Daily Archives August 23, 2016

मन्त्रिपरिषदमा क–कसलाई पठाउनेभो कांग्रेसले

काठमाडौं । सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम भोलि बुधबार टुङ्गो लगाउने भएको छ । भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण मन्त्रीहरुको नाम पठाउन ढिलाइ गरेको काँग्रेसले भोलि बाँकी मन्त्रीको नाम टुङ्गो लगाउने नेता नवीन्द्रराज जोशीले जानकारी दिनुभयो । काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पठाउनेमध्ये सीतादेवी यादव, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा प्रकासशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, शङ्कर भण्डारी, गगन थापा, फरमुल्लाह मन्सुर, दीपक गिरी, नवीन्द्रराज जोशीलगायतको नाम बढी चर्चामा छ । काँग्रेसले यसअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ ।
More

चियापान समारोह

जिल्ला पार्टी सभापतिको सम्मानमा टोखास्थित निवासमा आयोजित चियापान समारोहमा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला । तस्बिर : रोशन सापकोटा ।
More

काँग्रेसका सांसदहरु पनि गाउँपालिका बढाउने पक्षमा

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलले पनि गाउँपालिकाको सङ्ख्या बढाउनुपर्ने निचोड निकालेको छ । दलको आज बसेको बैठकमा बोल्ने सबैजसो सांसदले स्थानीय तहको सङ्ख्या बढाउनुपर्नेमा जोड दिएको संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो । हरेक जिल्लामा रहेको अहिलेको इलाकालाई नै गाउँपालिकाका रुपमा रुपान्तरण गर्दा सीमाङ्कन, सदरमुकाम, सेवा केन्द्रलगायतका विषयमा विवाद नहुने अधिकांशको तर्क रहेको उहाँले बताउनुभयो । “अहिले देशभरिमा ९२७ ओटा इलाका रहेकामा गाविस मात्रै रहेका इलाका झन्डै ८०० हुने भएकाले यो नै व्यावहारिक देखिन्छ,” उहाँले भन्नुभयो । बैठकको सुरुमा स्थानीय तहको सीमा निर्धारण गर्न गठित आयोगका प्रमुख बालचन्द्र पौडेलले सीमा निर्धारणका बारेमा जानकारी गराउनुभएको थियो भने उहाँसँग
More

सर्वोच्चमा लोकमानको लिखित जवाफ

काठमाडौं । अदालतको अपहेलनासम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज सर्वोच्च अदालतमा लिखित जवाफ पठाउनुभएको छ । आयोगका प्रमुख आयुक्त कार्कीले पठाएको लिखित जवाफमा “आफू चर्चित बन्ने र अपराधबाट उम्कने प्रयास गर्ने सिलसिलामा मात्र निवेदन दिएको” उल्लेख छ । लिखित जवाफमा गलत, झुटो, कलुषित भावनाबाट प्रेरित भई संवैधानिक आयोगमा संविधान र कानुनबमोजिम नियुक्ति भई निष्ठापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्दै आएको उल्लेख छ । पत्रकार दिक्षीत पत्नी शान्ता दिक्षीतले आयोगले क्षेत्राधिकारभित्र नपर्ने काममा आफूलाई दुःख हैरानी दिई हतोत्साही गराउने उद्देश्यले आफ्नो पतिलाई थुनामा राखेको भन्दै गत वैशाख २२ गते अदालतमा मानहानीसम्बन्धी मुद्दा दर्ता गर्नुभएको थियो ।
More

ट्रम्पले आप्रवासीसम्बन्धी कडा कानुन ल्याउने

एकरोन । रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले गैरकानुनीरुपमा अमेरिकी भूमिका बसोबास गर्दै आएका अनुमानित एक करोड १० लाख आप्रवासीका विषयमा ‘न्यायपूर्ण तर कडा धारणा’ ल्याउने बताउनुभएको छ । ट्रम्पले यसअघि दिँदै आएका अभिव्यक्तिबाट पछि हट्दै आप्रवासीका विषयमा केही नरम धारणा प्रस्तुत गर्दै आफू अमेरिकी राष्ट्रपतिमा विजय भएमा उनीहरुको सम्बन्धमा ‘न्यायपूर्ण तर कडा काननु ल्याउने’ अभिव्यक्ति सोमबार आएको हो । रिपब्लिकन नेता ट्रम्पले यसअघि गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई सामूहिक रुपमै सम्बन्धित देशमा फर्काउने भनी कडा अभिव्यक्ति दिँदै आउनुभएको थियो । उहाँको यो नाराले उहाँलाई रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिन पाउने आवस्थासम्म पु-याएको समेत बताइन्छ
More

मधेसी दलको अनसनमै भ्रष्टाचार

काठमाडौं । नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत संलग्न रहेको संघीय गठबन्धनमा हिसाब किताब गोलमाल गरेकोमा लफडा भएको छ । खुलामञ्चमा ३९ दिनसम्म अनसन गरेका गठबन्धनका सहयोगी पार्टी र नेताहरूले प्रतिबद्धता जनाएअनुसारको रकम नदिएपछि हिसाब–किताबमा लफडा भएको हो । उक्त अवधिमा आठ लाख बढी खर्च भएको विवरण गठबन्धन बैठकमा राखिएको छ, तर त्यसमा पनि रकम दुरुपयोग भएको भन्दै केही नेता र पार्टीले रकम दिन आनाकानी गरिरहेका छन् । अनसनका लागि गठबन्धनमा आबद्ध प्रत्येक दलले २५ हजार दिने र सांसदहरू रहेका दलले जति सांसद छन्, त्यति सांसदले २५–२५ हजार रुपैयाँ दिने भनिएको थियो । तर, गठबन्धनको निर्माण प्रक्रियाप्रति
More

सापकोटा र भण्डारीमाथि यौन दुव्र्यवहारको आरोप

काठमाडौं । दर्जनौं चलचित्रमा संगीत दिएर चर्चा कमाएका चेतन सापकोटा र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीमाथि अर्काकी छोरी समातेको गम्भीर आरोप लागेको छ । भण्डारी एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् भने सापकोटा केन्द्रीय सदस्य । यी दुवैलाई राप्रपाका नेता प्रेम देशारकी छोरी र श्रीमतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा नेकपा माओवादी केन्द्रले छानबिन प्रक्रिया अन्तिम चरणमा पु-याएको छ । माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सांस्कृतिक विचलनको आरोपमा उनीहरूमाथि छानबिन गरी प्रतिवेदन बुझाउन विश्वभक्त दुलाल आहूति र बलराम तिमल्सिनालाई जिम्मा दिएका छन् । आहूति र तिमल्सिनाले सापकोटा र भण्डारीमाथि सोधपुछ गरिरहेका छन् भने राप्रपा नेता प्रेम देशारलाई बोलाएर
More

भारत भ्रमण अत्यन्त सफल : निधि

काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण अत्यन्त सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा यही भदौ २ गते भारत भ्रमण गरी आज स्वदेश फर्किनुभएका निधिले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणबाट आफू असाध्यै सन्तुष्ट भएको बताउनुभयो । सो क्रममा राजनीतिदेखि विकाससम्मका कुराकानी भएको जानकारी उहाँले दिनुभयो । दुवै देशका उच्च नेतृत्वको भ्रमणको पूर्वतयारीमा आफ्नो भ्रमण केन्द्रित रहेको र सो क्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण तथा भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमण निश्चित गरिएको उहाँले जानकारी दिनुभयो । “भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा लैजाने काम भएको छ, दुई
More