

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा ४० देशमा २५० बैज्ञानिक सहभागि हुने

काठमाडौं । असोज पहिलो साता नेपालमा अर्न्तराष्ट्रिय बैज्ञानिक सम्मेलन हुने भएको छ । क्वाजीक्रिस्टल सम्वन्धी १३औं अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौंमा आयोजना गर्न लागिएको हो । यो सम्मेलनमा रसायन शास्त्रका नोबेल पुरस्कार बिजेता प्रोफेसर डानिएल सेक्टमान पनि सहभागि हुनेछन् । उनले यो सम्मेलनमा सहभागिता जनाउने निश्चित भइसकेको सम्मेलन आयोजक मध्येका डा हेमराज शर्माले जानकारी दिए । नोबेल बिजेता डानिएललगायत ४० देशका एक सय ५० जना भन्दा बढी बैज्ञानिकहरुको यो सम्मेलनमा सहभागि हुनेछन् । शर्मा बेलायतको लिभरपुल यूनिभर्सिटीसँग सम्बद्ध छ्न्। उनी गैरआवासीय नेपालीका अभियन्ता पनि हुन् । सम्मेलनका पूर्वश्रृखलाहरु फ्रान्स, चीन, मेक्सिको, अमेरिका, जापान, जर्मनी, भारत, स्विजरल्याण्ड र पोल्याण्डमा सम्पन्न भएका छन्।
More

नेपालीे घरद्धारा ७ जनालाई छात्रवृत्ति दिने निर्णय

नातिबाबु भट्ट । कोलोराडो । कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले १२ कक्षा पासगरि कलेज जाने जेहन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति दिने निर्णय गरे अनुरुप यस बर्ष प्राष्त निवेदनहरु मद्मे ७ जनालाई छात्रवृत्ति दिने निर्णय गरेको छ । नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीको सनिबार सम्पन्न बैठकले प्राप्त निवेदनहरु मद्मे यस बर्ष उत्कृष्ट ७ जनालाई छात्रबृति दिने निर्यण गरेको हो । यसरी पुरस्कृत हुनेहरुमा आबृती श्रेष्ठ, कुशलता सुवेदी, निकीता बराल, रजत श्रेष्ठ, रक्षा श्रेष्ठ , राशिब बस्नेत, सलिना राना रहेका छन् । यस सात मद्येबाट सर्बोकृष्ट २ जनाको नाम भने कार्यक्रम स्थलमानै घोषणा गरिने छ । बैठकले आगामी सेक्टेम्बर १० तारिक
More

एनआरएन अध्यक्ष घले रियो ओलम्पिकमा

रियो दि जेनेरियो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले ब्राजिलको रियो दि जेनेरियामो भइरहेको ओलम्पिक २०१६ मा सहभागी भई नेपाली खेलाडीको हौसला बढाउनुभएको छ । अगष्ट २० तारिखमा नेपाल सहभागी तेक्वाण्डो खेलमा उपस्थीत हुनुभएका अध्यक्ष घलेले नेपाली खेलाडीलाई शुभकामना दिनुभएको थियो । साथै उहाँले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतका पदाधिकारीसँग भेटेर नेपालको सहभागीता र उपलब्धीबारे छलफल गर्नुभयो । अध्यक्ष घलेले ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय खेलमा गैरआवासीय नेपाली प्रतिभाहरुलाई नेपालका तर्फबाट सहभागी बनाउनुपर्ने सुझाव दिनुभयो । गैरआवासीय नेपाली किशोरी गौरिकाको प्रस्तुतीको स्मरण गर्दै उहाँले बिदेशको नेपाली समुदायमा गौरिका जस्ता धेरै प्रतिभा हुनसक्ने भएकाले उनीहरुलाई स्थान दिन आग्रह गर्नुभयो ।
More

मिस यूके नेपाल उपाधि टेनिसाकाे हातमा (फोटो/भिडियो सहित)

लन्डन । बेलायतमा आइतबार अबेर सम्पन्न पांचौं मिस यूके नेपाल २०१६ को उपाधि टेनिसा रानाले जितेकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा कुल आठ प्रतियोगीबीच भएको प्रतियोगितामा रानाले मिस ब्युटी वीथ परपोज र मिस ट्यालेन्ट टाइटिल समेत जितिन् । क्विनम्यारी विश्वविद्यालय लन्डनमा मेडिसिन विषय अध्ययनरत उनले यस्तो ब्युटी प्याजेन्टबाट आफूमा आत्मविश्वास झन् बढेको र प्रतिभा प्रस्फुटन गर्ने अवसर समेत मिलेको बताइन् । इभेन्ट एण्ड आइडियाजले गरेको उक्त प्रतियोगितामा फस्ट रनर अप भइन् 
प्रशंङसा लिम्बु । प्रशंङसाले मिस पर्सनालिटी र मिस क्याटवाकको समेत उपाधि जितेकी छन् । त्यसैगरि, सेकेन्ड रनर अप भइन् बिभिया श्रेष्ठ । बिभियालाई मिस पब्लिक च्वाइस उपाधि समेत
More

बजार अनुगमन तीब्र

काठमाडौं । बजार अनुगमन तीब्र छ । बजारलाई वेथितिबाट मुक्त गराउने प्रयास स्वरुप चालिएको कदमप्रति प्रधानमन्त्रीदेखि लिएर सरोकारवाला निकायको मात्र नभई आम उपभोक्ता एवं जनता चनाखो नजरले हेरिरहेका छन् । यही क्रममा हिजो आइतबार एकैपटक ११ टोलीले यातायात सेवासहित उपभोक्ताको बढी आकर्षण हुने क्षेत्रमा अनुगमन गरेको छ । सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । केही दिनदेखि आपूर्ति मन्त्रालयको अगुवाइमा भएको अनुगमनका क्रममा नयाँ बजारमा रहेको अर्गानिक किचेन मार्ट, नन स्टप ३६५ डे मार्टलाई सिलबन्दी गरी तीन दिनभित्र आवश्यक कागजपत्र लिई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा आउन निर्देशन दिइएको छ । त्यस्तै सञ्चालन अवधि समाप्त भए पनि औषधि
More