Daily Archives August 28, 2016

जनसम्पर्क समिति अमेरिकाको भेटघाट कार्यक्रम सोमबार

न्यूजर्सी । नेपाली जनसम्पर्क समितिले एनआरएन अमेरिकी क्षेत्रीय सम्मेलनमा सहभागी हुन पुग्नुभएका सभासदद्वय महेन्द्र यादव र मोहनप्रसाद बराल तथा जनसम्पर्क समितिका सभापतिहरुसँग भेटघाट र छलफल गर्ने भएको छ । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले जारी गरेको विज्ञप्तिअनुसार एनआरएन क्षेत्रीय सम्मेलनमा सहभागी हुन अमेरिका आउनुभएका नेपाली कांगे्रस पार्टीमा आस्था राख्ने सबैलाई सोमबार सहभागी हुन आग्रह गरिएको छ । अध्यक्ष विष्टले विज्ञप्तिमार्फत् अमेरिका आइपुग्नुभएका समितिका विभिन्न मुलुकका सभापति अन्य पदाधिकारी एवम सदस्यहरु, अमेरिकाका विभिन्न राज्यबाट आउनुभएका समितिका सल्लाहकार, पदाधिकारी, सदस्य र च्याप्टर समितिका सभापतिसहित अन्य सबै सदस्यहरुको स्वागत एवम सम्मानमा समितिले साँझको खानासहित भेटघाट कार्यक्रम राखेकाले सहभागिताका लागि अनुरोध गरिएको छ
More

संविधान संशोधनबारे भारतसँग कुनै छलफल नभएको दाबी

काठमाडौं । सरकारले संबिधान संसोधनका विषयमा भारत सरकारसँग कुनै छलफल नभएको संसदलाई जानकारी गराएको छ । आजको संसद बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनबारे भारतसँग केही पनि कुरा नभएको दाबी गरेका हुन् । उनले संविधान संशोधनबारे भारतसँग कुराकानी गरेको भनेर फैलाइएको हल्ला निराधार भएको समेत बैठकमा बताए । आफु विशेष दूतका रुपमा भारत गएको र सोही रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको उच्चस्तरीय भ्रमणको निम्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरेको निधिले संसदलाई जानकारी गराए । दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि आफ्नो भारत भ्रमण केन्द्रीत भएको निधिको भनाइ थियो । यसअघि संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले
More

साउथ अस्ट्रेलियाका मन्त्रीद्वारा योग कीर्तिमानी मोक्तान सम्मानित

काठमाडौं । साउथ अस्ट्रेलिया राज्यका बहुसंस्कृतिमन्त्री जोय बेटिसनले योग म्याराथनका विश्वकीर्तिमानी नेपालका उत्तम मोक्तानलाई सम्मान गर्नुभएको छ । त्यहाँ रहेका नेपाली भाषी भुटानी समुदायले अस्ट्रेलियाको एडिलेड शहरमा आयोजना गरेको एक भव्य कार्यक्रममा उहाँलाई सो सम्मान गरिएको हो । कीर्तिमानी मोक्तानलाई खादा ओढाई सम्मानपत्रले सम्मानित गर्दै मन्त्री बेटिसनले भन्नुभयो–“नेपालबाट योगमा विश्वकीर्तिमान बनाउने मोक्तानजस्ता व्यक्तित्व अस्ट्रेलिया आउनुभएकोमा मलाई खुसी लागेको छ । म उहाँलाई हार्दिक स्वागतसहित सम्मान गर्दछु ।” कीर्तिमानी मोक्तानले भन्नुभयो– “यहाँको संस्कृतिमन्त्रीबाटै सम्मानित हुन पाउँदा मलाई नेपाल र सम्पूर्ण नेपाली समुदाय नै सम्मानित भएको महसुस भएको छ । यसबाट म असाध्यै खुसी छु ।” कार्यक्रमको संयोजन भुटानिज अस्ट्रेलिया एसोसिएसन अफ
More

अर्घाखाँचीको रतनमारेमा जीप दुर्घटना, नौ जनाको मृत्यु

सन्धीखर्क । अर्घाखाँचीको हंशपुर रतनमारे बजार नजिकै जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सदरमुकाम सन्धिखर्कबाट हंशपुर जाँदै गरेको ग.१ज ४८७८ नम्बरको जीप आइतबार दिउँसो तीन बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कतर्फ ल्याइँदैछ । घटनास्थल जंगलसहितको भीर भएकाले उद्धारका गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । जीप सडकबाट झन्डै पाँचसय मिटर खसेको छ । घटनास्थल अर्घाखाँची सदरमुकामदेखि करिब ३० किलोमिटर पश्चिममा पर्छ ।
More

रेडिंग कप को उपाधि मंगोलियन भान्जालाई

लन्डन । बेलायत को नेपाली माझ प्रख्यात फूटबल रेडिंग कप को १०औ संस्करण को उपाधि मंगोलियन भान्जा ले हात परेको छ । रेडिंग को जोन  रब्सन सेन्टर मा भएको फाइनल मा तोंग्बा फूटबल क्लब लाइ २-१ ले पछि पर्दै मंगोलियन भान्जा ले उपाधि कब्जा गरेको हो। उपाधि संग संगै १६०० पौण्ड पुरस्कार पनि हात पर्यो भने उप विजयता तोंग्बा ले १००० पौण्ड  मा चित्त बुझायो । बिजयी  टोलि का कुञ्जन गुरुङ म्यान अफ द म्याच घोषित भए भने बिबिसी का संजय थापा मगर धेरै गोल गर्ने खेलाडी भए युथतर्फ़ २३, भेट्रान तर्फ़ ६ र १६ वर्ष मुनि का ३ टिम सहभागी
More

बीमक (इन्स्योरेन्स कं.) र बीमितबीच हामी पुलको काम गर्छौ

कृष्णप्रसाद न्यौपाने, अध्यक्ष, इन्सुरेन्स पोलिसी होल्डर एशोसियसन, नेपाल
More

अमेरिकामा जारी एनअारएनए सम्मेलनका तस्विर

न्युजर्सी (अमेरिका)— संस्थागत संर्चना परिवर्तनका लागि बहस गर्ने उद्देश्य सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा जारी छ। डबल ट्री हिल्टन होटलमा शनिबार र अाइतबार दुई दिनसम्म चल्ने सम्मेलनले एनआरएन भिजन २०२० एन्ड बियोन्ड विषयमाथि विस्तृत छलफल गर्नेछ। सम्मेलनमा करिब ४० देशका चार सय प्रतिनिधि सहभागी रहेको एनअारएनए महासचिव डा.बद्री केसीले जनाए। दुई दिनसम्म चल्ने सम्मेलनको दोस्रो दिन आइतबार संघका बिभिन्न देशको प्रगतिप्रतिवेदन पेश गर्ने छन्, महिला सम्मेलन, पर्यटन प्रर्वधन, एनआरएन च्यारीटी, लगायतका बिषयमा छलफल हुनेछ। पहिलाे दिन एनअारएनए अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महताे, अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की, संस्थापक नेता रामप्रताप थापा,
More

विवाहको सुइँको पाएपछि प्रहरीमा आइन् सुनिता

रोल्पा । विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन् । गैरीगाउँ–८, गाङ, रोल्पाकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि न्याय खोज्दै परियार शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रोल्पामा आएकी हुन् । आर्थिक अभावका कारण कक्षा ५ उत्तीर्ण गरेर विद्यालय छोड्न बाध्य भएकी परियारले रुँदै भनिन्, “गाउँकै १९ वर्षीय रमेश परियारसँग मेरो विवाहका बारेमा कुरा टुङ्गिएको रहेछ । मलाई यस विषयमा केही पनि थाहा थिएन । घरमा बिहेका लागि भैँसी किनेर ल्याइएको छ । रोटी पकाउने काम चलेको छ साथै घर लिपपोत गर्न थालेपछि भाइबहिनीले मेरो विवाहका लागि तयारी हुँदैछ भन्ने
More

लन्डन दूतावासमा तीज

लन्डन दूतावासमा तीज कार्यक्रम सम्पन्न गरेपछि सामूहिक तस्बिर खिँचाउँदै नेपाली महिलाहरु । तीज आउन एक साता बाँकी रहे पनि विदाको अवसर सदुपयोग गरेर नेपाली परम्परा धान्न चलन प्रवासमा छ ।
More