Daily Archives August 24, 2016

पौडेल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । सत्ता साझेदार दल नेपाली काँग्रेसमा सरकारमा सहभागी हुने मन्त्रीको नामावली पठाउने विषयमा विवाद चुलिएको छ । काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन बाँकी मन्त्रीको नाम आज टुङ्गो लगाउने भने पनि हालसम्म त्यसमा सहमति हुन सकेको छैन । पार्टीमा सभापति शेरबहादुर देउवा पक्षले मन्त्रीको नाम टुङ्गो लगाए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने नाम पठाएको छैन । मन्त्रीको नामावली टुङ्गो लगाउनेबारेमा छलफल गर्न आज नेता पौडेल निवास बोहराटारमा सो पक्षका केन्द्रीय सदस्य र सांसदको भेला भएको थियो । भेलाले सभापति देउवाले मन्त्रीको नाम टुङ्गो लगाउने कार्यमा पार्टीको विधि, परम्परा र पद्धति पालना नगरेको आरोप लगाउँदै तत्काल
More

म्यानमारमा ६.८ म्याग्निच्युडको भूकम्पीय धक्का महशुस

याङगोन । म्यानमारमा बुधबार दिउँसो ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु म्यानमारको दक्षिणमा अवस्थित पर्यटकीय गन्तव्य प्राचीन सहर बगानबाट ३० किलोमिटर टाढा चाउक नजिकै रहेको र भूकम्प ८४ किलोमिटर गहिराइबाट गएको यूएसजीएसले बताएको छ । भूकम्पका कारण म्यानमारमा रहेका करिब दुई हजार ५०० प्राचीन एवम् पूरातात्विक महत्वका मठ तथा मन्दिरमध्ये प्रायमा क्षति पुगेको बताइएको छ । भूकम्पको धक्का केही मिनेटसम्म भएको र यसबाट धेरै भवनहरुमा क्षति पुगेको अनुमान स्थानीयको भएको चाउकबाट म्यानमारको संसदमा प्रतिनिधित्व गरेका सांसद सो वीनले बताउनुभएको छ । उक्त शक्तिशाली भूकम्पपछि ठूला पराकम्पहरु जाने डरमा प्रभावित क्षेत्रका स्थानीयबीच त्रासको बातावरण
More

महिला महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घले तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएकोे छ । काठमाडौँको भृकुटीमण्डपमा भदौ २९, ३० र ३१ गते तेस्रो महाधिवेशन गर्नका लागि महाधिवेशनको तयारी भएको सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घले यसपटकको महाधिवेशनका लागि ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ मूल नारा तय गरेको छ । तेस्रो महाधिवेशनका क्रममा नयाँ संविधानमा आधा आकाश ढाकेका नारीका बारेमा, महिला अधिकारका क्षेत्रको हकमा ३५ प्रतिशतको व्यवस्था गरेको विषय आफूलाई स्वीकार्य नभएको निष्कर्षसहित नयाँ नेतृत्व चयन गर्ने बताएको छ । महाधिवेशनले अध्यक्ष, महासचिव, र कोषाध्यक्ष तीन पदाधिकारीसहित
More

पर्यटकीय नगरी पोखराका होटल

पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित एक होटल । भूकम्प र नाकाबन्दीले पर्यटन व्यवसायमा प्रत्यक्ष असर पारे पनि लगानीको क्रम भने दिनप्रतिदिन बढीरहेको छ । तस्बिर : वासुदेव पौडेल ।
More

इटालीको भूकम्पमा दशको मृत्यु कैयौँ व्यक्ति बेपत्ता

अमात्रिस । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १० पुगेको समाचारमा जनाइएको छ । सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । त के कतिमात्रामा क्षति पुगेको छ भन्ने बारेमा भने अझैपनि यकिन तथ्यांक आउन सकिरहेको छैन । एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । उद्वारको कार्य जारी नै रहेकोले क्षतिको पूर्ण विवरण आइ नै रहेको अधिकारीहरुले जनाएका छन् । इटालीका दुर्गम गाउहरु उम्रिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु-याएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दू पनि सोही गाउमा नै रहेको बताइएको छ । जसका कारण सो क्षेत्रमा
More

कांग्रेसका तर्फबाट ज्वाइँ ससुरा मन्त्री

काठमाडौं । नेपाली कांग्रेसले आफ्नोतर्फबाट मन्त्री बनाउने नाम औपचारिक रुपमा तय गर्न नसके पनि मन्त्री बन्ने व्यक्तिहरु लगभग सार्वजनिक भइसकेका छन् । देउवाले पछिल्लो पटक अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण र जीवनबहादुर शाहीलाई मन्त्रीमा सिफारिस गरिसकेका छन् । केसी शिक्षा, डा. महत परराष्ट्र, खाँण रक्षा र शाही संस्कृति तथा पर्यटन मन्त्री हुनेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सम्मानजनक उपस्थितिभन्दै अहिलेसम्म नाम दिन सकेका छैनन् । आफ्नो भागमा ५ मन्त्री र ४ राज्यमन्त्री हुनुपर्ने अडानसहित आफू निकटहरुसँग छलफल गरिरहेका छन् । पौडेल पक्षबाट सीतादेवी यादव, बलबहादुर केसी, नवीन्द्रराज जोशी मन्त्री बन्ने पक्काजस्तै भएको छ । महामन्त्री शंसाक कोइरालाको
More

रेलको ठक्करले मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

लन्डन— युरोपियन मुलुक स्लोभाकियामा रेलको ठक्करले मृत्यु भएका दावा लामाको शव नेपाल पठाउन ६ हजार युरो संकलन भएको छ। गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्ष नवराज रोस्याराका अनुसार लामाको शव नेपाल पठाउन आवश्यक पर्ने उक्त रकम एनआरएन जर्मनीको पहलमा संकलन भएको हो। जर्मनी, अष्ट्रिया, अमेरिकामा रहेका नेपाली तथा नेपाली संघस्थाहरुले रकम सहयोग गरेका हुन्। व्यक्तिगत रुपमा तथा संघसंस्थाहरुले पनि रकम संकलन गरेका छन्। अमेरिका निवासी नेहरुराज गिरी तथा तमु समाज ह्याम्बर्गले रकम संकलनमा विशेष महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। शव नेपाल पठाउन कानुनी प्रक्रिया थाली सकिएको अध्यक्ष रोस्याराले जनाएका छन्। सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गतहप्ता सेनेक
More

अमेरिकी नागरिक झापामा पक्राउ

झापा । धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप छ । आफू चिकित्सक भएको बताउँदै उपचार गराउन आउनेले येशुलाई सम्झँदै सिन्दुर पखाल्नु पर्ने र पोते पनि फुकाल्नु पर्ने सर्त राखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई बनियानी–४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरेको जिल्ला
More

महिला सङ्घको महाधिवेशन भदौ २९ गते

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन हुन बाँकी भ्रातृ संस्थाको महाधिवेशन शीघ्र गर्न निर्देशन दिएपछि महिला सङ्घले तयारी थालेको हो । महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको केन्द्रीय सदस्य तथा मिडिया संयोजक निर्मला क्षेत्रीले जानकारी दिनुभयो । महाधिवेशन तोकिएकै समयमा सम्पन्न गराउन पार्टीले निर्देशन समितिसमेत गठन गरिसकेको छ । नेता एनपी साउदको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल सदस्य रहनुभएको छ ।
More

ओलीले चुनाव गर्न सकिन्न भनेपछि सरकार परिवर्तन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा पेश गर्ने र निर्वाचनसम्बन्धी कानुनहरु तयार गरेर मात्रै आफू भारत भ्रमणमा निस्कने बताएका छन् । ‘स्थानीय निकायको निर्वाचनसम्बन्धी कानुन एवम् मधेसी मोर्चामा आवद्ध दलहरुको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव पेस गरेर भारत भ्रमण गर्ने तयारीमा छु।’ प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले राष्ट्रिय आवश्यकता, मुलुकको चाहनालाई सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउन र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए। ‘सबैभन्दा बढी निर्वाचन सरकारको नेतृत्व गर्ने दल नेकपा(माओवादी केन्द्र) लाई छ। सोही अनुसार म लागिपरेको छु’, प्रधानमन्त्रीले भने, ‘निर्वाचन आयोगसँग पनि छलफल गरे । सरकारको साझेदार दलसँग पनि
More