Daily Archives August 25, 2016

कृष्ण जन्माष्टमीमा लन्डनको प्लमस्टिड मन्दिरमा कृष्ण झुला यात्रा (फोटो फिचर)

फडिन्द्र भट्टराई । कृष्ण जन्माष्टमी पर्वको अवसरमा साउथ ईस्ट लण्डनको प्लमस्टिड नेपाली मन्दिरमा कृष्ण झुला यात्रा सम्पन्न भएको छ । भक्तालु हरुले भगवान श्री कृष्णको बाल्य मुर्तीलाई झुलामा आशन गराएर भजन कृतन तथा शंख ध्वनी सहितको नाचगानमा मन्दिर परिसरको परिक्रमा गराएका थिए । परिक्रमा पछीको सन्ध्याकालीन नित्य आरतीमा भक्तजनहरुको घुईचोले मन्दिर प्रांगण खचाखच भरिएको थियो । यस पुर्व पण्डित द्वय निलहरी घिमिरे र बिनोद पन्थीले प्रातकालीन , मध्यकालीन पुजा आजा तथा प्रवचन सम्पन्न गरेका थिए । कृष्ण जन्माष्टमीको अवसरमा बिहानै देखी मन्दिरमा भक्तालुहरुको भिड लागेको थियो । बिशेषत महिला हरुको उल्लेख्य उपस्थिती रहेको उक्त अवसरमा श्रदालु हरु भजन कृतनमा बढी
More

कस्ता छन कांग्रेसका नयाँ मन्त्री

किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएको छ। योसँगै पुष्पकमल दाहाल नेतृत्व सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्। यसअघि १३ मन्त्रालय दिने समझदारी भए पनि आन्तरिक भागबन्डा मिलाएर मन्त्रालय थपिएको छ। पार्टी भित्रको लामो रस्साकस्सीपछि अन्तत काँग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नामावलीलाई पूर्णता दिएको छ। काँग्रेसले विभिन्न जाती, क्षेत्र, समुदाय र लिङगलाई समेटेर मन्त्रीमण्डलमा पठाएको छ। काँग्रेसले पठाएका मन्त्रीहरुको नामावली र उनीहरुले पाएको मन्त्रालयको विवरण यस प्रकार छ।   अर्जुननरसिंह केसी शहरी विकास     सितादेवी यादव शान्ति तथा पूनर्निर्माण     वालकृष्ण खाँड रक्षा     डा प्रकाशशरण महत परराष्ट्र     सूर्यमान
More

पिटरबरोमा दर खाने र खुवाउने कार्यक्रम सम्पन्न

पिटरबरो र वरपर बस्ने नेपाली महिलाहरुले तीजको दर खाने र खुवाउने कार्यक्रम हिजो अगस्ट २४ मा भब्यताका साथ सम्पन्न गरेका छन। स्थानिय नेपाली महिलाहरुको सक्रियता र पिटरबरो नेपाली समाजको सहयोगमा दर खाने र खुवाउने कार्यक्रम पिटरबरोको स्थानिय वेस्टवुड हलमा सम्पन्न भएको थियो। नेपाली चाडपर्व संस्कृती र परम्परालाई बिदेशमा पनि जिवन्त राख्ने र नयाँ पुश्तालाई परिचित गराउने उदेश्यले गरिएको दर खाने र खुवाउने कार्यक्रमा महिलाको ठूलो सहभागिता थियो। रंगीचंगी साडी चोलो पहिरन र गरगहनामा सजिएर आएका पिटरबरोका महिलाहरु बिशेषको यो कार्यक्रम नेपालको कुनै तीजको कार्यक्रम भन्दा कम महशुस नभएको सहभागीहरु बताउँछन्। नयाँ पुश्ताको सहभागीता पनि उल्लेख्य रहेको समाजको तर्फबाट कार्यक्रमलाई सफल
More

वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए ।
More

इटालीको भूकम्पमा १५९ को मृत्यु, अझै कैयौँ पुरिए

अमात्रिस । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १५९ पुगेको समाचारमा जनाइएको छ । सो भकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् । उद्वारको काम जारी रहेको छ । उद्वारकर्मीहरुले अझै पनि कैयौं व्यक्ति पुरिएर रहेको जनाएका छन् । सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । तर क्षतिको पूर्ण विवरण आइसकेको छैन । क्षतिको सबै तथ्यांक आउन सकिरहेको छैन । एकाबिहानै ६.२ रिक्टरको भूकम्प गएको र यहाँ भागाभाग भएको बताइएको छ । उद्वारको कार्य जारी नै रहेकोले क्षतिको पूर्ण विवरण आइरहेको अधिकारीहरुले जनाएका छन् । इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको
More

नेविसङ्घको निर्वाचित कार्यसमितिलाई बधाई

नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना एवम् पद हस्तान्तरण गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु । तस्बिर: प्रदीपराज वन्त ।
More

काँग्रेसमा मन्त्रीको विवाद मिल्यो, भोलि शपथ

काठमाडौं । नेपाली काँग्रेसमा वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली पठाउने सम्बन्धमा देखिएको विवाद मिलेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रालय बाँडफाँडमा सम्मानजनक अवस्था नभए सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको भोलिपल्ट विवाद मिलेको छ । नेता पौडेल समूहको मागअनुसार आज भएको छलफलपछि सभापति शेरबहादुर देउवा समूह पाँच मन्त्रालय पौडेल समूहलाई दिने सहमत भएको हो । यसअघि नेता पौडेल समूहले पाँच मन्त्रालयको माग गर्दै नपाए सरकारमा सहभागी नहुने जनाएको थियो । सरकारमा सहभागी हुने सबै मन्त्रीहरुको टुङ्गो आजै लाग्ने र नामावली प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइने काँग्रेस नेतासमेत रहनुभएको उपप्रधानमन्त्री तथा गृहमन्त्रीले विमलेन्द्र निधिले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी
More

रेडियो नेपालबाट राति नै समाचार वाचिका गायब

काठमाडौं । रेडियो नेपालका दुई जना समाचार वाचिका राति एकाएक गायव भए । रातिको ड्युटीमा खटिएका दुई समाचार वाचिका कहाँ गएर भनेर रेडियो नेपाल प्रशासनले रातभरि मान्छे लगाएर खोजेको थियो । प्रत्येक घन्टा घन्टामा समाचार भन्नुपर्ने समाचार वाचिका राति ११ बजेको समाचार भन्ने बेलामा नआएपछि खोजी भएको थियो । बुधबार राति दुई महिला डिउटीमा थिए । उनीहरु कहाँ गए भनेर रेडियो नेपाल भवनको प्रत्येक कोठाचोटामा प्रहरीसहित खोजविन गरिएको थियो । प्राविधिक र समाचार वचक मिलेर समाचार रेकर्ड गराएको थियो । समाचार रेकर्ड गराइसकेपछि ती दुई महिला सहमतिमै घर गएका थिए । उनीहरु मोबाइल सुइच अफ गरेर सुतेछन् । पछि अर्का
More

मोर्चाद्वारा वार्ता समिति गठन

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले राखेका माग पूरा गराउन सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत संयोजक तोकिएकोसमितिमा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय र सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन सदस्य रहनुभएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वार्ता समिति गठन भएको हो । समितिले मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेका तर सहिद घोषणा गर्न बाँकी रहेका १२ जनालाई सहिद घोषणा गराउने तथा घाइतेको उपचार र क्षतिपूर्तिका बारेमा सरकारसँग वार्ता गर्ने समितिका सदस्य मनिषकुमार सुमनले जानकारी दिनुभयो । समितिका सदस्य
More

सभापति देउवा विदेश जानुअघि नै सपथको तयारी

काठमाडौं । कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूलाई आज शपथ गराउने भएको छ । मन्त्री चयनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले नाम नपठाएपछि बुधबार रोकिएको सरकार बिस्तार तथा सपथ आज हुन लागेको हो । सभापति शेरबहादुर देउवा भोली उपचारका लागि सिंगापुर जाने भएकाले आजै शपथ गराउने निर्णयमा पुगेका हुन् । मन्त्री छनोटका विषयमा देउवाले हिजो साँझ नेता पौडेलसँग आफ्नै निवासमा छलफल गरेका थिए । छलफलमा देउवाले आफूले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा पनि चार मन्त्रालय पाएकाले अहिले चारवटा मन्त्रालय लिन पौडेल पक्षलाई आग्रह गरेका थिए । पौडेलले भने पाँच मन्त्रालय चाहिने अडान लिएपछि छलफल बिना निष्कर्ष टुंगेको थियो । आज मध्यान्हसम्म
More