Daily Archives August 26, 2016

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । घटनास्थलमा २१ जनाको मृत्यु भएको हो भने उपचारको क्रममा चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ । अन्य केही हराइरहेको आशङ्कामा प्रहरीले खोजी कार्य जारी राखेको छ । थप एक जनाको घटनास्थलमा खोजी गर्ने क्रममा शव भेटिएको हो । सनाखत भएकामा रौतहट जिल्लाका आठ जना रहेका छन् । उनीहरुमा मुदलवा–३ बस्ने ३६ वर्षीय चितरन्दन यादव, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय बृजकिशोर कुशहवा, महमदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, बसतपुर–१ का
More

सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ । सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर जानुभएका सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कनुहुनेछ । काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उहाँ आज त्यसतर्फ जानुभएको हो ।
More

फेसबुक अभियानवाट रु. दश लाख सङ्कलन

फलेवास । आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन गरेको अभियानका क्रममा एक हप्तामा नै रु १० लाखभन्दा बढी सङ्कलन भएको हो । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी स्रोतमा शिक्षक राख्न पूर्व विद्यार्थी मञ्च गठन गरी फेसबुक म्यासेन्जरबाट सहयोग अभियान सञ्चालन गरिएको छ । अभियानका क्रममा एक हप्ताको बीचमा ६० जनाभन्दा बढी पूर्व विद्यार्थीले मञ्चको संरक्षक सदस्य बन्दै रु १० लाखभन्दा बढी सङ्कलन भएको मञ्चका सल्लाहकार मनोज गुरुङले जानकारी दिनुभयो । मञ्चले
More

प्रमुख संरक्षक लामिछाने अमेरिकी क्षेत्रीय सम्मेलनमा सहभागी नहुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को भोलि (शनिबार) देखि अमेरिकाको न्युजर्सीमा सुरु हुने अमेरिकी नवौं क्षेत्रीय सम्मेलनमा प्रमुख संरक्षक जीवा लामिछाने सहभागी नहुने भएका छन् । यतिबेला अमेरिकामै रहेर पनि उक्त सम्मेलनमा आफू सहभागी नहुने जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक र ट्इटरमा लेखेका छन्– ‘सन् २००३ मा गैरआवासीय नेपाली संघ स्थापना भएदेखि संघका सबै क्षेत्रीय / बिश्व सम्मेलनहरुमा सहभागी हुँदै आएको थिएँ ! भोलिदेखि अमेरिकाको न्युजर्सीमा सुरु हुने गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनमा सहभागी हुने चाहना हुँदाहुँदै पनि बिशेष कारणबस यसपटक सहभागी हुन सकिएन ! सम्मेलन सफल रहोस ! मेरो शुभकामना !
More

बुढाथोकीले केन्द्रीय सदस्यबाट राजीनामा दिने

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट शुक्रबार बिहान १३ मन्त्रीले सपथ लिएका छन् । उनीहरुलाई शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउनु भएको हो । सपथ लिनेहरुमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, रक्षामन्त्री बालकृष्ण खाँण, श्रममन्त्री सूर्यमान गुरुङ, वनमन्त्री शंकर भण्डारी, उद्योग मन्त्री नवीन्द्रराज जोशी, सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, सिँचाइ मन्त्री दिपक गिरी, शान्तिमन्त्री सीतादेवी यादव, वाणिज्यमन्त्री रोमी गौचन थकाली, सहकारी मन्त्री हृदयराम थानी, पर्यटनमन्त्री जीवनबहादुर शाही र स्वास्थ्यमन्त्री गगन थापा रहेका छन् । यसअघि उप तथा गृहमन्त्री विमलेन्द्र निधि र भौतिक यातायात तथा पुननिर्माण मन्त्रीमा रमेश लेखकले सपथ लिइसकेका छन् । यी १३ मन्त्रीको नाम
More

बुद्धिबहादुरको बुद्धिमा बिरर्को लागेपछि……

जाजरकोट । जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको प्रहरीले भनाइ छ । बुद्धिबहादुरका बाबुको मृत्युपछि आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । लैखम साँघुतरा नलसिंहगाड जलविद्युत् आयोजना निर्माण गर्दा प्रभावित हुने भएकाले त्यहाँका नागरिकलाई आयोजनाले मुआब्जा दिने भएपछि आमाबाट बुद्धिबहादुरले आफ्नो नाममा जग्गा नामसारी गर्न आमालाई दबाव
More

डा. केसीको माग सम्बोधन गर्ने प्रयास गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा डा गोविन्द केसीले उठाएका माग र मुद्दा आफूले राम्रोसँग बुझेको भन्दै समाधानको प्रयास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान डा गोविन्द केसीको नेतृत्वमा गएको चिकित्सक टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने मेरो मान्यता हो । अहिलेको राजनीतिक संस्कार, प्रशासन संयन्त्र र नीति नियमभित्र बसेर सबै कुरा सम्बोधन गर्न त कठिन छ । तर, तपाईंले उठाएका माग र भाषा म राम्ररी बुझ्छु र सकेसम्म सम्बोधन गर्ने प्रयास गर्छु ।” शिक्षा र स्वास्थ्यमा श्रीलङ्काले अपनाएको मोडलबाट आफू प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले दाहालले भन्नुभयो,
More

इटालीको भूकम्पमा करिब दुई सय पचासको मृत्यु

अमात्रिस । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या बिहीबार करिब २५० पुगेको छ । उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि कैयौँ व्यक्ति पुरिएर रहेका छन् । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए तापनि तर धनजनको क्षतिको पूर्ण विवरण आइसकेको छैन । अमात्रिसमा मात्र २ सयभन्दा बढी व्यक्तिको मृत्यु त्यहाँ मेयर सर्गीओ पिरोजीले बताएका छन् । इटालीको अमात्रिसको गाउँको जनसङ्ख्या करिब २ हजार ५ सय मात्र रहेको भएता पनि भूकम्पले अति प्रभावित यस इकालामा पाहुनाहरू रहेका बताइएको छ । अमात्रिस गाउँमा अवस्थित होटेल रोमामा बसेका करिब ३२ जना पाहुना बेपक्ता भएका
More

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, १७ घाइतेको उद्धार

चितवन। रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । ग १ ख ३७०९ नंको सो बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताउनुभयो । अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ । चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसके पनि अधिकांश यात्रु
More